संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय (नेपाल)

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय नेपाल सरकारको पर्यटन, संस्कृति तथा नागरिक उड्डयन सम्बन्धी कार्यहरू गर्ने सर्वोच्च निकाय हो। विभिन्न समयमा विभिन्न मन्त्रालय अन्तर्गत रहेका विभागहरूलाई मिलाएर वि.सं. २०५७ देखि यो मन्त्रालय अस्तित्वमा आएको हो। नेपालमा पर्यटन उद्योगको विकासमा नेतृत्व गर्नु, सांस्कृतिक धरोहरहरूको संरक्षण र प्रचारप्रसार गर्नु तथा हवाई सेवाको प्रवर्द्धन गर्नु यसको प्रमुख कार्यहरू हुन्।[१][२]

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
निकाय विवरण
गठनसन् १९७८
अधिकार क्षेत्र नेपाल
प्रधान कार्यालयसिंहदरबार, काठमाडौँ
मन्त्री
निकाय कार्यकारीहरू
  • यादव प्रसाद कोइराला, सचिव
  • टोकराज पाण्डे, सहसचिव
वेबसाइटtourism.gov.np

इतिहास सम्पादन गर्नुहोस्

वि.सं. २०१६ सालमा तत्कालिन अधिराजकुमार हिमालय विक्रम शाहको अध्यक्षतामा पर्यटन बोर्डको स्थापना गरिएको थियो। त्यसपछि वि.सं. २०१८ सालमा तत्कालिन श्री ५ को सरकारले निर्माण तथा यातायात मन्त्रालय अन्तर्गत पर्यटन विभागको स्थापना गरेको थियो। पर्यटन क्षेत्रको नियोजित तथा योजनावद्ध विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले वि.सं. २०३४ सालमा छुट्टै मन्त्रालयको रूपमा पर्यटन मन्त्रालयको स्थापना गरियो। सुरुमा पर्यटन क्षेत्रलाई मात्र आबद्ध गरि पर्यटन मन्त्रालय नामाकरण गरिएकोमा सन् १९८२ मा निर्माण तथा यातायात मन्त्रालय अन्तर्गतको हवाई विभागलाई समेत गाभेर यसलाई पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय नामाकरण गरिएको थियो। यसका साथै नेपाल सरकार मन्त्रिपरिषद्को वि.सं. २०५७ बैसाख ६ को निर्णयबाट युवा खेलकुद तथा संस्कृति मन्त्रालय विघटन गरेर संस्कृतिको कार्य समेत यस मन्त्रालयमा थपर यसलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय बनाइएको हो।[३]

मन्त्रालय अन्तर्गतका निकायहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "पर्यटन मन्त्रालयः राष्ट्रिय गौरवका आयोजनाको प्रगति सन्तोषजनक", रातोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२१-११-१८ 
  2. "राष्ट्रिय अभिलेखालय नेपाल", narchives.gov.np (नेपालीमा), अन्तिम पहुँच २०२१-११-१८ 
  3. "संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय", www.tourism.gov.np (नेपालीमा), अन्तिम पहुँच २०२१-११-१८