बालनरसिंह कुँवर
नेपाली काजी तथा जुम्लाका बडाहाकिम
बालनरसिंह कुँवर नेपाली सेनाका काजी थिए। उनले राजा रणबहादुर शाहका हत्यारा शेरबहादुर शाहको हत्या दरबारमै तत्पश्चातै गरेका थिए। उनी राजा रणबहादुर शाहका अंगरक्षक समेत थिए। वि.सं. १८६३ को वैशाख १४ गते रातीको त्रिभुवन खवासको घरमा बसेको भारदारी कचहरीमा शेरबहादुर शाहले रणबहादुर शाहलाई तरबार प्रहार गरे। बम शाह र बालनरसिंह कुँवरले शेरबहादुर शाहलाई ढाले र घिच्रो रेटे।[२]
श्री काजी बालनरसिँह कुँवर | |
---|---|
![]() बालनरसिंह कुँवरको तस्बिर | |
जुम्लाका बडाहाकिम [१] | |
व्यक्तिगत विवरण | |
जन्म | वि.सं. १८४० |
मृत्यु | वि.सं. १८९९ |
जीवन साथी(हरू) | शान्तादेवी गणेशकुमारी (वि. १८६८ फागुन) |
नाता | ससुरा नैनसिंह थापा |
सन्तान(हरू) | भक्तबहादुर राणा जंगबहादुर राणा |
पिता | रणजीत कुँवर |
सैनिक सेवा | |
निष्ठा | ![]() |
पूर्वजसम्पादन
उनी जनरल सरदार रामकृष्ण कुँँवरका नाति एवम रणजीत कुँवरका पुत्र हुन्।
उनको विवाह नयनसिंह थापाकी छोरी गणेशकुमारी संग भएको थियो र दाइजोमा थापाथलीको जमीन पाएका थिए। गणेशकुमारी माथवरसिंह थापाकी बहिनी र ललितत्रिपुरा सुन्दरीकी दिदी थिइन्।
वंशजसम्पादन
उनका पुत्रहरूः
- भक्तबहादुर राणा
- जंगबहादुर राणा
- बमबहादुर राणा
- बद्रीनरसिंह राणा
- जयबहादुर राणा
- कृष्णबहादुर राणा
- रणोद्दिप सिँह बहादुर राणा
- जगत शमशेर राणा
- धीर शमशेर राणा
स्रोतसम्पादन
- ↑ श्रीकृष्ण श्रेष्ठको पुस्तक जंगबहादुर
- ↑ प्रा. डा. राजाराम सुवेदी (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: २०२, आइएसबिएन 99933-2-406-X।