नेपालको उपराष्ट्रपति
नेपालको उपराष्ट्रपति सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपतिको उप-अध्यक्ष हो। २०६५ जेठ १५ नेपाली राजतन्त्रको अन्त्य भएपछि यो पद सिर्जना भएको थियो। नेपालका वर्तमान उपराष्ट्रपति राम सहाय यादव हुन्।[१] उपराष्ट्रपतिलाई औपचारिक रूपमा 'महामहिम' भनेर सम्बोधन गरिन्छ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको उपराष्ट्रपति | |
---|---|
![]() | |
![]() | |
सम्बोधन | महामहिम |
प्रकार | उप राष्ट्र प्रमुख |
नियुक्तिकर्ता | उप्रत्यक्ष निर्वाचन |
अवधि | पाँच वर्ष |
प्रथम पदाधिकारी | परमानन्द झा |
गठन | २०६५ जेठ १५ |
इतिहास
सम्पादन गर्नुहोस्२०६३ माघ १ मा पारित अन्तरिम संविधान अन्तर्गत शासनका सबै शक्तिहरू नेपालका राजाबाट हटाइएको थियो र पहिलो संविधान सभाको निर्वाचनमा निर्वाचित नेपालको संविधान सभाले आफ्नो पहिलो बैठकमा राजसंस्थालाई निरन्तरता दिने वा गणतन्त्र घोषणा गर्ने भन्ने निर्णय गर्नुपर्ने थियोे।[२] २०६५ जेठ १५ मा, संविधान सभाले राजतन्त्रलाई अन्त्य गर्ने गरि मतदान गरेको थियो।[३]
अन्तरिम संविधानको पाँचौँ संशोधनले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र संविधान सभाका अध्यक्ष र उपाध्यक्ष सबै "राजनीतिक समझदारी"को आधारमा निर्वाचित हुने कुरा स्थापित गरेको थियो। तथापि, यदि कोही भएनन् भने, तिनीहरू साधारण बहुमतद्वारा निर्वाचित हुन सक्दथे।
नेपालको पहिलो राष्ट्रपति निर्वाचन वि.सं २०६५ मा भएको थियो। दलहरू राष्ट्रपति वा उपराष्ट्रपतिको उम्मेदवारमा सहमत हुन असफल भएसँगै चुनाव भएको थियो। मधेशी जनअधिकार फोरम, नेपालका परमानन्द झा नेपाली काङ्ग्रेस र नेकपा (एमाले)को समर्थनमा पहिलो उपराष्ट्रपतिमा निर्वाचित भएका थिए।[४]
उपराष्ट्रपतिहरूको सूची
सम्पादन गर्नुहोस्क्रम सङ्ख्या | तस्वीर | नाम (जन्म–मृत्यु) |
पद सम्हालेको | पद छोडेको | कार्यकाल | दल | निर्वाचन | राष्ट्रपति |
---|---|---|---|---|---|---|---|---|
१ | परमानन्द झा (जन्म:२००२) |
२०६५ साउन ८ | २०७२ कात्तिक १४ | ७ वर्ष, १०० दिन | मधेशी जनअधिकार फोरम, नेपाल | २०६५ | रामवरण यादव | |
२ | नन्दकिशोर पुन (जन्म:२०२३) |
२०७२ कात्तिक १४ | २०७९ चैत ६ | ७ वर्ष, १४० दिन | नेकपा (माओवादी केन्द्र) | २०७२ २०७४ |
विद्यादेवी भण्डारी | |
३ | राम सहाय यादव (जन्म:२०२८) |
२०७९ चैत ६ | बहालवाला | २ वर्ष, १०१ दिन | जसपा | २०७९ | रामचन्द्र पौडेल |
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित", नयाँ पत्रिका (नेपालीमा), अन्तिम पहुँच २०२३-०३-१९।
- ↑ See Clause 159 of the interim constitution
- ↑ Nepal becomes a federal democratic republic वेब्याक मेसिन अभिलेखिकरण २०१६-०१-१७ मिति, Nepalnews.com, 2008-05-28, accessed on 2008-07-20
- ↑ "सर्वोच्चको न्यायाधीशमा अस्वीकृत झा भएका थिए प्रथम उपराष्ट्रपति, शपथग्रहण पनि दुई पटक" (नेपालीमा), बाह्र खरी, अन्तिम पहुँच ३ वैशाख २०८२।