फापर (अङ्ग्रेजी: Buckwheat) एक प्रकारको बोट हो जसका धेरै थरीहरू छन्, जसमा भन्दा अधिकतर जंगली छन्। यसका बीजलाई पिँधेर एक पिठो बनाइन्छ जसका भारतीय र अन्य क्षेत्रहरूका खानामा धेरैं प्रयोग छन्। अधिकतर पिठो अन्नहरूबाट बन्दछन् र अन्न अधिकतर घासका परिवारका बोटहरू हुन्छन्, फापर न त असली अन्न हो र न त वनस्पति परिवारमा हुने घास परिवारको एक थरीको सदस्य हो।

फापर
वैज्ञानिक वर्गीकरण
जगत:
गण:
कुल:
वंश:
प्रजाति:
F. esculentum
वैज्ञानिक नाम
Fagopyrum esculentum
Moench
पर्याय[१]
  • Polygonum fagopyrum L. 1753
  • Fagopyrum cereale Raf.
  • Fagopyrum dryandrii Fenzl
  • Fagopyrum emarginatum (Roth) Meisn. 1840
  • Fagopyrum emarginatum Moench 1802
  • Fagopyrum fagopyrum (L.) H.Karst., invalid tautonym
  • Fagopyrum polygonum Macloskie
  • Fagopyrum sagittatum Gilib.
  • Fagopyrum sarracenicum Dumort.
  • Fagopyrum vulgare Hill ex Druce 1913
  • Fagopyrum vulgare T.Nees 1853
  • Polygonum emarginatum Roth

फापर महत्त्वसम्पादन

फापरमा लागेको फूल उत्तर भारतमा नवरात्रिमा हिन्दू अनुयायी प्राय फापरका पिठोबाट बनेका चीजहरू खान्छन्, जस्तैको फापरको पूर्ण र फापरका पकौडा। पञ्जाबमा फापरलाई 'ओखला' भनिन्छ र यसका पिठोको धेरै प्रयोग गरिन्छ।

फापरमा पाइने गुणकारी तत्वहरुसम्पादन

फापरमा प्रसस्त मात्रामा रेशादार तत्व, भिटामिन बि१, बि२ र बि६,प्रोटिन, खनिजका साथै एन्टिअक्सिडेन्ट पोलिफेनोल पाइन्छ। मासु नखाने साकाहारीका लागि फापर प्रोटिनको धनी स्रोत हो जसमा करिब १०–१२.५ प्रतिशत प्रोटिन पाइन्छ। फापरको प्रोटिनबाट शरीरलाई चाहिने आवश्यक धेरै एमिनो एसिडहरुप्राप्त हुन्छ। जनावरको मासु खाँदा कोलेस्टेरोल अनि अन्य अस्वस्थ्यकर चिल्लो पदार्थहरु पनि खान सकिने भएकाले हृदयसम्बन्धी रोगहरूको जोखिम बढ्न सक्छ। तर फापरमा कोलेस्टेरोल नपाइने हुँदा यो स्वास्थ्यका दृष्टिकोणबाट पनि एक उत्कृष्ट वनस्पतीय भोजन हो। फापरमा प्रसस्त मात्रामा पाइने खनिजहरु जस्तै जिंक, कपर, म्यागनेसियम शरीरलाई स्वास्थ्य राख्ने आवश्यक तत्वहरु हुन्। यसका अलावा “रुटिन” भनिने लाभदायक एन्टिअक्सिडेन्ट पोलिफेनोल फापरमा प्रसस्त पाइन्छ। तर रुटिनको मात्रा फापरको नुडलमा पिठोमाभन्दा कम हुने विज्ञहरूको भनाइ छ। फापरमा पाइने तत्वहरूको उपयोगिताको बारेमा धेरै अनुसन्धानपत्रहरु प्रकाशित छन्। फापरको पिठोको अर्को विशेषता भनेको गहुँ वा जौको पिठोमा पाइने ग्लुटेन भनिने प्रोटिन यसमा पाइँदैन। त्यसैले फापरको सेवन ग्लुटेन इनटोलेरेन्स अर्थात 'सेलियाक डिजिज' हुनेहरुका लागि लाभदायक मानिन्छ। अर्थात यो ग्लुटेनमुक्त खानेकुरा हो।

फापर एक रोगनिरोधकसम्पादन

वास्तवमा मिलमा मिहिन गरी पिँधेर तयार गरेको मसिनो सेतो चामल नरम, मिठो भएपनि यसको अधिक सेवन स्वास्थ्यका लागि अहितकर मानिन्छ। त्यसमा पनि शारिरिक परिश्रम कम गर्ने तर फाइबर कम भएका मिठो, मसिनो खानेकुरा (नरम, गुलियो,चिल्लो पदार्थले भरपुर) बढी खानेहरूलाई मधुमेह रोग लाग्ने बढी सम्भावना हुनसक्छ। यसको विपरीत फाइबरयुक्त फापर कम ग्लाईसेमिक इन्डेक्स भएको खाद्यपदार्थमद्ये एक हो, जुन मधुमेहका लागि लाभदायक हुन्छ। कुन खानेकुरा कति छिटो शरीरभित्र प्रवेश गरेर रगतमा ग्लुकोजको मात्रा बढाउँछ भन्ने कुरा तिनीहरूको ग्लैसेमिक इन्डेक्सबाट बुझ्न सकिन्छ। एक रिपोर्टका अनुसार फापरको ग्लैसेमिक इन्डेक्स ३५ हो भने गहुँको ब्रेडको ६८ मानिन्छ। एक्सपेरिमेन्टल डायबटिक रीसर्चमा प्रकाशित एक लेखअनुसार टाइप २ मधुमेहका उपचारका लागि ताइवानमा फापर प्रयोग गरिन्छ। यसरी फापर मधुमेह रोग नियन्त्रणका लागि लाभदायक खानेकुरा हो। शरीरमा ग्लुकोज तह लगाउने मात्र होइन, फापरको सेवन रगतको कोलेस्टेरोल घटाउन पनि सहयोगी हुने एक वैज्ञानिक रिपोर्टले बताउँछ। जापानी अनुसन्धानकर्ताहरूले मुसामा गरेको अध्ययनअनुसार प्रोटिनयुक्त फापरको पिठोमा रगतमा कोलेस्टेरोल घटाउने र पित्तको पत्थरी हुनबाट बचाउने गुण हुन्छ, साथै यसको सेवनबाट मोटोपन पनि कम हुनसक्ने उनीहरूको राय छ। फापरमा पाइने फाइबर ग्लुकोज मेटाबोलिजममा प्रभावकारी हुन सक्छ । भनिन्छ, स्वस्थ्यकर जीवन जिउन वयस्क मानिसले २५–३८ ग्राम फाइबरको सेवन दिनहुँ गर्नुपर्छ। एक रिपोर्टका अनुसार एक कप फापरमा ४.५ ग्राम फाइबर पाइन्छ। यसरी फापरको सेवनबाट शरीरले प्रसस्त फाइबर प्राप्त गर्नसक्छ। फापरको सेवनबाट उमेरसँग हुने मानसिक चेतनाको कमी (कग्नेटिभ लस) लाई रोक्नसक्ने वैज्ञानिकहरूले अनुमान छ। यसरी मधुमेह, उच्च–रक्तचाप, कब्जियत, मोटोपन घटाउन र स्मरणशक्ति बढाउन फापर खानु लाभदायक हुन सक्छ। फापरको यति धेरै गुण भए पनि यसको सेवन सहरिया समाजमा यदाकदा मात्र गरिन्छ। हाम्रो समाजमा रोटी प्राय उपवास बस्दा खाइन्छ। मिलमा पिसेको धानको भात हाम्रो मुख्य खाना हो। भात नखाई कसरी बाँच्ने भन्ने आम धारणा छ र हामीले खाने चामल हाम्रो उत्पादनले नपुगेर आयात गर्नु परिरहेको अवस्था छ। फाइबर, र फाइटोकेमिकलहरु कम, तर नुन, चिल्लो बढी भएका अस्वस्थ्यकर खानेकुरा (तयारी खानेकुरा, जस्तै चाउचाउ) खाएर समाजमा रोगीहरूको समस्या बढ्दो छ। यो अवस्थामा आफ्नै देशमा उत्पादन हुने अनि घरमै पकाएर खानसक्ने फापर, कोदोको ढिँडो, रोटो खानु स्वस्थ्यका लागि हितकर हुन्छ। धेरैजसो हामी ढिँडो, रोटो खाँएरै हुर्किएका हौ। ढिडो,रोटो, खान हिचकिचाउनेले फापरको उम्रिएको टुसा (अंकुर) सलादको रूपमा खान सकिन्छ। यो एन्टिअक्सिडेन्टको धनी भएकाले अझै स्वस्थ्यकर खानेकुरा मानिन्छ। यसको अलावा फापरको पिठोबाट बनेको नुडल, कुकिज वा मफिन खान सकिन्छ। जापान जस्तो औद्योगिक मुलुकमा सोवाको उत्पादन गरेर विदेशमा समेत निर्यात गरेको देखिन्छ भने हामीले पनि प्रसस्त फापरको उत्पादन गरी नेपाललाई विश्वको प्रमुख फापर उत्पादक मुलुकको रूपमा चिनाउन सकिन्छ। फाइबर र एन्टिअक्सिडेन्टले भरपुर फापर जस्ता खानेकुराहरूको लोकप्रियता फंग्सनल फुडको रूपमा पश्चिमी मुलुकहरूमा बढेकाले नेपालको फापरले अन्तर्राष्ट्रिय बजारमा नाम र दाम कमाउनसक्छ।

यी पनि हेर्नुहोससम्पादन

बाह्य सूत्रहरूसम्पादन

  1. "The Plant List: A Working List of All Plant Species", अन्तिम पहुँच ३ अक्टोबर २०१४