विकिपिडिया:स्रोत उल्लेख
![]() | यो पृष्ठले नेपाली विकिपिडियाको आधिकारिक नीतिलाई जनाउँदछ। यो पृष्ठ सामुदायिक छलफलको आधारमा बनाइएकोले यसलाई सबै सम्पादकहरूले सामान्यतया अनुसरण गर्नुपर्छ। यस पृष्ठमा कुनै पनि परिवर्तन गर्नुभन्दा पहिले समुदाय सदस्यहरूको सहमति हुनु नितान्त आवश्यक छ। |
![]() | कुल मिलाएर भन्दा: विकिपिडियाका लेखहरूमा भरपर्दाे स्रोतबाट सन्दर्भ सामग्री जोड्नु पर्नेछ । यसले लेखमा भएका जानकारी ठीक भएको कुरा प्रस्ट्याउन मदत गर्दछ । |
सन्दर्भ सामग्री वा स्रोत वा References भन्नाले लेखमा भएका विषयहरूलाई भरपर्दो वा विश्वासिलो माध्यमबाट प्रमाणित गराउनु हो । विविध दृष्टिकोण हुन सक्ने लेख्य विषय, मतमतान्तर भएका लेखहरू र कसैको भनाई, उक्ति लेखमा राख्दा सन्दर्भ सामग्री जोड्नु आवश्यक छ । यस पृष्ठले लेखमा सन्दर्भ सामग्री कसरी जोड्नुपर्छ भन्ने कुराहरू निर्देश गराउँछ ।
सन्दर्भ सामग्रीको उदाहरण:
श्रेष्ठ, प्रताप (२०७१) विज्ञान र महत्व, फाइन प्रिन्टिङ, पृष्ठ २५
सन्दर्भ सामग्री जोड्नसम्पादन
कुनै वाक्य लेखिसकेपछि उक्त वाक्यमा सन्दर्भ सामग्री जोड्न <ref>...</ref>
प्रयोग गर्नुहोस् ।
कानुन सभ्यतासँगै सुरू भयो ।<ref> अधिकारी, रमेश ''कानुनको सिद्धान्त'', रत्न पुस्तक भण्डार, २००७, पृ. २</ref>
यो यस्तो देखिनेछ...
- कानुन सभ्यतासँगै सुरू भयो ।[1]
सन्दर्भ सुची तयार पार्नसम्पादन
लेखको अन्तिम भागमा वाह्य लिङ्कहरू भन्दा माथि सन्दर्भ सामग्री सूची हो ।
लेखमा यसरी सन्दर्भ सामग्री सूची बनाउनुहोस्...
<references />
वा {{सन्दर्भसूची}}
को प्रयोग गर्नुहोस् ।
==सन्दर्भ सामग्री== {{सन्दर्भसूची}}
साधारण सन्दर्भसम्पादन
लेखको वाक्यहरूमा नजोडिएका तर लेख्य विषय मिल्दो सन्दर्भहरूलाई पनि क्रमाङ्कसँगै सन्दर्भ सामग्रीमा नै राख्न सकिन्छ ।
नोटसम्पादन
- सन्दर्भ सामग्रीका रुपमा प्रयोग हुने "Template:Citation" का लागि अङ्ग्रेजी विकिको सहायता लिनुहोस् ।