ढाँचा:प्रमुख समाचार/अभिलेख १
- ऋषि सुनक संयुक्त अधिराज्यको पहिलो भारतीय र हिन्दु प्रधानमन्त्री भएका छन्।
- युइएफए युरो २०२०को फाइनल खेलमा इटालीले इङ्ल्यान्डलाई पराजित गर्दै दोस्रो पटक उपाधि जितेको छ।
- भारतीय अभिनेता दिलीप कुमारको ९८ वर्षको उमेरमा निधन भएको छ।
- महारानी एलिजाबेथ द्वितीयका पति राजकुमार फिलिपको ९९ वर्षको उमेरमा निधन भएको बकिङ्घम राजदरबारले घोषणा गरेको छ।
- प्रसिद्ध अर्जेन्टिनी फुटबल खेलाडी डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ।
- केरल, भारतको कालिकट अन्तर्राष्ट्रिय विमानस्थलमा एअर इन्डिया एक्सप्रेसको विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ।
- लेबनानको बेरुतमा भएको विस्फोटनमा कम्तीमा १५७ जनाको मृत्यु र ५,००० भन्दा बढी घाइते भएका छन्।
- ओपेक र रसिया बीच अप्रिल १२ मा प्रतिदिन ९७ लाख ब्यारेल तेल उत्पादन कटौती गरी तेल युद्ध अन्त गर्न सहमती
- नेपालमा पहिलो पटक स्थानिय रुपमा कोरोना भाइरस सरेको पुष्टि
- पुडासैनी प्रकरणमा पक्राउ परेका रवि लामिछाने सहितका तिन जनालाई जिल्ला प्रहरी कार्यालय चितवनबाट धरौटीमा रिहा गरिएको छ।
- ताप्लेजुङमा दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु ।
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच सिङ्गापुरमा पहिलो भेटवार्ता सम्पन्न ।
- बेलायती भौतिकशास्त्री तथा ब्रह्माण्ड-बैज्ञानिक स्टिफन हकिङको ७६ वर्षको उमेरमा निधन ।
- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा युएस बाङ्ला विमान दुर्घटना हुँदा ५१ जनाको मृत्यु ।
- खड्गप्रसाद ओली दोस्रो पटक नेपालको प्रधानमन्त्री नियुक्त ।
- अमेरिकाको ४५औँ राष्ट्रपति चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प विजयी भएका छन् ।
- गणतन्त्र नेपालको पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारीलाई विश्व प्रसिद्ध पत्रिका फोर्ब्सले बर्ष २०१६का शक्तिशाली महिलाहरू मध्ये ५२औँ स्थानमा सूचिकृत गरेको छ ।
- २०७२ माघ २६ गते नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधन भएको छ ।
- ताइवानकी पहिलो महिला राष्ट्रपतिका रूपमा साइ इङ वेन निर्वाचित भएकी छन् ।
- स्पेनी क्लब बार्सिलोनाका अर्जेन्टिनी स्टार फुटबल खेलाडी लियोनेल मेस्सीले पाँचौँ पटक फिफा बालोन डि’ओर अवार्ड जितेका छन् ।
- नेकपा एमालेका नेता खड्गप्रसाद ओली अत्यधिक बहुमतले नेपालको ३८औँ प्रधानमन्त्रीमा निर्वाचित भएका छन् ।
- नेपालको संविधान २०७२ जारी ।
- अमेरिका भ्रमणमा रहेका विश्वकै होचा व्यक्ति चन्द्रबहादुर डाँगीको ७६ बर्षको उमेरमा उपचारका क्रममा निधन भएको छ ।
- नेपालमा बैसाख १२ गते गएको ७.८ रेक्टर स्केलको बिनाशकारी महाभूकम्पका कारण ठूलो जनधनको क्षति भएको छ ।
- २०१५ क्रिकेट विश्वकपको अन्तिम खेलमा न्युजिल्यान्डलाई ७ विकेटले पराजित गर्दै अस्ट्रेलियाले पाँचौ पटक उपाधि हात पारेको छ ।
- श्रीलङ्काका खेलाडी कुमार संगाकाराले एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा लगातार चार शतक प्रहार गरेर विश्व किर्तिमान बनाएका छन् ।
- किर्तिमानी तेक्वान्दो खेलाडी दीपक बिष्टले आफ्नो १९ बर्षे लामो खेल जिवनबाट सन्यास लिएको घोषणा गरेका छन् ।
- २०१५ आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन टुमा तेश्रो भएको केन्या र चौथो भएको नेपाललाई विश्वकप च्याम्पियनसिप छनौट खेल्न पाउने आइसिसीले निर्णय गरेको छ ।
- २०१५ आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन टु प्रतियोगितामा नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का उत्कृष्ट खेलाडी बन्दै म्यान अफ द सिरिज घोषित भएका छन् ।
- नेपाली क्रिकेट खेलाडी बसन्त रेग्मी विश्व क्रिकेट लिगमा १०० विकेट लिने पहिलो क्रिकेटर बनेका छन् ।
- चिनले विश्व अर्थतन्त्रमा पहिलो स्थान प्राप्त गर्न सफल भएको छ ।
- मंगलवार सिड्नीको एसजीसी क्रिकेट मैदानमा न्यू साउथवेल्स र दक्षिण अष्ट्रेलिया राज्यवीचको खेलमा टाउकोमा चोट लागेर अस्पतालमा उपचार गराइरहेका अष्ट्रेलियन क्रिकेटर फिलिप ह्यूजको निधन भएको छ ।
- मलेसियामा सम्पन्न आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्रीको अन्तिम खेलमा नेपालले युगाण्डालाई ६२ रनले पराजित गरि आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्री को उपाधि रक्षा गरेको छ ।
- सन् २०१४ को नोबेल शान्ति पुरस्कार पाकिस्तानकी मलाला युसफजई र भारतका कैलाश सत्यार्थीलाई संयुक्त रुपमा प्रदान गर्ने घोषणा गरिएको छ ।
- दक्षिण कोरियाको इन्चोनमा सम्पन्न एसियाली खेलकुदमा नेपालको बिमला तामाङले महिला कराँतेको एकल काँतामा कास्य पदक जित्दै नेपाललाई पहिलो पदक दिलाएकी हुन् ।
- इसरोका अनुसार उसको स्याटेलाइट मंगलयान मंगलग्रहको अण्डाकार कक्षमा सफलतापूर्वक प्रवेश गरेको जनाएको छ ।
- मलेसियामा जारी आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्रीको खेलमा नेपालले मलेशियालाई डकवर्थ लुइस नियमको आधरमा ३६ रनको अन्तरले पराजित गर्दै नेपाल डिभिजन २ मा बढुवा भएकाे छ ।
- कुबेतमा सम्पन्न यू-१९ प्रिमियर क्रिकेटको नेपाल उपबिजेता बनेको छ । शनिबार भएको आफ्नो अन्तिम खेलमा यूएईलाई ९४ रनले पराजित गर्दै नेपाल उपविजेता बनेको हो । यू-१९ प्रिमियर क्रिकेटको उपाधि अफगानिस्तानले जितेको छ ।
- मलेसियामा जारी आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्रीको खेलमा नेपालले अमेरिकालाई डकवर्थ लुइस नियमको आधरमा १० रनको अन्तरले पराजित गरेको छ ।
- अमेरिकाकी चर्चित टेनिस खेलाडी सेरेना विलियम्सले लगातार तेश्रो पटक युएस ओपनको एकल महिला तर्फको उपाधि जितेकी छिन् ।
- दक्षिण-पूर्वी एसियाली मुलुक थाइल्याण्डको सैनिक सरकार 'जुन्ता' ले जनरल प्रायुथ चान ओचालाई अन्तरिम प्रधानमन्त्री पदमा मनोनयन गरेको छ ।
- मलेसियामा सम्पन्न एसीसी यु-१६ क्रिकेटको फाइनल खेलमा आयोजक मलेसियालाई ३२ रनको अन्तरले हराउदै नेपाल च्याम्पियन बनेको छ ।
- नेपालको सुर्खेतमा बाढिमा परि २० जनाको मृत्यु भएको छ भने ५७ जना बेपत्ता भएका छन् ।
- नेपाली चलचित्रका नायक श्री कृष्ण श्रेष्ठको ४८ बर्षको उमेरमा निधन भएको छ ।
- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा नेपाल भ्रमण । भ्रमणका क्रममा संसदलाई सम्बोधन गर्दै मोदीले खुलाए गौतम बुद्ध नेपालमै जन्मेका हुन् ।
- सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोले दुई सय बढी मानिस पुरिएको अनुमान गरिएको छ भने हजारौं विस्थापित भएका छन् ।
- सिराहा मा गृनेट बिस्फोट हुँदा एक बालकको मृत्यु नौ घाइते ।
- तीन दिने नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले राजनितिक भेटघाटलाई तिब्र बनाएकी छिन ।
- सुनसरीको इटहरी नगरपालिकामा हुने अपराधिक क्रियाकलापलाई रोक्न नेपाल प्रहरीले रात्रीकालिन साइकल गस्ती गर्ने भएको छ ।
- ११६ जना सवार अल्जेरियाको एयर अल्जिरी फ्लाइट ५०१७ बिमान दुर्घटनाग्रस्त ।
- बैतडी को महाकालीगाविसमा खेतवारिमा हाल्ने बिसादी सेवन गरेर दुई बालबालिकाकको मृत्यु भएको छ ।
- पिआरवाला कर्मचारी बारे ८ गतेदेखि संसदमा छलफल हुने ।
- कञ्चनपुरमा एक महिला बच्चा जन्माएर फरार भएकी छन ।
- आत्माघाती आक्रमणमा परि अफगानिस्तान मा दुई नेपालीको मृत्यु ।
- दुई सातादेखि इजरायलको आक्रमणमा परि गाजामा नागरिक हाताहाती भएपछि राष्ट्रसङ्घीय सुरक्षा परिषदले युद्धविरामका लागि आग्रह गरेको छ ।
- नेपाली यु-१६ फुटबलर आत्माविस्वाशी बन्दै ।
- ८६औँ ओस्कार अवार्डमा सर्वोत्कृष्ट फिल्मको उपाधि टुवेल्भ इयर्स अ स्लेभले जितेको छ ।
- प्रधानमन्त्री सुशील कोइराला स्वास्थ्य परिक्षणपछी स्वदेश फर्कदै । क्रमिक रुपमा स्वास्थ्य सुधार भएपछि आज नेपाल फर्कन लाग्नुभएको हो ।
- लगातारको वर्षापछि आएको बाढीका कारण नेपालको सुदूरपश्चिमका धेरै जिल्लामा जनजीवन प्रभावित भएको छ ।
- संयुक्त राष्ट्र संघको आपतकालीन बैठक पछी गाजापट्टीमा युद्ध बिराम गर्न भनिएको छ ।
- मलेशिया एयरलाइन्सको फ्लाइट १७ (चित्रमा) एमस्टरड्याम देखि क्वालालम्पुर जाँदै गर्दा युक्रेनमा दुर्घटनाग्रस्त हुँदा २९८ जनाको ज्यान गएको छ ।
- इजरायलले प्यालेस्टाइन माथी अमानवीय ढंगले आक्रमण जारी राखेको भन्दै नेपालस्थित राष्ट्रसंघ को कार्यालयमा धर्ना दिने भएका छन ।
- नेकपा एमाले का अध्यक्ष केपी शर्मा वलीआप्नो स्वास्थ्य परिक्षणको लागि मंगलबार सिंगापुर प्रस्थान गरेका छन ।
- २०१४ आइसिसी वर्ल्ड ट्वान्टी-ट्वान्टीमा नेपालले अफगानिस्तानविरुद्ध पहिलो जित हात पार्यो । समूहगत चरणको अन्तिम खेलमा जिते पनि नेट रन रेटको आधारमा बङ्गलादेश सुपर-१० मा प्रवेश गरेको छ । नेपाल अर्को चरणमा प्रवेश गर्न नसकेपनि आफ्नो खेलले सबैलाई चकित तुल्याएको छ ।
- २०१४ आइसिसी वर्ल्ड ट्वान्टी-ट्वान्टी को पहिलो खेलमा नेपालले हङकङलाई ८० रनले हराउँदै विजयी सुरुवात गरेको छ ।
- २०७० साल चैतको अन्तिम सातादेखि नेपालको पहिलो क्रिकेट लिग नेपाल प्रिमियर लिग २०१४ हुने भएको छ।
- मलेशियन एयरलाइन्सको २३९ सवार रहेको विमान MH370 कवालालामपुर, मलेशिया देखि बेजिङ्ग, चिन जाने क्रममा हराएको छ र सो विमानको अवस्था बारे हालसम्म पनि जानकारी प्राप्त हुन सकेको छैन् ।
- भारतको केन्द्र शासित प्रदेश तथा राजधानी नयाँ दिल्लीमा आम आदमी पार्टी (आप) का अरविन्द केजरीवाल मुख्यमन्त्री बनेका छन् ।
- दोश्रो संविधानसभा निर्वाचन २०७० मा देशका ठूला ३ दलका केन्द्रीय अध्यक्ष नै पराजित बन्न पुगेका छन् । एमाले अध्यक्ष झलनाथ खनाल, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो पराजित भएका हुन् ।
- सन् २०१४ मा बङ्गलादेशमा हुने विश्वकप ट्वान्टी ट्वान्टी क्रिकेटको लागि युएईमा आयोजित छनौट खेलमा नेपालले हङकङलाई ५ विकेटले पराजित गरेको छ । जितसँगै नेपाल बङ्गलादेशमा हुने विश्वकप ट्वान्टी ट्वान्टीको प्रारम्भिक खेल खेल्नका लागि छनौट भएको छ ।
- सन् २०१४ मा बङ्गलादेशमा हुने विश्वकप ट्वान्टी ट्वान्टीको लागि युएईमा आयोजित छनौट खेलमा नेपालले बर्मुडालाई पराजित गरेको छ । नेपालको जितसँगै बङ्गलादेशमा हुने विश्वकप ट्वान्टी ट्वान्टीको आशा जिवितै रहेको छ ।
- इशानी श्रेष्ठ मिस नेपाल २०१३को उपाधि जित्न सफल भएकी छिन् । त्यस्तै रोजिशा शाही ठकुरी र सृतिमा शाह क्रमश फस्ट र सेकेन्ड रनरअप घोषित भएकाछन् ।
- डिसेम्बर १५ तारिख, खोटाङको लामिडाँडाबाट उडेको तारा एयरको ट्वीन अटर विमान ओखलढुंगामा दुर्घटनाग्रस्त हुँदा चालकदल सहित २२ जनाको मृत्यु भएको छ ।
- अमेरिकामा नेपाली सम्मेलन अमेरिकाको मध्यपश्चिम र दक्षिण-पूर्वमा बस्ने नेपालीहरूको सम्मेलन केन्टकी राज्यको लेक्जिङ्टनमा आइतबार सकिएको छ ।थप
- चीनमा बुद्धमूर्ति प्रतिस्थापन नेपाल चीन कूटनीतिक सम्बन्धको ५५ औ बर्षगाँठको अवसरमा मंगलबार बेइजिङस्थित नेपाली दूतावास प्रांगणमा बुद्धमूर्ति प्रतिस्थापन गरिएको छ। थप
- विश्वका राष्ट्र प्रमुख आउने बेला अमेरिकामा 'सेभ द हिमालय' र्याली केन्टोकी (अमेरिका), भाद्र २३ - संयुक्त राज्य अमेरिकाका लागि नेपालका राजदुत डा.शंकरराज शर्माले न्युयोर्कमा पहिलो पटक आयोजना हुन लागेको 'सेभ द हिमालय' र्यालीमा भाग लिन अमेरिकाबासी नेपालीहरूलाई आव्हान गरेका छन् । थप
- झोलुंगे पुल बन्यो सुटिङ स्पट साताअघि सिनेमा स्कोपको चलचित्र 'किन लाग्छ माया' सुटिङका क्रममा आएका नायक राजबल्लभ कोइराला अग्लो झोलुंगे पुलमा उभिएर केही बेर टोलाए । नायिका गरिमा पन्त भने अग्लो र लामो पुलमा पहिलो पटक नृत्य गर्न पाउँदा दंग देखिन्थिन् ।थप
- फ्ल्यासब्याकमा दासढुंगा पूर्ण खोजबिना इतिहासकै गर्भमा सीमित 'दासढुंगा हत्याकाण्ड' १७ वर्षपछि फ्ल्यासब्याकमा फर्केको छ । चितवनको दासढुंगानजीक त्रिशूली नदीमा जिप दुर्घटनामा परी ज्यान गुमाएका एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रतिको विषयलाई लिएर बनाइएको फिल्म 'दासढुंगा' शुक्रबारदेखि प्रदर्शनमा आएपछि बिस्तारै धुमिल बन्दै गएको घटनाले पुनः एकपटक झस्काइदिएको छ ।थप