एसियाली खेलकुद

एसियाली खेलहरूलाई एसियाडको नामले पनि जानिन्छ। यो प्रत्येक चार वर्षपछि आयोजित हुने बहु-खेल प्रतियोगिता हो जसमा केवल एसियाका विभिन्न देशहरूका खेलाडीहरूले भाग लिन्छन्।

एसियाई खेल
180px
एसियाली खेल चिह्न

ध्येयसदैव प्रगतिशील
प्रथम वृत्तांतनयाँ दिल्ली, भारतमा १९५१को एसियाली खेल
हुन्छ प्रतिचार वर्षमा
अन्तिम वृत्तांतदोहा, कतारमा २००६को एसियाली खेल
उद्देश्यएसियाली महाद्वीपका देशहरूको लागि अनेक खेल प्रतियोगिताहरू
जालस्थलएसियाली ओलम्पिक परिषद

यी खेलहरूको आयोजन एसियाली ओलम्पिक परिषदद्वारा अन्तर्राष्ट्रिय ओलम्पिक परिषदको पर्यवेक्षणमा गरिन्छ। प्रत्येक प्रतियोगितामा प्रथम स्थानको लागि स्वर्ण, दोस्रोकोनिम्ति रजत, र तेस्रोकोलागि कांस्य पदक दिइन्छ, यस परम्पराको शुभारम्भ १९५१मा भएको हो।

प्रथम एसियाली खेलहरूको आयोजन दिल्ली, भारतमा गरिएको थियो, जसलाई सन् १९८२मा पुनः यो खेलको आयोजना गर्ने मौका प्राप्त भयो। आजसम्मको अन्तिम एसियाली खेल १ डिसेम्बर देखि १५ डिसेम्बर, २००६को बीच दोहा, कतारमा आयोजित गरियो। सोह्रौँ एसियाली खेलको आयोजन १२ नोभेम्बर देखि २७ नोभेम्बर, २०१०को बीच गरिएकोछ, जुन ग्वांगझोउ, चीनमा भइरहेछ।

खेल प्रतियोगिताहरूसम्पादन

एसियाली खेलहरूमा निम्नलिखित खेल प्रतियोगिताहरू हुने गर्छन्:

आयोजक देशसम्पादन

वर्ष क्रमांक आयोजक देश र नगर
१९५१
  भारत, नयाँ दिल्ली
१९५४
  फिलिपिन्स, मनिला
१९५८
  जापान, टोकियो
१९६२
  इन्डोनेसिया, जकार्ता
१९६६
  थाईल्याण्ड, बैङ्कक
१९७०
  थाईल्याण्ड, बैङ्कक
१९७४
  ईरान, तेहरान
१९७८
  थाईल्याण्ड, बैङ्काक
१९८२
  भारत, नयाँ दिल्ली
१९८६
१०
  दक्षिण कोरिया, सियोल
१९९०
११
  चीन, बेजिंग
१९९४
१२
  जापान, हिरोशिमा
१९९८
१३
  थाईल्याण्ड, बैङ्कक
२००२
१४
  दक्षिण कोरिया, बुसान
२००६
१५
  कतार, दोहा
२०१०
१६
  चीन, गुआंग्झोऊ

मूल आयोजक दक्षिण कोरिया
मूल आयोजक पाकिस्तान
प्रस्तावित स्पर्धा

यो पनि हेर्नुहोस्सम्पादन

बाहिरी सूत्रसम्पादन