ताप्लेजुङ जिल्ला
ताप्लेजुङ जिल्ला नेपालको पूर्वाञ्चल विकास क्षेत्रको मेची अञ्चलको उत्तरमा अवस्थित एक रमणीय हिमाली जिल्ला हो। विश्वको तेस्रो अग्लो चूचूरो आफूमा समाबेश गरेको यस जिल्ला मेची अञ्चलको सबैभन्दा ठूलो जिल्ला पनि हो। ताप्लेजुङ्ग जिल्लाको अर्को सम्पति भनेको पाथीभरा देवीको मन्दिर पनि हो। जहाँ हिन्दू र बौद्ध मार्गीहरू शक्ति प्राप्तिका लागि दर्शन गर्न जाने गर्दछन्। झापा जिल्लाको बिर्तामोड देखि २३४.११ किलोमिटरको सडकले इलाम र पाँचथरको सदरमुकाम हुँदै यस जिल्लाको सदरमुकाम फुङ्लिङ बजारलाई जोडेको छ। नेपालको सुदुर उत्तर-पूर्वमा अवस्थित तेस्रो ठूलो जिल्ला ताप्लेजुङ करीब ३,६४६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलीएको छ। हिमाली र पहाडी भूबनोटसँगै उत्तर-दक्षीण फैलीएर रहेको यो जिल्ला ७७७ मिटर देखि ८,५९८ मिटरसम्मको उचाइमा रहेको छ। सन् २००१मा गरिएको जनगणना अनुसार यहाँको जनसङ्ख्या १३४,६९८ गणना थियो, जसमा महीला/पुरुष्को अनुपात ०.९७को हाराहारीमा छ। जिल्लामा भएका २ वटा निर्बाचन क्षेत्रलाई यहाँको सबभन्दा ठूलो नदी तमोर नदी, सप्तकोशी नदीको एउटा प्रमुख सहायक नदीले छुट्याएको छ।
ताप्लेजुङ जिल्ला | |
---|---|
देश | नेपाल |
प्रदेश | पुर्वाञ्चल |
अवस्थिति | हिमाली, पहाडी |
नगरपालिका | १ |
सदरमुकाम | ताप्लेजुङ |
क्षेत्रफल | |
• जम्मा | ३६४६ किमी२ (१४०८ वर्ग माइल) |
उन्नतांश (अधिकतम) | ८५९८ मिटर (२८२०९ फिट) |
जनसङ्ख्या (२०६८[१]) | |
• जम्मा | १२७४६१ |
• घनत्व | ३५/किमी२ (९१/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | ०२४ |
मुख्य भाषाहरू | नेपाली, लिम्बु |
प्रमुख जातिहरू | लिम्बु, भोटे, लेप्चा बाहुन, क्षेत्री |
वेबसाइट | www.ddctaplejung.gov.np |
नामाकरण
सम्पादन गर्नुहोस्ताप्लेजुङ जिल्लाको नामाकरण लिम्बु भाषाबाट भएको मानिन्छ। लिम्बु भाषामा ताप्लेजुङ्ग शब्द दुई शब्दको संयोजन भइ बनेको मानिन्छ। मध्यकालिन समयमा "ताप्ले" नाम गरेका राजाले यस क्षेत्रमा शासन गर्ने गर्दथे। लिम्वु भाषामा "जुङ्"को अर्थ किल्ला वा सैनिकले घरेको किल्ला हुन आएबाट ताप्लेजुङ्ग अर्थात ताप्ले नाम गरेका राजाले शासन जमाएको किल्ला हो भनिन्छ। शेर्पा अर्थात भोटे समुदायका मानिसहरू पनि शेर्पा अर्थात भोटे राजा तापले (གཏཔ་ལེ) र जोङ्(རྫོང) जसको अर्थ किल्ला हुन्छ । यहीँ शब्द अप्रबंस भएर ताप्लेजुङ् भएको मानिन्छ।यो राजाको किल्ला हालको सैनिक व्यारेकमा रहेको स्थानमा भएको दाबी गर्द छ। जहाँ २०२४ सालमा सैनिक व्यारेकमा स्थापना गर्दा अहिले खेल मैदान रहेको स्थानमा पोखरी रहेको र उक्त पोखरी उत्खान गर्दा बौद्व धर्म सम्बन्धि माला र क्षोर्तेन् स्तुपा बेजको र यसैले शेर्पा अर्थात भोटे भएको भन्ने गरेको पाईन्छ।
भौगोलिक अवस्थिति
सम्पादन गर्नुहोस्- विकास क्षेत्र:- पूर्वाञ्चल
- अञ्चल:- मेची अञ्चल
- अक्षांस:- १०.१५" देखि २७.५६" उत्तरी अक्षांस।
- देशान्तर:- ८०.३२" देखि ८८.१५" पूर्वी देशान्तर।
- क्षेत्रफल:- ३,६४६ वर्ग किलोमिटर
- सिमाना:- पूर्व भारतको सिक्किम प्रान्त, पश्चिम संखुवासभा जिल्ला, उत्तर चीनको स्वशासित क्षेत्र तिब्बत, दक्षिण तेह्रथुम जिल्ला र पाँचथर जिल्ला
- सदरमुकाम:- फुङ्लिङ
- होचो स्थान:- समुद्रको सतहदेखि ७७७ मिटर (काबेली दोभान)
- अग्लो स्थान:- ८,५८६ मीटर (कन्चनजंघाको चुचुरो)
ताप्लेजुङ् पूर्वी नेपालमा इलाम जिल्ला पछिको सबैभन्दा सुन्दर जिल्ला हो | विकट तर मनोरम धरातलीय बनोट, उच्च हिमाली भूभाग र त्यहा भएका बहुमूल्य जडीबुटीहरू पोट्लीङ्गो; गुराँस, धुपी, चिराइतो जस्ता उल्लेखनीय वनस्पति पाइनुले यस जिल्लाको पर्यटकीय आकर्षण पनि उत्तीकै उच्च रहेको छ। बिश्वकै तेस्रो अग्लो हिमाल कन्चनजङ्घा (८,५८६ मी.) पनि यसै जिल्लामा रहनु र हरिया घाँसे मैदान, चट्टानी भू-बनोट तथा घना जङ्गलले यस जिल्लालाई सुन्दर पारेका छन। जिल्लामा रहेको पाथीभरा देवीको मन्दिर (३७९४ मी.) हिन्दू , बौद्ध तथा किराँत धर्मालम्बीहरूको साझा गन्तव्यस्थल हो।
प्रशासनिक विभाजन
सम्पादन गर्नुहोस्ताप्लेजुङ जिल्लामा ५० वटा गाविसहरू छन। यस जिल्लाको सदरमुकाम जिल्लाको सबै भन्दा बढी जनसङ्ख्या रहेको गाविस फुङ्लिङ हो। यहाँ झापा जिल्लासँग जोड्ने मेची राजमार्ग हुदै वा विराटनगर र काठमाडौंबाट हवाईमार्ग हुदै पनि जान सकिन्छ। ताप्लेजुङ जिल्ला हिमाली जनजीवन, लिम्बू संस्कृति, प्राकृतिक छटा र प्रसीद्ध धार्मिक स्थल पाथीभरा रहेका कारणले नेपालका अन्य जिल्ला माझ मात्र नभएर छिमेकी राष्ट्र भारतमा समेत सुप्रसीद्ध रहेको छ।
गाउँ विकास समितिहरु (गाविसहरू)
सम्पादन गर्नुहोस्|लालीगुराँस]] कंचनजंघा]]
- आम्बेगुदिन
- आङ्खोप
- चाक्सिबोटे
- चाँगे
- ढुङ्गेसाँगु
- दोखु
- डुम्रिसे
- इखाबु
- हाङदेवा
- हाङ्गपाङ्ग
- कालिखोला
- खाम्लुङ
- खेजेनिम
- खेवाङ
- खोक्लिङ
- लेलेप
- लिम्बुदिन
- लिङतेप
- लिङखिम
- लिबाङ
- मामाङखे
- नाल्बु
- नाङखोल्याङ
- निगुरादिन
- ओलाङ्चुङ गोला
- पाईदाङ
- पापुङ
- पेदाङ
- फाखुम्बा
- फावाखोला
- फुलवारी
- फुङलिङ
- फुरुम्बु
- सदेवा
- साँगु
- सान्थाक्रा
- सावाँ
- सावादिन
- सावालाखु
- सिकैंचा
- सिनाम
- सुरुमखिम
- तापेथोक
- तेल्लोक
- थेचुम्बु
- थिङलाबु
- थुकिमा
- थुम्बेदिन
- तिरिङ्गे
- याम्फुदिन
हावापानी
सम्पादन गर्नुहोस्ताप्लेजुङ जिल्लाको ५,००० मिटर भन्दा माथी टुन्ड्रा हावापानी पाइन्छ। हिमाली भागमा बाह्रै महिना हिउँ जमी रहन्छ। ८०० मीटर देखि १४०० मीटर सम्मको उचाईमा सुन्तला जात फलफूल तरकारी र अन्न बालीहरूको खेती गरिन्छ। १४०० मीटर देखि २५०० मीटर सम्मको उचाईमा आलु, मकै, कोदो र लेकाली फलफूलको खेती गरेको पाइन्छ। उत्तरी भेगमा वर्षा याममा बादलले ढाकीराख्ने जाडो समयमा ३२०० मीटर भन्दा तलसम्म हिउँ पर्ने र हिउँदमा हिमाली क्षेत्र खुल्ला हुने भएको हुँदा जाडो हुने यस जिल्लामा न्यूनतम तापक्रम ५.० डिग्री सेल्सियस देखि लिएर अधिकतम २६.३ डिग्री सेल्सियससम्म तथा औषत तापक्रम १६.३९ डिग्री सेल्सियस, औषत वर्षा १,३७२ मिलिलिटर हुनेगरेको पाइन्छ।
जैविक विविधता
सम्पादन गर्नुहोस्जैबिक विविधताको दृष्टिले यो जिल्ला धनी छ। यहाँ ५८ प्रजातिका बन्यजन्तु २५३ किसिमका चराहरू, विभिन्न प्रकारका सरिसृपहरू, उभयचरहरू, पुतलीहरू ११ किसिमका सल्लाहरू, १२७३ प्रजातिका फूलफुल्ने बिरुवाहरू, २४ किसिमका गुराँसहरू, ६९ प्रजातिका सुनगाभाहरू, लगायत विभिन्न प्रकारका जडिबुटीहरू र गैरकाष्ठ पैदावारहरू पाइन्छन्। ताप्लेजुङ जिल्ला होचो भाग ७७७ मीटरदेखि लिएर विश्वको तेस्रो अग्लो हिमाल कन्चनजङ्घा ८,५९६ मीटरसम्मको उचाई सम्म फैलिएको हुँदा यहाँ विभिन्न प्रकारका वन्यजन्तुहरू पाइन्छन्। जिल्लाको कूल क्षेत्रफलको ३९.८५ प्रतिशत जङ्गलले ढाकेको छ। जिल्लाको सम्पत्ति जैविक विविधतालाई कायम राख्न बिक्रम सम्वत २०३९ देखि यस जिल्लाका २० गाविसमा बृक्षारोपण हुँदै आएको छ। हाल सम्म ताप्लेजुङ जिल्लाको ६५८.५ हेक्टरमा बृक्षारोपण भैसकेको छ। विषम हावापानीको कारणबाट यस जिल्लामा उष्ण प्रदेशीय सदावहार जंगलदेखि लिएर ३,५०० मीटर माथिको उचाईमा लेकाली वनस्पति, झाडी पोथ्रा जस्ता रुखहरू पाइन्छ भने ५,००० मीटर भन्दा माथिको उचाईमा हर हमेशा हिउँले ढाकेको हुँदा वनस्पति प्राय हुदैनन।
प्रमुख नदीनालाहरू
सम्पादन गर्नुहोस्ताप्लेजुङ जिल्लाका मुख्य नदीहरूमा तमोर र कावेली हुन। त्यस्तै अन्य खोलाहरूमा मेवाखोला, मैवाखोला, याङ्माखोला, फावाखोला, घुन्साखोला, कालीखोला, हेल्लोक, सिस्नेखोला, सोबुवाखोला, फुंगुवाखोला आदि हुन। हिमनदीहरू कञ्चनजङ्घा हिमनदी, कुम्भकर्ण हिमनदी, तमोर हिमनदी, यलुङ हिमनदी हुन।
हाट बजार
सम्पादन गर्नुहोस्ताप्लेजुङ जिल्ला एक दुर्गम र पहाडी जिल्ला भएको हुँदा प्रायः जिल्लाका सबै बासिन्दाहरूको किनवेच हुने ठाउँ जिल्ला सदरमुकाम नै हो। जिल्लाको पूर्वपट्टिका गा.वि.स.का मानिसहरू पाँचथर जिल्लाको सदरमुकाम फिदिम र गोपेटार, थर्पुबाट आवश्यक सरसरमान किनबेच गर्छन भने अन्य मानिसहरू सदरमुकाममा नै सौदापात गर्छन। यस जिल्लामा लाग्ने विभिन्न ठाउँका साप्ताहिक, पाक्षिक, मासिक र बार्षिक बजारहरू निम्न अनुसार छन्:-
- प्रत्येक शनिवार र मंगलबार जिल्ला सदरमुकाममा (तोक्मेडाँडा)
- प्रत्येक विहीबार जिल्ला सदरमुकाममा (काहुले हाट)
- लाखेजात्रा जिल्ला सदरमुकाममा प्रत्येक वर्ष लाखे पूर्णिमामा
- पुषेमेला दोभानमा (प्रत्येक वर्ष पौष १ गते देखि ५ गते सम्म चाँगेमा)
- माघे मेला सिंवामा (प्रत्येक वर्ष माघ १ गते देखि ३ गते सम्म लिमखिममा)
- रामदुवाली खाम्लुङमा (औंसी र पूर्णिमा) पाक्षिक खाम्लुङमा)
- चतुरे हाट चाँगेमा (चतुर्दशी) पाक्षिक।
- प्रत्येक महिनाको १ गते सिनाममा
उपर्युक्त बजारहरू मध्ये जिल्ला सदरमुकामको बजारमा दैनिक उपभोगका सामानहरूको किनवेच हुन्छ भने गाउँस्तरमा लाग्ने बजारहरूमा मादक पदार्थहरू विक्री बढी भएको पाइन्छ।
यातायात
सम्पादन गर्नुहोस्झापा जिल्लाको चारआली हुँदै ताप्लेजुङ्ग सदरमुकामसम्मको (मेची राजमार्ग) बाटो कालोपत्रे भैसकेको छ। त्यहाँबाट सुकेटार सम्मको बाटो पनि कालोपत्र गरिएको छ। यस बाहेक ताप्लेजङ्ग जिल्ला भित्र ग्रामीण सडक या कृषि सडकको रूपमा कावेली-थेचम्बु, ताप्लेजुङ्ग-दोभान, सुकेटार-भालुगौंडे, ताप्लेजुङ्ग-फुरुम्बु, ताप्लेजुङ्ग-कामीडाँडा हुँदै थेचम्बु मोटरबाटोहरू आदि क्रमागत रूपमा विस्तार भैरहेका छन्। लम्बाईको दृष्टिले सवा २०० कि.मि.को बाटो तय गरेर झापा देखि ताप्लेजुङ्ग पुगिने भए पनि पिच भइ सकेको सडक पनि बढि घुमाउरो डाडाँका टुप्पा र नदी गर्दै धेरै पटक होचो अग्लो भाग भएर गुजि्रएको र साँघुरो सडक भएका कारण ८ घण्टाको अबिरल यात्रा तय गरे पछि मात्र बिर्तामोड देखि ताप्लेजुङ्ग पुग्न सकिन्छ।
हवाईमार्गः- आश्विन १५ गते देखि आषाढ १५ गते सम्म सञ्चालन हुने हवाई यातायात हप्ताको २ दिन सुकेटार विमानस्थलमा ताप्लेजुङ्ग विराटनगर हवाई यातायात सञ्चालन हुने गर्दछ।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्सम्बन्धित लेखहरू
सम्पादन गर्नुहोस्बाह्य कडीहरू
सम्पादन गर्नुहोस्यो पनि हेर्नुहोस
सम्पादन गर्नुहोस्