पेट्रोल निर्यातक राष्ट्रहरूको सङ्घ ओपेक (, /ˈpɛk/ OH-pek, or ओपेप OPEP अन्य धेरै भाषाहरूमा ) १५ राष्ट्रहरूको अन्तर सरकारी सङ्गठन हो. यसको स्थापना पाँच संस्थापक सदस्य राष्ट्रहरु  (इरान, इराक, कुवेत, साउदी अरब, र भेनेजुएला)द्वारा  १९६० मा इराकको बग्दादमा भएको थियो र १९६५ देखि यसको मुख्यालय भियना, अस्ट्रियामा छ । सेप्टेम्बर २०१८ को एक प्रतिवेदन अनुसार विश्वको तेल उत्पादनको  ४४ प्रतिशत र ८१.५ प्रतिशत प्रमाणित तेल खानी भएकाले विश्वको तेल बजारको मुल्यमा ओपेकको ठुलो प्रभाव रहेको छ जुन पहिला 'सात बहिनी' भनिएर चिनिने बहुराष्ट्रिय तेल कम्पनीले मुल्य निर्धारण गर्थ्यो । 

पेट्रोल निर्यातक राष्ट्रहरूको सङ्घ (ओपेक)
पेट्रोल निर्यातक राष्ट्रहरूको सङ्घ (ओपेक)को झन्डा
झन्डा
पेट्रोल निर्यातक राष्ट्रहरूको सङ्घ (ओपेक)
मुख्यालयभियना, अस्ट्रियामा
कार्यालय भाषाअङ्ग्रेजी
किसिमअन्तर्राष्ट्रिय सट्टेबाजी[१]
सदस्यता
नेताहरू
• महासचिव
मोहमद बर्कीन्दो
स्थापनाबगदाद, इराक
• स्थापना
सेप्टेम्बर १९६०
• सक्रिय
जनवरी १९६१
मुद्राअमेरिकी डलर प्रति ब्यारल अनुसार क्रमवद्द गरिएको
वेबसाइट
OPEC.org

यो सङ्गठनको उल्लेखित मिशन '' सदस्य राष्ट्रहरु बीच समन्वय र सहकार्य गर्नु, सदस्य राष्ट्रहरूलाई एक गर्नु र उपभोक्तासम्म कुशल, आर्थिक र नियमित पेट्रोलियमको आपूर्ति सुनिश्चित गर्नका लागि तेल बजार स्थिर गर्ने र पेट्रोलियम उद्योगमा लगानी गर्नेको उचित लगानी फिर्ती सुनिश्चित गर्नु हो । "[४] यो सङ्गठन अन्तरास्ट्रिय तेल बजारको महत्त्वपुर्ण सुचना संवाहक समेत हो। हालको ओपेक राष्ट्रहरु निम्न राष्ट्रहरु हुन् हालका ओपेक राष्ट्रहरु अल्जेरिया, एङ्गोला, इक्वेडर, भूमध्यरेखीय गिनी, गाबोन, इरान , ईराक, कुवेत, लिबिया, नाइजेरिया, कतार, गणतन्त्र कङ्गो, साउदी अरेबिया ( अघोषित नेता), संयुक्त अरब इमिरेट्स यु.ए.इ., र भेनेजुएला।  इन्डोनेसिया पुर्व सदस्य राष्ट्र हो । महाद्वीपमा दक्षिण अमेरिकाबाट दुई , अफ्रिकाबाट सात  र एसिया (मध्य पुर्व)बाट छ राष्ट्र रहेका छन् । ओपेक रास्ट्रको दुई-तिहाई तेल उत्पादन र रिजर्भ यसका छ मध्य पूर्वी राष्ट्रहरूमा रहेका छन् जसले पर्सियन खाडीलाई वरिपरी घेरेका छन् ।

ओपेकको स्थापनालाई प्राकृतिक स्रोतमाथि राष्ट्रिय सार्वभौमको लागि परिवर्तनको बिन्दु मानिन्छ र ओपेकको निर्णयहरु विश्वव्यापी

तेल बजार र अन्तरास्ट्रिय सम्बन्धहरूमा महत्त्वपुर्ण भूमिका खेलिरहेको हुन्छ ।    यसको प्रभाव त्यतिबेला झन् बलियोसँग देखिन्छ जव युद्ध, लडाई र आन्दोलन, अस्तव्यस्तताले गर्दा लामो समयसम्म तेलको आपूर्तिमा अबरोध उत्पन्न हुन्छ । १९७० को दशकमा , तेल उत्पादनमा बन्धनको कारणले तेलको मुल्यमा नाटकीय रूपमा वृद्धि भयो र ओपेक रास्ट्रको राजस्व र सम्पतिमा समेत ठुलो वृद्धि आयो , यसले वैश्विक अर्थतन्त्रमा दीर्घकालीन र लामो असरहरु देखियो । १९८० मा, ओपेकले आफ्ना सदस्य राष्ट्रलाई उत्पादनको लक्ष्य दिन सुरु गर्यो , साधारणतया , जब उत्पादन लक्ष्यमा कमि आउथ्यो तब तेलको मुल्यमा बढाव आउँछ ।यस्तो घटना हालसालै २००८ र २०१६ मा ओपेकको तेल उत्पादन कम गर्ने निर्णयबाट भएको थियो ।

अर्थशास्त्रीहरूले ओपेकलाई किताबमा सामुहिक सट्टेबाजीको उदाहरणको रूपमा प्रस्तुत गर्छन जसले आफ्नो बजार प्रतिस्पर्धा न्यूनीकरण गर्छ ।  डिसेम्बर २०१४ मा ''ओपेक र तेलको मानिसहरूलाई '' विश्वको १०० प्रभावशाली जहाजी उद्योगमा तेश्रो स्थानमा रहेको थियो । [५] तथापी , समय-समयमा अन्तरास्ट्रिय व्यापारमा ओपेकको प्रभावलाई गैर-ओपेक उर्जा श्रोतको विस्तार , एक एक सदस्य रास्ट्रको  उत्पादन लक्ष्य बढाउने प्रलोभन र  सदस्य रास्ट्रको विवादित रास्ट्रिय स्वार्थले चुनौती पेश गरेको छ ।

सदस्यता सम्पादन गर्नुहोस्

हालको सदस्य राष्ट्र सम्पादन गर्नुहोस्

२०१८ जुनसम्म , ओपेकमा १५ सदस्य राष्ट्र छन् : छ मध्य पूर्व (पश्चिम एसिया), सात अफ्रिका, र दुई दक्षिण अमेरिकी ।  अमेरिकी उर्जा सूचना प्रशासन ( U.S. Energy Information Administration (EIA)), का अनुसार ओपेकले २०१६ को विश्वको कुल तेल उत्पादनको ४४ प्रतिशत ( ग्यास सहित ) उत्पादन गर्छ। , र ओपेकमा विश्वको ८१.५ प्रतिशत प्रमाणित तेल खानी रहेको छ ,जुन मध्ये पूर्वी सदस्यमा मात्रै ४८ प्रतिशत रहेको छ ।

नयाँ रास्ट्रको अनुमोदनको लागि सस्थापक सबै पांच सदस्य सहित ओपेकको वर्तमान सदस्यको तीन - चौडाई मत आवस्यक पर्छ , अक्टोबर २०१५ मा , सुडानले औपचारिक रूपमा सदस्यताको लागि निवेदन दिएको थियो,[६] तर अहिले सम्म सदस्य बनेको छैन।

राष्ट्र
kshetra सदस्यता वर्ष जनसङ्ख्या
(२०१६ अनुमानित.)[७][८]
क्षेत्रफल
(कि.मि.2)[९]
तेल उत्पादन
(bbl/day, 2016)[upper-alpha १][१०]
प्रमाणित रिजर्भ
(bbl, 2016)[upper-alpha १][११]
  अल्जेरिया उत्तर अफ्रिका १९६९– 40,606,052 2,381,740 1,348,361 12,200,000,000
  अङ्गोला दक्षिण अफ्रिका २००७ 28,813,463 1,246,700 1,769,615 8,423,000,000
  इक्वेडर दक्षिण अमेरिका १९७३–१९९२, २००७– 16,385,068 283,560 548,421 8,273,000,000
  भूमध्यरेखीय गिनी मध्य अफ्रिका २०१७ 1,221,490 28,051 227,000 1,100,000,000
  गाबोन मध्य अफ्रिका १९७५–१९९५, २०१६– 1,979,786 267,667 210,820 2,000,000,000
  इरान मध्य पूर्व १९६०– 80,277,428 1,648,000 3,990,956 157,530,000,000
  इराक मध्य पूर्व १९६०- 37,202,572 437,072 4,451,516 143,069,000,000
  कुवेत मध्य पूर्व १९६०– 4,052,584 17,820 2,923,825 101,500,000,000
  लिबिया उत्तर अफ्रिका १९६२– 6,293,253 1,759,540 384,686 48,363,000,000
  नाइजेरिया पश्चिम अफ्रिका १९७१- 185,989,640 923,768 1,999,885 37,070,000,000
  कतार मध्य पूर्व १९६१- 2,569,804 11,437 1,522,902 25,244,000,000
  गणतन्त्र कङ्गो मध्य अफ्रिका २०१८–[१२] 5,125,821 342,000 260,000 1,600,000,000
  साउदी अरब मध्य पूर्व १९६०– 32,275,687 2,149,690 10,460,710 266,578,000,000
  संयुक्त अरब इमिरेट्स मध्य पूर्व १९६७-– 9,269,612 83,600 3,106,077 97,800,000,000
  भेनेजुएला दक्षिण अमेरिका १९६०- 31,568,179 912,050 2,276,967 299,953,000,000
OPEC Total 483,630,000 12,492,695 35,481,740 1,210,703,000,000
World Total 7,657,879,000 510,072,000 80,622,287 1,650,585,000,000
OPEC Percent 6.3% 2.4% 44% 73%
  1. १.० १.१ One petroleum barrel (bbl) is approximately 42 U.S. gallons, or 159 liters, or 0.159 m3, varying slightly with temperature. To put the production numbers in context, a supertanker typically holds 2,000,000 barrels (320,000 m3),[१३] and the world's current production rate would take approximately 56 years to exhaust the world's current proven reserves.

उद्दरण त्रुटी: <ref> tag with name "Founder" defined in <references> is not used in prior text.

उद्दरण त्रुटी: <ref> tag with name "UAE" defined in <references> is not used in prior text.

पुर्व सदस्य सम्पादन गर्नुहोस्

Country Region Membership Years Population
(2016 est.)[१४][८]
Area
(km2)
Oil Production
(bbl/day, 2016)
Proven Reserves
(bbl, 2016)
  इन्डोनेसिया दक्षिण पूर्वी एसिया १९६२-२००८

जनवरी-नोबेम्बर २०१६

२६१,११५,४५६ १,९०४,५६९ 833,667 3,692,500,000

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "Glossary of Industrial Organisation Economics and Competition Law", OECD, १९९३, पृ: १९। 
  2. "Member Countries", OPEC, अन्तिम पहुँच २९ जनवरी २०१७ 
  3. "OPEC 172nd Meeting concludes", OPEC (प्रेस विज्ञप्ति), २५ मे २०१७। 
  4. "Our Mission", OPEC, अन्तिम पहुँच १६ फेब्रुअरी २०१३ 
  5. "Top 100 Most Influential People in the Shipping Industry: 3. OPEC and the oil men", Lloyd's List, १२ डिसेम्बर २०१४। 
  6. "Sudan awaiting decision on its OPEC membership application: minister", Sudan Tribune, २२ अक्टोबर २०१५।  वेब्याक मेसिन अभिलेखिकरण २० नोभेम्बर २०१५ मिति
  7. ""World Population prospects – Population division"", population.un.org, संयुक्त राष्ट्र सङ्घीय आर्थिक तथा सामाजिक मामिला विभाग, जनसङ्ख्या विभाग, अन्तिम पहुँच नोभेम्बर ९, २०१९ 
  8. ८.० ८.१ उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named UN_WPP_2019
  9. "Field Listing: Area", The World Factbook, Central Intelligence Agency, अन्तिम पहुँच ४ जनवरी २००९  वेब्याक मेसिन अभिलेखिकरण ७ जनवरी २०१९ मिति
  10. "Production of Crude Oil including Lease Condensate 2016" (CVS download), US Energy Information Administration, अन्तिम पहुँच २८ मे २०१७ 
  11. "Crude Oil Proved Reserves 2016" (CVS download), U.S. Energy Information Administration, अन्तिम पहुँच २८ मे २०१७ 
  12. Editorial, Reuters, "Congo Republic becomes OPEC oil cartel's newest member", U.K. (en-GBमा), अन्तिम पहुँच २०१८-०६-२२ 
  13. Hayler, William B.; Keever, John M. (२००३), American Merchant Seaman's Manual, Cornell Maritime Press, पृ: १४.३, आइएसबिएन 0-87033-549-9 
  14. ""World Population prospects – Population division"", population.un.org, संयुक्त राष्ट्र सङ्घीय आर्थिक तथा सामाजिक मामिला विभाग, जनसङ्ख्या विभाग, अन्तिम पहुँच नोभेम्बर ९, २०१९