रविन्द्र अधिकारी

नेपालका राजनीतिज्ञ


रवीन्द्र अधिकारी (२०२६ वैशाख २२-२०७५ फागुन १४) नेपाली राजनीतिज्ञ एवं नेकपा एमालेका केन्द्रीय सदस्य थिए । संविधान सभाको निर्वाचन २०६४, दोस्रो संविधान सभाको निर्वाचन २०७० र प्रतिनिधि सभाको निर्वाचन २०७४ मा कास्की जिल्लाबाट नेकपा एमालेको तर्फबाट प्रत्यक्ष निर्वाचित भएका थिए । अनेरास्ववियूका अध्यक्ष रहिसकेका अधिकारी २०७४ चैत २ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री नियुक्त भएका थिए ।[१]

रवीन्द्र अधिकारी
रवीन्द्रप्रसाद अधिकारी
संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री
कार्यकाल
२०७४ चैत्र ०२; १६ मार्च २०१८ – २०७५ फागुन १५ ; २७ फेब्रुअरी २०१९
पूर्वाधिकारीजितेन्द्र नारायण देव
उतराधिकारीयोगेश भट्टराई
व्यक्तिगत विवरण
जन्म(१९६९-०५-०५)मे ५, १९६९
२०२६ बैशाख २२
भरत पोखरी, नेपाल
मृत्यु२७ फेब्रुअरी २०१९
२०७५ फागुन १५
नागरिकता१/३७२२
राष्ट्रियतानेपाली
राजनीतिक दलनेपाल कम्युनिष्ट पार्टी
जीवन साथीविद्या भट्टराई
नाताविवाहित
सन्तान(हरू)विराज अधिकारी, स्वराज अधिकारी
अभिभावकइन्द्रप्रसाद अधिकारी लक्ष्मीदेवी अधिकारी
निवासपोखरा
मातृ शिक्षाप्रतिष्ठानत्रिभुवन विश्वविद्यालय
वेबसाइटhttp://rabindraadhikari.com/

विद्यार्थीले पाउने यातायातको छूटको व्यवस्था गराउने आन्दोलनको नेतृत्व उनैले गरेका थिए ।

जीवनी सम्पादन गर्नुहोस्

रवीन्द्र अधिकारीको जन्म २०२६ साल वैशाख २२ गते कास्की जिल्लाको भरतपोखरी गाविस वडा नं. ९ जमुनाबोटमा भएको थियो । उनका बुवाको नाम इन्द्रप्रसाद अधिकारी र आमाको नाम लक्ष्मीदेवी अधिकारी हो । उनकी पत्नीको नाम विद्या भट्टराई हो । विद्या भट्टराई पूर्वविद्यार्थी नेतृ पनि हुन् । उनले त्रिभुवन विश्वविद्यालय अन्तर्गत आरआर क्याम्पसमा प्राध्यापन पनि गरिन् । रवीन्द्र अधिकारीले व्यवस्थापनमा स्नातकोत्तर गरेका थिए । उनका दुईटा छोराहरू छन् । रवीन्द्र अधिकारी आफ्नो विद्यार्थी जीवनबाट नै राजनीतिमा लागेका थिए । उनको राजनीतिक जीवन निम्नप्रकार रहेको छ ।[२]

विद्यार्थी राजनीति

रवीन्द्र अधिकारीले विद्यार्थी जीवनबाट राजनीतिमा प्रवेश गरेका थिए । उनले विद्यार्थी जीवनमा निम्नानुसारका पदभार सम्हालेर राजनीति गरेका थिए ।

  • २०३७ सालमा विद्यार्थी राजनीतमा प्रवेश ।
  • प्रवेशिका परीक्षा उत्तीर्ण गरेलगत्तै वन विज्ञान अध्यायन संस्थानमा भर्ना भए पनि केही समयपछि २०४२ सालमा पोखराको पृथ्वीनारायण क्याम्पसमा अध्ययन सुरु ।
  • विद्यालयदेखि नै राजनीतिमा चासो राख्ने भएकाले क्याम्पस पुगेपछि विद्यार्थी राजनीतिक गतिविधिमा सक्रिय ।
  • २०४४ सालमा अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटीको अध्यक्ष पदमा चयन ।
  • २०४५ सालमा १ वर्ष माध्यमिक विद्यालयमा अध्यापन ।
  • २०४५ सालमा पृथ्वीनारायण क्याम्पसका स्ववियु सदस्यमा चयन ।
  • २०४५ सालमा नै अनेरास्ववियु जिल्ला कमिटी कास्कीको अध्यक्षमा निर्वाचित ।
  • २०४७ सालमा अनेरास्ववियुको गण्डकी अञ्चल अध्यक्ष तथा केन्द्रीय सदस्यमा चयन ।
  • २०४९ सालमा पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित ।
  • २०५३ सालमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा स्ववियु सभापति निर्वाचित ।
  • २०५३ सालमा नै स्ववियु काउन्सिल नेपालका संयोजक निर्वाचित।
  • २०५६ सालमा अनेरास्ववियुका केन्द्रीय अध्यक्ष निर्वाचित ।
विद्यार्थी आन्दोलनमा उल्लेख्य

रवीन्द्र अधिकारीले विद्यार्थी राजनीतिमा धेरै उल्लेखनीय कामहरू गरेका थिए । उनले विद्यार्थी राजनीतिमा गरेका केही उल्लेखनीय कार्यहरू यसप्रकार रहेका छन् ।

  • शिक्षामा भएको निजीकरण र व्यापारीकरणविरुद्ध लामो संघर्ष ।
  • प्राविधिक शिक्षाको विस्तार र गुणस्तरीयता, सबैका लागि गुणस्तरीय शिक्षजस्ता आन्दोलनहरूको अगुवाइ ।
  • बहुचर्चित कालापानी मार्चको नेतृत्व ।
  • सीमा सुरक्षा अभियान, नेपाली भू-भाग डुबाउने लक्ष्मणपुर बाँधको विरोध ।
  • राजकुमार पारस शाहको ज्यादतीविरुद्ध आन्दोलन, हत्यारा बस्ने दरबारमा होइन जेलखानामा हो भन्दै ५ लाख २३ हजार हस्ताक्षर दरबारमा बुझाउने आन्दोलनको नेतृत्व ।
  • यातायातलगायत सार्वजनिक क्षेत्रमा ३३% विद्यार्थी सहुलियतको आन्दोलनमा प्रमुख अगुवाइ ।
राजनीतिक यात्रा
  • २०४६ सालदेखि राजनीतिमा विशेष सक्रिय ।
  • पञ्चायत विरोधी आन्दोलनमा लागेका कारण २०४६ सालमा ८ महिनाको जेल जीवन ।
  • प्रतिगमनविरोधी आन्दोलनमा ४ पटक पक्राउ परी हिरासतमा ।
  • विगतमा एमाले कास्की जिल्ला कमिटी सदस्य रहे ।
  • त्यसपछि एमाले कास्की जिल्ला कमिटी सचिव रहे ।
  • त्यसपछि एमाले कास्की जिल्ला कमिटीका अध्यक्षमा निर्वाचित भए ।
  • संविधान सभा २०६४ का सभासद बने ।
  • २०७० सालको चुनावमा संविधान सभा सदस्य बने ।
  • रुपान्तरित व्यवस्थापिका संसदका सदस्य बने ।
  • २०७४ को आमचुनावमा कास्कीबाट प्रतिनिधि सभामा निर्वाचित भए ।
  • पार्टी एकीकरण भएपछि नेकपाका केन्द्रीय सदस्य बने ।
  • ओली सरकारको दोस्रो मन्त्रिमण्डलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बने ।
प्रकाशित कृति

रवीन्द्र अधिकारीका संविधानसभा: लोकतन्त्र र पुनर्संचना, समृद्ध नेपाल लगायत राजनीति एवं विकाससम्बन्धी सयौं अनुसन्धान र राजनीतिक लेखहरू प्रकाशित भएका छन् ।[२]

दोस्रो ओली मन्त्रिमण्डल सम्पादन गर्नुहोस्

उनी दोस्रो ओली मन्त्रिमण्डलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री थिए ।

मृत्यु सम्पादन गर्नुहोस्

अधिकारीको पदमा बहाल रहेकै बेलामा एयर डाइनेष्टी हेलिकप्टर दुर्घटनामा परी २०७५ फागुन १५ गते मृत्यु भएको थियो। ताप्लेजुङमा भएको उक्त हेलिकप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको निधन भएपछि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले २०७५ फागुन १६ गते सार्वजनिक बिदा दिने निर्णयसमेत गरेको थियो ।[३]विक्रम संवत् २०७५ साल फागुन महिनाको १५ गते बुधवारका दिन अपरान्ह पौने १ बजे ताप्लेजुङ जिल्लाको चुहानडाँडाभा डाइनेस्टिक एयरको हेलिकप्टर दुघर्टनाग्रस्त भएको हो । दुरघटनामा परि हेलिकप्टरमा सवार मन्त्री रविन्द्र अधिकारी सहित प्रधानमन्त्रीजीका निजी सचिव युवराज दहाल, यति एयरलाईन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उप महानिर्देशक विरेन्द्र प्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर ध्रुबदास भोछिभया, मन्त्री रविन्द्र अधिकारीक पिए अर्जुन प्रसाद घिमिरे र हेलिकप्टरका क्याप्टन प्रभाकर केसीको निधन भएको हो । ताप्लेजुङको पाथिभरा मन्दिर दर्शन गरेर फर्कने क्रममा हेलिकप्टर दुर्घटनाग्रस्त भएको कुरा गृह मन्त्रालयले जनाएको छ । दुर्घटनाको कारण खराब मौसम भएको बताइएको छ । मन्त्री अधिकारी एक सम्भावना बोकेका नेताको रूपमा चिनिन्थे । [२]

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. https://nepallive.com/story/43727
  2. २.० २.१ २.२ यस्तो छ रवीन्द्र अधिकारीको जीवनी, अब सम्झनामा मात्रै वेब्याक मेसिन अभिलेखिकरण २०२१-१०-२६ मिति
  3. हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्रीसहित सातै जनाको मृत्यु