यो लेखको उल्लेखनीयता प्रदर्शन गर्न हाल यस लेखमा पर्याप्त सन्दर्भहरू छैन। जहाँसम्म, एकजना सम्पादकले खोज संयत्रको प्रयोग गरेर यो लेख उल्लेखनीय विषयसँग सम्बन्धित भएको र पर्याप्त स्रोतहरू रहेको दावी गरेका छन्। कृपया विश्वसनीय स्रोतहरू थपेर लेख सुधार गर्न सहयोग गर्नुहोस्। सन्दर्भका लागि विचारहरू वार्तालाप पृष्ठमा फेला पार्न सकिन्छ।(सेप्टेम्बर २०२०) (Learn how and when to remove this template message)
आइसिसी विश्व क्रिकेट लिगअन्तर्राष्ट्रिय क्रिकेट परिषदद्वारा प्रशासित टेस्ट मान्यता प्राप्त नगरेको राष्ट्रिय टोलीहरू बीच खेलाईने एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताहरूको एउटा शृङ्खला हो । आइसिसीको सबै सह सदस्य तथा सहयोगी सदस्यहरु यस डिभिजनमा भाग लिन्छन् र यस लिगको संरचना अनुसार जित्ने टिमको पदोन्नति हुन्छ भने पुछारमा रहने टिमको पद अवनति हुन्छ । यो लिग प्रणालीको मुख्य दुई उद्देश्य रहेको छ: आफ्ना सबै सह सदस्य र सहयोगी सदस्यहरूलाई क्रिकेट विश्वकपमा सहभागिता जनाउन तथा सबै सदस्यहरूलाई एकदिवसीय अन्तर्राष्ट्रिय म्याचमा समान सहभागिता होस् ।
यस लिगको उद्घाटन संस्करण २००७-०९ आइसिसी विश्व क्रिकेट लिग रहेको थियो जसमा टिमहरूलाई २००७ विश्वकप छनौट प्रतियोगिताको प्रदर्शनको आधारमा छुट्टयाईएको थियो । यस डिभिजनमा प्रारम्भिक ६ वटा टोली विश्वकप २००७ को लागि योग्य टोली थिए ।