कैलाश सत्यार्थी
कैलाश सत्यार्थी (जन्म: ११ जनवरी १९५४) भारतको एउटा बाल अधिकार कार्यकर्ता हुन् जसलाई सन् २०१४ मा शान्तिको लागि नोबेल पुरस्कार ले सम्मानित गरिएको छ। उनी बाल श्रम विरुद्ध भारतीय अभियानमा १९९० को दसक देखि नै सक्रिय रहेका छन्। उनी द्वारा सञ्चालित सङ्गठनको नाम हो - बचपन बचाओ आन्दोलन। यस सङ्गठनले लगभग ८० हजार बाल श्रमिकहरूलाई मुक्त गराएका छन् र तिनको पुनर्वास तथा शिक्षाको व्यवस्थामा सहायता गरेका छन्। उनी सँगै पाकिस्तानका बाल अधिकारको लागि सक्रिय रहेका मलाला युसफजईलाई पनि २०१४ को शान्ति पुरस्कार प्रदान गरिएको छ। यो पुरस्कार उनलाई बच्चाहरू तथा युवाहरूको दमनको बिरुद्ध कार्य गरेकोले तथा सबैको शिक्षाको अधिकारको लागि सङ्घर्ष गर्नका लागि दिइएको हो।[४]
कैलाश सत्यार्थी | |
---|---|
जन्म | विदिशा, मध्य प्रदेश, भारत | ११ जनवरी १९५४
राष्ट्रियता | भारतीय |
शिक्षा | सम्राट अशोक प्राविधिक संस्थान, विदिशा[१] |
पेशा | बाल अधिकार कार्यकर्ता, प्रारम्भिक बाल शिक्षा कार्यकर्ता, पूर्व इलेक्ट्रोनिक इन्जिनियर[२] |
चिनारीको कारण | सक्रियतावाद |
धर्म | हिन्दु |
पुरस्कार | रोबर्ट एफ केनेडी मानव अधिकार पुरस्कार इटाली सिनेटको पदक अल्फोन्सो कमिन अन्तर्राष्ट्रिय पुरस्कार अन्तर्राष्ट्रिय शान्ति पुरस्कार, जर्मनी लोकतन्त्र रक्षक पुरस्कार २०१४ नोबेल शान्ति पुरस्कार[३] |
वेबसाइट | kailashsatyarthi.net |
परिचय
सम्पादन गर्नुहोस्भारतको मध्य प्रदेशको विदिशामा जन्म लिएका कैलाश सत्यार्थी 'बचपन बचाओ आन्दोलन' चलाउछन्। उनी पेशाले इलेक्ट्रोनिक इन्जिनियर हुन् तर उनी २६ वर्षको उमेरमै उनले आफ्नो क्यारियरलाई त्यागेर बच्चाको लागि काम गर्न सुरु गरेका थिए। हाल उनी 'ग्लोबल मार्च अगेन्स्ट चाइल्ड लेबर' (बाल श्रमको बिरुद्ध विश्वव्यापी अभियान) का अध्यक्ष पनि हुन्।[५]
सन्दर्भ
सम्पादन गर्नुहोस्- ↑ TNN (२०१४-१०-१०), "'Who is Kailash Satyarthi?'", द टाइम्स अफ इण्डिया, अन्तिम पहुँच २०१४-१०-१०।
- ↑ TNN, "'Who is Kailash Satyarthi?'", द टाइम्स अफ इन्डिया, अन्तिम पहुँच २०१४-१०-१०।
- ↑ kailashsatyarthi.net, "'Brief Profile - Kailash Satyarthi'", अन्तिम पहुँच २०१४-१०-१०। वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-१२ मिति
- ↑ कैलाश सत्यार्थीलाई चिन्नुहोस्
- ↑ कैलाश सत्यार्थी