एकात्मक राज्य एउटा एकल संस्थाको रूपमा शासित राज्य हो जसमा केन्द्रीय सरकार अन्ततः सर्वोच्च हुन्छ।[१] केन्द्रीय सरकारले प्रशासनिक विभाजनहरू (उप-राष्ट्रिय एकाइ) सिर्जना (वा समाप्त) गर्न सक्छ। त्यस्ता एकाइहरूले केन्द्रीय सरकारले प्रत्यायोजन गर्ने शक्तिहरू मात्र प्रयोग गर्छन्।[२] राजनैतिक शक्तिलाई प्रादेशिक वा स्थानीय सरकारहरूलाई कानुनद्वारा प्रत्यायोजन गर्न सकिने भए तापनि केन्द्रीय सरकारले हस्तान्तरित सरकारका कार्यहरूलाई रद्द गर्न वा आफ्नो शक्तिमा कटौती (वा विस्तार) गर्न सक्छ।

  एकात्मक राज्य

सङ्घीय राज्यहरू भनेर पनि चिनिने सङ्घीयताको ठीक विपरीत एकात्मक राज्यहरू हुन्छन्। विश्वका धेरै जसो राज्यहरू (१९३ संयुक्त राष्ट्र सदस्य राष्ट्रहरूमध्ये १६६) सरकारको एकात्मक प्रणाली रहेको छ।[३]

सङ्घीयतासँगको तुलना सम्पादन गर्नुहोस्

सरकारको एकात्मक प्रणालीलाई सङ्घीयताको विपरीत मान्न सकिन्छ। सङ्घीयतामा प्रदेश/प्रादेशिक सरकारले लिखित संविधानमार्फत समान कार्यदलका रूपमा केन्द्र सरकारसँग शक्ति बाँडफाँट गर्छ। त्यसका लागि दुवैको सहमति संशोधन आवश्यक हुन्छ। यसको अर्थ, उप-राष्ट्रिय एकाइहरूको अस्तित्व र शक्तिको अधिकार प्रदेशहरूलाई प्रदान गरिएको हुन्छ जसलाई केन्द्र सरकारले एकपक्षीय रूपमा परिवर्तन गर्न सक्दैन।[४]

तथापि, सङ्घीयता र विकेन्द्रीकरणबीच समानता रहेको छ। सङ्घीयता जस्तै एकात्मक राज्यभित्रको विकास सममित हुन सक्छ। सबै उप-राष्ट्रिय एकाइहरूमा समान शक्ति र हैसियत वा असममित हुन्छ। उप-राष्ट्रिय एकाइहरू आफ्नो शक्ति र स्थितिमा फरक-फरक हुन्छन्। धेरै एकात्मक राज्यहरूमा केही हदसम्म स्वायत्तता भएको कुनै क्षेत्र छैन। त्यस्ता देशहरूमा उप-राष्ट्रिय क्षेत्रहरूले आफ्नै कानुनको निर्णय गर्न सक्दैनन्। [५]उदाहरणका लागि रोमानिया, आयरल्यान्ड र नर्वे यस अन्तर्गत पर्दछ। स्वालबर मुख्य भूमिभन्दा पनि कम स्वायत्तता छ। यो सरकारद्वारा सिधै नियन्त्रित छ र यसको कुनै स्थानीय नियम छैन।

 
क्षेत्रीय एकीकरण र विच्छेदनको मार्ग

एकात्मक गणतन्त्र राज्य र एकात्मक राजतन्त्र राज्य सम्पादन गर्नुहोस्

सार्वभौम सम्पन्न राष्ट्र वा अन्तरसरकारी सङ्गठनबाट आंशिक मान्यता प्राप्त राष्ट्रहरू

एकात्मक गणतन्त्र सम्पादन गर्नुहोस्

एकात्मक राजतन्त्र सम्पादन गर्नुहोस्

संयुक्त अधिराज्यउत्तर आयरल्यान्ड एकात्मक राज्यको उदाहरणहरू हुन्। स्कटल्यान्ड, वेल्स र उत्तरी आयरल्यान्डमा केही हदसम्म स्वायत्त शक्ति रहेको छ, तर त्यस्तो शक्ति संयुक्त अधिराज्यको संसदद्वारा प्रत्यायोजन गरिन्छ, जसले एकपक्षीय रूपमा परिवर्तन वा विघटन, समाप्त गर्ने कानुन लागू गर्न सक्छ। त्यसै गरी, स्पेनमा पनि केन्द्र सरकारमार्फत शक्तिहरू प्रत्यायोजन गरिन्छ।

...

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. प्रा. पुष्प कँडेल। "एकल कि बहुराष्ट्र ?"कान्तिपुर दैनिक ((नेपाली) भाषा)। सङ्ग्रह मिति २५ सेप्टेम्बर २०२१ 
  2. "What is a Unitary State?", WorldAtlas, अगस्ट २०१७, अन्तिम पहुँच २०१९-०२-२२ 
  3. "Democracy", www.un.org, २०१५-११-२०, अन्तिम पहुँच २०१९-०२-२२ 
  4. Ghai, Yash; Regan, Anthony J. (सेप्टेम्बर २००६), "Unitary state, devolution, autonomy, secession: State building and nation building in Bougainville, Papua New Guinea", The Round Table 95 (386): 589–608, आइएसएसएन 0035-8533, डिओआई:10.1080/00358530600931178 
  5. "unitary system | government", Encyclopedia Britannica, अन्तिम पहुँच २०१७-०८-११ 
  6. Roy Bin Wong, China Transformed: Historical Change and the Limits of European Experience, Cornell University Press। 
  7. "Story: Nation and government – From colony to nation", The Encyclopedia of New Zealand, Manatū Taonga Ministry for Culture and Heritage, २९ अगस्ट २०१३, अन्तिम पहुँच १९ अप्रिल २०१४ 
  8. "Social policy in the UK", An introduction to Social Policy, Robert Gordon University – Aberdeen Business School, मूलबाट ४ जुलाई २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ अप्रिल २०१४  वेब्याक मेसिन अभिलेखिकरण २६ डिसेम्बर २०१८ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्