मङ्गोलिया चीनको उत्तर र रुशको दक्षिणमा अवस्थित एक भूपरिवेष्ठित रास्ट्र हो। यसको राजधानी उलानबटोर हो।

मङ्गोलिया
Монгол Улс
ᠮᠣᠩᠭᠣᠯ ᠤᠯᠤᠰ
मङ्गोलियाको झन्डा
झन्डा
मङ्गोलियाको Emblem
Emblem
राष्ट्रिय गान: 
 मङ्गोलिया-अवस्थिति (green)
 मङ्गोलिया-अवस्थिति (green)
राजधानी
र सबैभन्दा ठुलो सहर
उलानबटोर[a]
निर्देशाङ्कहरू: ४७°५५′उ॰ १०६°५३′पू॰ / ४७.९१७°N १०६.८८३°E / 47.917; 106.883
आधिकारिक भाषाहरूमङ्गोलियन
Official scriptsMongolian Cyrillic
Mongolian script[१]
जातिगत समूहहरू
(२०१०)
धर्म
बुद्ध (५३%)
इस्लाम (३%)
Shamanism (२.९%)
ईसाइ (२.२%)[२]
रैथाने(हरू)
सरकारUnitary semi-presidential republic[३][४][५]
बनोट
२०९ विसि
१२०६
डिसेम्बर २९, १९११
• मङ्गोलिया गणतन्त्रको स्थापना
नोभेम्बर २६, १९२४
• Independence was recognized by Republic of China
जनवरी ५, १९४६
• हालको संविधान
१३ फेब्रुअरी, १९९२
क्षेत्रफल
• जम्मा
१५,६६,००० किमी (६,०५,००० वर्ग माइल)
• पानी (%)
०.६७[२]
जनसङ्ख्या
• २०१६ अनुमानित
३,०८१,६७७[६] (१३४ अौँ)
• घनत्व
[convert: अमान्य सङ्ख्या] (२३८ अौँ)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)२०१८[८] लगत
• जम्मा
$४३ विलियन
• प्रति व्यक्ति
$१३,७३४
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)२०१८ लगत
• जम्मा
$१३ विलियन
• प्रति व्यक्ति
$४,०२९
गिनी (२०११)३६.५[९]
मध्यम
मानव विकास सूचकाङ्क (२०१४)वृद्धि ०.७२७[१०]
उच्च · 90th
मुद्राTögrög (MNT)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+७/+८[११]
• ग्रीष्मकालीन (दिवाप्रकाश समय बचत)
अन्तर्राष्ट्रिय प्रमाणिक समय+८/+९[१२]
सडक प्रयोगदायाँ
टेलिफोन कोड+९७६
इन्टरनेट डोमेन.mn,
  1. ^ Also spelled "Ulan Bator".
  2. ^ "Mongolian" denotes nationality, which includes minorities such as Kazakhs or Tuvans, while "Mongol" indicates Mongol ethnicity.

जनसङ्ख्या सम्पादन गर्नुहोस्

 
उलानबटोरका परिवारिक बासस्थानहरू
 
बस्ती

यसको जनसङ्ख्या २८ लाख छ ।

इतिहास सम्पादन गर्नुहोस्

 
इस्वि १३औ सताब्दीको मङ्गोलिया .

मङ्गोल साम्राज्य सन् १२०६ मा चंगेज खाँले स्थापना गरेका थिए । मङ्गोलियामा चीनले दुई सय वर्ष शासन गर्‍यो भने पूर्व सोभियत संघले यसलाई ७० वर्ष नियन्त्रणमा लियो । यसले सन् १९११ मा चीनबाट स्वतन्त्रताको घोषणा गरे पनि पूर्ण स्वतन्त्रता भने सन् १९२१ मा मात्र पाएको हो । तर, यसले विश्व समुदायबाट छुट्टै मुलुकका रूपमा सन् १९४५ मा मात्र मान्यता पाएको थियो । तर, सन् १९२४ देखि मङ्गोलिया पुनः सोभियत सङ्घको नियन्त्रण -प्रभाव)मा गयो । सन् १९८९ मा सोभियत सङ्घ विघटन भएपछि सन् १९९० मा मङ्गोलियामा पनि लोकतान्त्रिक आन्दोलन भयो । सन् १९९२ मा नयाँ लोकतान्त्रिक संविधान बनेपछि मङ्गोलिया संसदीय व्यवस्था र उदार अर्थतन्त्रको युगमा प्रवेश गर्‍यो ।

भूगोल सम्पादन गर्नुहोस्

मङ्गोलियाको दक्षिण, पूर्व र पश्चिममा चीन र उत्तरमा रुस छ । मङ्गोलिया क्षेत्रफलका दृष्टिले काजकस्तानपछि दोस्रो ठूलो भूपरिवेष्ठित मुलुक हो। मङ्गोलियाको राजधानी उलान बटोर विश्वमा सबैभन्दा बढी चिसो हुने राजधानी मानिन्छ । हिउँदमा यहाँको तापक्रम ऋणात्मक ४० डिग्री सेल्सियससम्म झर्छ । एसियाको सबैभन्दा ठूलो गोवी मरुभूमि मङ्गोलियाको दक्षिणमा पर्छ । चीनको राजधानी बेइजिङ मङ्गोलयाको दक्षिणी सिमानाभन्दा तीन सय ४० माइल दक्षिणमा पर्छ । त्यसैले, मङ्गोलिया तथा अन्य लुटेराबाट बेइजिङलाई जोगाउन चीनले आफ्नो उत्तरी सिमानामा विश्वको सात आश्चर्य मध्येको एक आश्चर्य आठ हजार आठ सय एकाउन्न दशमलम आठ किमि लामो ग्रेटवाल कैयौँ पुस्ता लगाएर निर्माण गरेको हो ।

राज्यनीति सम्पादन गर्नुहोस्

मङ्गोलिया दुई दशकअघि लोकतन्त्रमा प्रवेश गरेपछि यसले संसदीय व्यवस्थाको सशक्त अभ्यास गरिरहेको छ । लोकतन्त्रसँगै मङ्गोलियाले उदार आर्थिक नीति पनि अनुसरण गरेकाले त्यसबाट निजी क्षेत्रको आर्थिक गतिविधि केही वर्षदेखि निकै फस्टाएको छ । यहाँ औसतमा प्रतिव्यक्ति १६ पशु छन् ।मङ्गोलिया सरकारले सन् २००८ देखि यहाँका प्रत्येक नागरिकलाई प्रतिमहिना १७ अमेरिकी डलर (नेपालीमा करिब १,२२५ रूपैयाँ) निर्वाह भत्ताका रूपमा दिने गरेको छ । लोकतन्त्रसँगै मङ्गोलियाले उदार आर्थिक नीति पनि अनुसरण गरेकाले त्यसबाट निजी क्षेत्रको आर्थिक गतिविधि केही वर्षदेखि निकै फस्टाएको छ । यहाँ विदेशी लगानी पनि उत्तिकै उत्साहजनक ढङ्गले आइरहेको छ । परिणामस्वरूप मङ्गोलियामा धेरै वर्षदेखि वाषिर्क ९/१० प्रतिशतको उच्च दरमा आर्थिक वृद्धि भइरहेको छ । र, प्रतिव्यक्ति आय एक हजार सात सय अमेरिकी डलर पुगिसकेको छ । यहाँका तेल, कोइला, तामा, सुन, युरेनियम आदि खानी सञ्चालनमा आएपछि मङ्गोलियाको आर्थिक समृद्धि चामत्कारिक ढङ्गले बढ्ने विश्वास गरिएको छ ।

अर्थतन्त्र सम्पादन गर्नुहोस्

मङ्गोलियालाई विभिन्न ८० किसिमका बहुमूल्य वस्तुको खानीको भण्डार मानिन्छ, जसमा सुन, युरेनियम, तामा, कोइला, तेल आदि प्रमुख छन् । यहाँ विश्वमै सबैभन्दा बढी कोइला, तामा र सुनको भण्डार भएको विश्वास गरिएको छ । मङ्गोलियामा चार करोड ६० लाख अउन्स सुन र चार करोड टन तामाको भण्डार भएको अनुमान गरिएको छ । सन् २००९ मा क्यानडा र अस्ट्रेलियाका कम्पनीलाई सन् २०१२ सम्ममा सञ्चालनमा ल्याउनेगरी चार अर्ब अमेरिकी डलरमा तामा र सुन खानी सञ्चालन गर्न ठेक्का दिइएको छ ।

धर्म सम्पादन गर्नुहोस्

मङ्गोलियाको प्रमुख धर्म तिब्बती शैलीको बौद्ध धर्म हो ।

जीवनशैली सम्पादन गर्नुहोस्

 
गाडामा घुमन्ते ब्यापर
 
घुमन्तेहरू

मङ्गोलियाको २८ लाख जनसङ्ख्यामा झन्डै ३० प्रतिशतले अझै पनि घुमन्ते जीवन बिताइरहेका छन् । मङ्गोलियामा खेतीयोग्य जमीन अत्यन्त सीमित भएकाले यहाँको जीविकोपार्जनको प्रमुख माध्यम पशुपालन हो । त्यसैले यहाँ पशुको संख्या अत्यधिक छ ।विगतदेखि अहिलेसम्म पहिले पूर्व सोभियत संघबाट र अहिले रुसबाट अत्यन्त सस्तो मूल्यमा पर्याप्त परिमाणमा भोड्का आउने गरेकाले यहाँका मानिसमा अत्यधिक मदिरा सेवन गर्ने लत बसेको छ । मङ्गोलियाका २५ प्रतिशत पुरुष छुट्नै नसक्नेगरी मदिरा सेवनको लतमा फसेको अनुमान गरिन्छ । मङ्गोलियामा कफीभन्दा भोड्का सस्तो मूल्यमा पाइन्छ ।

मङ्गोलियाको साक्षरता अनुपात विकसित मुलुकहरूको जत्तिकै ९८ प्रतिशत छ ।यति थोरै जनसङ्ख्याका लागि मङ्गोलियामा एक सय ५१ वटा विश्वविद्यालय छन् र तिनमा अध्ययन गर्ने विद्यार्थीमा ७० प्रतिशत महिला छन् ।यसले गर्दा राजधानी उलान बटोरमा मात्र २२ वटा दैनिक अखबार निस्कन्छन् भने २१ वटा टेलिभिजन न्युज च्यानल छन् । [१३]

अरु सम्बन्धित विषयहरू सम्पादन गर्नुहोस्

रिफरेन्स सम्पादन गर्नुहोस्

  1. "Official Documents to be in Mongolian Script", UB Post, जुन २१, २०११, मूलबाट नोभेम्बर १, २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१०-०७-११  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण नोभेम्बर १, २०११ मिति
  2. २.० २.१ २.२ "मङ्गोलिया", विश्व तथ्या किताब, CIA, जुलाई ३, २०१५-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट ९, २०१५  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण डिसेम्बर २९, २०१० मिति
  3. Shugart, Matthew Søberg (सेप्टेम्बर २००५), "Semi-Presidential Systems: Dual Executive and Mixed Authority Patterns", Graduate School of International Relations and Pacific Studies, मूलबाट अगस्ट १९, २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ फेब्रुअरी २०१६  वेब्याक मेसिन अभिलेखिकरण १९ अगस्ट २००८ मिति
  4. Shugart, Matthew Søberg (डिसेम्बर २००५), "Semi-Presidential Systems: Dual Executive And Mixed Authority Patterns", French Politics 3 (3): 323–351, डिओआई:10.1057/palgrave.fp.8200087, मूलबाट मार्च ४, २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ फेब्रुअरी २०१६, "Even if the president has no discretion in the forming of cabinets or the right to dissolve parliament, his or her constitutional authority can be regarded as 'quite considerable' in Duverger's sense if cabinet legislation approved in parliament can be blocked by the people's elected agent. Such powers are especially relevant if an extraordinary majority is required to override a veto, as in Mongolia, Poland, and Senegal."  वेब्याक मेसिन अभिलेखिकरण ४ मार्च २०१६ मिति
  5. Odonkhuu, Munkhsaikhan (१२ फेब्रुअरी २०१६), "Mongolia: A Vain Constitutional Attempt to Consolidate Parliamentary Democracy", ConstitutionNet, International IDEA, मूलबाट फेब्रुअरी २५, २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ फेब्रुअरी २०१६, "Mongolia is sometimes described as a semi-presidential system because, while the prime minister and cabinet are collectively responsible to the SGKh, the president is popularly elected, and his/her powers are much broader than the conventional powers of heads of state in parliamentary systems." 
  6. "National Statistical Office of Mongolia", UBSEG.GOV.MN, मूलबाट अप्रिल १५, २०१६-मा सङ्ग्रहित।  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  7. ७.० ७.१ Apr 2016
  8. "Report for Selected Countries and Subjects (Mongolia)", International Monetary Fund 
  9. "Gini Index", World Bank, जुन ८, २०१४-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच मार्च २, २०११  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  10. "2015 Human Development Report Statistical Annex", United Nations Development Programme, २०१५, पृ: ९, मार्च १९, २०१६-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर १४, २०१५  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  11. "Mongolia Standard Time is GMT (युटिसी) +८, some areas of Mongolia use GMT (युटिसी) +७", Time Temperature.com, अक्टोबर १३, २००७-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच २००७-०९-३०  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  12. "Clock changes in Ulaanbaatar, Mongolia", timeanddate.com, मार्च २५, २०१५-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच २०१५-०३-२७  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  13. डा. गोविन्दबहादुर थापा. नेपालले ईष्र्या गर्नुपर्ने मङ्गोलिया, नया पत्रिका, ७ जुलाई २०११[dead link]

बाहिरी लिन्कहरू सम्पादन गर्नुहोस्