कोलोम्बिया, आधिकारिक रूपमा गणतन्त्र कोलोम्बिया (स्पेनी: República de Colombia) (उच्चारण = रेपुब्लिका दे कोलोम्बिया) ,सुन्नुहोस्, मुख्यतया दक्षिण अमेरिकामा अवस्थित एक राष्ट्र हो।[] यसका केही भूभागहरू उत्तर अमेरिकामा पनि पर्दछन्। []कोलोम्बियालाई दक्षिणमा क्यारिबियन सागर, दक्षिण पश्चिममा पानामा, उत्तरमा इक्वादोर र पेरू, पूर्वमा भेनेजुएला, उत्तरपूर्वमा ब्राजिल र पश्चिममा प्रशान्त महासागरले घेरेको छ।[१४] कोलोम्बिया ३२ वटा विभागहरू मिलेर बनेको छ भने देशको राजधानी जिल्लाका साथसाथै सबैभन्दा ठूलो सहर बोगोता हो। [१५][१६] इस्ला दे मालपेलो, कायो रोन्कादोर, ब्लाङ्को सरेना सहित देशको क्षेत्रफल ११,४१,७४८ वर्ग किलोमिटर (४,४०,८३१ वर्ग माइल) रहेको छ। कोलोम्बिया दक्षिण अमेरिकाको पेरू, ब्राजिल र अर्जेन्टिना पछिको चौथो ठूलो राष्ट्र हो। यो विश्वको २५औँ ठूलो राष्ट्र हो भने स्पेनी भाषी राष्ट्रहरू मध्ये यो चौथो ठूलो देश हो। अमेरिकी देशहरू मध्ये यो ७औँ ठूलो राष्ट्र हो। [१७]

गणतन्त्र कोलोम्बिया
रेपुब्लिका दे कोलोम्बिया (कोलोम्बियाली स्पेनी)
कोलोम्बियाको झन्डा
झन्डा
कोलोम्बियाको प्रतीकचिह्न
प्रतीकचिह्न
आदर्श वाक्य: "Libertad y Orden" (स्पेनी)
"स्वतन्त्र र आदेश"
राष्ट्रिय गान: इम्नो नास्योनाल दे ला रेपुब्लिका दे कोलोम्बिया  (स्पेनी)
("कोलोम्बियाको राष्ट्रिय गान")
 कोलोम्बिया-अवस्थिति (गाढा हरियो) दक्षिण अमेरिका-এ (खैरो)
 कोलोम्बिया-अवस्थिति (गाढा हरियो)

दक्षिण अमेरिका-এ (खैरो)

राजधानी
र सबैभन्दा ठुलो सहर
बोगोता[]
४°३५′उ॰ ७४°४′प॰ / ४.५८३°N ७४.०६७°W / 4.583; -74.067
आधिकारिक भाषाहरूस्पेनी
मान्यता प्राप्त आञ्चलिक भाषाहरू६८[a]
जातिगत समूहहरू
(सन् २०१८ को जनगणना[])
  • ८७.५८% गोरा र मेस्तिसो
  • ६.६८% अफ्रिकी-कोलोम्बियाली
  • (मिश्रित समावेश गरिएको)
  • ४.३१% आधिवासी
  • १.३५% उल्लेख नगरिएको
  • ०.०६% राइजल
  • ०.०२% पालेनक्वेरो
  • ०.०१% रोमानी
धर्म
(सन् २०१४[])
सम्बन्धन
  • ७९% क्याथोलिक इसाई
  • १४% इसाई विरोधी
  • २% अन्य धर्म
  • ५% अनिर्दिष्ट
रैथाने(हरू)कोलोम्बियाली
सरकारराष्ट्रपतिय संवैधानिक गणतन्त्र
• राष्ट्रपति
गुस्तावो पेट्रो
• उप राष्ट्रपति
फ्रान्सिया मार्केज
• काङ्ग्रेस प्रमुख
इभान नाम[]
• सर्वोच्च अदालत
फर्नान्डो कैस्टिलो
व्यवस्थापिकाकाङ्ग्रेस
वरिष्ठ सभा
प्रतिनिधि सभा
स्वतन्त्र स्पेनबाट
• घोषित
२० जुलाई १८१०[]
• मान्यता प्राप्त
७ अगस्ट १८१९
• अन्तिम इकाईकरण
सन् १८८६
• हालको संविधान
४ जुलाई १९९१
क्षेत्रफल
• जम्मा
११,४१,७४८ किमी (४,४०,८३१ वर्ग माइल) (२५औँ)
• पानी (%)
८.८ (१७औँ)
जनसङ्ख्या
• सन् २०२० अनुमानित
५,०३,७२,४२४[][] (२८औँ[])
• घनत्व
४२.२३ /किमी2 (१०९.४ /वर्ग माइल) (१७३औँ[])
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)सन् २०२० लगत
• जम्मा
$८२७.६६२ अर्ब[] (३१औँ[])
• प्रति व्यक्ति
$१६,२६४[]
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)सन् २०२० लगत
• जम्मा
$३४३.१७७ अर्ब[] (३८औँ)
• प्रति व्यक्ति
$६,७४४[]
गिनी (सन् २०१८ [११])५०.४[१०]
उच्च
मानव विकास सूचकाङ्क (सन् २०१८)०.७६१[१२]
उच्च · ७९औँ
मुद्राकोलोम्बियाली पेसो[१३]
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय−५[b] (कोलोम्बियाली मानक समय)
मिति ढाँचादिन−महिना−वर्ष
सडक प्रयोगदायाँ
टेलिफोन कोड+५७
इन्टरनेट डोमेन.co

यसले क्षेत्रीय समुद्रमा १२ माइल टाढा सम्म आफ्नो क्षेत्र रहेको दावी गरेको छ जसले गर्दा भेनेजुएला र निकारागुआसँग यसको सीमा विवाद रहेको छ। समुद्री सीमाको कुरा गर्दा यसले पानामा, कोस्ता रिका, निकारागुआ, होन्दुरस, जमैका, आइती, गणतन्त्र दोमिनिक र भेनेजुएलामा क्यारिबियन समुद्री तट र प्रशान्त महासागरमा पनामा, कोस्ता रिका र इक्वादोर सम्म सीमा साझेदारी गरेको छ।[१८] प्रशान्त महासागरको समुद्री तट र क्यारिबियन समुद्र मार्फत आन्ध्र महासागरमा पहुँच गर्न यो दक्षिण अमेरिकाको एक मात्र राष्ट्र हो। समुद्री तटमा पहुँच योग्य बनाउनेमा यसका सान आन्द्रेस प्रोभिदेन्सिया र सान्ता कालातिना समावेश छन्।[]

देशको आधिकारिक तथा सरकारी कामकाजको भाषा स्पेनी हो। [१९] यसको जनसङ्ख्या जातीय र भाषिक हिसाबले विविध छ, यसको धनी बहुसांस्कृतिक सम्पदाले धेरै हिन्द-अमेरिकी सभ्यता, स्पेनी बस्ती, अफ्रिकी श्रम बाध्यता, र युरोप र अझ ठूलो मध्य पूर्वको अध्यागमनको प्रभाव झल्काएको छ।[२०] ५ करोड भन्दा बढी जनसङ्ख्या भएको यो विश्वको २८औँ सबैभन्दा ठूलो देश हो। यो सबैभन्दा धेरै स्पेनी भाषी व्यक्तिहरू भएको विश्वको तेस्रो देश हो जहाँ यो मेक्सिको र स्पेन भन्दा मात्र पछाडि छ। यो एक बहुसांस्कृतिक देश हो। देशका मानिसहरू ८०% भन्दा बढी गोरा प्रजातिका छन्।[२१] कोलोम्बियाको क्यारिबियनमा मध्य पूर्वबाट आएका धेरै सङ्ख्यामा मानिसहरू छन्। कोलोम्बियाको कूल ग्रहस्थ उत्पादन तालिन अमेरिकामा चौथो र विश्वव्यापी रूपमा २८औँ स्थानमा छ। कोलोम्बियामा मानव उपस्थिति १०,००० वर्ष भन्दा पुरानो हो। हजारौँ वर्षे सांस्कृतिक गठन पछि, वर्तमानको कोलोम्बियाली क्षेत्रमा विभिन्न पूर्व कोलोम्बिली संस्कृतिहरू उदय भएका थिए। स्पेनले सन् १४९९ देखि १६औँ शताब्दी सम्म हालको कोलोम्बियालाई अधिनमा राखेको थियो भने यसले ग्रानादाको नयाँ अधिराज्यको पनि गठन गरेको थियो जसमा हालको स्पेनले सान्ता फे दे बोगोतालाई राजधानी बनाएको थियो।[२२]

स्पेनबाट स्वतन्त्रता सन् १८१९ मा प्राप्त भएको थियो तर सन् १८३० सम्ममा विशाल कोलम्बिया सङ्घको विघटन भएको थियो र हालको कोलम्बिया र पानामा ग्रानादा गणतन्त्रको रूपमा देखा परेको थियो। नयाँ सार्वभौम राज्यले सङ्घीयतासँग ग्रनादा सङ्घ (सन् १८५८) को रूपमा प्रयोग गरेको थियो र पछि संयुक्त राज्य कोलोम्बियाको रूपमा सन् १८६३ सम्म प्रयोग गरेको थियो।[२३] अन्ततः सन् १८८६ मा, गणतन्त्र कोलोम्बिया घोषित गरिएको थियो। पानामा सन् १९०३ मा पछि हटेको थियो जसको परिणामस्वरूप कोलोम्बियाको हालको सीमाना निर्धारित भएको थियो। सन् १९६० को दशकदेखि नै, यो देश असममित कम तीव्रता सशस्त्र द्वन्द्व र राजनीतिक हिंसाबाट ग्रस्त भएको थियो जुन दुबै सन् १९९० को दशकमा बढेको थियो भने १८ र १९औँ शताब्दीमा यहाँ विभिन्न गृहयुद्धहरू भएका थिए। यी द्वन्द्वहरू मध्ये अन्तिम युद्ध, आन्तरिक सशस्त्र सङ्घर्षको रूपमा परिचित छ जुन सन् १९९० सुरु भएको थियो भने यसको विपरीत सन् २००० को दशक देखि देशमा सुरक्षा, स्थायित्व र कानुनको शासनमा अभूतपूर्व आर्थिक बृद्धि र विकासमा उल्लेखनीय सुधार भएको छ।[२४]

सन् २०१२ मा, पचास वर्षसम्मको द्वन्द्वपछि तत्कालीन राष्ट्रपति हुआन मानुएल सान्तोसको सरकारले कोलोम्बियाको क्रान्तिकारी सशस्त्र बलसँग शान्ति वार्ता सुरु गरेको थियो। [११][२५] २०१६ मा, वार्ता अन्तिम सम्झौतामा पुगेको थियो, जुन सोही वर्षको अक्टोबर २ मा स्वीकृत नभए पनि सन् २०१७ मा परिमार्जन सहित कार्यान्वयन गरिएको थियो।[२६] हालसम्म कोलोम्बिया सरकारले सम्झौताहरू कार्यान्वयन गर्ने प्रक्रियालाई अगाडि बढाइरहेको छ र एहेर्सितो दे लिबेरास्योन नास्योनाल (राष्ट्रिय मुक्ति सेना = अनुवादित शीर्षक)सँग नयाँ वार्ताको आरम्भ गरेको छ जसले द्वन्द्वको अन्त्यमा योगदान पुर्‍याउने आफ्नो अभिव्यक्ति व्यक्त गरेको थियो।[२७]

कोलम्बिया एक विविध अर्थव्यवस्था छ र सेवाहरूको एक महत्त्वपूर्ण घटक हो। देशको आर्थिक उत्पादन यसको आन्तरिक मागको भरमा रहेको छ भने घरेलू उपभोक्ता खर्च कुल ग्रहस्थ उत्पादनको सबैभन्दा ठूलो अंश हो। [२८]सन् २०१६ मा कुल ग्रहस्थ उत्पादन $७२०,११५ मिलियन अमेरिकी डलर थियो। देशको मानव विकास सूचकाङ्क ०.७४७ छ भने औसत आयु ७५ वर्ष हो। कोलम्बिया सिभेत्स समूहको प्रमुख सदस्य हो जुन मुख्य उदीयमान बजारको रूपमा मानिन्छ। [२९]

यो ओगानिजास्योँ द कोओपेरास्योँ इ दु दिभलोपमअ् इकोनोमिँक (अनुवादित शीर्षक = आर्थिक सहयोग र विकास सङ्गठन), संयुक्त राष्ट्र सङ्घ, अमेरिकी राज्य सङ्घ, प्रशान्त गठबन्धन र अन्य अन्तर्राष्ट्रिय संस्थाहरूको सदस्य हो।[३०] यो तालिन अमेरिकाको एक मात्र देश हो जुन उत्तर आन्ध्र सन्धि सङ्गठनको विश्वव्यापी साझेदार हो। ब्राजिल पछि सबैभन्दा बढी असमानता सूचकाका साथ यो दक्षिणी अमेरिकाको दोस्रो देश हो भने यो विश्व बैङ्कको तथ्याङ्क अनुसार पानामासँग बाँधिएको छ।[३१][३२] यो ५४,८७१ पञ्जीकृत प्रजातिहरूको साथमा विश्वको दोस्रो सबैभन्दा जैविक विविध भएको राष्ट्र पनि हो।[३३]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "Las lenguas indígenas de Colombia"Banco de la República। सङ्ग्रह मिति १७ जुन २०१६ 
  2. उद्दरण त्रुटी: अवैध <ref>चिनो; grupos étnicos नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
  3. "CIA – The World Factbook – Colombia", Cia.gov, अन्तिम पहुँच २७ अप्रिल २०२०  वेब्याक मेसिन अभिलेखिकरण ११ अप्रिल २०२० मिति
  4. "Artículo 10"constitucioncolombia.com। सङ्ग्रह मिति १४ अगस्ट २०१६ 
  5. ५.० ५.१ "Instituto Colombiano Agustín Codazzi"। सङ्ग्रह मिति ६ मार्च २०१७ 
  6. "¿Cuántos somos?", Departamento Administrativo Nacional de Estadística (DANE), अन्तिम पहुँच २६ मार्च २०२०  वेब्याक मेसिन अभिलेखिकरण २७ मार्च २०२० मिति
  7. ७.० ७.१ ७.२ CIA। "Colombia - Geografía - Libro Mundial de Hechos"। सङ्ग्रह मिति २६ फेब्रुअरी २०१७ 
  8. ८.० ८.१ "El Tiempo", Eltiempo.com, अन्तिम पहुँच २५ जनवरी २०२० 
  9. ९.० ९.१ ९.२ ९.३ ९.४ "World Economic Outlook Database: Colombia"International Monetary Fund। ९ अक्टोबर २०१९। सङ्ग्रह मिति २० मार्च २०२० 
  10. "Índice GINI (estimación del Banco Mundial) - Colombia", विश्व बैङ्क, अन्तिम पहुँच २२ मार्च २०२० 
  11. ११.० ११.१ "सन् २०१९ को मानव विकास प्रतिवेदन" (PDF)Programa de las Naciones Unidas para el Desarrollo (स्पेनी भाषा)। सङ्ग्रह मिति ९ डिसेम्बर २०१९ 
  12. "Informe de Desarrollo Humano 2019" (PDF)। Programa de las Naciones Unidas para el Desarrollo। २०१९। सङ्ग्रह मिति ९ डिसेम्बर २०१९ 
  13. "Índice de Gini - Colombia"Banco Mundial। सङ्ग्रह मिति २० मे २०२० 
  14. Banco de la República (सम्पादक)। "Constitución Política de 1991" (PDF)। सङ्ग्रह मिति ३१ मे २०१३ 
    • Universitat de Barcelona (सम्पादक)। "Sistema Político"। सङ्ग्रह मिति ३१ मे २०१३ 
    • Presidencia de la República de Colombia (सम्पादक)। "Constitución Política de Colombia 1991"। सङ्ग्रह मिति २९ अक्टोबर २०१२ 
  15. Colombia Aprende (सम्पादक)। "Diferendo Limítrofe Con Venezuela"। Sociedad Geográfica de Colombia। सङ्ग्रह मिति २२ जुलाई २०१३ 
  16. "Corte Internacional de Justicia fijó límites marítimos con Nicaragua"। El Tiempo। सङ्ग्रह मिति २२ मे २०१३ 
  17. Armada Nacional de Colombia (सम्पादक)। "Tratados Internacionales"। सङ्ग्रह मिति १३ मे २००८ 
    • Armada Nacional de Colombia (सम्पादक)। "Mapa Tratados Internacionales"। सङ्ग्रह मिति १३ मे २००८ 
  18. Juan Manuel, Díaz (२४ जुलाई २००७)। "Los dos mares"Semana। सङ्ग्रह मिति २० डिसेम्बर २०१९ 
  19. "Colombia, el segundo país de Hispanoamérica con más hablantes nativos de español"El Espectador। २७ डिसेम्बर २०१७। सङ्ग्रह मिति २७ नोभेम्बर २००८ 
  20. "Biodiversity Theme Report"। सङ्ग्रह मिति २२ मे २०१३ 
  21. Fabio, Zambrano (१२ जुलाई २०२०)। "Las guerras civiles"Semana। सङ्ग्रह मिति २८ नोभेम्बर २०१८ 
  22. "¿Cómo está compuesta la economía colombiana?"Dinero। २९ सेप्टेम्बर २०१५। सङ्ग्रह मिति २८ नोभेम्बर २०१८ 
  23. Fondo Monetario Internacional। "Report for Selected Countries and Subjects" 
  24. "Life expectancy at birth (years), 2000-2016"Organización Mundial de la Salud (स्पेनी भाषा)। २०१८। सङ्ग्रह मिति २८ नोभेम्बर २०१८ 
  25. https://www.eltiempo.com/economia/colombia-entro-de-forma-oficial-a-la-ocde-489696
  26. "GINI index (World Bank estimate)" 
  27. Colciencias। "Colombia, el segundo país más biodiverso del mundo"। सङ्ग्रह मिति २८ अगस्ट २०१७ 
  28. उद्दरण त्रुटी: अवैध <ref>चिनो; siel नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
  29. La Hora (सम्पादक)। "Ocho países son responsables de más de la mitad del deterioro del planeta"। सङ्ग्रह मिति १० डिसेम्बर २०१४ 
  30. semana.com (सम्पादक)। "Colombia es el país con más conflictos ambientales de América Latina" 
  31. "Environmental Justice Atlas"। ejatlas.org। 
  32. उद्दरण त्रुटी: अवैध <ref>चिनो; ambientepresi नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्

साधारण जानकारी

सम्पादन गर्नुहोस्