लक्जेम्बर्ग

युरोपको देश

लक्जेम्बर्ग वा लक्जमबर्ग (/ˈlʌksəmbɜːrɡ/ ( ) LUK-səm-burg;[] लक्जेम्बर्गी: Lëtzebuerg [ˈlətsəbuəɕ] ( ); फ्रान्सेली: Luxembourg; जर्मनेली: Luxemburg), आधिकारिक रूपमा संवैधानिक अधिराज्य लक्जेम्बर्ग,[] पश्चिमी युरोपको एक सानो भूपरिवेष्ठित देश हो। यसको पश्चिम र उत्तरमा बेल्जियम, पूर्वमा जर्मनी र दक्षिणमा फ्रान्स पर्दछन्। यसको राजधानी र सबैभन्दा धेरै जनसङ्ख्या भएको सहर, लक्जेम्बर्ग सहर हो।[१०] यो युरोपेली सङ्घका चार संस्थागत सिटहरू ब्रसेल्स, फ्राङ्कफर्ट र स्ट्रासबर्ग मध्ये एक हो। यो धेरै युरोपेली सङ्घ संस्थाहरूको सिट समेत हो जसमा विशेष गरी सर्वोच्च न्यायिक प्राधिकरण पर्दछ। लक्जेम्बर्गको संस्कृति, जाति र भाषाहरू यसको फ्रान्सेली र जर्मनेली छिमेकीहरूसँग अत्यधिक अन्तरसम्बन्धित छ।[११][१२] लक्जेम्बर्गेली भाषा कानुनी रूपमा लक्जेम्बर्गी मानिसहरूको एकमात्र राष्ट्रिय भाषा हो।फ्रान्सेलीजर्मनेली पनि प्रशासनिक र न्यायिक मामिलाहरूमा प्रयोग गरिन्छ र तीनवटै भाषाहरूलाई देशको प्रशासनिक भाषाहरू मानिन्छ।[१३]

लक्जेम्बर्ग
Luxembourgको झन्डा
झन्डा
Luxembourgको प्रतीकचिह्न
प्रतीकचिह्न
आदर्श वाक्य: 
"Mir wëlle bleiwe wat mir sinn" (लक्जेम्बर्गी)
"Nous voulons rester ce que nous sommes" (फ्रान्सेली)
"Wir wollen bleiben, was wir sind" (जर्मनेली)
"हामी जे छौँ त्यहीँ रहन चाहन्छौँ"
राष्ट्रिय गान: "Ons Heemecht"
("हाम्रो मातृभूमि")

 लक्जेम्बर्ग-अवस्थिति (गाढा हरियो) – युरोप (हरियो & गाढा खैरो) – the युरोपेली सङ्घ-এ (हरियो)
 लक्जेम्बर्ग-अवस्थिति (गाढा हरियो)

– युरोप (हरियो & गाढा खैरो)
– the युरोपेली सङ्घ-এ (हरियो)

राजधानी
र सबैभन्दा ठुलो सहर
लक्जेम्बर्ग सहर[]
४९°४८′५२″उ॰ ०६°०७′५४″पू॰ / ४९.८१४४४°N ६.१३१६७°E / 49.81444; 6.13167निर्देशाङ्कहरू: ४९°४८′५२″उ॰ ०६°०७′५४″पू॰ / ४९.८१४४४°N ६.१३१६७°E / 49.81444; 6.13167
आधिकारिक भाषाहरू
राष्ट्रिय भाषाहरू: लक्जेम्बर्गी

प्रशासनिक भाषाहरू:

राष्ट्रियता (सन् २०१७)
  • ५०.९% लक्जेम्बर्गी
  • १८.२% पोर्तुगाली
  • १३.५% फ्रान्सेली
  • १०.३% जर्मनेली
  • ७.१% अन्य
धर्म
(सन् २०१८[])
  • 23.4% धर्मइतर
  • ३.२% अन्य
रैथाने(हरू)लक्जेम्बर्गी
सरकारएकात्मक संसदीय संवैधानिक राजतन्त्र
• ग्रान्ड ड्युक
हेनरी
Xavier Bettel
• उपप्रधानमन्त्री
व्यवस्थापिकाप्रतिनिधि सभा
स्वतन्त्र
• फ्रान्सबाट
१५ मार्च १८१५
• नेदरल्यान्डसँग व्यक्तिगत सङ्घमा स्वतन्त्रता
१९ अप्रिल १८३९
• स्वतन्त्रताको पुन: पुष्टि लन्डन सन्धि
११ मे १८६७
• नेदरल्यान्ड अधिरान्यसँग व्यक्तिगत मिलनको अन्त्य
२३ नोभेम्बर १८९०
• प्रथम विश्वयुद्धमा जर्मनेली साम्राज्यबाट नियन्त्रित
१ अगस्ट १९१४
• नाजी जर्मनीबाट स्वतन्त्र
सन् १९४४ / १९४५
२४ अक्टोबर १९४५
• स्थापित युरोपेली अर्थतन्त्र समुदाय[]
१ जनवरी १९५८
क्षेत्रफल
• जम्मा
२,५८६.४ किमी (९९८.६ वर्ग माइल) (१६८औँ)
• पानी (%)
०.२३ (सन् २०१५)[]
जनसङ्ख्या
• जनवरी २०२२ अनुमानित
Neutral increase ६४५,३९७[] (१६८औँ)
• सन् २०२२ जनगणना
६,४५,३९७ []
• घनत्व
२४२ /किमी2 (६२६.८ /वर्ग माइल) (५८औँ)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)सन् २०११ लगत
• जम्मा
वृद्धि $९०.५३२ अर्ब[] (९८औँ)
• प्रति व्यक्ति
वृद्धि $140,694[] (प्रथम)
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)सन् २०२२ लगत
• जम्मा
वृद्धि $८६?८९८ अर्ब[] (७१औँ)
• प्रति व्यक्ति
वृद्धि $१३५,०४६[] (3rd)
गिनी (सन् २०१९)३२.३[]
मध्यम
मानव विकास सूचकाङ्क (2021)वृद्धि ०.९३०[]
धेरै उच्च · 17th
मुद्रायुरो () (EUR)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+१ (मध्य युरोपेली समय)
• ग्रीष्मकालीन (दिवाप्रकाश समय बचत)
अन्तर्राष्ट्रिय प्रमाणिक समय+२ (मध्य युरोपेली ग्रीष्मकालीन समय)
मिति ढाँचादिन।महिना।वर्ष
सडक प्रयोगदायाँ
टेलिफोन कोड+३५२
इन्टरनेट डोमेन.lub
  1. नेदरल्यान्डको हेत विलहेल्मस जस्तो होइन।
  2. युरोपेली सङ्घको सदस्य राष्ट्र भएकाले डटट इयु डोमेन पनि प्रयोगमा रहेको छ।
  3. ^ "Field Listing – Distribution of family income – Gini index", द वर्ल्ड फ्याक्टबुक, केन्द्रीय गुप्तचर संस्था, मूलबाट १३ जुन २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ मे २०१३  वेब्याक मेसिन अभिलेखिकरण १३ मे २००९ मिति
नक्सा
लक्जेम्बर्गको सीमाना देखाउने अन्तरक्रियात्मक मानचित्र

२,५८६ वर्ग किलोमिटर (९९८ वर्ग माइल) क्षेत्रफल भएको लक्जेम्बर्ग युरोपको सबैभन्दा सानो देशहरू मध्ये एक हो।[१४] सबैभन्दा सानो भएतापनि यसलाई लघु राज्य मानिएको छैन। सन् २०२२ मा, यसको जनसङ्ख्या ६,४५,३९७ रहेको थियो, जसले यसलाई युरोपको सबैभन्दा कम जनसङ्ख्या भएको देशहरू मध्ये एक बनाउँदछ[१५], यद्यपि उच्चतम जनसङ्ख्या वृद्धि दरको साथ कुल जनसङ्ख्याको लगभग आधा हिस्सा विदेशीहरूको छ।[१६] लक्जेम्बर्ग एक संवैधानिक सम्राट, ग्रान्ड ड्युक हेनरीको नेतृत्वमा एक प्रतिनिधिमुलक लोकतान्त्रिक मुलुक हो, जसले यसलाई विश्वको एकमात्र सार्वभौम ग्रान्ड डची बनाउँदछ।[१७]

लक्जेम्बर्ग एक विकसित देश हो जसको एक उन्नत अर्थव्यवस्था र प्रतिव्यक्ति आय विश्वको उच्चतम कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता) मध्ये एक हो। लक्जेम्बर्ग सहरलाई विशाल किल्लाहरू र ऐतिहासिक क्षेत्र असाधारण संरक्षणको कारण सन् १९९४ मा युनेस्कोले विश्व सम्पदा क्षेत्र घोषणा गरेको थियो।[१८]

लक्जमबर्ग युरोपेली सङ्घ[१९], आर्थिक सहयोग र विकास सङ्गठन, संयुक्त राष्ट्रसङ्घ, नाटो र बेनेलक्सको संस्थापक सदस्य हो।[२०][२१] यसले सन् २०१३ र २०१४ मा पहिलो पटक संयुक्त राष्ट्र सुरक्षा परिषद् सेवा गरेको थियो।[२२] सन् २०२२ सम्ममा, लक्जेम्बर्गका नागरिकहरूले १८९ देशहरू र क्षेत्रहरूमा प्रवेशाज्ञा-मुक्त वा आगमनमा प्रवेशाज्ञा पहुँच प्राप्त गरेका थिए, जुन फिनल्यान्डइटालीसँग बराबरी रहेको छ। लक्जमबर्गको राहदानीलाई विश्वको चौथो स्थानमा राखिएको थियो।[२३]

  1. "कानुनले निर्धारण गरेको
  2. युरोपेली सङ्घ सन् १९९३ देखि
  3. लक्जेम्बर्गी: Groussherzogtum Lëtzebuerg [ˈɡʀəʊ̯shɛχtsoːχtum ˈlətsəbuəɕ]; फ्रान्सेली: Grand-Duché de Luxembourg [ɡʁɑ̃ dyʃe də lyksɑ̃buʁ]; जर्मनेली: Großherzogtum Luxemburg [ˈɡʁoːshɛʁtsoːktuːm ˈlʊksm̩bʊʁk]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "The World Factbook" (अङ्ग्रेजीमा), केन्द्रीय गुप्तचर संस्था, २४ नोभेम्बर २०२०, अन्तिम पहुँच ११ डिसेम्बर २०२० 
  2. Eurobarometer 90.4: Attitudes of Europeans towards Biodiversity, Awareness and Perceptions of EU customs, and Perceptions of Antisemitism, European Commission, मूलबाट १३ मार्च २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ जुलाई २०१९ – Leibniz Institute for the Social Sciencesद्वारा। 
  3. "Surface water and surface water change", आर्थिक सहयोग तथा विकास सङ्गठन, अन्तिम पहुँच ११ अक्टोबर २०२० 
  4. "Statistiques // Luxembourg", statistiques.public.lu, अन्तिम पहुँच ११ अप्रिल २०२२ 
  5. "Luxembourg's demography in figures - edition 2022" 
  6. ६.० ६.१ ६.२ ६.३ "World Economic Outlook Database, October 2019", IMF.org, अन्तर्राष्ट्रिय मुद्रा कोष, अन्तिम पहुँच ८ जनवरी २०२० 
  7. "Gini coefficient of equivalised disposable income – EU-SILC survey", ec.europa.eu, Eurostat, अन्तिम पहुँच ९ अगस्ट २०२१ 
  8. "Human Development Report 2021/2022" (अङ्ग्रेजीमा), संयुक्त राष्ट्र विकास कार्यक्रम, ८ सेप्टेम्बर २०२२, अन्तिम पहुँच ८ सेप्टेम्बर २०२२ 
  9. "Luxembourg", The American Heritage Dictionary of the English Language (5th संस्करण), Boston: Houghton Mifflin Harcourt, अन्तिम पहुँच १ अक्टोबर २०१९ 
  10. "Europe :: Luxembourg — The World Factbook - Central Intelligence Agency", www.cia.gov, अन्तिम पहुँच १२ डिसेम्बर २०२० 
  11. "Decision of the Representatives of the Governments of the Member States on the location of the seats of the institutions (12 December 1992)", Centre virtuel de la connaissance sur l'Europe, २०१४, मूलबाट १३ अक्टोबर २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ अक्टोबर २०१७ 
  12. "Luxembourg | national capital, Luxembourg", इन्साइक्लोपिडिया ब्रिटानिका (अङ्ग्रेजीमा), अन्तिम पहुँच १२ डिसेम्बर २०२० 
  13. "Loi du 24 février 1984 sur le régime des langues. - Legilux", legilux.public.lu, अन्तिम पहुँच १३ सेप्टेम्बर २०२१ 
  14. "Eurostat – Tables, Graphs and Maps Interface (TGM) table", Epp.eurostat.ec.europa.eu, अन्तिम पहुँच २१ फेब्रुअरी २०१० 
  15. "La démographie luxembourgeoise en chiffres", Le Portail des Statistiques (फ्रान्सेलीमा), मूलबाट २१ मार्च २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच १ नोभेम्बर २०२१  वेब्याक मेसिन अभिलेखिकरण २१ मार्च २०२२ मिति
  16. "Country comparison :: POPULATION growth rate", The World Factbook, मूलबाट २७ मे २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ अप्रिल २०१७  वेब्याक मेसिन अभिलेखिकरण २७ मे २०१६ मिति
  17. Krouse, Sarah (१ जनवरी २०१८), "Piping Hot Gromperekichelcher, Only if You Pass the Sproochentest", The Wall Street Journal, पृ: १। 
  18. "City of Luxembourg: its Old Quarters and Fortifications", World Heritage List, UNESCO, World Heritage Convention, अन्तिम पहुँच १६ अप्रिल २०१७ 
  19. "European Union | Definition, Purpose, History, & Members", इन्साइक्लोपिडिया ब्रिटानिका, अन्तिम पहुँच १२ डिसेम्बर २०२० 
  20. Timeline: Luxembourg – A chronology of key events BBC News Online, 9 September 2006. Retrieved 8 October 2006.
  21. "Independent Luxembourg", इन्साइक्लोपिडिया ब्रिटानिका, अन्तिम पहुँच १२ डिसेम्बर २०२० 
  22. "Asselborn's final Security Council meeting", Luxemburger Wort, १९ डिसेम्बर २०१४, मूलबाट १० अक्टोबर २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २ अप्रिल २०१५  वेब्याक मेसिन अभिलेखिकरण १० अक्टोबर २०१७ मिति
  23. "Global Ranking – Visa Restriction Index 2020", Henley passport index, अन्तिम पहुँच ४ अप्रिल २०२० 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्