सोलोमन द्वीप
सोलोमन द्वीप पपुवा न्युगिनीको पूर्वमा मालेनेसियामा करीब एक हजार द्वीपहरू समेटिएको एउटा देश हो । करीब २८,४०० वर्ग किलोमीटर (१०,९६५ वर्ग माइल)मा फैलिएको यस देशको राजधानी गुआडल क्यानल द्वीप स्थित होनिअरा हो । मानिन्छ कि सोलोमन द्वीपमा हजारौं साल पहिले मेलोनेशियाई मान्छे बसोबास गर्दथे । संयुक्त अधिराज्यले सन् १८९० मा सोलोमन द्वीपमा एक संरक्षित राज्यको स्थापना गर्यो । द्वितीय विश्व युद्धको सबैभन्दा संघर्षपुर्ण लडाई सन् १९४२-४५ को सोलोमन द्वीप अभियानको समयमा लडिएको थियो, जसमा गुआडलकैनालको लडाई पनि सामेल छ । सन् १९७६ मा मान्छेहरूले स्वशासन र दुइ वर्ष पछि स्वतन्त्रता प्राप्त गरेका थिए । सोलोमन द्वीप एक संवैधानिक राजतन्त्र हो, जसको प्रमुख महारानी एलिजाबेथ द्वितीय हुन् ।
' 'सोलोमन द्वीप | |||||
| |||||
राष्ट्रवाक्य: टू लीड यस टू सर्व (To Lead is to Serve) | |||||
राष्ट्र-गान: भगवान हाम्रो सोलोमन द्धीपको रक्षा गरुन् (God Save Our Solomon Islands) | |||||
राजधानी (र सबैभन्दा ठुलो शहर) |
होनिअरा 9°28′ S 159°49′ E | ||||
राष्ट्र भाषा(हरु) | अङ्ग्रेजी | ||||
---|---|---|---|---|---|
सरकार | संवैधानिक राजतन्त्र र संसदीय व्यवस्था | ||||
- राजतन्त्र | महारानी एलिजाबेथ दोश्रो | ||||
- गभर्नर जनरल | फ्रान्क काबुई | ||||
- प्रधानमनत्री | डेरिक सिकुआ | ||||
स्वतंत्रता | |||||
- यूके बाट | सन् १२९७८ जुलाई ७ | ||||
क्षेत्रफल | |||||
- कुल | 28,896 किमी² (१४२ औ) 11,157 माइल² | ||||
- जल(%) | 3.2% | ||||
जनसंख्या | |||||
- 2009 अनुमान | 523,000 (170 वां) | ||||
- जन घनत्व | 18.1/किमी² (१८९ औ) 46.9/माइल² | ||||
कुल घरेलु उत्पादन (जिडिपी) (पिपिपि) | २००८ अनुमान | ||||
- कुल | $1.525 बिलियन () | ||||
- प्रति व्यक्ति | $2,917 () | ||||
मानव विकास सूचकांक (2007) | ![]() | ||||
मुद्रा | सोलोमन आईलैंड डलर (SBD )
| ||||
समय क्षेत्र | (यूटीसी +11) | ||||
इन्टरनेट टीएलडी | .sb | ||||
टेलिफोन कोड नं. | +६७७ |
सन् १९९८ मा भएको जातीय हिंसा, सरकारी भ्रष्ट व्यवहार र अपराधले देश र समाजको स्थिरतालाई प्रभावित गरेको छ । सन् २००३ जुनमा अस्ट्रेलियाली बहुराष्ट्रीय बल क्षेत्रीयको सहायता मिशनले सोलोमन द्वीपमा शांति बहाल गराउन, जातीय उछ्र्रिंखलमा लगाम लगाउन र नागरिक प्रशासनमा सुधारको उद्देश्य प्राप्त गरेको छ ।
विकिमिडिया कमन्समा सोलोमन द्वीप सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |