वीरगञ्ज महानगरपालिका

नेपालको एक महानगरपालिका

नेपाल संघिय गणतन्त्रात्मक व्यवस्थामा गईसकेपछि देशभर ७ वटा प्रदेश स्थापना भएका छन् । वीरगञ्ज महानगरपालिका प्रदेश नं २ को एक मात्र महानगरपालिका हो । यो पर्सा जिल्लामा अवस्थित छ । यसलाई ‘गेट वे अफ नेपाल’ (Gate way of Nepal) भनेर पनि चिनिन्छ । यो एउटा व्यापारिक सहर हो । यसलाई कतिपयले आर्थिक राजधानी भन्ने गरेका छन् । वीरगञ्ज ट्रेड एण्ड ट्रान्जिटको केन्द्र पनि हो ।

वीरगञ्ज
महानगरपालिका
भारत-नेपाल सीमाद्वार
भारत-नेपाल सीमाद्वार
आदर्श वाक्य(हरू): 
नेपालको प्रवेशद्वार
देश नेपाल
अञ्चलनारायणी अञ्चल
जिल्लापर्सा जिल्ला
महानगरपालिका घोषितवि.स. २०७४/२/१७
सरकार
 • प्रकारवीरगञ्ज उपमहानगरपालिका
 • मेयरविजय कुमार सरावगी
 • उप मेयरशान्ति कार्की
क्षेत्रफल
 • जम्मा९०.७४ किमी (३५.०३ वर्ग माइल)
जनसङ्ख्या
 (सन् २०११)
 • जम्मा२,८५,०११
 • घनत्व३,१००/किमी (८,१००/वर्ग माइल)
 • धर्मावलम्बी
हिन्दू
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
पोस्टल कोड
४४३००,४४३०१
क्षेत्रीय सङ्केत(हरू)०५१
वेबसाइटbirgunjmun.gov.np

सबैभन्दा बढी भन्सार राजश्व दिने नाका हो ।  यहाँबाट नेपालले भारत लगायत अन्य मुलुकहरूसँग आयात निर्यातको काम गर्ने गर्दछ। चितवन, काठमाडौँ तथा पोखराका लागि सामान आयात निर्यात गरिन्छ ।

श्री ३ वीर शमशेर जङ्गबहादुर राणाको प्रधानमन्त्रीत्वकालमा वि.सं. १९४२-१९५८ पर्सा जिल्लाको अलौ भन्ने स्थानबाट गहवा गाँउमा सदरमुकाम सारिएपछि गहवा गाँउलाई उनैको नाममा वीरगञ्ज नामाकरण गरिएको हो। त्यहा गहवामाई मन्दिर पनि रहेको छ।

ठाकुरराम क्याम्पस का साथै केही अरू कलेज तथा विद्यालय तथा नारायणी अञ्चल अस्पतालका साथै केही नर्सीङ होम समेत रहेको वीरगञ्जमा अञ्चल स्तरीय तथा जिल्ला स्तरीय सरकारी कार्यलयहरू पनि छन्। वीरगञ्जको एरिया कोड ०५१ हो।

इतिहाससम्पादन

अलौ पर्वसम्पादन

वि.सं. १९०४ मा जंगबहादुरले राजा राजेन्द्रलाई गद्दिच्युत गरेपछी, जंगबहादुर विरुद्ध फौज खडा गरी राजेन्द्र अलौमा शिविर बनाएर बसेका थिए। जंगबहादुरको सेना सामु राजा राजेन्द्रको सेनाको केही लागेन र राजा राजेन्द्रलाई बन्दी बनाइयो। यस घटनालाई अलौ पर्व भनिन्छ।

वीर शमशेरसम्पादन

तत्कालीन श्री ३ वीर शम्शेरले वि.सं. १९४५ देखि १९५० को बीचमा वीरगञ्ज बजार स्थापना गरेको अनुमान छ । वीर शम्शेरले स्थापना गरेको हुनाले यसको नाम वीरगञ्ज रहन भएको हो भन्ने भनाइ रहेको छ । वीरगञ्ज स्थापनाभन्दा अगाडि पर्सा जिल्लाको मुख्य केन्द्र अलौं थियो ।

वीरगञ्ज बजारको स्थापनाभन्दा अगाडि यस आसपासका गाउँहरू बगही, अलौं, बरेवा, कलैया, प्रसौनी, इनरुवा, छपकैया, अस्तित्वमा आइसकेका थिए । कलैयाबाट प्रसौनी, इनरवा गाउँ हुँदै छपकैया भएर अलौं जाने सानो बाटो थियो, उक्त बाटोलाई रजैया सडक भनिन्थ्यो। [१]

जंगलले ढाकेको स्थानमा वीरगञ्ज बजार स्थापना गर्न श्री ३ वीर शम्शेरले आफ्ना विश्वासपात्र द्वय सिद्धवीर माथेमा र ध्वजवीर माथेमा (दुई दाजुभाइ) लाई क्रमशः माल अड्डा तथा काठ माल अड्डाको हाकिम बनाई वीरगञ्जमा खटाएका थिए । त्यसै सिलसिलामा सिद्धवीर माथेमाले निःशुल्क जग्गा तथा काठ वितरण गर्नुका साथै वीरगञ्जमा घर बनाउनेहरूलाई नगदको व्यवस्था गरी सहयोग पुर्याएका थिए । उक्त कार्यले पछि चन्द्र शमशेरको पालामा सिद्धवीर माथेमालाई मृत्युदण्डको सजायसमेत भुक्तान गर्नु पर्ने अवस्था आइसकेको थियो ।

चन्द्र शम्शेरसम्पादन

वीर शम्शेरको वि.सं. १९५७ मा मृत्यु भए पछि श्री ३ देवशम्शेर महाराज भए । तर चन्द्र शम्शेरले चाल चली तीन महिनाभित्रै देवशम्शेरलाई अपदस्त गरी आफैं श्री ३ महाराजा बने । स्व. वीरशम्शेर र देवशम्शेरका मान्छेहरूलाई चन्द्र शम्शेर देखी सहँदैनथे। वीर शम्शेरका खास मान्छे सिद्धवीर माथेमामाथि रिसइवी साँधी उनले सम्हालेको माल अड्डा जाँच गराउन लगाई माथेमामाथि तीन लाख अनियमितता गरेको आरोप लगाइयो ।

सिद्धवीरले वीरगञ्ज बजार बसाल्नमा खर्च गरिएको हिसाब देखाउँदा त्यसलाई अमान्य ठहर गरियो र तत्काल रकम तिर्न आदेश जारी भयो । माथेमाले आफूले नखाएकाले रकम तिर्न नसक्ने जवाफ दिएपछि सजायस्वरूप छातीमा साइनबोर्ड टाँसेर बाजागाजासहित बजार परिक्रमा गराउँदै मच्छाखुशीमा लगेर काटी मारीदिनु भन्ने मृत्युदण्डको मौखिक फैसला भयो । खाइ नखाई अहोरात्र खटेर वीरगंज बजार स्थापनामा वीर शम्शेरलाई सहयोग पुर्याउने माथेमामाथि मृत्युदण्डको फैसला भएको खबर सुनेपछि स्व. श्री ३ वीरशम्शेरकी महारानीले आफ्नो तर्फबाट रु. तीन लाख रकम तिरिदिएर माथेमालाई मृत्युदण्डको सजायबाट छुटकारा दिलाइन् ।

चन्द्र शम्शेरले आफ्ना दाइले स्थापना गरेको वीरगञ्ज बजारलाई समेत विस्थापित गर्न चाहेका थिए । उनी वीरगञ्जको बजारलाई त्यहाँबाट हटाएर रौतहटको हजमिनियामा बसाल्न चाहन्थे । बजार विस्थापित गर्ने चाल अनुसार वि.सं. १९८० मा रक्सौलदेखि वीरगञ्जको मुख्य बजार अतिक्रमण गर्दै अमलेखगंजसम्म रेल लाइन सेवा विस्तार गरे । लिंकबाट रेल कुद्दा आसपासका घरहरू चर्कने, फुट्ने र बासिन्दाहरू आतंकित हुने गर्थे तर वीरगञ्जबासीहरू अनेक विन्ती भाउ गर्दै रेललाइन बजार बाहिर सार्न अनुरोध गर्नतर्फ लागे तर उनी हजमिनिया जान तयार भएनन् । पछि रेल्वे लिंक बजारको पूर्वतर्फ (बजार बाहिर) सारिएको थियो ।[२]

भौगोलिक अवस्थितिसम्पादन

मुलुकको आर्थिक राजधानी र प्रवेशद्वारको रूपमा परिचित औद्योगिक एवं व्यापारिक शहर वीरगञ्जको स्थापना राणा प्रधानमन्त्री वीरशम्शेरले सन् १८९७ (वि.सं.१९५४)मा गरेको हुनाले उनकै नाउँमा उक्त सहरको नाम रहेको हो। भारत चम्पारण जिल्लाको सीमावर्ती बजार रक्सौलबाट करिब तीन किलोमिटरको दूरीमा र नेपालको दक्षिणी तराई क्षेत्रमा अवस्थित उक्त शहर समुद्री सतहदेखि सरदर ९१ मीटर उचाइमा छ। पूर्व र उत्तरमा बारा जिल्ला, पश्चिममा रामगठवा, पर्सैनीविर्ता र सिर्सिया खतवाटोल गाविस र दक्षिणमा छिमेकी मुलुक भारत रहेको उक्त सहर पर्सा जिल्लाको सदरमुकाम पनि हो। त्रिभुवन राजपथमहेन्द्र राजमार्ग जोड्ने पथलैयाबाट २८ कि.मी. उत्तर र काठमाडौँ हवाइमार्गबाट १५ मिनेटको दूरीमा अवस्थित तथा सिमरा विमानस्थलबाट अत्यन्त नजीकै वीरगञ्जमा नेवार, बाहुन, क्षेत्री, मुसलमान, थारू, कुर्मी, यादव, कानु, तेली, कलवार, कोइरी, चमार, दुसाध, मल्लाह, मारवाडी, तामाङ आदि जाति पारस्परिक सद्भावका साथ बसोवास गर्दै आएका छन्। वीरगञ्ज पर्सा जिल्लाको सदरमुकाम हो । पर्सा जिल्लाको नामकरण यहाको महुवन् मथवलमा रहेको पारसनाथको मन्दिरको नामबाट गरिएको हो।

रितिथितिसम्पादन

वि.सं. २०१० मा नगरपालिका घोषणा भएको वीरगञ्जमा विशेषगरी दशैं, तिहार, छठ, मकर संक्रान्ति, रामनवमी, फागु, कृष्णाष्टमी, भीमसेन जात्रा, शिवरात्रीश्रीपञ्चमी आदि चाडपर्व मनाउने हिन्दू, बौद्ध, इस्लाम, जैनईसाई धर्मावलम्वी छन्। धार्मिक सहिष्णुता रहेको उक्त महानगरपालिकामा हिन्दूधर्म र दर्शनको दिग्दर्शन हुने शंकराचार्य द्वार (वीरगञ्ज), वौद्ध चैत्य-विहार, संगीतमय फोहरासहित घडिअर्वा पोखरी, गहवामाई मन्दिर, नैतले काली मन्दिर, घण्टाघर (वीरगञ्ज), भारतीय रेल्वे सञ्जालसँग जोडिएको नेपालको एक मात्र सुख्खा बन्दरगाह (बिरगञ्ज आन्तरिक सुक्खा बन्दरगाह ), तरण ताल (स्वीमिंग पुल), महावीर मन्दिर, विर्तामाई मन्दिर, हनुमान मन्दिर (वीरगञ्ज)अलखिया लगायत विविध धार्मिक तथा पर्यटकीय स्थल छन् भने काठमाडौँ बाहिर भारतीय महावाणिज्य दूतावास र परराष्ट्र मन्त्रालयको सम्पर्क कार्यालय वीरगञ्जमा मात्र स्थापना भएको छ। विशेषगरी भोजपुरी, नेपाली, नेवारी, मैथिलीमारवाडी भाषाभाषी बसोबास गरेको वीरगञ्ज महानगरपालिका ३५ वर्ग कि.मी.मा फैलिएको र १९ वडामा विभाजित छ। राष्ट्रिय जनगणना २०५८ अनुसार ६० हजार ९ सय ५६ पुरूष र ५१ हजार ५ सय २८ महिला गरी कुल एक लाख १२ हजार ४ सय ८४ जना जनसङ्ख्या भएको उक्त महानगरपालिकामा कुल १९ हजार ९ सय १० घरपरिवार संख्या छ भने ४ दशमलव ८९ प्रतिशत जनसङ्ख्या वृद्धि दर छ।

नगरसम्पादन

 
घण्टाघर वीरगञ्ज

नगरपालिकाको घोषणा भएपछि नगरप्रमुखमा क्रमशः केशरबहादुर मानन्धर (२०१०-२०१८), स्व. पशुपति घोष (२०१९-२०२५), गणेशबहादुर रावल (२०२५-२०३०), स्व. गोपालप्रसाद प्रधान (२०३०-२०३८) र विमलप्रसाद श्रीवास्तव (२०३९-२०४६) कार्यरत रहनु भएको थियो। बहुदलीय प्रजातन्त्र प्राप्त भएपछि २०४९ सालमा नगर प्रमुखमा नेपाली काँग्रेसका स्व. माधवलाल श्रेष्ठ र उपप्रमुखमा अजय द्विवेद्वी निर्वाचित हुनु भएको थियो भने २०५४ को दोस्रो निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका विमलप्रसाद श्रीवास्तव नगरप्रमुख र नेपाली काङ्ग्रेसका कृष्णमुरारी रौनियार उपप्रमुखमा निर्वाचित हुनु भएको थियो। वि.सं. २०६० पछि करिव एक वर्ष श्री ५ को सरकारले राप्रपाका गोपाल गिरीलाई प्रमुख र कृष्णमुरारी रौनियारलाई उपप्रमुख पदमा मनोनयन गरेकोमा २०६० माघ १ गते नगर प्रमुख गिरीलाई माओवादीले गोली हानी हत्या गरेपछि सरकारले राप्रपाका प्रदीपकुमार सुवेदीलाई नगरप्रमुखमा मनोनयन गरेको थियो। वि.सं. २०७४ मा सम्पन्न स्थानिय निर्वाचनमा महानगरपालिकाको प्रमुखमा बिजय सरावगी र उपप्रमुखमा शान्ति कार्की निर्वाचित हुनु भएको छ ।

सन्दर्भ सामग्रीहरूसम्पादन

यो पनि हेर्नुहोससम्पादन