नेपाल गभर्मेन्ट रेलवे

नेपाल गभर्मेन्ट रेलवे (अङ्ग्रेजी: Nepal Government Railway; NGR) नेपालको पहिलो रेलमार्ग थियो। अमलेखगञ्जरक्सौल जोड्ने ४७ किलोमिटर लामो पहिलो नेपाल गभर्मेन्ट रेलवे तात्कालिन प्रधानमन्त्री श्री ३ चन्द्र शमशेरको शासनकालमा वि.सं. १९८४ (सन् १९२७) मा स्थापना भएको थियो र वि.सं. २०३१ मा बन्द भयो। [१] [२] चन्द्रशमशेरले रक्सौलसम्म आएको अङ्ग्रेजको रेल अमलेखगञ्जसम्म जोडेका थिए।

इतिहास सम्पादन गर्नुहोस्

 
सन् १९५०को दशकमा नेपाल गभर्मेन्ट रेलवे

सन् १९२३ मा, भारतीय वन सेवाका जेभी कोलिएरले नेपालको वन पैदावर परिवहनको लागि सर्ट न्यारो गेज रेलवे निर्माण गरेका थिए। कोलिएरलाई राणा प्रधानमन्त्रीले नेपालको वन विभाग व्यवस्थापन गर्ने जिम्मेवारी दिएका थिए। सन् १९२३ को जाडोमा, कोलकाताको मार्टिन्स लाइट रेलवे (मार्टिन एन्ड को.) ले उत्तरको सिमाबाट अमलेखगञ्जसम्म रेलमार्ग निर्माण गर्न सर्वेक्षण गरेको थियो।[३]

निर्माण कार्य सन् १९२६ मार्चबाट सुरु भयो र सन् १९२७ फेब्रुअरी १६ मा नेपाल गभर्मेन्ट रेलवे सञ्चालनमा आएको थियो।[४] न्यारो गेज रेलवेले २ फिट ६ इन्च (७६२ मिमी) को ट्रयाक गेज उपयोग गर्थ्यो। यस रेल्वेमा सातवटा वाष्प लोकोमोटिभ, १२ कोच र ८२ बोगी थिए।[५]यो रेल्वे बेलायतको "बेयेर, पिकक एन्ड कम्पनी"द्वारा निर्मित ग्यारेट लोकोमोटिभबाट सञ्चालन हुन्थ्यो।[६]

राजमार्ग नबन्दासम्म, अमलेखगञ्ज-रक्सौल रेलमार्ग अप्रत्यक्ष रूपमा काठमाडौँलाई भारतसँग जोड्ने एकमात्र बाटो थियो। काठमाडौँबाट यात्रीहरू पहाडै-पहाडको बाटो हिडेर चुरेको फेदीमा पुग्थे जहाँबाट उनीहरू लरी चढेर अमलेखगञ्जसम्म आएर रेल चढेर भारत जान सक्थे।[७] सन् १९५६ मा त्रिभुवन राजमार्गको निर्माणपछि हिड्नु पर्ने बाध्यता अन्त्य भएको थियो। नेपाल ट्रान्सपोर्ट सर्भिस नामक एक निजी कम्पनीले सन् १९५९ मा पहिलो पटक बस सेवा सुरु गरेको थियो।[८][९]

चित्र दीर्घा सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. United States Department of Commerce, Bureau of Foreign and Domestic Commerce (१९२७), Commerce Reports Nos.14-26. Volume 2, पृ: १४८, अन्तिम पहुँच २६ जुलाई २०१३ 
  2. Tilman (१९५२), Nepal Himalaya, पृ: ९, अन्तिम पहुँच २६ जुलाई २०१३ 
  3. Landon, Perceval (१९२८), Nepal, London: Constable and Co. Ltd., पृ: 197, 201, अन्तिम पहुँच २० सेप्टेम्बर २०१३ 
  4. Aitchison, Sir Charles Umpherston (१९२९), A Collection of Treaties, Engagements and Sanads Relating to India and Neighbouring Countries, Volume 14, Government of India Central Publication Branch, पृ: ४७, अन्तिम पहुँच २९ जुलाई २०१३ 
  5. "Railroads", A Country Study: Nepal, The Library of Congress, २२ मार्च २०११, अन्तिम पहुँच २६ जुलाई २०१३ 
  6. "Garratt Locomotives produced by Beyer Peacock", अन्तिम पहुँच २९ जुलाई २०१३  वेब्याक मेसिन अभिलेखिकरण १० अप्रिल २०१३ मिति
  7. "Nepal 1954", मूलबाट २१ अक्टोबर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ जुलाई २०१३  वेब्याक मेसिन अभिलेखिकरण २१ अक्टोबर २०१३ मिति
  8. Tuladhar, Kamal Ratna (२६ सेप्टेम्बर २००८), "Nepal took the bus half a century ago", The Kathmandu Post, मूलबाट २४ अक्टोबर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ जुलाई २०१३  वेब्याक मेसिन अभिलेखिकरण २४ अक्टोबर २०१३ मिति
  9. Shrestha, Surya Bahadur, "Railway Development In Nepal", The Rising Nepal, मूलबाट ४ डिसेम्बर २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ जुलाई २०१३  वेब्याक मेसिन अभिलेखिकरण ४ डिसेम्बर २०१० मिति