घडिअर्वा पोखरी वीरगंजको एउटा ऐतिहासिक पर्यटकीय स्थल हो । घडिअर्वा पोखरीको उद्घाटन वि.सं.२०५६ साल पौष १३ गते मंगलबारका दिन तत्कालिन राजा वीरेन्द्र शाहले गरेका थिए ।[१] पहिला यो एउटा पोखरी मात्र थियो त्यसपछि परिसरको रूपमा चिनिन थाल्यो । यस पोखरी परिसरमा छठ पर्वको बेलामा ठूलो मेला लाग्ने गर्दछ । घडिअर्वा पोखरी छठ पर्वकै पूजाका लागि लक्ष्य गरी निर्माण गरिएकाले वर्षेनि छठका बेला यसको चर्चा हुन्छ । वीरगञ्ज उपमहानगरपालिकाले घडिअर्वा पोखरीको डिजाइन नै ब्रतालुलाई सजिलो हुनेगरी बनाएको छ, छठकै लागि सूर्यमन्दिर, गंगा माता समेतको मूर्ति पनि निर्माण गरिएको छ । [२]

घडिअर्वा पोखरीमा रहेको शिलालेख
वीरगंजको एक पर्यटकीय गन्तव्य


नामाकरण सम्पादन गर्नुहोस्

इतिहास सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. घडिअर्वा पोखरी परिसरमा रहेको शिलालेख
  2. छठलाई चिटिक्क, शंकर आचार्य, कान्तिपुर दैनिक [dead link]