घोराही उपमहानगरपालिका

(त्रिभुवननगर बाट पठाईएको)

घोराही (पूर्व नाम: त्रिभुवननगर) नेपालको लुम्बिनी प्रदेशमा पर्ने दाङ जिल्लाको सदरमुकाम[४] तथा एक उपमहानगरपालिका हो।[५] यो उपमहनगरपालिका दाङ उपत्यकाभित्र पर्दछ।[६] लमहीबाट फेडर रोडले जोडिएको यो क्षेत्र पहाडी क्षेत्रको प्रमुख पैठारीकर्ता हो। सदरमुकाम भएको कारणले यो उपमहानगरपालिका दाङ जिल्लाको प्रमुख व्यापारिक, शैक्षिक तथा स्वास्थ्यको केन्द्र पनि हो। भित्री तराई क्षेत्रमा अवस्थित, यो नेपालको राजधानी काठमाडौँबाट ४१३ किलोमिटर (२५७ माइल) दक्षिण-पश्चिममा अवस्थित छ। यो लुम्बिनी प्रदेशको सबैभन्दा ठूलो सहर हो। यो सहर दक्षिणमा शिवालिक पहाड र उत्तरमा महाभारत शृङ्खलाले घेरिएको छ।[७] यो सहर यसको परिदृश्य र आफ्नो हावापानीका लागि परिचित त छ नै यो सहर रोल्पा, प्युठान, सल्यानरुकुम वरपरका क्षेत्रहरूको प्रवेशद्वारको सुविधा प्रदान गर्दछ। यो सहर पश्चिममा बर्दिया राष्ट्रिय निकुञ्ज, उत्तर-पश्चिममा सुर्खेत, थवाङ, रारा ताल, स्वर्गद्वारीको हिन्दू पवित्र भूमि र पाण्डवेश्वर र अम्बिकेश्वरी मन्दिर जस्ता पर्यटकीय गन्तव्यहरूसँग राम्रोसँग जोडिएको र नजिक छ। घोराही उच्च गुणस्तरको महअल्लो कपडाको लागि परिचित छ।[८]

घोराही

त्रिभुवननगर
घोराहीमा रहेको अम्बिकेश्वरी मन्दिर
घोराहीमा रहेको अम्बिकेश्वरी मन्दिर
आदर्श वाक्य(हरू): 
हरित नगर घोराही सहर
घोराही is located in लुम्बिनी प्रदेश
घोराही
घोराही
नेपालको नक्सामा घोराही उपमहानगरपालिकाको अवस्थिति
घोराही is located in नेपाल
घोराही
घोराही
घोराही (नेपाल)
निर्देशाङ्क: २८°२′उ॰ ८२°२९′पू॰ / २८.०३३°N ८२.४८३°E / 28.033; 82.483निर्देशाङ्कहरू: २८°२′उ॰ ८२°२९′पू॰ / २८.०३३°N ८२.४८३°E / 28.033; 82.483
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लादाङ जिल्ला
नगर पञ्चायतवि.सं. २०३५ माघ १५[२]
समावेश गाउँ पञ्चायतघोराही र सेवार वनगाउँ (पूर्ण) तथा हरिद्वार र रावतगाउँ (धेरैजसो)
उपमहानगरपालिकावि.सं. २०७३ फाल्गुण २७[३]
सम्मिलित क्षेत्रहरूरामपुर, लक्ष्मीपुर, धर्ना, सौडियार, त्रिपुरसैघा
सरकार
 • नगरप्रमुखनरुलाल चौधरी (नेकपा एमाले)
 • उप मेयरसिता सिग्देल न्यौपाने (नेकपा एमाले)
क्षेत्रफल
 • जम्मा५२२.२१ किमी (२०१.६३ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१,५६,१६४[१]
 • क्रम८औँ (नेपाल)
पहिलो (लुम्बिनी प्रदेश)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
हुलाकी सङ्केत
२२४००
क्षेत्रीय सङ्केत(हरू)०८२
वेबसाइटghorahimun.gov.np

नगर पञ्चायत ऐन २०१९ बमोजिम तत्कालीन सरकारले वि.सं. २०३५ साल माघ १५ गते तत्कालीन घोराही र सेवार वनगाउँ गाउँ पञ्चायतको पूरै भू-भाग तथा हरिद्वार र रावतगाउँ गाउँ पञ्चायतको धेरै जसो भू-भाग मिलाएर सो समयमा 'त्रिभुवननगर नगर पञ्चायत' बनाएको थियो।[२] यो नगर दाङ जिल्लाकै पहिलो नगरपालिका समेत हो। नेपालमा लोकतन्त्र स्थापनापछि वि.सं. २०६५ कार्तिक २० गते नेपाल सरकारको निर्णय बमोजिम यस नगरपालिकाको पुरानो नाम त्रिभुवननगरलाई परिवर्तन गरेर घोराही राखिएको थियो।[९][१०]

वि.सं. २०७३ फागुन २२ गते नेपाल सरकारको निर्णय तथा वि.सं. २०७३ फागुन २७ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार घोराहीलाई उपमहानगरपालिकामा स्तरोन्नति गर्दा साविकका रामपुर, लक्ष्मीपुर, धर्ना, सौडियारसैघा गाउँ विकास समितिहरू तथा त्रिपुर नगरपालिकालाई यसमा गाभिएको थियो।[११][१२]

नामकरणसम्पादन

नेपाल अधिराज्यको तत्कालीन राजा महेन्द्र शाहले आफ्नो पिता त्रिभुवन शाहको नाममा यो नगर क्षेत्रको नाम त्रिभुवननगर राखेका थिए।[२] देशमा आएको राजनीतिक परिवर्तन र गणतन्त्र स्थापनापछि यसको नाम परिवर्तन गरेर घोराही राखिएको हो। 'घोडा' शब्दबाट अपभ्रंश भएर 'घोराही' भएको जनश्रुतिको आधारमा यसको नाम घोराही राखिएको हो।[१०]

नगर प्रशासन इतिहाससम्पादन

नेपाल अधिराज्यको मानचित्रमा लुम्बिनी प्रदेशअन्तर्गत तत्कालीन त्रिभुवननगर नगर पञ्चायतको वि.सं. २०३५ साल माघ १५ गते नगर पञ्चायतको रूपमा घोषणा भएको हो। तत्कालीन घोराही र सेवार वनगाउँ गाउँ पञ्चायतको पूरै भू-भाग तथा हरिद्वार र रावतगाउँ गाउँ पञ्चायतको धेरै जसो भू-भाग समेटेर कुल ११ वटा वडाको वर्गीकरण गरी यसलाई नगर पञ्चायत घोषणा गरिएको हो। पञ्चायती व्यवस्था कालमा नगर पञ्चायत, प्रजातन्त्रको पुनर्बहाली पश्चात् नगरपालिकागणतन्त्र स्थापनापछि उपमहानगरपालिका बनेको यो नगरलाई उक्त कालखण्डमा विभिन्न व्यक्तिद्वारा नेतृत्व प्रदान गरिएको छ। त्रिभुवननगर नगर पञ्चायतका प्रथम प्रधानपञ्च गजराज शर्मा[१३] थिए भने उपप्रधानपञ्चमा अशोक चौधरी थिए।[१४] दोस्रो स्थानीय तह निर्वाचनमा समेत गजराज शर्मा प्रधानपञ्च भएका थिए भने रामशरण थापा उपप्रधानपञ्च भएका थिए।[१३] त्यसपछि यज्ञबहादुर बुढाथोकी प्रधानपञ्च निर्वाचित भएका थिए भने तोरणध्वज श्रेष्ठ उपप्रधानपञ्च भएका थिए।[१५] मुलुकमा प्रजातन्त्र पुर्नस्थापना भएपछि पुन: वि.सं. २०४९ सालमा यज्ञबहादुर बुढाथोकी र अर्जुनकुमार श्रेष्ठले नगर प्रमुख र उपप्रमुखको नेतृत्व सम्हालेका थिए। त्यसपछि वि.सं. २०५४ सालमा भएको निर्वाचनमा अमर डाँगी र दामोदर अधिकारी प्रमुख र उपप्रमुख पदमा विजयी भएका थिए।[१६] शाही शासनकालमा राजाद्वारा बलि रानालाई नगर प्रमुख र गणेशप्रसाद श्रेष्ठलाई उपप्रमुख मनोनीत गरिएको थियो।

वि.सं. २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचन परिणामअनुसार उपमहनगरपालिकाको नगर प्रमुख पदमा नेपाल कम्युनिष्ट पार्टीका नरुलाल चौधरी र उप नगरप्रमुख पदमा नेपाल कम्युनिष्ट पार्टीकी सिता सिग्देल न्यौपाने विजयी भएका थिए।[१७][१८]

उत्कृष्ट नगरपालिकासम्पादन

आर्थिक वर्ष वि.सं. २०७२-७३ मा स्थानीय सरकार र आयोगका वित्तीय विज्ञहरूले गरेको मूल्याङ्कनमा न्यूनतम अवस्था र कार्यसम्पादन मापनका आधारमा यो उत्कृष्ट उपमहानगरपालिका मध्येको एक हो।[१९] आर्थिक वर्ष वि.सं. २०६७-६८ मा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको स्थानीय निकायले गरेको वित्तीय आयोगको मूल्याङ्कनमा पनि यो नगर पहिलो हुन सफल भएको थियो।[२०]

शिक्षासम्पादन

यस उपमहानगरपालिकाभित्र नेपाल संस्कृत विश्वविद्यालय, केन्द्रीय आयुर्वेद कलेज, राप्ती इन्जिनियरिङ कलेज, दीपज्योति नर्सिङ कलेज, र महेन्द्र बहुमुखी कलेज जस्ता प्रशिक्षण संस्थाहरू सञ्चालनमा रहेको छ।[२१]

जनसङ्ख्यासम्पादन

नेपालको वि.सं. २०६८ को जनगणना अनुसार घोराहीको जनसङ्ख्या १,५६,१६४ रहेको छ भने कुल ३५,६४७ घरधुरी रहेका छन्। यस नगरमा मुख्यतया क्षेत्रीथारु रहेका छन्।[१०] यसका साथै यहाँ नेवार, मगर, विश्वकर्मा, राई, लिम्बु लगायतका जातजाती बसोबास गर्छन्।

यातायातसम्पादन

घोराही नगरमा स्थानीय यातायात बस वा निजी सवारी साधनबाट चल्ने गरेको छ। बसहरू सहरको केन्द्र वरपरको गोलाकार सडकमा बारम्बार गुड्छन्। घोराही र यसका प्रमुख उपनगरहरू जसमा तुलसीपुर, लमही, धरना, नारायणपुरसौडियार समावेश छन्।[२२] नेपालका अन्य विकासशील सहरहरू जस्तै घोराही पनि वरपरका नयाँ बासस्थानका साथ विस्तार हुँदै गएको छ। यी क्षेत्रहरूमा यातायात सेवा पनि द्रुत रूपमा विस्तार भइरहेको छ। पर्यटक ट्याक्सीहरू पनि सहर बाहिर यात्राको लागि एक विकल्प हो।[२३] स्थानीयहरू सामान्यतया पैदल हिड्ने गर्छन्। नेपालका अन्य सहरमा जस्तै अटो रिक्सा पनि यहाँ सामान्य रहेको छ।[२४]

सडकसम्पादन

घोराही नेपालका सबै प्रमुख सहरहरूसँग सडक सञ्जालले राम्रोसँग जोडिएको छ। पूर्वपश्चिम राजमार्ग लमहीबाट घोराहीसम्मको कालोपत्रे सडकबाट जोडिएको छ। राप्ती सर्वजनिक यातायात, शिकारी यातायात, अम्विकेश्वरी यातायात र अन्य निजी बस एजेन्सीहरूले उपत्यका र राप्ती क्षेत्र वरपर व्यापक यातायात प्रदान गर्दछ। सहरमा हालसम्म सरकारी सवारी साधन उपलब्ध छैन।[२५][२६]

हवाईसम्पादन

दाङ विमानस्थल सहरबाट २३ किलोमिटर (१४ माइल) टाढा टारिगाउँमा अवस्थित छ। विमानस्थलबाट काठमाडौँको लागि विरलै उडान हुने गरेको छ।[२७] यसको सबैभन्दा निकटतम प्रमुख विमानस्थल बाँके जिल्लाको नेपालगञ्ज विमानस्थल हो, जुन यो सहरबाट लगभग १५२ किलोमिटर (९४ माइल) टाढा छ। सरकारले सन् २०१० मा अन्तर्राष्ट्रियस्तरको नयाँ विमानस्थल निर्माणको प्रस्ताव गरे पनि राजनीतिक अस्थिरताका कारण सो काज रोकिएको छ।[२८]

पर्यटकीय केन्द्रहरूसम्पादन

प्रसिद्ध तीर्थस्थल स्वर्गद्धारी जाने आउने श्रद्धालुहरूको यातायात तथा वासस्थानको मुख्यकेन्द्र पनि घोराही नै रहेको छ।[२९] यस उपमहानगरपालिकाभित्र गोरक्ष रत्ननाथ मन्दिर[३०][३१], अम्विकेश्वरी भगवती मन्दिर[३२], बाह्रकुने दह[३३], गणेश मन्दिर र सिरडी साइ मन्दिर रहेका छन्। त्यसैगरी नगरको मुटुमै रहेको साविक त्रिभुवन पार्क हाल लखन थापा पार्क[३४] तथा अम्विकेश्वरी पार्क प्राकृतिक सुन्दरता अन्तर्गत पर्छन्।[३५]

भूगोलसम्पादन

यो उपमहानगरपालिकाको मुख्य विशेषता भनेको एसियाको सबैभन्दा ठूलो उपत्यका दाङ उपत्यका भित्र रहनु हो।[३६] यस उपमहानगरपालिकाको कुल क्षेत्रफल ५२२ दशमलव २१ वर्ग किलोमिटर रहेको छ। यस उपमहानगरपालिकाको व्यस्त घोराही बजारलाई रूकुम, रोल्पा, सल्यानप्युठान जिल्लाको प्रमुख व्यापारिक केन्द्रको रूपमा मानिन्छ।[३७]

संस्कृतिसम्पादन

नेपाली झ्याउरे थारु संस्कृतिमा आधारित बडका नाच, कौडा नृत्य, टप्पा नाच, लाखे नाच[३८], देउसी भैली र धार्मिक कार्यमा गाइने भजन कीर्तन उपमहानगरपालिकाका प्रमुख कला संस्कृति मानिन्छन्।[३९][४०]

रितिथितिसम्पादन

यस उपमहानगरपालिका भित्र हिन्दूहरूले मनाउने प्रमुख चाड पर्वमा दशैं, तिहार, माघे सङ्क्रान्ति, साउने सङ्क्रान्ति, जनैपूर्णिमाहरितालिका हुन् भने बुद्ध पूर्णिमा बौद्ध धर्म मान्नेहरूको प्रमुख पर्व हो। त्यस्तै मुस्लिम धर्म मान्नेहरूले इद्, बकरी ईद जस्ता चाड मनाउने गरेको पाइन्छ।[४१]

खाना र परिकारसम्पादन

दालभात सहरका अधिकांश मानिसहरू माझ लोकप्रिय खाना हो। यस बाहेक मम:, चाउमिन, समोसा र चाट सहरका युवा पुस्तामाझ प्रख्यात छन्। यहाँका स्थानीय होटलहरू थारु परिकारहरू पाइन्छ।[४२]

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. "नेपालको राष्ट्रिय जनगणना २०६८", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, वि.सं. २०७२ मङ्सिर २४, अन्तिम पहुँच वि.सं. २०७८ माघ २८ 
  2. २.० २.१ २.२ "नगर पञ्चायत ऐन २०१९ बमोजिम दाङ जिल्ला अन्तर्गत त्रिभुवन नगर पञ्चायतक्षेत्र घोषित गरेको" (नेपालीमा), नेपाल राजपत्र, नेपाल सरकार, वि.सं. २०३५ माघ १५, अन्तिम पहुँच वि.सं. २०७८ माघ २९ 
  3. "गाउँपालिका नगरपालिका उपमहानगरपालिका र महानगरपालिकाको क्षेत्र तोकी केन्द्र कायम गरेको" (नेपालीमा), नेपाल राजपत्र, नेपाल सरकार, वि.सं. २०७३ फाल्गुण २७, अन्तिम पहुँच वि.सं. २०७८ माघ २९ 
  4. "नेपाल अधिराज्यलाई १४ अंचल, ७५ जिल्लामा विभाजित" (नेपालीमा), नेपाल राजपत्र, नेपाल सरकार, वि.सं. २०१९ पौष २, पृ: ५, अन्तिम पहुँच वि.सं. २०७८ माघ २९ 
  5. "ऐतिहासिक दस्तावेज, कार्यान्वयनमा गम्भिर आशंका", संसार न्युज (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-१४ 
  6. "घोराही उपमहानगरपालिकाको फोहर ब्यवस्थापन र बायोग्याँस उत्पादन", नयाँ युगबोध (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-१४ 
  7. "दाङमा १० स्थानीय तह, दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिका", तुल्सीपुर अनलाइन (नेपालीमा), २०१६-१२-२९, अन्तिम पहुँच २०२२-०२-१४ 
  8. "अल्लो : स्वदेशी उत्पादनको महत्व बुझ्न थाले नेपालीले", हालो खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-१४ 
  9. पाण्डेय, हरिप्रसाद, "घोराही र तुलसीपुरलाई एउटै महानगरपालिका बनाउने बहस", नयाँ युगबोध (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-१३ 
  10. १०.० १०.१ १०.२ केसी, दुर्गालाल, "घोराहीमा घोडाको प्रतिमा", कान्तिपुर दैनिक अनलाइन (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-१४ 
  11. "४ महानगरपालिका र १२ उपमहानगरपालि कहाँ : कुन-कुन जिल्लामा कति नगर र गाउँपालिका ?", जनबोली न्यूज (नेपालीमा), २०१७-०१-०७, अन्तिम पहुँच २०२२-०२-१३ 
  12. "घोराहीको इतिहास झल्काउन घोडाको प्रतिमा", गोरक्ष अनलाइन (नेपालीमा), २०२०-०२-२२, अन्तिम पहुँच २०२२-०२-१३ 
  13. १३.० १३.१ "विकासप्रेमी गजराज रहेनन्", तुल्सीपुर अनलाइन (नेपालीमा), २०१६-१२-२५, अन्तिम पहुँच २०२२-०२-१४ 
  14. "घोराही बजार : जतिबेला १५ वटा मात्रै घर थिए", तुल्सीपुर अनलाइन (नेपालीमा), २०१९-०९-०९, अन्तिम पहुँच २०२२-०२-१४ 
  15. "दाङको दुई उपमहानगरमा कुन पार्टीबाट कसको चर्चा ?", दाङ खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-१४ 
  16. "समाचार वाचकदेखि मेयरसम्म", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-१४ 
  17. "घोराही उपमहानगरमा एमालेका नरुलाल चौधरी निर्वाचित", हिमाल खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-१४ 
  18. "देशकै ठूलो उपमहानगर घोराहीको मेयर बने एमालेका नरुलाल चौधरी", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-१४ 
  19. बुढाथोकी, केशरमान (२०१६-१२-०३), "घोराही नगरपालिका पुरस्कृत", इन्द्रेणी अनलाइन (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-१४ 
  20. खड्का, नारायण, "घोराही र बुटवल नगर कार्यसम्पादनमा देशकै उत्कृष्ट", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-१४ 
  21. "समृद्धि उन्मुख दाङ", इप्रदेश टुडे (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-१४ 
  22. "घोराहीमा ५ सय टेम्पो मात्रै सञ्चालन गर्न दिने निर्णय", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-१५ 
  23. "घोराही-रुकुम बस सेवा सुरु", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-१५ 
  24. "दाङमा साढे एकहजार अटो रिक्सा दर्ता"तुल्सीपुर अनलाइन (नेपाली) भाषा)। सङ्ग्रह मिति २४ फेब्रुअरी २०२२ 
  25. "घोराही-तुलसीपुर चार लेन सडक बनाउन तीन कम्पनीलाई पेटी ठेक्का", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-१५ 
  26. "नेपाली रैथाने खाना प्रवर्द्धन गर्दै पौवा, पुस मसान्तमा लुम्बिनी प्रदेश राजधानीमा 'माघी ईभ २०७८'", खबरकुरा (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-१५ 
  27. "प्रदेश ५ मा दुई विमानस्थल सञ्चालन, बाँकी ५ को अवस्था यस्तो छ"जागरण अनलाइन (नेपाली) भाषा)। सङ्ग्रह मिति २४ फेब्रुअरी २०२२ 
  28. "दाङमा ७ अर्ब खर्चेर १६ सय मिटर धावनमार्गको दोस्रो विमानस्थल बनाइँदै", नयाँ पत्रिका (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-१५ 
  29. घिमिरे, दशरथ (२०१९-०३-२९), "स्वर्गद्वारीका लागि केबुलकार बनाउन निजी क्षेत्रको अग्रसरता", देशसञ्चार (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-१४ 
  30. "८०९ सालमा स्थापना भएको चौघेरा मन्दिर", तुल्सीपुर अनलाइन (नेपालीमा), २०२०-०९-२८, अन्तिम पहुँच २०२२-०२-१४ 
  31. वलि, लिलाधर, "गोरक्ष रत्ननाथ मन्दिर–इतिहास बिउँझाउने अनमोल चित्रहरु", जागरण अनलाइन (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-१४ 
  32. "आज पुर्व राजा ज्ञानेन्द्र दाङ आउदै, दाङ आए लगत्तै अम्विकेश्वरी मन्दिरको दर्शन", जागरण अनलाइन (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-१४ 
  33. मसाल, केबी, "घुम्न जाने होइन बाह्रकुने दह?", नयाँ युगबोध, अन्तिम पहुँच २०२२-०२-१४ 
  34. मगर, सञ्जोग लाफा, "को हुन् प्रथम सहिद?", नागरिक न्युज (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-१४ 
  35. वलि, लिलाधर (२०२०-०५-१०), "सुनसान पर्यटकीय स्थल", जागरण अनलाइन (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-१४ 
  36. आचार्य, महेश, "दाङ किन प्रादेशिक राजधानी ?", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-१४ 
  37. "भिड बढ्यो बढेन व्यापार", कारोबार दैनिक (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-१४ 
  38. "सङ्कटमा थारु सङ्ग्रहालय", सञ्चारकर्मी (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-१४ 
  39. "ठूलो उपत्यका दाङ : ऐतिहासिक मणि", दैनिक लुम्बिनी (नेपालीमा), २०२०-०३-०५, अन्तिम पहुँच २०२२-०२-१४ 
  40. "नाम र भाषापछि संस्कृति फेरिन लागेको मेरो थारु गाउँ", शिलापत्र (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-१४ 
  41. "दाङको घोराहीमा दुइदिने माघ महोत्सव हुने", अग्रासन खबर (नेपालीमा), २०२२-०१-०३, अन्तिम पहुँच २०२२-०२-१४ 
  42. "घोराहीमा चक्रपथ बन्दै", केटिएम दैनिक (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-१५ 

यो पनि हेर्नुहोस्सम्पादन