बाह्रकुने ताल दाङ जिल्लाको घोराही उप-महानगरपालिका वडा नं. १३ मा अबस्थित छ।[१] यो तालमा १२ वटा कुनाहरु भएको हुनाले यसको नाम "बाह्रकुने ताल" रहन गएको भनाइ छ। सुन्दर प्रकृतिको मनोरम दृश्य देखिने बाह्रकुने तालको सौन्दर्य अतुलनीय छ। पर्यटकीय सम्भावना प्रचुर रहेर पनि आवश्यक प्रचार प्रसारमा अभावका कारण ओझेल परेको यो ताल लुम्बिनी प्रदेशको एउटा नमुना ताल हो। यो धार्मिक एवम पवित्र स्थल पनि हो। खासगरी माघेसङ्क्रन्तिको दिन यहाँ श्रद्धालु भक्तजनहरूको ठुलो मेला लाग्ने गर्दछ।[२]

बाह्रकुने दह
बाह्रकुने दह is located in नेपाल
बाह्रकुने दह
बाह्रकुने दह
नेपालमा स्थान
स्थानदाङ
निर्देशाङ्क२८°०४′२५″N ८२°२९′०८″E / २८.०७३६८°N ८२.४८५६१°E / 28.07368; 82.48561निर्देशाङ्कहरू: २८°०४′२५″N ८२°२९′०८″E / २८.०७३६८°N ८२.४८५६१°E / 28.07368; 82.48561
तालको प्रकारसफा पानी
प्रवाहित राष्ट्रहरूनेपाल
जमेकोहुँदैन
स्थानहरूघोराही

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्