तिहार सांगीतिक तथा झिलीमिली पर्व पनि हो । यतिबेला नाचगान गर्ने परम्परा छ । र, रमाइलो त के भने तिहारको आफ्नो विशिष्ट गीत छ । त्यसलाई पेश गर्ने कौसल पनि आफ्नै किसिमको छ ।

तिहारको अझ भनौ गाईतिहारको दिन महिलाहरू घर-घरमा गएर ‘भैलिनी आइन् आँगन’ भन्दै एकै स्वरमा लय हाल्छन् ।जसलाई भैली भन्ने गरिन्छ भने भाइटीकाका दिन गाइने तथा खेलिने गितलाई देउसी तथा देउसीरे भन्ने गरिन्छ।

सुरूवाट सम्पादन गर्नुहोस्

खासमा ‘देउसिरे’ देव श्री रामबाट अपभ्रङ्श भएर आएको मानिन्छ । अयोध्यावासीले आफ्ना राजाको आगमनमा खुसीयालीमा दियो बालेका थिए । त्यो कालो रात दियाको उज्यालोले धर्ती जगमगाएको थियो । त्यसबेला भगवान रामको नाम पुकार्दै मानिसहरु घर, टोल घुमेका थिए । यहि प्रचलन अहिले देउसिरेको रूपमा विकास भएको भन्ने कथन पनि पाइन्छ ।

किम्वदन्ती सम्पादन गर्नुहोस्

एकजना राजा थिए, बली भन्ने । उनी अति नै दानी थिए । प्रत्येक दिन दान गरेर मात्र उनी आफू भोजन गर्थे । उनको यो पुण्यको कामले ठूलो ख्याती पायो । उनको प्रतापले स्वर्ग लोक हल्लिन थाले ।त्यसपछि देवताहरु भगवान् विष्णुलाई गुहार्न पुगे, बलीलाई दमन गर्नका लागि । विष्णुले वामन (बाहुन्ने)को रुप धारण गरे बलीलाई छल्न पुगे । र, तीन पाउ जमिन दानको याचना गरे ।बलीले सोचे, ‘यो ब्राम्हण सानो छ र यसको पाउ पनि साना छन् । उनले थोरै जमिन माग्यो ।’ उनले दान दिने संकल्प गरे । लगत्तै वामनको रुप विराट भयो । एउटै पाउले समस्त पृथ्वी ढाकिदियो । अर्को पाउले आकाश र तेस्रो पाउ पर्नसाथ बली भाँसिएर पाताल पुगे । उनले अन्त्यमा विष्णुसँग प्रार्थना गरे की, वर्षमा एक पटक तिहारको बेला पृथ्वी घुम्न पाइयोस् ।यसलाई स्विकार्दै विष्णुले बलीलाई वर्षमा एक पटक पृथ्वीमा घुम्ने अनुमति दिए । अतः उनै बली राजा तिहारको दिन घुम्न आउने धार्मिक विश्वास सहित दिप प्रज्वलन गर्ने, देउसी भैलो खेल्ने गरिन्छ ।देउसेहरु बली राजा आउन नभ्याएको । आफुहरु बली राजाको हुकुम अनुसार आएको भन्दै देउसी भट्याउने गर्छन् ।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

स्रोत सम्पादन गर्नुहोस्