तेस्रो प्रचण्ड मन्त्रिपरिषद्
दाहाल मन्त्रिपरिषद, २०२२ वा तेस्रो दाहाल मन्त्रिपरिषद हालको नेपाल सरकार हो, जुन २६ डिसेम्बर २०२२ मा गठन गरिएको थियो जब पुष्पकमल दाहाललाई नयाँ प्रधानमन्त्रीका रूपमा नियुक्त गरिएको थियो राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा, २०२२ को नेपाली आम चुनाव पछि।[१]
दाहाल मन्त्रिपरिषद, २०२२ | |
---|---|
नेपालको मन्त्रिपरिषद् | |
२०२२–वर्तमान | |
गठन मिति | २६ डिसेम्बर २०२२ |
सदस्य र सङ्गठन | |
राष्ट्रपति | विद्यादेवी भण्डारी रामचन्द्र पौडेल |
प्रधानमन्त्री | पुष्पकमल दाहाल |
उपप्रधानमन्त्रीहरू | नारायणकाजी श्रेष्ठ रवि लामिछाने रघुवीर महासेठ |
हटाइएका मन्त्रीहरू | १५ |
कुल मन्त्री सं. | २५ |
राजनीतिक दल |
|
सभामा स्थिति | प्रतिनिधि सभा १५२ / २७५ (५५%)
राष्ट्रिय सभा३८ / ५९ (६४%) |
प्रतिपक्षी दल | नेपाली कांग्रेस |
प्रतिपक्षी नेता | शेरबहादुर देउवा |
इतिहास | |
निर्वाचन(हरू) | प्रतिनिधि सभा निर्वाचन, २०७९ |
संसद कार्यकाल(हरू) | नेपालको दोस्रो सङ्घीय संसद |
पूर्वाधिकारी | देउवा मन्त्रिपरिषद |
पृष्ठभूमि
सम्पादन गर्नुहोस्दाहालको प्रधानमन्त्री पदको दाबीलाई उनको आफ्नै दल नेकपा (माओवादी केन्द्र) का साथै नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले समर्थन गरेको थियो।[२] प्रधानमन्त्री दाहालले वि.सं. २०७९ पौष ११ मा तीन उपप्रधानमन्त्री र चार मन्त्रीसँगै शपथ लिएका थिए।[३]
वि.सं. २०७९ पौष २६ मा प्रधानमन्त्री दाहालले २७५ सदस्यीय प्रतिनिधि सभामा खसेका २७० मत मध्ये २६८ मत ल्याई विश्वासको मत जितेका थिए, जहाँ उनलाई सत्तारूढ गठबन्धनका साथै प्रतिपक्षी नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल को समेत समर्थन प्राप्त भयो।[४]
त्यसपछि माघ ३ मा थप एक उपप्रधानमन्त्री, ११ मन्त्री र तीन राज्यमन्त्री समावेश गरी मन्त्रिपरिषद् विस्तार गरियो।[५][६]
वि.सं. २०७९ माघ १३ मा सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अमेरिकी नागरिकता त्यागेर नेपाली नागरिकता पुन: प्राप्त गर्ने बेला उचित प्रक्रिया पालना नगरेकाले उनी कानुनी रूपमा नेपाली नागरिक नरहेको फैसला गरेपछि लामिछानेलाई सबै निर्वाचित पदबाट हटाइएको थियो।[७] रास्वपाले सरकारलाई दिएको समर्थन कायम राख्दै मन्त्रिपरिषद्बाट आफ्ना सदस्य फिर्ता बोलाउने निर्णय गरेपछि सो पार्टीका बाँकी मन्त्रीहरूले माघ २२ गते राजीनामा दिए।[८]
वि.सं. २०७९ फाल्गुन १३ मा राप्रपाका सबै मन्त्रीहरूले सरकारबाट राजीनामा दिंदै सो पार्टीले सरकारलाई दिएको समर्थन पनि फिर्ता लियो, जब नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जसपा, नेकपा (एस), जनमत पार्टी, लोसपा, नाउपा र राष्ट्रिय जनमोर्चाले आगामी राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने सहमतिमा नयाँ गठबन्धन गठन गरे।[९][१०] त्यसपछि फाल्गुन १५ मा नेकपा (एमाले) ले सरकार छाड्ने र आफ्नो समर्थन फिर्ता लिने निर्णय गरेपश्चात् त्यही दिन सो पार्टीका मन्त्रीहरूले सामूहिक राजीनामा दिए।[११][१२]
प्रधानमन्त्री दाहालले अब चैत १४ गते सम्ममा संसदमा विश्वासको मत लिनुपर्नेछ र उनले छिट्टै नयाँ गठबन्धनका सदस्यहरूलाई मन्त्रिपरिषद्मा समावेश गर्ने अपेक्षा गरिएको छ।[१३][१४]
वर्तमान व्यवस्था
सम्पादन गर्नुहोस्पूर्व व्यवस्था
सम्पादन गर्नुहोस्वि.सं. २०७९ फाल्गुन १५ सम्म
सम्पादन गर्नुहोस्वि.सं. २०७९ फाल्गुन १३ सम्म
सम्पादन गर्नुहोस्वि.सं. २०७९ माघ २२ सम्म
सम्पादन गर्नुहोस्वि.सं. २०७९ माघ १३ सम्म
सम्पादन गर्नुहोस्२०८१/०१/३१ मा पुनर्गठन
सम्पादन गर्नुहोस्क्र.सं. | नाम, थर | कार्य विभाजन | |
सम्माननीय प्रधानमन्त्री | |||
१ | श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ | ||
माननीय उपप्रधानमन्त्री | |||
२ | श्री रघुबीर महासेठ | भौतिक पूर्वाधार तथा यातायात | |
३ | श्री नारायणकाजी श्रेष्ठ | परराष्ट्र | |
४ | श्री रवि लामिछाने | गृह | |
माननीय मन्त्री | |||
५ | श्री वर्षमान पुन | अर्थ | |
६ | श्री शक्तिबहादुर बस्नेत | ऊर्जा, जलस्रोत तथा सिँचाई | |
७ | श्री भानुभक्त जोशी | सङ्घीय मामिला तथा सामान्य प्रशासन | |
८ | श्री हितबहादुर तामाङ | संस्कृति, पर्यटन तथा नागरिक उड्डयन | |
९ | श्री रेखा शर्मा | सञ्चार तथा सूचना प्रविधि | |
१० | श्री पदम गिरी | कानुन, न्याय तथा संसदीय मामिला | |
११ | श्री ज्वालाकुमारी साह | कृषि तथा पशुपंक्षी विकास | |
१२ | श्री प्रदीप यादव | स्वास्थ्य तथा जनसङ्ख्या | |
१३ | श्री बलराम अधिकारी | भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण | |
१४ | श्री दामोदार भण्डारी | उद्योग, वाणिज्य तथा आपूर्ति | |
१५ | श्री भगवती चौधरी | महिला, बालबालिका तथा ज्येष्ठ नागरिक | |
१६ | श्री राजेन्द्रकुमार राई | खानेपानी | |
१७ | श्री हरिप्रसाद उप्रेती | रक्षा | |
१८ | श्री धन बहादुर बुढा | सहरी विकास | |
१९ | श्री डोल प्रसाद अर्याल | श्रम, रोजगार तथा सामाजिक सुरक्षा | |
२० | श्री सुमना श्रेष्ठ | शिक्षा, विज्ञान तथा प्रविधि | |
२१ | श्री विराज भक्त श्रेष्ठ | युवा तथा खेलकुद | |
२२ | श्री नवलकिसोर साह सुडी | वन तथा वातावरण | |
माननीय राज्यमन्त्री | |||
२३ | श्री हसीना खान | स्वास्थ्य तथा जनसङ्ख्या |
टिप्पणीहरू
सम्पादन गर्नुहोस्- ↑ नेपाल समाजवादी पार्टीले नेकपा (माओवादी केन्द्र)सँग संयुक्त रूपमा २०२२ को चुनावमा दर्ता गरेको थियो, र सबै सांसदहरू नेकपा (माओवादी केन्द्र)को संसदीय दलका सदस्य हुन्।
- ↑ २७ फेब्रुअरी २०२३ सम्म सरकारमा र ४ मार्च २०२४ देखि
- ↑ ५ फेब्रुअरी २०२३ सम्म सरकारमा र ४ मार्च २०२४ देखि। ५ मे २०२३ सम्म सरकारलाई समर्थन।
- ↑ २५ फेब्रुअरी २०२३ सम्म सरकारमा
- ↑ ३१ मार्च र १४ अगस्ट २०२३ बीच बाह्य समर्थन; ४ मार्च २०२४ देखि विपक्ष
- ↑ श्रेष्ठलाई वि.सं. २०७९ पुस ११ मा उपप्रधानमन्त्री र भौतिक पूर्वाधार तथा यातायात मन्त्री नियुक्त गरिएको थियो। वि.सं. २०७९ चैत्र १७ मा उनी उपप्रधानमन्त्री र गृह मन्त्रीको रूपमा सेवा गर्दै छन्।[१६][१७][१८][१९]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "दाहालले प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण गरे", The Kathmandu Post (Englishमा), अन्तिम पहुँच २६ डिसेम्बर २०२२।
- ↑ "Oli, Dahal reach Sheetal Niwas to claim government leadership", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२३-०२-११।
- ↑ Republica, "PM Dahal forms eight-member cabinet including three deputy prime ministers", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०२-११।
- ↑ "Prime Minister Pushpa Kamal Dahal secures vote of confidence", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२३-०२-११।
- ↑ "Prime Minister Dahal expands Cabinet; inducts 12 ministers, three state ministers", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२३-०१-१७।
- ↑ "Council of Ministers", Office of the Prime Minister and Council of Ministers (en-USमा), अन्तिम पहुँच २६ डिसेम्बर २०२२।
- ↑ "Court strips Lamichhane of all posts over citizenship", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२३-०२-११।
- ↑ Samiti, Rastriya Samachar (२०२३-०२-०५), "Rastriya Swatantra Party decides to quit govt", The Himalayan Times (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०२-११।
- ↑ "Rastriya Prajatantra Party exits government", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२३-०२-२८।
- ↑ "Eight political parties to support Congress candidate in presidential election", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२३-०२-२८।
- ↑ "UML pulls out of government", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२३-०२-२८।
- ↑ "UML decides to quit Dahal-led government", The Annapurna Express (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०२-२८।
- ↑ Republica, "PM Dahal under constitutional obligation to seek vote of confidence as UML and RPP withdraw their support to govt", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०२-२८।
- ↑ "Dahal moulding a small Cabinet after UML pullout", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२३-०२-२८।
- ↑ १५.०० १५.०१ १५.०२ १५.०३ १५.०४ १५.०५ १५.०६ १५.०७ १५.०८ १५.०९ १५.१० १५.११ "प्रचण्डद्वारा मन्त्रिपरिषद् विस्तार, नेपाली कांग्रेसका पूर्णबहादुर खड्का उपप्रधानमन्त्री बने", बिबिसी समाचार नेपाली (नेपालीमा), २०२३-०३-३१, अन्तिम पहुँच २०२३-०४-२०।
- ↑ "नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-०१।
- ↑ "भौतिक मन्त्री नारायणकाजी श्रेष्ठले गरे पदभार ग्रहण", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-०१।
- ↑ "नारायणकाजी श्रेष्ठ गृहमन्त्री बन्दै!", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-०१।
- ↑ "चौथो पटक मन्त्री बन्दा नारायणकाजी दोस्रो पटक गृहमन्त्री", कान्तिपुर समाचार (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-०१।
- ↑ २०.० २०.१ २०.२ २०.३ "राष्ट्रपतिसमक्ष नवनियुक्त मन्त्रीद्वारा शपथ ग्रहण", गोरखापत्र अनलाइन (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-२०।
- ↑ २१.० २१.१ "एकीकृत समाजवादीबाट नन्दा चपाई बनिन् राज्यमन्त्री", बाह्रखरी (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-२०।
- ↑ "मन्त्रिपरिषद्", नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-२०।