तोसिमा कार्की

नेपाली राजनीतिज्ञ

तोसिमा कार्की (वि. सं. २०४६) एक नेपाली राजनीतिज्ञ, पेशाले चिकित्सकराष्ट्रिय स्वतन्त्र पार्टीकी सदस्य हुन्। उनी हालै ललितपुर ३ बाट प्रतिनिधि सभामा निर्वाचित भएकी छन्। कार्की नेपालको स्वास्थ्य मन्त्रालयका लागि राज्यमन्त्रीको रूपमा ३ माघ २०७९ देखि २२ माघ सम्म सेवा गरिकी थिन।

तोसिमा कार्की
तोसिमा कार्की
स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री
कार्यकाल
३ माघ २०७९ – २२ माघ २०७९
राष्ट्रपतिविद्यादेवी भण्डारी
प्रधानमन्त्रीपुष्पकमल दाहाल
मन्त्रीपदम गिरी
पूर्वाधिकारीहिराचन्द्र केसी
प्रतिनिधि सभा सदस्य
पद बहाली
२५ पुष २०७९
पूर्वाधिकारीपम्फा भुषाल
निर्वाचन क्षेत्रललितपुर ३
व्यक्तिगत विवरण
राजनीतिक दलराष्ट्रिय स्वतन्त्र पार्टी

प्रारम्भिक जीवन सम्पादन गर्नुहोस्

उनको जन्म वि. सं. २०४६ मा बुबा पदमबहादुर कार्की र आमा दीपा कार्कीको घरमा भएको थियो।[१] तोसिमा कार्कीको बाल्यकाल ललितपुरमा बितेको थियो।[२] सहिद धर्मभक्त विद्यालय, ललितपुर महानगरपालिकामा कक्षा १० सम्म पढेकी उनले चोभारको मोर्डन इन्डियन स्कुलबाट कक्षा ११ र १२ पूरा गरेकी हुन्।[१]

उनले ललितपुरको किस्ट मेडिकल कलेजबाट एमबीबीएस र काठमाडौँ विश्वविद्यालयबाट जनरल सर्जरीमा स्नातकोत्तर गरेकी छन्।[१] उनी नेपाल मेडिकल काउन्सिलको जनरल शल्यचिकित्सक र कार्यकारी समितिको सदस्य पनि हुन्।[३][४]

राजनीतिक जीवन सम्पादन गर्नुहोस्

उनी रवि लामिछानेले बनाएको राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेकी थिइन्।[५] उनको उम्मेदवारीलाई नेपाल निर्वाचन आयोगले सुरुमा अस्वीकार गरेको थियो, तर कार्कीले आफ्नो उम्मेदवारीलाई कायम राख्न सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्।[६][७]

कार्की तत्कालीन मन्त्री पम्फा भुसाललाई पराजित गर्दै प्रतिनिधि सभा निर्वाचन, २०७९मा ललितपुर ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी थिइन्।[८][९] उनी गोविन्द केसीको समर्थक हुन्।[१०] वि. सं. २०७९ माघ ३ मा, उनी पुष्पकमल दाहालको प्रधानमन्त्री तेस्रो मन्त्रिपरिषद्मा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री मन्त्री भइन्।[११][१२]

प्रधानमन्त्री पुष्पकमल दाहालले नागरिकता मुद्दामा अदालतले पदमुक्त गरेपछि गैरसांसद बनेका रास्वपाका सभापति रवि लामिछानेलाई पुनः गृहमन्त्री बनाउन अस्वीकार गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएको थियो।[१३] सो कारण कार्यभार सम्हालेको १९ दिनमै तोसिमा कार्की पदमुक्त भएका छन्।[१४][१५]

चलचित्र सूची सम्पादन गर्नुहोस्

वर्ष चलचित्र भूमिका टिप्पणीहरू सन्दर्भ
२०७९ महापुरुष चिकित्सक पहिलो चलचित्र [१६]

चुनावी इतिहास सम्पादन गर्नुहोस्

प्रतिनिधि सभा निर्वाचन, २०७९ सम्पादन गर्नुहोस्

ललितपुर ३
दल उम्मेदवार मतदान
राष्ट्रिय स्वतन्त्र पार्टी तोसिमा कार्की ३१,१३६
नेकपा एमाले अमृत खड्का १२,९६३
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) पम्फा भुषाल ८,७६९
नतिजा तोसिमा कार्की निर्वाचित
स्रोत: निर्वाचन आयोग

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ १.२ उपरकाेटी, साइराम (३ माघ २०७९), "अरुलाई प्रश्न सोध्न माहिर ‘डा.तोसिमा’ को अब सुरु भयो परीक्षा", नागरीक, अन्तिम पहुँच २०२३-०१-२४ 
  2. "ललितपुरबाट तोसिमा कार्की विजयी", गोरखापत्र, अन्तिम पहुँच २०२२-११-३० 
  3. "डा. तोसिमा कार्कीको उम्मेदवारी किन भयो खारेज?", हिमालखबर, अन्तिम पहुँच २०२२-११-३० 
  4. "स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु : डा. तोसिमा कार्की", गोरखापत्र, अन्तिम पहुँच २०२३-०१-२५ 
  5. "डा. तोसिमा कार्कीको उम्मेदवारी कायम रहने", गोरखापत्र, अन्तिम पहुँच २०२२-११-३० 
  6. "तोसिमा कार्कीको उम्मेदवारी कायम राख्न सर्वोच्च अदालतको आदेश", बीबीसी, २०२२-११-०१, अन्तिम पहुँच २०२२-११-३० 
  7. "तोसिमा कार्कीको उम्मेदवारी सर्वोच्च अदालतबाट कायम (आदेशसहित)", कान्तिपुर, अन्तिम पहुँच २०२२-११-३० 
  8. "ललितपुर-३ मा रास्वपा उम्मेदवार तोसिमा कार्की १८ हजारभन्दा बढी मतले विजयी", कान्तिपुर, ८ मङ्सिर २०७९, अन्तिम पहुँच २०२२-११-२४ 
  9. "डा. तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री बन्ने", कान्तिपुर, अन्तिम पहुँच २०२३-०१-२४ 
  10. "डा. गोविन्द केसी मलाई आफूसँगसँगै हिँड्ने छोरी भन्नुहुन्छ", इकागज, अन्तिम पहुँच २०२२-११-३० 
  11. "मन्त्रिपरिषद् विस्तार, को को बने मन्त्री?", हिमालखबर, अन्तिम पहुँच २०२३-०१-२४ 
  12. "यस्ता छन् नयाँ मन्त्री", नागरिक, अन्तिम पहुँच २०२३-०१-२४ 
  13. "रास्वपाका मन्त्रीले प्रधानमन्त्रीलाई बुझाए राजीनामा", न्युज अफ नेपाल, अन्तिम पहुँच २०२३-०२-०५ 
  14. "लामिछानेले गृहमन्त्री नपाएको झोंकमा सरकारबाट बाहिरियो रास्वपा", कान्तिपुर, अन्तिम पहुँच २०२३-०२-०५ 
  15. "सरकारबाट बाहिरिने रास्वपाको निर्णय", सेतोपाटी, अन्तिम पहुँच २०२३-०२-०५ 
  16. "जब तोसिमा कार्की ‘महापुरुष’ खेल्न डराइन्", अनलाइनखबर, अन्तिम पहुँच २०२३-०१-२५