नारायणकाजी श्रेष्ठ नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता हुन ।

नारायणकाजी श्रेष्ठ
जन्मजौबारी गोरखा
राष्ट्रियतानेपाली
पेशाराजनीति
चिनारीको कारणप्रवक्त्ता नेपाल कम्युनिष्ट पार्टी
धर्महिन्दू

उपप्रधान तथा परराष्ट्र मन्त्री हुँदा समेत आफ्नै पार्टीका प्रधानमन्त्रीसँग असहमति प्रकट गर्दै सार्वजनिक पत्रकार सम्मेलन गर्ने एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पार्टी महाधिवेशनस्थलमा पनि पत्रकार सम्मेलनबाटै फरक मत राख्ने ब्यक्ति हुन् । राष्ट्रियताका मुद्धामा भन्दै उनले पार्टीमा पटक पटक राखेका फरक मतलाई कतिपयले स्टन्ट देखाएर चर्चामा आउने दाउ भनेर समेत आलोचना गर्छन् । पार्टी भित्रै पनि जनयुद्धको ब्याज खान आएको भनेर आलोचित हुने गरेका भएपनि नारायणकाजी श्रेष्ठले आफ्ना कुरा अडिगरूपमा सधैँ स्पष्टरूपमा राख्छन्, सार्वजनिकरुपमै राख्छन् । पछिल्लो समयमा नारायणकाजी करिव छ महिना मौन बसेर मुख खोलेको र सार्वजनिक सवारीको प्रयोग गरेर चर्चामा छन् । नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल नेतृत्वको सरकारमा २०७९ पुस ११गते उप प्रधानमन्त्री भए ।[१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "दाहाल नेतृत्वको सरकारमा तीन उपप्रधानमन्त्री", ekantipur.com (नेपालीमा), अन्तिम पहुँच २०२२-१२-२६ 

नारायणकाजीसँग टेम्पो संवाद वेब्याक मेसिन अभिलेखिकरण २०१४-०७-०४ मिति