राष्ट्रिय स्वतन्त्र पार्टी

नेपाली राजनीतिक दल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपालको एक राजनीतिक दल हो। यसको स्थापना २०७९ असार ७ गते भएको थियो भने यस दल निर्वाचन आयोगमा, २०७९ असार १७ गते दर्ता भएको थियो।[४] यसले प्रतिनिधि सभा निर्वाचन, २०७९मा प्रत्यक्ष तर्फ ७ सिट जितेको थियो। यसको चुनाव चिन्ह गोलाकार भित्रको घण्टी रहेको छ।[५]

राष्ट्रिय स्वतन्त्र पार्टी
छोटो रूपरास्वपा
सभापतिरवि लामिछाने[१]
उपसभापतिडोलप्रसाद अर्याल[२]
प्रवक्ता[३]मुकुल ढकाल[२]
स्थापना२०७९ असार ७
प्रमुख कार्यालयवसुन्धरा, काठमाडौँ
रङहरू  निलो
नाराअब जान्नेलाई छान्ने
प्रतिनिधि सभामा सिट
२० / २७५
राष्ट्रिय सभामा सिट
० / ५९
निर्वाचन चिह्न
वेबसाइट
rspnepal.org

इतिहास सम्पादन गर्नुहोस्

रवि लामिछानेले २०७९ असार २ मा ग्यालेक्सी फोरके टेलिभिजनका प्रबन्ध निर्देशक पदबाट राजीनामा दिँदैै प्रतिनिधि सभा निर्वाचन, २०७९ मा चितवन २ बाट चुनाव लड्ने घोषणा गरेका थिए।[६] उनले यसभन्दा अगाडि ७ असार २०७९ मा, २१ सदस्यीय केन्द्रीय समिति सहित राष्ट्रिय स्वतन्त्र पार्टी गठनको घोषणा गरेका थिए। १७ असार २०७९ मा रवि लामिछाने संस्थापक अध्यक्ष र निर्वाचन चिन्हको रूपमा वृत्तभित्रको घण्टीको साथ दल औपचारिक रूपमा निर्वाचन आयोमा दर्ता भएको थियो।[७] सर्वोच्च अदालतको आदेशबाट रवि लामिछाने पदमुक्त भएपछि बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको आकस्मिक बैठकले डोलप्रसाद अर्याललाई कार्यवहाक सभापतिको जिम्मेवारी दिएको छ ।[८]

दलले प्रतिनिधि सभा निर्वाचन, २०७९मा, १३१ निर्वाचन क्षेत्रमा उम्मेदवार खडा गरेको थियो र प्रतिनिधिसभा सदस्यका लागि बन्द सूची बुझाएको थियो। दलले प्रदेश सभाका लागि कुनै पनि उम्मेदवार खडा गरेको थिएन। दलले प्राथमिक निर्वाचनमार्फत उम्मेदवार चयन गरेको थियो।[९]

विचारधारा सम्पादन गर्नुहोस्

दल संवैधानिक समाजवाद र सहभागितामूलक लोकतन्त्रको पक्षमा रहेको छ।[१०] यस दलले यसको कुनै पनि भ्रातृ सङ्गठन र कार्यकर्ताहरू नहुने घोषणा गरेको थियो। दलबाट निर्वाचनका लागि उम्मेदवार छनोट गर्न प्राथमिक निर्वाचन गर्ने र मत दिन्न र अनुपस्थित मतपत्रको व्यवस्थालाई पनि समर्थन गर्ने घोषणा गरेको छ। दलले नेपालका सातै प्रदेशका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीलाई पनि समर्थन गर्दछ।[११]

दलले प्रतिनिधि सभा निर्वाचन, २०७९ निर्वाचनका लागि आफ्नो घोषणापत्रमा वडा अध्यक्षदेखि सङ्घीय सांसदसम्मका निर्वाचित प्रतिनिधिलाई समेट्ने विस्तारित चुनावी वाचापत्रमा निर्वाचित गैरदलीय राष्ट्रपतिको विचारलाई पनि समर्थन गरेको छ र राष्ट्रिय सभाका अध्यक्षले वास्तविक उपराष्ट्रपतिको रूपमा काम गर्ने विचारलाई पनि समर्थन गरेको छ। दलले संवैधानिक निकायमा हुने राजनीतिक नियुक्तिको अन्त्य गर्न माग गर्दै संवैधानिक परिषद् खारेज गरी संवैधानिक निकायमा नियुक्तिका लागि राष्ट्रिय सभाबाट सिफारिस गरी प्रतिनिधि सभाबाट अनुमोदन गर्न माग गरेको छ।[१२] दलले प्रदेश सभाजिल्ला समन्वय समिति विघटन गर्न माग गर्दै प्रदेशका स्थानीय तहका प्रमुखले निर्वाचित गर्ने प्रदेश परिषद्को पक्षमा उभिएको छ।[१३]

चुनावी प्रदर्शन सम्पादन गर्नुहोस्

यसले प्रतिनिधि सभा निर्वाचन, २०७९मा, प्रत्यक्ष निर्वाचनको लागि १३१ जना उम्मेदवार खडा गरेको थियो।[१४]

प्रतिनिधि सभाका सदस्यहरू सम्पादन गर्नुहोस्

क्र.सं संसद सदस्य तस्वीर निर्वाचन क्षेत्र
विराजभक्त श्रेष्ठ काठमाडौँ ८
गणेश पराजुली काठमाडौँ ७
हरि ढकाल चितवन १
रवि लामिछाने चितवन २
शिशिर खनाल काठमाडौँ ६
सोविता गौतम काठमाडौँ २
तोसिमा कार्की ललितपुर ३
स्वर्णिम वाग्ले तनहुँ १

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. [onlinekhabar.com/2023/01/1254503 "डोलप्रसाद बने राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापति"] |url= योजना जाँच गर्ने (सहायता), अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०७९ असार २८r 
  2. २.० २.१ "यी हुन् राष्ट्रिय स्वतन्त्र पार्टीका २१ जना केन्द्रीय सदस्य", नेपाल प्रेस (नेपालीमा), अन्तिम पहुँच २०७९ असार १७ 
  3. "डा.मुकुल ढकाल राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवक्ता" (नेपालीमा), नेपाल खबर, अन्तिम पहुँच १७ कात्तिक २०७९ 
  4. "राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता", गोरखापत्र (नेपालीमा), अन्तिम पहुँच १७ कात्तिक २०७९ 
  5. "पार्टीको चुनाव चिन्ह सार्वजनिक गर्दै रविले भने: भ्रष्टहरूको दिमागमा घण्टी बजाउँछौं", नागरिक दैनिक (नेपालीमा), अन्तिम पहुँच १७ कात्तिक २०७९ 
  6. "चितवन २ बाट चुनाव लड्ने भए रवि लामिछाने", शिलापत्र (नेपालीमा), अन्तिम पहुँच १७ कात्तिक २०७९ 
  7. "यी हुन् रवि लामिछानेको पार्टीका २१ केन्द्रीय सदस्य", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२२-०७-०१ 
  8. "डोलप्रसाद बने राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापति", Online Khabar (en-USमा), अन्तिम पहुँच २०२३-०१-२८ 
  9. "राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश सभा निर्वाचनमा भाग नलिने", ईमेज खबर (नेपालीमा), अन्तिम पहुँच १७ कात्तिक २०७९ 
  10. "राष्ट्रिय स्वतन्त्र पार्टी - रास्वपा", राष्ट्रिय स्वतन्त्र पार्टी - रास्वपा, अन्तिम पहुँच २०२२-०७-०१ 
  11. "राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता, चुनाव चिह्न - 'गोलाकारभित्र घण्टी'", कान्तिपुर दैनिक (नेपालीमा), अन्तिम पहुँच २०२२-०७-०१ 
  12. "स्वतन्त्र पार्टीको वाचापत्र: प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री", हिमाल खबर (नेपालीमा), अन्तिम पहुँच १७ कात्तिक २०७९ 
  13. "राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्र : स्वतन्त्र व्यक्ति राष्ट्रपति, गैरदलीय राष्ट्रियसभा (पूर्णपाठ)", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच १७ कात्तिक २०७९ 
  14. "प्रतिनिधिसभा-उम्मेदवार-अन्तिम-सूची"