रेखा शर्मा

नेपालको संविधान सभा सदस्य

रेखा शर्मा (वि. सं. ९ असोज २०२६) एक नेपाली राजनीतिज्ञ र वर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री हुन्। उनी दाङ २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी हुन्। उनी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को सदस्य हुन्।

रेखा शर्मा
सञ्‍चार तथा सूचना प्रविधि मन्त्री
पद बहाली
३ माघ २०७९
राष्ट्रपतिविद्यादेवी भण्डारी
रामचन्द्र पौडेल
प्रधानमन्त्रीपुष्पकमल दाहाल
पूर्वाधिकारीज्ञानेन्द्रबहादुर कार्की
प्रतिनिधि सभा सदस्य
पद बहाली
वि.सं २०७९
पूर्वाधिकारीशङ्कर पोखरेल
निर्वाचन क्षेत्रदाङ २
व्यक्तिगत विवरण
जन्म (1969-09-25) २५ सेप्टेम्बर १९६९ (उमेर ५४)[१]
घोराही उपमहानगरपालिका, दाङ जिल्ला
राष्ट्रियतानेपाली
राजनीतिक दलनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)

प्रारम्भिक जीवन सम्पादन गर्नुहोस्

रेखा शर्माको जन्म वि. सं. २०२६ असोज ९ गते घोराहीमा बुबा गिरिराज शर्मा र पार्वती शर्मा पौड्यालको घरमा भएको थियो।[२] उनले महेन्द्र बहुमुखी क्याम्पस, दाङबाट अध्ययन गरेकी हुन्।[३] उनको विवाह कृष्णध्वज खड्कासँग भएको छ।[३]

राजनीतिक जीवन सम्पादन गर्नुहोस्

शर्माले वि. सं. २०४२ सालदेखि राजनीतिमा प्रवेश गरेकी हुन्।[२] वि. सं. २०५७ सालमा उनले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मा प्रवेश गरेकी थिइन्।[२] सन् २०५८ मा शर्मालाई उनको श्रीमान्सँग नेपाली सेनाले काठमाडौँको चाबहिलबाट पक्राउ गरेको थियो।[३] शर्मा पटक पटक जेलमा परेकी थिइन्।[३] उनी २०५९ मा जेलबाट रिहा भएकी थिइन्।[३]

प्रतिनिधि सभा निर्वाचन, २०७४मा उनी खस आर्य वर्गबाट समानुपातिक प्रतिनिधित्व प्रणालीका रूपमा निर्वाचित भएकी थिइन्।[४] प्रतिनिधि सभा निर्वाचन, २०७९मा दाङ–२ बाट प्रतिनिधिसभामा निर्वाचित भएकी हुन्।[५] वि. सं. २०७९ मा, उनी पुष्पकमल दाहालको प्रधानमन्त्री तेस्रो मन्त्रिपरिषद्मा सञ्चार तथा सूचना प्रविधि मन्त्री भइन्।[६][७]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "सङ्घीय संसद सदस्य, २०७४ परिचयात्मक पुस्तिका", सङ्घीय संसद सचिवालय, २०२१, पृ: 270, अन्तिम पहुँच २०२३-०१-१७ 
  2. २.० २.१ २.२ "हाई प्रोफाइललाई हराएकी सञ्चार मन्त्री रेखाको काम होला त ‘हाई प्रोफाइल?", नागरिक, अन्तिम पहुँच २०२३-०१-१७ 
  3. ३.० ३.१ ३.२ ३.३ ३.४ "लडाइँका वेला पार्टीको कारबाहीमा परेकी थिइन् नवनियुक्त सञ्चार मन्त्री शर्मा", हिमालखबर, अन्तिम पहुँच २०२३-०१-१७ 
  4. "दाङ -२ मा शक्तिशाली शंकर पोखरेललाई उदयीमान रेखा शर्माको टक्कर", सेतोपाटी, अन्तिम पहुँच २०२३-०१-१७ 
  5. "दाङ २ मा माओवादीकी रेखा शर्मा विजयी, एमालेका महसचिव पोखरेल पराजित", नागरिक, अन्तिम पहुँच २०२३-०१-१७ 
  6. "नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए शपथ", कान्तिपुर, अन्तिम पहुँच २०२३-०१-१७ 
  7. "सञ्चार तथा सूचनामा सहज पहुँच पहिलो प्राथमिकता: सञ्चारमन्त्री शर्मा", गोरखापत्र, अन्तिम पहुँच २०२३-०१-१७