शरतसिंह भण्डारी एक नेपाली राजनीतिज्ञ र पूर्व मन्त्री हुन्।[१] वि.सं. २०४३ देखि उनि हालसम्म विभिन्न मन्त्रिपरिषदमा १५ पटक राज्यमन्त्री र मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्।[२][३] पछिल्लो पटक उनी दोस्रो ओली मन्त्रिपरिषद्मा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री भएका थिए।[४][५] यस अघि उनी बाबुराम भट्टराईको मन्त्रिपरिषदमा उनले रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए। उनी नेपाली कांग्रेसको तर्फबाट आम निर्वाचन २०५६ मा व्यवस्थापिका संसदमा निर्वाचित भएका थिए।[६] नेपाली कांग्रेस विभाजित हुँदा भण्डारी नेपाली कांग्रेस (लोकतान्त्रिक)को पक्षमा गएका थिए। हाल उनी जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय सदस्य हुन्।[७]

निर्वाचन इतिहास सम्पादन गर्नुहोस्

निर्वाचन वर्ष निर्वाचन क्षेत्र नतिजा मत राजनीतिक दल स्रोत
राष्ट्रिय पञ्चायत निर्वाचन, २०३८ वि.सं. २०३८ महोत्तरी विजयी [८]
राष्ट्रिय पञ्चायत निर्वाचन, २०४३ वि.सं. २०४३ महोत्तरी विजयी [९]
आम निर्वाचन २०४८ वि.सं. २०४९ महोत्तरी ५ पराजित ९,४५९ राष्ट्रिय प्रजातन्त्र पार्टी [१०]
आम निर्वाचन २०५१ वि.सं. २०५१ महोत्तरी ४ विजयी ११,३९५ स्वतन्त्र [११]
आम निर्वाचन २०५६ वि.सं. २०५६ महोत्तरी ३ विजयी २०,४८६ नेपाली कांग्रेस [१२][१३]
संविधानसभा निर्वाचन, २०६४ वि.सं. २०६४ महोत्तरी ६ पराजित १२,१९४ मधेशी जनअधिकार फोरम [१४]
संविधानसभा निर्वाचन २०७० वि.सं. २०७० महोत्तरी १ पराजित ७,०४९ राष्ट्रिय मधेश समाजवादी पार्टी [१५]
महोत्तरी ६ पराजित ६,६६० राष्ट्रिय मधेश समाजवादी पार्टी [१५]
प्रतिनिधिसभा निर्वाचन, २०७४ वि.सं. २०७४ महोत्तरी २ विजयी ३०,७२२ राष्ट्रिय जनता पार्टी नेपाल [१६][१७]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "महोत्तरी-२ बाट विजयी शरतसिंह भण्डारी को हुन्?", थाहा खबर (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-०२ 
  2. "महतो पाँचौं पटकमा उपप्रधानमन्त्री, भण्डारी १५औं पटक पनि मन्त्री", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-०२ 
  3. "जसपाका मन्त्रीको जीवनी : पूर्वप्रधानपञ्चदेखि बद्री मण्डल र विजय गच्छदारका कार्यकर्तासम्म !", रातोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-०२ 
  4. "PM Oli reshuffles cabinet; inducts 8 new faces", खबरहब (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-१२-०२ 
  5. "मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्चको अन्तरिम आदेश : २० मन्त्री जिम्मेवारीमुक्त (आदेशको पूर्णपाठ)", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-०२ 
  6. Election Commission of Nepal वेब्याक मेसिन अभिलेखिकरण अक्टोबर १२, २००६ मिति
  7. "जसपाबाट को-को बन्दै छन् मन्त्री?", हिमाल खबर (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-०२ 
  8. "राष्ट्रिय पंचायत सदस्यको नामावली प्रकाशित", rajpatra.dop.gov.np, अन्तिम पहुँच २०२०-१२-१४ 
  9. "निमित्त निर्वाचन आयोगले सूचना प्रकाशन", rajpatra.dop.gov.np, अन्तिम पहुँच २०२०-१२-१४ 
  10. "Election 1991 constituency results", नेपाल रिसर्च (pdf) (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-११-३० 
  11. "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५  वेब्याक मेसिन अभिलेखिकरण २००८-०१-२४ मिति
  12. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-२३ 
  13. "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५  वेब्याक मेसिन अभिलेखिकरण २००८-०१-२४ मिति
  14. "२०६४ निर्वाचन परिणाम", नेपाल निर्वाचन आयोग (pdf) (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-०१ 
  15. १५.० १५.१ "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३ 
  16. "२०७० मा हारेका राजपा अध्यक्ष मण्डलका ५ नेता संसद फर्किए", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-०२ 
  17. "चर्चित निर्वाचन क्षेत्र : महोत्तरीमा कांग्रेस र राजपाबीच प्रतिष्ठाको लडाइँ", खरिबोट (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-०२