ढाँचा:इतिहासमा आज/जुलाई
जुलाई, {{{1}}}
सम्पादन गर्नुहोस्१, जुलाई (जन्म): हन्ना मुरे (सन् १९८९)
- वि.सं. २०७८ (सन् १९२१) - चिन कम्युनिष्ट पार्टीको स्थापना भएको थियो ।
- वि.सं. २०७० (सन् २०१३) - क्रोएसिया युरोपेली संघको २८औं सदस्य बनेको थियो ।
२, जुलाई (जन्म): मार्गोट रोबी (सन् १९९०)
हेर्ने – वार्ता – सम्पादन
३, जुलाई (जन्म): टम क्रूज (सन् १९६२) ~ पायल शाक्य (सन् १९८६)
- १८८४- डाउ जोन्स तथा कम्पनीले आफ्नो पहिलो औषत शेयर प्रकाशित गरेको थियो।
- १८९० - आइडाहोलाई संयुक्त राज्य अमेरिकाको ४३औँ राज्यको रूपमा स्वीकार गरिएको थियो।
- १९८८ - संयुक्त राज्य अमेरिकाको नौसेना युद्धपोत विमान युएसएस भिन्सेन्सले पर्सियाली खाडीमाथि उडिरहेको इरानको विमानलाई खसाल्दा २९० जना मारिएका थिए।
४, जुलाई (जन्म): ~ गिरिजा प्रसाद कोइराला (सन् १९२४)
- २०१७ - उत्तर कोरियाले जापानको समुद्रमा पहिलो अन्तरमहादेशीय क्षेप्यास्त्रको परीक्षण गरेको थियो।
५, जुलाई (जन्म): ~ रेखा थापा (सन् १९७५)
- वि.सं. २०५१ (सन् १९९४) - अमेरिकाको वासिङटनमा अमेजन डट कमको स्थापना गरिएको थियो ।
६, जुलाई (जन्म): रणवीर सिंह (सन् १९८५)
- वि.सं. २००४ (सन् १९४७) - सोभियत संघमा एके-४७ को उत्पादन थालिएको थियो ।
७, जुलाई (जन्म): महेन्द्र सिंह धोनी (सन् १९८१)
- वि.सं. २०३७ (सन् १९८०) - इरानमा सरिया कानुन लागु गरिएको थियो ।
८, जुलाई (जन्म): सौरभ गांगुली (सन् १९७२)
- वि.सं. २०७१ (सन् २०१४) - फिफा विश्वकप २०१४ अन्तर्गत जर्मनीले ब्राजिललाई रेकर्ड ७-१ गोलको फराकिलो अन्तरले हराएको थियो ।
९, जुलाई (जन्म): एश्ले योङ (सन् १९८५)
- वि.सं. २०६८ (सन् २०११) - सुडानबाट दक्षिण सुडान छुट्टिएको थियो ।
१०, जुलाई (जन्म): मारियो गोमेज (सन् १९८५)
- वि.सं. २००४ (सन् १९४७) - ब्रिटेनका प्रधानमन्त्री क्लिमेन्ट एट्लीद्वारा मोहम्मद अली जिन्नालाई पाकिस्तानको पहिलो गभर्नर जेनरल पदको लागी सिफारिस गरिएको थियो ।
११, जुलाई (जन्म): जोन क्विन्से एडम्स (सन् १७६७)
- वि.सं. २०४६ (सन् १९८९) - गभर्निङ काउन्सिलद्वारा ११ जुलाई जनसङ्ख्या दिवसको रूपमा मनाउन थालिएको थियो ।
१४, जुलाई (जन्म): योशिरो मोरी (सन् १९३७)
- १९८७ - मोन्ट्रियलमा दुई र आधा घण्टाको अवधिमा १०० मिमी (३.९ इन्च) भन्दा बढी वर्षा परेको थियो, जसले गम्भीर बाढी ल्याएको थियो र क्यानेडाली डलर २ करोड २० लाख भन्दा बढी क्षति भएको थियो।
- २०१६- फ्रान्सको नीसमा एउटा मान्छेले जानाजानी ट्रकलाई भीडमा लगेको थियो, जसको परिणामस्वरूप ८६ व्यक्तिको मृत्यु भएको थियो।
१५, जुलाई (जन्म): शत्रुघ्न सिन्हा (सन् १९४६)
- वि.सं. २०७३ (सन् २०१६) - टर्किका आर्मि समुहले कु को विफल प्रयत्न गरेको थिए ।
१६, जुलाई (जन्म): कटरिना कैफ (सन् १९८४)
- वि.सं. १९९२ (सन् १९३५) - अमेरिकी सहर ओक्लाहोमा सिटीमा विश्वको पहिलो पार्किङ मिटर जडान गरिएको थियो।
- वि.सं. २०२२ (सन् १९६५) - फ्रान्स र इटालीलाई जोड्ने सुरुङ मार्ग मोन्ट ब्लाङ्क सुरुङ खोलिएको थियो।
१७, जुलाई (जन्म): टेड एन्डरसन (सन् १९११)
- २०१४ - मलेशिया एयरलाइन्सको फ्लाइट १७ एमस्टरड्याम देखि क्वालालम्पुर जाँदै गर्दा युक्रेनमा दुर्घटनाग्रस्त हुँदा २९८ जनाको ज्यान गएको थियो ।
१९, जुलाई (जन्म): स्याम्युल कोल्ट (सन् १८१४) ~ माल्भिका सुब्बा (सन् १९८१)
- २००४ - कोरियाको राजनीतिज्ञ लुह युन ह्युङको हत्या गरिएको थियो ।
- वि.सं. २०३३ (सन् १९७६) - नेपालको सगरमाथा राष्ट्रिय निकुञ्जलाइ खोलिएको थियो ।
- वि.सं. २०४२ (सन् १९८५) - इटालीको भाल डी स्ताभा बाँध भत्किदा २६८ जनाको ज्यान गएको थियो ।
- वि.सं. २०४६ (सन् १९८९) - युनाइटेड फ्लाइट २३२ दुर्घटनाग्रस्त हुँदा ११२ जनाको ज्यान गएको थियो ।
२१, जुलाई (जन्म): रबिन विलियम्स (सन् १९५१)
- १९६९ - अन्तरिक्षयात्रि निल आर्मस्ट्रङले चन्द्रमामा पहिलो पाईला टेकेका थिए ।
२२, जुलाई (जन्म): सेलेना गोमेज (सन् १९९२)
- १९९२ - कोलम्बियाका कुख्यात ड्रग आपूर्तिकर्ता पावलो इस्कोबार जेलबाट भागेका थिए ।
- २०११- नर्वेको ओस्लो तथा उटायो गरी दुई स्थानहरूमा आतंकवादी आक्रमण भएको थियो ।
- २०१३ - चिनको डिङ्सीमा लगातार भूकम्पको कारण लगभग ८९ को मृत्यू र ५०० भन्दा बढी घाइते भएका थिए ।
२३, जुलाई (जन्म): मोनिका लेविनस्कि (सन् १९७३)
- १९९३ - यिन्चुवानमा चाइना साउर्दन एयरलाइन्सको BAe146-300 जहाज दुर्घटना भई ५५ जनाको मृत्यु भएको थियो ।
- १९९९- जापानमा एएनए फ्लाएट ६१ अपहरण भएको थियो ।
- २०१२ - इराकमा भएको सिलसिलेबार आक्रमणमा १०३ जनाले ज्यान गुमाएका थिए ।
२४, जुलाई (जन्म): जेनिफर लोपेज (सन् १९६९)
- १९८५ - राजीव गान्धीले सिख नेता हरचन्द्र सिंह लोङ्गोवालसँग शान्ति सम्झौता गरेका थिए ।
- २०१३- स्पेनमा हाई स्पिड रेल पटरीबाट बाहिर निस्किदा ८० जनाको मृत्यु तथा १४० जना घाइते भएका थिए ।
- २०१४ - बुर्किना फासो बाट अल्जेरिया गइरहेको एयर अल्जीरीको विमान ११० दुर्घटना हुँदा सबैको मृत्यु भएको थियो ।
२५, जुलाई (जन्म): हल्क (फुटबल खेलाडी) (सन् १९८६)
- १९४७ - अमेरिकाको सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी "सिआईए" को स्थापना गरिएको थियो ।
- १९७३- जोर्ज ह्यारिसनले आफ्नो बङ्गलादेशको कन्सर्ट तथा एल्बमको लागि £ १०,००,००० कर तिरेको थिए ।
- २००७ - प्रतिभा पाटिलले भारतको पहिलो महिला राष्ट्रपतिको रूपमा सपथ ग्रहण गरेकी थिइन् ।
- २०१० - विकिलिक्सले अफगानिस्तान युद्धसँग सम्बन्धित ७५,००० गोप्य कागजात प्रकाशित गरेका थियो, जुन अमेरिकी सैन्य इतिहासको सबैभन्दा ठूलो जानकारी बाहिर आएको घटना हो ।
२६, जुलाई (जन्म): सान्ड्रा बुलक (सन् १९६४)
- वि.सं. २००२ (सन् १९४५) - विन्स्टन चर्चिलले (चित्रमा) ब्रिटेनको प्रधानमन्त्री पदबाट राजिनामा दिएका थिए।
- वि.सं. २०२२ (सन् १९६५) - माल्दिभ्स ब्रिटेनबाट स्वतन्त्र भएको थियो।
- वि.सं. २०३५ (सन् १९७८) - फ्रान्सले मुरोउरा द्वीपमा परमाणु परीक्षण गरेको थियो।
- वि.सं. २०७३ (सन् २०१६) - फ्रान्समा ८४ वर्षीय पादरीको आइएसआइएसका दुई सैनिकले हत्या गरेका थिए।
२७, जुलाई (जन्म): हान्स फिसर (सन् १८८१)
- वि.सं. १७५१ (सन् १६९४) - ब्रिटिस सरकारले बैंकको रूपमा बैंक अफ इङ्ल्यान्डलाई शाही मान्यता प्रदान गरेको थियो।
- वि.सं. २०१९ (सन् १९६२) - मार्टिन लुथर किङ, जुनियरलाई जर्जियाको अल्बानिमा जेल चलान गरिएको थियो ।
- वि.सं. २०२२ (सन् १९६५) - अमेरिकाका राष्ट्रपति लिनडोन बि. जोनसनले चुरोटको बट्टामा स्वास्थ्य सम्बन्धी जानकारी राख्ने सम्बन्धी ऐन पारित गरेका थिए।
- वि.सं. २०३५ (सन् १९७८) - इन्दिरा गान्धीले आफ्नो प्रधानमन्त्री कार्यकालको ११औँ वर्षमा पहिलोपटक अमेरिका भ्रमण गरेकी थिइन्।
२८, जुलाई (जन्म): ह्युगो चाभेज (सन् १९५४)
- १९५७ - जापानको इसाहायामा भारी बर्षात र पहिरोबाट ९९२ जनाको मृत्यू भएको थियो ।
- १९५९- इङ्गल्याण्डले पोस्टल कोड प्रयोग गर्न शुरुवात गरेको थियो ।
- १९९३ - एण्डोरा संयुक्त राष्ट्र संघको सदस्य बनेको थियो ।
- २०१२ - इथियोपियामा भएको जातिय दँगामा परि १८ को मृत्य तथा ११ घाइते भएको थियो ।
२९, जुलाई (जन्म): सञ्जय दत्त (सन् १९५९)
- १९२१ - एडल्फ हिटलर राष्ट्रिय समाजवादी जर्मन मजदुर पार्टी (नाजी)का नेता भएका थिए ।
- २००५- खगोलविदहरूले क्षुद्र ग्रह एरिस पत्ता लागेको घोषणा गरेका थिए ।
- २०१३ - स्विजरल्याण्डमा दुई यात्रु वाहक ट्रेन एक आपसमा जुध्दा २५ जना घाइते भएका थिए ।
- २०१३ - फ्रान्सको कान्समा अवस्थित कारटोन इन्टरकन्टिनेन्टल होटलबाट १०३ मिलियन युरो बराबरको हिरा चोरि भएको थियो ।
३०, जुलाई (जन्म): हेनरी फोर्ड (सन् १८६३)
- वि.सं. ८१९ (सन् ७६२) - खलिफ अल-मन्सुरले बगदाद शहरको स्थापना गरेका थिए ।
- वि.सं. २०१९ (सन् १९६२) - विश्वको सबैभन्दा ठूलो राजमार्ग, क्यानडाको ट्रान्स-क्यानडा हाइवे आधिकारिक रूपमा खुल्ला भएको थियो ।
- वि.सं. २०२३ (सन् १९६६) - संयुक्त अधिराज्यमा पहिलो क्रेडिट कार्ड बारक्लेकार्ड सञ्चालनमा ल्याइएको थियो ।
- वि.सं. २०५९ (सन् २००२) - लेखा सम्बन्धि कानुन "The Sarbanes Oxley Act" अमेरिकाका राष्ट्रपति जर्ज डब्लु बुशले हस्ताक्षर गरि लागु गराएका थिए ।
- वि.सं. २०७१ (सन् २०१४) - भारतको महाराष्ट्रस्थित पुणे जिल्लाको एक आदिवासी गाउँमा पहिरोमा परी २१ जनाको मृत्यु भएको थियो ।
३१, जुलाई (जन्म): जे.के. रोलिङ (सन् १९६५) ~ प्रेमचन्द (सन् १८८०)
- १९५४ - अर्डिटो डेसियोको नेतृत्वमा एक इटालियन आरोहणदलले के२ हिमालको प्रथम आरोहण गरेको थियो ।
- १९९२- थाइ एयरवेजको एयरबस काठमाडौं ककनीमा दुर्घटना हुँदा ११३ जनाको मृत्यु भएको थियो ।
- १९९२ - जर्जिया संयुक्त राष्ट्र संघको सदस्य राष्ट्र बनेको थियो ।
- २०१२ - माइकल फेल्प्सले २२ पदकका साथ लरिसा ल्याटिनिनाले १९६४ मा बनाएको ओलम्पिक खेलमा सर्वाधिक पदक विजेता रेकर्ड तोडेका थिए ।