प्रेमचन्द
धनपत राय श्रीवास्तव (साहित्यिक नाम: मुन्शी प्रेमचन्द)[१] [२] एक आधुनिक हिन्दुस्तानी साहित्यकार थिए। प्रेमचन्द भारतीय उपमहाद्वीपका सबैभन्दा प्रसिद्ध लेखकहरू मध्ये एक हुन्। उनी बीसौँ शताब्दीको सुरुवाती समयको अग्रणी हिन्दी लेखकहरू मध्ये एक हुन् भन्ने कुरा मानिन्छ।[३]
धनपत राय श्रीवास्तव | |
---|---|
जन्म | धनपत राय श्रीवास्तव ३१ जुलाई १८८० लमही, बनारस राज्य, ब्रिटिस राज |
मृत्यु | ८ अक्टोबर १९३६ बनारस, बनारस राज्य, ब्रिटिस राज | (उमेर ५६)
साहित्यिक नाम | मुन्शी प्रेमचन्द, नवाब राय |
पेशा | लेखक |
भाषा | हिन्दी, उर्दु |
राष्ट्रियता | भारतीय |
उल्लेखनीय कार्यहरू | गोदान, कर्मभूमि, रङ्गभूमि, सेवासदन, निर्मला, मानसरोवर उपन्यास, दो बैलों की कथा |
सक्रिय अवधि | सन् १९२० - सन् १९३६ |
जीवनसाथी | सिभारनी देवी |
बच्चाहरू | अमृत राय |
हस्ताक्षर |
उनले सुरुमा कलम नाम 'नवाब राय'बाट लेख्न सुरु गरे र पछि मात्र 'प्रेमचन्द' नाम ग्रहण गरे, जहाँ 'मुन्शी' एक मानद उपसर्ग थियो। उनी हिन्दी भाषाको उपन्यास सम्राटको रूपमा पनि प्रख्यात छन्।
सन्दर्भ सामाग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ The Great Soviet Encyclopedia, 3rd Edition (१९७०–१९७९), "Premchand", The Free Dictionary (अङ्ग्रेजीमा)।
- ↑ "Premchand | Indian author", Encyclopedia Britannica (अङ्ग्रेजीमा), अन्तिम पहुँच १० सेप्टेम्बर २०१८।
- ↑ Munshi Premchand of nami Village, Robert O. Swan, Duke University Press, 1969