रिक्त (1) | voting_system1 = मिश्रित निर्वाचन प्रणाली:

प्रतिनिधि सभा
नेपालको दोस्रो सङ्घीय संसद
प्रकार
प्रकारनेपालको सङ्घीय संसदतल्लो सदन
नेतृत्वकर्ता
सभामुख
देवराज घिमिरे, नेकपा (एमाले)
पदासीन: वि.सं. २०७९ माघ ५
उपसभामुख
इन्दिरा राना मगर, रास्वपा
पदासीन: वि.सं. २०७६ माघ ७
सदनका नेता (प्रधानमन्त्री)
संरचना
सिट२७५
राजनीतिक दल
सत्तापक्ष (१३१)

बाहिरी समर्थन (१४१)

  • <span class="legend-color" style="background-color:parameter 1 should be a party name.; color:;">  [[]] (८९)
  • {
  •   स्वतन्त्र (२१)
विपक्ष (२)   राष्ट्रिय स्वतन्त्र पार्टी (१९) *{nowrap
बैठक स्थल
  •   स्वतन्त्र (२)

| last_election1 = प्रतिनिधिसभा निर्वाचन, २०७९ | next_election1 = वि.सं. २०८४ | meeting_place = अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, काठमाडौँ | website =hr.parliament.gov.np |term_limits =५ वर्ष }}

प्रतिनिधि सभा नेपालको सङ्घीय संसदको तल्लो सदन हो; सङ्घीय संसदको माथिल्लो सदन भने राष्ट्रिय सभा हो। प्रतिनिधि सभाका सदस्यहरू समानान्तर मतदान प्रणालीबाट निर्वाचित हुन्छन्। प्रतिनिधि सभाका सदस्यहरूको कार्यकाल राष्ट्रपतिद्वारा मन्त्रिपरिषद्को सुझावमा सभा पहिल्यै विघटन नगरिएको खण्डमा ५ वर्षको रहन्छ। सभाको बैठक अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, वानेश्वर, काठमाडौँमा हुन्छ।

प्रतिनिधि सभाका २७५ सदस्यहरूको चयन मिश्रित निर्वाचन प्रणाली अन्तर्गत दुई तरिकाले गरिन्छ; १६५ सदस्यको चयन एकल-मतदान निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत र बाँकी ११० सदस्यको चयन एक राष्ट्रव्यापी निर्वाचन क्षेत्रबाट बन्द सूचीको समानुपातिक निर्वाचन प्रणालीद्वारा गरिन्छ।[] प्रत्येक मतदाताले दुईवटा विधिहरूको लागि छुट्टाछुट्टै मतपत्र पाउँछन्। समानुपातिकतर्फ कुनै पनि एक पार्टी वा चुनावी गठबन्धनले एउटा सिट छुट्याउन समग्र वैध मतदानको ३% मत पाउनु पर्ने व्यस्था गरिएको छ।[] प्रतिनिधि सभाको कार्यकाल, पहिल्यै विघटन नगरिएको खण्डमा, आफ्नो पहिलो बैठकको लागि तोकिएको मितिदेखि ५ वर्षसम्मको रहन्छ। यद्यपि आपतकालिन अवस्थामा प्रतिनिधि सभाको कार्यकाल सङ्घीय कानुन बमोजिम बढिमा एक वर्ष थप हुन सक्छ।

वर्तमान प्रतिनिधि सभा वि.सं. २०७९ मा निर्वाचित भएको थियो र यसको पहिलो बैठक वि.सं. २०७९ पौष २५ मा बसेको थियो।

 
तत्कालीन प्रतिनिधि सभा भवन

प्रतिनिधि सभाका बारेमा सर्वप्रथम "नेपालको अधिराज्यको संविधान, २०४६" द्वारा निर्दिष्ट गरिएको थियो जसले संसदको तत्कालीन पञ्चायत प्रणालीलाई द्विसद्रीय संसदमा प्रतिस्थापित गर्‍यो। तत्कालीन प्रतिनिधि सभामा एकल सदस्य निर्वाचन क्षेत्रबाट प्रत्यक्ष रूपमा २०५ सदस्यहरू निर्वाचित थिए। ५ वर्षीय अवधि भएतापनि सभाको कार्यकाल समाप्त हुनुभन्दा अघि प्रधानमन्त्रीको सल्लाहमा राजाले यसलाई विघटन गर्न सक्थे।

वि.सं. २०५९ वैशाख (सन् २००२ मे) मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको सल्लाहमा राजा ज्ञानेन्द्रले प्रतिनिधिसभालाई विघटन गरे। त्यसवेला गृहयुद्धका कारण चुनाव हुन सकेन, जसको परिणामस्वरूप राजा ज्ञानेन्द्रले एकल राज सुरु गरे। वि.सं. २०६३ (सन् २००६) को लोकतन्त्र आन्दोलनपछि राजाले अघिल्लो प्रतिनिधि सभालाई पुनर्स्थापित गरे। वि.सं. २०६३ माघ १ (सन् २००७ जनवरी १५) मा प्रतिनिधि सभालाई एक अन्तरिम व्यवस्थापिकामा रूपमा परिणत गरियो, जसमा सात दलको गठबन्धन र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बीचको सम्झौता अन्तर्गत नियुक्त सदस्यहरू थिए।

नेपाल अधिराज्यको प्रथम संसद; वि.सं. २०१६–२०१८ (सन् १९५९–१९६२)

सम्पादन गर्नुहोस्

वि.सं. २०१५ फागुन १ (सन् १९५९ फेब्रुअरी १२) मा घोषणा गरिएको नेपाल अधिराज्यको संविधानमा पहिलोपटक प्रतिनिधि सभाको बारेमा उल्लेख यसरी गरिएको थियो: "संसदको संरचना यस प्रकारको रहनेछ जसमा श्री ५ सरकारका अतिरिक्त दुई सदन हुनेछन्, जसको नाम क्रमशः महासभा र प्रतिनिधिसभा हुनेछन्।" (नेपाल अधिराज्यको संविधान,२०१५, धारा १)

वि.सं. २०१५ को संविधानलाई वि.सं. २०१९ पौष १ मा रद्द गरियो र नयाँ संविधान (नेपालको अधिराज्यको संविधान, २०१९) घोषणा गर्दै नेपाल अधिराज्यको संसदलाई एक सदनात्मक कायम गरियो।

सदनको संरचना र शक्तिहरू नेपालको संविधानको भाग ८ र ९ द्वारा स्थापित गरिएको छ। प्रतिनिधिसभाको सदस्यको योग्यता संविधानको धारा ८७ का अतिरिक्त प्रतिनिधिसभा निर्वाचन ऐन, २०७४ मा तोकिएको छ।[]

  • देहायको योग्यता भएको व्यक्ति सङ्घीय संसदको सदस्य हुन योग्य हुनेछः
    • नेपालको नागरिक,
    • पच्चीस वर्ष उमेर पूरा भएको,
    • नैतिक पतन देखिने फौजदारी कसूरमा सजाय नपाएको,
    • कुनै सङ्घीय कानुनले अयोग्य नभएको, र
    • कुनै लाभको पदमा बहाल नरहेको। (“लाभको पद” भन्नाले निर्वाचन वा मनोनयनद्वारा पूर्ति गरिने राजनीतिक पद बाहेक सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने अन्य पद सम्झनु पर्छ।)
  • कुनै पनि व्यक्ति एकै पटक दुवै सदनको सदस्य हुन सक्ने छैन।
  • निर्वाचन, मनोनयन वा नियुक्ति हुने राजनीतिक पदमा बहाल रहेकोे व्यक्ति यस भाग बमोजिम सङ्घीय संसदको सदस्य पदमा निर्वाचित वा मनोनीत भएमा सङ्घीय संसदको सदस्य पदको शपथ ग्रहण गरेको दिनदेखि निजको त्यस्तो पद स्वतः रिक्त हुनेछ।

सदस्यको स्थानको रिक्तता

सम्पादन गर्नुहोस्

देहायको कुनै अवस्थामा सङ्घीय संसदको सदस्यको स्थान रिक्त हुनेछः[]

  • निजले सभामुख वा अध्यक्ष समक्ष लिखित राजीनामा दिएमा,
  • निजको धारा ८७ बमोजिमको योग्यता नभएमा वा नरहेमा,
  • प्रतिनिधि सभाको कार्यकाल वा राष्ट्रिय सभा सदस्यको पदावधि समाप्त भएमा,
  • निज सम्बन्धित सदनलाई सूचना नदिई लगातार दशवटा बैठकमा अनुपस्थित रहेमा,
  • जुन दलको उम्मेदवार भई सदस्य निर्वाचित भएको हो त्यस्तो दलले सङ्घीय कानून बमोजिम निजले दल त्याग गरेको कुरा सूचित गरेमा,
  • निजको मृत्यु भएमा।

प्रदेश अनूरूप संरचना

सम्पादन गर्नुहोस्
प्रदेश निर्वाचन क्षेत्र
कोशी प्रदेश २८
मधेश प्रदेश ३२
वाग्मती प्रदेश ३३
गण्डकी प्रदेश १८
प्रदेश नं. ५ २६
कर्णाली प्रदेश १२
सुदूरपश्चिम प्रदेश १६

नेपालको प्रतिनिधि सभाहरु

सम्पादन गर्नुहोस्
चुनाव प्रतिनिधि सभा कार्यकाल सभामुख
शुरु अन्त्य
नेपाल अधिराज्यको संसद
२०१५ पहिलो प्रतिनिधि सभा वि.सं. २०१६ जेठ वि. सं. २०१७ पौष कृष्णप्रसाद भट्टराई
२०४८ [] दोस्रो प्रतिनिधि सभा वि.सं. २०४८ जेठ वि.सं. २०५१ साउन दमननाथ ढुंगाना[][]
२०५१[] तेस्रो प्रतिनिधि सभा वि.सं. २०५१ असोज वि.सं. २०५६ वैशाख रामचन्द्र पौडेल[]
२०५६[] चौथो प्रतिनिधि सभा वि.सं. २०५६ जेठ वि.सं. २०५९ वैशाख तारानाथ रानाभाट[][१०]
अन्तरिम व्यवस्थापिका संसद वि.सं. २०६३ वैशाख वि.सं. २०६३ माघ सुवासचन्द्र नेम्वाङ
संघीय संसद
२०७४ पाँचौ प्रतिनिधि सभा वि.सं. २०७४ फागुन वि.सं. २०७९ असोज कृष्णबहादुर महरा[११][१२] (वि.सं. २०७६ असोज १४ सम्म)
अग्निप्रसाद सापकोटा[१३] (वि.सं. २०७६ माघ १२ देखि)
२०७९ छैटौं प्रतिनिधि सभा वि.सं. २०७९ पौष हाल देवराज घिमिरे[१४]

दलगत रूपमा वर्तमान सदस्यता

सम्पादन गर्नुहोस्
दल संसदीय दलका नेता सदस्य
नेपाली कांग्रेस शेरबहादुर देउवा ८९
नेकपा (एमाले) केपी शर्मा ओली ७९
नेकपा (माओवादी-केन्द्र) पुष्पकमल दाहाल (प्रचण्ड) ३२
राष्ट्रिय स्वतन्त्र पार्टी डोलप्रसाद अर्याल १९
राष्ट्रिय प्रजातन्त्र पार्टी राजेन्द्रप्रसाद लिङ्देन १४
जनता समाजवादी पार्टी, नेपाल उपेन्द्र यादव १२
नेकपा (एकीकृत समाजवादी) माधवकुमार नेपाल १०
जनमत पार्टी चन्द्रकान्त राउत
लोकतान्त्रिक समाजवादी पार्टी महन्थ ठाकुर
नागरिक उन्मुक्ति पार्टी रञ्जिता श्रेष्ठ
नेपाल मजदुर किसान पार्टी प्रेम सुवाल
राष्ट्रिय जनमोर्चा चित्रबहादुर केसी
स्वतन्त्र
रिक्त
कुल २७५

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. Article 84 Constitution of Nepal
  2. Kafle, Narayn (५ सेप्टेम्बर २०१७), "स‌ंसद् र प्रदेशको निर्वाचन विधेयक पारित", Gorkhapatra (Gorkhapatra Sansthan), अन्तिम पहुँच ६ सेप्टेम्बर २०१७ 
  3. "भाग ८ सङ्घीय व्यवस्थापिका, धारा ८७ सदस्यका लागि योग्यता", नेपाल कानुन आयोग, अन्तिम पहुँच २३ जुन २०२० 
  4. "भाग ८ सङ्घीय व्यवस्थापिका, धारा ८९ स्थानको रिक्तता", नेपाल कानुन आयोग, अन्तिम पहुँच २३ जुन २०२० 
  5. "Kingdom of Nepal: Parliamentary Elections, May 12, 1991", ifes.org, ३१ मे १९९१, अन्तिम पहुँच १६ डिसेम्बर २०१७ 
  6. http://kathmandupost.ekantipur.com/news/2017-11-03/dhungana-makes-a-comeback-to-politics-after-23-years.html
  7. ७.० ७.१ ७.२ https://myrepublica.nagariknetwork.com/news/mps-back-ecs-proposal-of-providing-it-authority-to-announce-poll-dates/
  8. "NEPAL Parliamentary Chamber: Pratinidhi Sabha ELECTIONS HELD IN 1994", archive.ipu.org, अन्तिम पहुँच १६ डिसेम्बर २०१७ 
  9. "NEPAL Parliamentary Chamber: Pratinidhi Sabha ELECTIONS HELD IN 1999", archive.ipu.org, अन्तिम पहुँच १६ डिसेम्बर २०१७ 
  10. https://www.telegraph.co.uk/news/1394997/Nepal-king-dissolves-parliament.html
  11. "Krishna Bahadur Mahara elected Nepal parliament's Speaker", The New Indian Express, अन्तिम पहुँच २०२०-०१-२६ 
  12. Sharma, Bhadra (२०१९-१०-०१), "Parliament Speaker in Nepal Resigns After Rape Accusation", The New York Times (en-USमा), अन्तिम पहुँच २०२०-०१-२६ 
  13. "Sapkota becomes Speaker amid concerns from conflict victims and rights watchdogs", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२०-०१-२६ 
  14. "एमालेका देवराज घिमिरे सभामुखमा निर्वाचित", Online Khabar (en-USमा), अन्तिम पहुँच २०२३-०१-२०