सुवासचन्द्र नेम्वाङ
सुवासचन्द्र नेम्वाङको जन्म सालमा इलाम जिल्लाको सुन्तलाबारीमा भएको हो। उनले कानुनमा स्नातक (बीएल) गरेका छन्।
सुवासचन्द्र नेम्वाङ | |
---|---|
![]() सुवासचन्द्र नेम्वाङ | |
प्रतिनिधि सभा सभामुख | |
राष्ट्रपति | रामवरण यादव |
पूर्वाधिकारी | तारानाथ रानाभाट |
उतराधिकारी | ओनसरी घर्तिमगर |
कार्यकाल 2063–2069 | |
कार्यकाल 2069–2072 | |
व्यक्तिगत विवरण | |
जन्म | इलाम जिल्ला नेपाल | ११ मार्च १९५३
राजनीतिक दल | नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी-लेनिनवादी) नेकपा एमाले नेपाल कम्युनिष्ट पार्टी |
संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ यसअघिको व्यवस्थापिका संसदमा पनि सभामुख हुनुहुन्थ्यो। त्यसअघि २०४८ र २०५२ मा गरी उहाँले दुई पटक राष्ट्रिय सभाको अध्यक्षको जिम्मेदारी सम्हालिसक्नु भएको छ। २०५६ को संसदीय निर्वाचनमा विजयी नेम्वाङ कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री, सामान्य प्रशासन मन्त्री र संसदको सार्वजनिक लेखा समितिको अध्यक्ष समेत रहिसक्नुभएको छ। नेकपा(एमाले)को केन्द्रीय सदस्य र कानुन विभाग प्रमुख रहेका नेम्वाङ संविधानसभा सभासदमा इलामबाट निर्वाचित हुनुभएको हो।
कानुन व्यवसायीका रूपमा परिचित र प्राध्यापनमा समेत संलग्न रहिसकेका नेम्वाङले नेपाल बार एसोसिएसनको महासचिवको जिम्मेदारी सम्हालिसक्नुभएको छ। उहाँ २०२९ सालमा अनेरास्ववियुको अध्यक्ष हुनुहुन्थ्यो। विद्यार्थी जीवनदेखि नै राजनीतिमा लागेका नेम्वाङ २०३३ सालमा राजकाज मुद्दामा जेल पर्नुभएको थियो। उहाँ त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक हुनुहुन्छ। अध्ययन र समाजसेवामा उहाँको रुचि छ। उहाँका दुई छोरा र दुई छोरी छन्। अघिल्लो निर्वाचन पछि जनतालाई पुर्याएको सेवा र जनता सँगको निकट संबन्धले आफूलाई विजयी बनाएको ठान्ने सुवासचन्द्र नेम्वाङ संविधानसभामा सङ्घीय एवं समावेशी लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न क्रियाशील रहने बताउनुहुन्छ।
विद्यार्थी छँदा नै राजनीतिमा लागेका नेम्बाङ सालमा कम्युनिष्ट पार्टीमा प्रवेश गरेका हुन्। उनी नेकपा(एमाले)का तर्फबाट कानुन तथा न्याय मन्त्री बनेका थिए। २०६४ को संविधान सभा निर्वाचनमा इलाम जिल्ला क्षेत्र नं. २ बाट निर्वाचित भै संविधान सभाको अध्यक्षको रूपमा कार्यरत हुनुहुन्थयो । २०७०को संविधान सभा निर्वाचन पछि ओनसरी घर्तिमगर संविधान सभाको अध्यक्ष हुनुभयो।[१]
कार्यपालिका र व्यवस्थापिकाको शक्ति–प्रभाव न्यायालयमा सेट गर्ने पात्रमा सबैभन्दा अगाडि देखिन्छन्, संविधानसभाका अध्यक्ष एवं विघटित प्रतिनिधिसभाका सांसद सुवासचन्द्र नेम्बाङ । ०५१ देखि नबिराई सांसद चुनिएका नेम्बाङले आफ्नो ल फर्ममा काम गर्ने करिब एक दर्जनलाई उच्च अदालत र सर्वोच्च अदालतको न्यायाधीशमा पुर्याएका छन् । त्यसमध्ये केही अवकाश पाइसके भने धेरैजसाे पदमै छन् ।
नेम्बाङ, भरतराज उप्रेती, वैद्यनाथ उपाध्यायसहितको टिमले पायोनियर ल एसोसिएट्स चलाएको थियो । ०६४ र ०७० को दुवै संविधानसभामा नेम्बाङ अध्यक्ष थिए । ०४८ मा पुनरावेदन अदालतबाट न्यायालयमा छिरेका उपाध्याय ०६७ मा सर्वोच्चको न्यायाधीश बन्न सफल भएका थिए, जतिखेर नेम्बाङ संविधानसभाको अध्यक्षमा आसीन थिए ।
अर्का साझेदार उप्रेती भने ०६५ मै सर्वोच्चको अस्थायी न्यायाधीश बनेका हुन् । सर्वोच्च भित्रको राजनीतिका कारण उप्रेती स्थायी हुन नसकेपछि बाहिरिएका थिए, जसको देहावसन भइसकेको छ। उपाध्यायले पनि अवकाश पाइसके ।
पायोनियरमै वकालत अभ्यास गरेका मनोज शर्मा अहिले सर्वोच्चको न्यायाधीश बनेका छन् । उनी ६ वैशाख ०७६ देखि सर्वोच्च छिरेका हुन् । नेम्बाङ राजनीतिमा सक्रिय हुन थालेपछि शर्मा पायोनियरमा कानुनी अभ्यासका लागि पुगेका थिए । उनी विवादास्पद पूर्वप्रधानन्यायाधीश दामोदरप्रसाद शर्माका नातेदार हुन् ।
नेपाली कांग्रेसको कोटाबाट न्यायाधीश बनेका कुमार रेग्मी सर्वोच्च छिर्नुमा समेत नेम्बाङको भूमिका रहेको जानकार स्रोतको दाबी छ । रेग्मीकी श्रीमती सोनाली रेग्मी पायोनियरमा काम गर्थिन् ।
नेम्बाङ आबद्ध ल फर्ममा काम गरेकी अञ्जु उप्रेती ढकाल उच्च अदालतको न्यायाधीश छिन् । उनी दिवंगत पूर्व न्यायाधीश भरतराज उप्रेतीकी छोरी हुन् । नेम्बाङको गृह जिल्ला इलामका कानुन व्यावसायी राजकुमार वन पनि अहिले उच्च अदालतको न्यायाधीश छन्। उनी हेटौंडा इजलासमा कार्यरत छन् ।
विराटगर उच्च अदालतमा कार्यरत मिलन राई नेम्बाङ संविधानसभाको अध्यक्ष भएको बेला अदृश्य रूपमा कानुनी सल्लाहकार थिए। हरि फुयाँललाई सर्वोच्चको न्यायाधीश बनाउन नेकपा भित्र सहमति जुट्न नसकिरहेकै बेला नेम्बाङले निर्णायक भूमिका खेलेका थिए। फुयाँल चार वर्ष २ महिना प्रधानन्यायाधीश बन्ने गरी भित्रिएका पात्र हुन्। उनले ०८८ देखि ०९२ सम्म न्यायालय हाँक्नेछन्।
तर, नेम्बाङ भने स्वार्थ बाझिने भएकैले ०५७ मा सार्वजनिक लेखा समितिको सभापति भएपछि आफू पायोनियर ल एसोसियट्सबाट औपचारिक रूपमा अलग भएको बताउँछन् । ‘आफन्तले एक पैसा बेगर ल फर्म किन छोडिस् भनेर गाली पनि गर्छन् । म ढंगले चल्दिनँ भनेर मलाई उनीहरूको आरोप छ’, नेम्बाङको दाबी छ । 'सुवास नेम्बाङ जहाँ जान्छ, त्यो ठाउँका मानिसले चान्स पाउँदैन' भन्ने आरोप आफूमाथि रहेको उनले जिकिर गरे । कार्यपालिका र व्यवस्थापिकाको शक्ति–प्रभाव न्यायालयमा सेट गर्ने पात्रमा सबैभन्दा अगाडि देखिन्छन्, संविधानसभाका अध्यक्ष एवं विघटित प्रतिनिधिसभाका सांसद सुवासचन्द्र नेम्बाङ । ०५१ देखि नबिराई सांसद चुनिएका नेम्बाङले आफ्नो ल फर्ममा काम गर्ने करिब एक दर्जनलाई उच्च अदालत र सर्वोच्च अदालतको न्यायाधीशमा पुर्याएका छन् । त्यसमध्ये केही अवकाश पाइसके भने धेरैजसाे पदमै छन् ।
प्रतिनिधिसभा निर्वाचन २०७९सम्पादन
प्रतिनिधि सभा निर्वाचन, २०७९मा [[नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुवासचन्द्र नेम्वाङ इलाम जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं २ बाट ३०,०२०मत प्राप्त गरि प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन्।[२] उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार डम्बर बहादुर खड्काले २९,००६मत प्राप्त गरेका थिए।[३]
सन्दर्भ सामग्रीहरूसम्पादन
- ↑ संविधान सभा निर्वाचन पोर्टल
- ↑ "झापा : प्रदेश १ - प्रतिनिधिसभाको निर्वाचन २०७९ विवरण तथा नतिजा", election.ekantipur.com, अन्तिम पहुँच २०२२-११-२५।
- ↑ "मतगणना प्रगतिको विवरण", result.election.gov.np, अन्तिम पहुँच २०२२-११-२५।