विकिपिडिया:चौतारी (नीति)

 नीति
 प्राविधिक प्रस्तावहरू अफ विकि कार्यक्रमहरू विचार विन्दु विविध प्रशासक तथा प्रबन्धकहरूबीचको छलफल 
« पुराना छलफलहरू,

लेख शीर्षक विवाद समाधान सम्बन्धमासम्पादन

विगत ६ महिनादेखि नेपाली विकिपिडियामा लेख शीर्षक सम्बन्धी विवाद हुँदै आएको देखिन्छ। यस विवादलाई समाधान गर्नको लागि केही महिना अगाडि लेख शीर्षक नीति समुदायद्वारा पारित गरिएको सबैलाई जानकारी नै छ। शेख हासिना लेखको वार्तालापमा भइरहेको छलफललाई उचित निकास दिन सामुदायिक सहमति आवश्यक रहेको देख्दछु। यस किसिमको वार्तालापले समुदायको उर्जा छिन्न्न बनाउनसक्ने मेरो आकलन रहेको छ। कुनैपनि नीति र व्यवस्थालाई समयसमयमा उचित व्यवस्थापन गर्नु अत्यावश्यक हुन्छ। नेपाली विकिपिडियामा लेख शीर्षक कसरी निर्धारण गर्ने भनि बनाइएको लेख शीर्षक नीतिमा छुटेका विषयलाई समेत समेट्दै निम्नलिखित सुधार आवश्यक रहेकोले समुदाय समक्ष आफ्नो सुझाव प्रस्ताव गर्दछु। सम्पूर्ण सक्रिय प्रयोगकर्तालाई यस विषयमा आ-आफ्नो तर्फबाट सल्लाह, सुझाव र मत राख्न अनुरोध गर्दछु। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) २०:२२, २० जुलाई २०२० (नेपाली समय)

  1. नेपाली बृहत् शब्दकोशमा रहेको शब्दलाई मानक मानिनेछ।
  2. प्रचलित नामलाई प्राथमिकता दिनुपर्दछ। प्रचलित नाम तय गर्नको लागि अनलाइन खोज संयत्रको सबैभन्दा बढी परिणामलाई आधार मान्नुपर्नेछ। (उदाहरणको लागि हाम्रो देशको प्रधानमन्त्री खड्गप्रसाद ओली- प्रचलित नाम केपी ओली र केपी शर्मा ओली)
  3. नेपाली सञ्चार माध्यमलाई स्रोत सामग्रीको रूपमा प्रयोग गरिएतापनि लेख शीर्षकको लागि भर पर्न सकिने स्थिति नरहेको देखिन्छ तथापि गोरखापत्र र कान्तिपुर अनलाइन मिडियालाई शीर्षक तय गर्न केही हदसम्म मद्दत गर्ने भएकोले यसलाई स्थान दिने कि?
  4. अप्रचलित नामलाई अङ्ग्रेजी आइपिए अनुसार तय गर्ने कि मूल नामको आइपिए अनुसार?
  • बुँदा १ पुर्ण रूपमा अनुसरण गर्नु पर्ने किनकी नेपाली भाषाको यो भन्दा अरू कुनै बैकल्पिक आधार नै छैन (तर कतिपय अवस्थामा यहाँ पनि चलन चल्तिमा रहेको शब्दलाई प्राथमिकता दिनुपर्ने हुन्छ।) । बुँदा २ अन्य विकसित विकिपिडियाहरू (जस्तै: enwiki) ले यही नियम अनुसरण गरेको पाइन्छ त्यसैले यसमा समर्थन। बुँदा ३ सञ्चार माध्यमहरू को अवस्था नाजुक नै होला तर पनि यदी नेपालको एक मात्र सरकारी पत्रिका गोरखापत्र तथा कान्तिपुर, नेपाल समाचारपत्र जस्ता प्रचलित र विस्वसनिय पत्रिकाहरूलाई पनि स्रोतको रूपमा नलिने हो भने नेपाली विकिपिडिया त सन्दर्भ बिहिन होला नि? कि विकिपिडिया बिना सन्दर्भको शोध प्रतिवेदन जस्तो लेख्न थाल्ने हो र? त्यसैले म चाही यिनीहरूलाई स्रोत सामग्री रूपमा लिइ अत्यधिक प्रयोगमा आएको शब्द चयन गर्नु ठिक मान्छु। बुँदा ४ म कुनै भाषाको विरोधी हैन तर विश्वमा १/२ वटा राष्ट्रमा मात्र बोलिने भाषाहरूलाई अनुसरण गर्नु भन्दा अन्तर्राष्ट्रिय रुपमा प्रचलित भाषा अङ्ग्रेजी (किनकी अङ्ग्रेजी भाषा नेपाली पाठ्यक्रममा पनि अनिवार्य विषयको रूपमा रहेको छ) हुनाले अन्य भाषाका आयातित शब्दहरूको सन्दर्भमा अङ्ग्रेजी बेलायती-अङ्ग्रेजी उच्चारण अनुसार तय गर्नु राम्रो हुने। -- निर्मल दुलाल (कुरा गर्नुहोस) १०:५२, २१ जुलाई २०२० (नेपाली समय)

(थप: मेरो विचारमा यहाँ सबैभन्दा पहिले बुँदा १ लाई अनुसरण गर्ने, त्यसले समेट्न नसकेमा बुँदा २ तथा बुँदा ३ र अन्य भाषाका आयातित शब्दहरूको सन्दर्भमा कहीकतै आधार मान्ने अवस्था नरहेमा बुँदा ४ अनुसार गर्नु उचित हुन्छ। यो माथी बिप्लब आनन्द द्वारा राखिएको प्रस्तावमा मेरो आफ्नो विचार तथा टिप्पणी हो, अन्य प्रयोगकर्ताहरूले पनि आफ्नो विचार व्यक्त गर्नुहोला, मेरो कुरामा बिरोध वा टिप्पणी गरेर नबस्नु होला। यदि मसँग व्यक्तिगत रुपमा केही भएमा विकिपिडियाको जीवनमा नभई वास्तविक जीवनमा आउनु होला।)-- निर्मल दुलाल (कुरा गर्नुहोस) २३:१२, २१ जुलाई २०२० (नेपाली समय)

  • प्रचलित शीर्षकलाई नै‌ मान्यता दिने उद्देशका साथ उक्त निति पारित पनि भइसकेको छ तर यस नितिले छुटाएको गम्भीर दुई विषय भनेको नेपाली बृहत् शब्दकोशको मानक प्रयोग र शीर्षक बीच अन्तर्द्वन्द्व/विचलन र भेद हो जसको कुरा नसमेटिदा यस्ता समस्याहरू आइपरेका छन् यहाँ। प्रचलित शीर्षकमा जोड किन दिनुपर्छ भने, उदाहरणका लागि चीनको राजधानी चिनियाँ भाषामा पेछिङ हो तर हामी बेइजिङ भन्छौँ र पुस्तकहरूमा पनि भेटिन्छ र यसको वैकल्पिक शीर्षक हामीसँग छैन, त्यसैले हो यहाँ मानक शब्द बनेको छ, यसकै प्रयोग गर्नु पर्छ। यहाँ विवाद किन आएको हो भने तिनै उल्लेखित सञ्चार माध्यम वा वेबसाइटले गर्दा भएको हो, किनभने तिनिहरूले समान शीर्षक छापिदिएको भए पनि आज यस्तो समस्या आउने थिएन, तर त्यस्तो पटक्कै हुन सकेन जसको असर हामी जस्ता सञ्चार माध्यममा भर पर्नेहरूमा प्रत्यक्ष रूपमा पर्न गएको हो। गोरखापत्र र कान्तिपुर अनुसार शीर्षक तय गरिदा पनि यी दुई बीच कति धेरै शीर्षकमा कुनै प्रकारको समानता छ‌ैन। कतिपय त नेपाली शीर्षक मै लेखन भेद छ। उदाहरण पाताले छाँगो, पातले छाँगो

[https://gorkhapatraonline.com/national/2020-07-19-18773 इटालीका प्रधानमन्त्री जिसेप कोन्टे - गोरखापत्र१], [https://gorkhapatraonline.com/open/2020-03-08-9820 इटालीका प्रधानमन्त्री ज्युसेप कोन्टे - गोरखापत्र२], इटालीका प्रधानमन्त्री गिसेप कन्त - कान्तिपुर१, इटालीका प्रधानमन्त्री जुसेपे कोन्टे - कान्तिपुर२, इटालीका प्रधानमन्त्री जिसेपे कोन्टेले जानकारी दिएका छन्

माथि मात्रै त्यहाँ दिइएको गोरखापत्र र कान्तिपुरले इटालीका प्रधानमन्त्रीको नाम बिना ढङ्ग मनलाग्दी रूपमा प्रत्येकले दुई र तीन थरि निर्धारण गरेको पाइएको छ। इटालीका प्रधानमन्त्री मात्र एक उदाहरण हो यस्ता विषय कति छन् कति। सञ्चार माध्यममा मैले खोजे अनुसार उनको नाम ९ थरि भेट्टाएको छु, एउटा मान्छेको ९ थरि नाम भयो भने कसैले एउटा वेबसाइटको भरमा एक बनाउने भयो र यो प्रक्रिया चल्यो भने विभिन्न ९ थरि बन्ने रहेछन् जसमध्ये पनि कुन सही भन्ने अझै अलमल छ। यो जस्ता निकै घातक समस्याले गर्दा हामी दिनदिनै विवाद तिर मात्र अग्रसर भएका छौँ, जहाँ यस्तो शीर्षक भेद समस्या आउना साथ अन्य विकिपिडियाले अधव मानिरहेका छन् र त्यहाँ कुनैपनि प्रकारको शीर्षक विवाद छैन, तर यहाँ सबै वेबसाइट र प्रयोगकर्ताहरूको धारणा फरक भएको कारण यो समस्या हटेको छैन झन् बढीरहेको छ। शीर्षकमा बिचलन आउनुको कारण भनेको अनुमानित नामको अत्याधिक धेरै प्रयोगले गर्दा हो। कतिपय वेबसाइटले सही शीर्षक छाप्छन् भने तिनिहरूको अनुसरण गरि तिनिहरूलाई सम्मान गर्नु पर्छ।

थप शीर्षक विचलनका उदाहरणहरू

[https://www.onlinekhabar.com/2020/03/842488 अनलाइन खबर - इटालीका प्रधानमन्त्री गिउसेपे कोन्टे], सेतोपाटी - इटालीका प्रधानमन्त्री जुजेपे कोन्टे, इटालीका प्रधानमन्त्री ग्युसेप कोन्टे - लोकपथ, ज्युसेप कोन्टे - रातोपाटी, [http://annapurnapost.com/news/151860 प्रधानमन्त्री ग्युसेप्पे कोन्तेले - अन्नपूर्ण पोस्ट], प्रधानमन्त्री ज्युसेप्पे कोन्टे - बाह्रखरी, माथि उल्लेखित सबै निकै प्रचलित पत्रपत्रिका वा सञ्चार माध्यमहरू हुन्। यो गोखरापत्र र कान्तिपुर किन भनिएको होला, जहाँ आफ्नै कुरा त मिलेको छैन, यी दुईको त कत्तिपनि मिल्दैन र अरूको त झन् पुरै विपरीत छ। यसको अर्थ भनेको माथि भनिएको कान्तिपुर र गोखरापत्र शीर्षकको लागि कत्तिपनि जिम्मेवार नभएको देखिन्छ, अरू त झन् यो भन्दा पनि बिजोग। जिम्मेवार भएको भए, कान्तिपुरले एउटै मान्छेको तीन थरि र गोरखापत्रले २ थरि शीर्षक कहिल्यै छाप्थेनन् तर त्यसो हुन नसक्दा यिनीहरू गैर जिम्मेवार रहेको पुष्टि हुन्छ।

बुँदा ३ मा भनिएको कुराको अध्ययन गर्दा के भेटियो भने अङ्ग्रेजी अथवा जुन कुनै भाषाले पनि आफ्नो तरिकाबाट उच्चारण गर्छन्। यदी अङ्ग्रेजीलाई नै मानक मानेर हिड्ने हो अरूले पनि यसको अनुसरण गर्दैनन् भन्न सकिन्न। हामीले अङ्ग्रेजी अनुसार जुन कुनै शीर्षक तय गर्ने हो भने हाम्रो भाषा माथि नराम्रोसँग प्रहार हुन्छ, अन्यले हाम्रो देशलाई आजबाट नेपाल भन्न छाड्छन् र अङ्ग्रेजी अनुसार निफोल, नेफोल, क्याट्म्यान्डु, डेली, प्याकिस्ट्यान, ब्याङ्लाडेश, क्यालक्याटा, क्याटर आदी भनेर भाषालाई त नराम्रोसँग बिगार्ने छन्। म मान्छु कि अङ्ग्रेजी यहाँ पढाई हुन्छ तर अङ्ग्रेजी अनुसार शीर्षक तय भयो भने अङ्ग्रेजी नबुझ्ने नेपालीले कस्तो प्रकारले उच्चारण गर्ने? नेपालीमा १२३ भाषाको आआफ्नो महत्त्व छ। नेपालमा बस्ने सबैले अङ्ग्रेजी जानेका हुन्छन् भन्ने कुरा चैँ म पत्याउन सक्दिन, पढेलेखेकाले बुझ्ने भाषा हो यो भनेको। नेपालको राष्ट्रिय भाषा नेपाली त नबुझ्नेको जजसङ्ख्या धेरै छ भने अङ्ग्रेजी त झन् कति छ कति। दुई तर्फी हिसाबले चिन्तन मनन् गर्दा हामीले अङ्ग्रेजी उच्चारण यदी लागू गर्यौ भने अन्य भाषाले पनि लागू गर्न सक्छन् जसकारण हाम्रो देशको नाम सहित विश्वका अधिकांश नामहरू अङ्ग्रेजीकृत हुनेछ जुन कुनै हालतमा पनि स्वीकार्य छैन। धेरै बोलिने भाषा चिनियाँ हो, के अब चिनियाँ अनुसार शीर्षक तय गर्ने कि दोस्रो धेरै मातृभाषी भएको भाषा स्पेनी अनुसार तय गर्ने, कसैले के भन्ला कसैले के भन्ला मूल अनुसार तय गरेको खण्डमा विवाद कत्तिपनि हुँदैन। कुनै पनि व्यक्तिको मुल उच्चारणको अधवलाई प्राथमिकता दिँदै सबै विकिपिडियाले शीर्षक निकाल्छन् तर यहाँ किन र कसरी विवाद? अङ्ग्रेजीको कुरा किन आएको भने यहाँ कतिपयले अङ्ग्रेजी, हिन्दी, मैथिली गरि धेरै भाषा बुझ्छन्, अब हिन्दी बुझ्नेले हिन्दीको अनुसार शीर्षक फेर्न आग्रह नगर्ला भन्न सकिन्न। कुनैपनि भाषाको आआफ्नो महत्त्व र पहिचान छ तर यहाँ भनिएको अनुसार अङ्ग्रेजी शीर्षक लागू गरेर अरू भाषालाई सिधै खुट्टाले चुल्कने हो, अरू भाषा, भाषा होइनन्? अरू भाषाको शीर्षकमा पनि अङ्ग्रेजी प्रयोग गर्ने हो भने हाम्रो भाषालाई पनि उनीहरूको त्यसै गरि उपेक्षा नगर्लान् भन्न सकिन् र यदी यसो हुन्छ भने आजै देखी जर्मनेली, फ्रान्सेली, नेदरल्यान्डेली आदी भाषाहरूले निफोल/नेफोल भन्ने छन् र यस्तो हुन्छ भने नेपालको राष्ट्रिय भाषा नेपाली भाषा हुनुमा गर्व नभई हेपिएको र पिछडिएको भाषा बन्नेछ र संसारका नेपालको नेपाली भाषा भनेर सम्मान कसैले पनि गर्नेछैन। जुन सबै भाषामा लागू हुन्छ। पर्वत सुबेदी (कुरा गर्ने) १६:३०, २१ जुलाई २०२० (नेपाली समय)

  • धेरै पहिलादेखि पुस्तकहरूमा छापिएका तथा नेपाली शब्दकोशमा रहेका नामहरू सायदनै फेरिएलान् उदाहरणका लागि उदाहरणका लागि फ्रान्स देश (आधिकारिक रूपमा फँस)। प्रचलित नाम तय गर्नको लागि अनलाइन खोज संयत्रको सबैभन्दा बढी परिणामलाई आधार मान्नुपर्नेछ। यो चाँही सरासर गलत हो, किनभने खोज संयन्त्रहरूले सूत्रहरू देखाउने भनेको नेपाली सञ्चार माध्यमहरूकै हो जहाँका गैर अङ्ग्रेजी भाषी शीर्षकहरू लगभग सबै गलत छन्। एकछिनका लागि मानौँ कि केही सञ्चर माध्यमले एकै थरि शीर्षक छापिरहेका छन् तर यदी एउटाले मात्र त्यसको विपरीत शीर्षक लेख्छ भने त्यस शीर्षकलाई पनि समिक्षा गर्नुपर्ने हुन्छ। किनभने त्यसले चाँही कसरी विपरीत शीर्षक लेख्यो भन्ने प्रश्न खडा हुन्छ। यस्ता लेखन भेदहरूले गर्दा सञ्चार माध्यमहरू प्रति शीर्षकका लागि भर पर्नु कत्तिपनि उचित हुँदैन। यहाँ पटकपटक कान्तिपुर तथा गोरखापत्रको कुरा गरिएको छ, के अब अरू चाँही सञ्चार माध्यमनै हैनन्?, अनलाइन खबर, सेतो पाटी, रातो पाटी, बीबीसीहरूले पक्कै पनि गैर कानुनी रूपमा काम गरेका छैनन्, त्यसकारण यो यस्तो उ उस्तो भनेर सञ्चार माध्यमहरू बीच तुलना गर्नु सरासर गलत हो। लेखन भेद उदाहरण हेर्नुहोस् जमाल खशोग्जी गोरखापत्र, जमाल खसोग्जी कान्तिपुर, जमाल खसोग्गी बीबीसी नेपाली, रेसेप तैयप एड्रोगान कान्तिपुर, रेजेप ताइयिप एर्दोआन बीबीसी नेपाली, रेसेप तैयप एर्दोगान गोरखापत्र, रेकेप तैयप एर्दोगन गोरखापत्र, थेरेसा मे, गोरखापत्र, टेरिजा मे

[https://ekantipur.com/news/2020/03/15/158428070718868335.html बेन्यामिन नेतान्याहु], बेन्जामिन नेतन्याहु कान्तिपुर। जम्मा चार विषयहरूको खोजी गर्दन त यती धेरै गलत शीर्षकहरू भेटिन्छन् भने थप शीर्षकहरू खोज्दा त कति भेटिन्छन् कति, यी चार त नमूना मात्र हुन् अझै उदाहरण चाहिएमा मसँग बारे थप सूत्रहरू माग्नुहोला । त्यसकारण गोरखापत्र र कान्तिपुर मात्र मार्फत शीर्षक छनोट गर्नु गलत छ र लेखन भेद हुने बित्तिकै आधिकारिक भाषा अथवा 'अधव अनुसार जानु पर्दछ। यी त भए लेखन भेदको कुरा, सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको अङ्ग्रेजी अधवलाई पछ्याउने कि आधिकारिक अधवलाई पछ्याउने हो। खासगरी लातिन लिपीमा थुप्रै भाषाहरू लेखिने हुँदै एउटै शीर्षकको पनि विभिन्न भाषामा निकै पृथक् उच्चारण हुन्छन्। जस्तै (अङ्ग्रेजी: chocolate, चक्लेट, (स्पेनी: chocolate, चोकोलाते। तर कहिलेपनि नदेखेको शीर्षक पढ्दा (लातिन लिपी) खेरी हामीले अनुमान लगाउँछ कस यसको उच्चारण यो हुन सक्छ भनेर जुन हामी अङ्ग्रेजीको अनुसार गर्छौँ तर हामी यो कुरा जान्दैनौँ कि उक्त शीर्षक कहाँको हो, त्यस शीर्षक कुन देशको प्रतिनिधित्व शब्द हो वा त्यो कुन भाषामा लेखिएको हो भनेर। लातिन लिपीमा थुप्रै भाषाहरू लेखिने भएकाले लिपी एउटै भएका कारण हामी गलत उच्चारण गर्ने गर्छौँ जुन गलत सावित हुन्छ। त्यसकारण आधिकारिक अधव अनुसार शीर्षक चयन गर्नु नै अति आवश्यक छ, खासगरी अप्रचलित नामहरूमा। नस्तअलिक र तिरहुता (बाङ्ला) लिपीहरूको शीर्षकमा खासै विवाद आउँदैन होला किनभने म त्यो लिपीको जानकार छु भने यी लिपीहरूमा लेखिने लगभग ४० भाषा भन्दा बढी विकिपिडियाहरू छन्। देवनागरीको हामी सबैलाई ज्ञान छ त्यसैले शीर्षक विवाद पनि हुँदैन। अनि अर्को कुरा, थुप्रै एसियाली देशहरूको भाषा तथा लिपी (लातिन, बाङ्ला, नस्तअलिक)हरू फरक हुन्छन् जसको सही उच्चारण हामी कित भाषा जानेर गर्न सक्छौँ (श्रीलङ्का, म्यानमा, चीन, जापान, कोरिया, भियतनाम, कम्बोडिया, रूस, भुटान, युनान अझै कति छन् कति) अथवा आधिकारिक अधव अनुसार गर्न सक्छौँ तर यसमा अङ्ग्रेजी अधवको के काम? यी भाषाहरूमा यस्ता वर्ण हुन्छन् जसलाई देवनागरी लिपीले पनि समेट्न सक्दैन भने अङ्ग्रेजी अधवको त यहाँ कुनै कामै छैन भने सही शीर्षक त कदापि पनि थाह हुँदैन र अङ्ग्रेजी अधवले गैर अङ्ग्रेजी भाषाहरूको सही शीर्षक पत्ता लगाउन सक्दैन। त्यसकारण नयाँ शीर्षकहरू आधिकारिक अधवको अनुसार तय हुन अति जरुरी छ।-हिमाल सुबेदी (कुरा गर्ने) २२:२०, २१ जुलाई २०२० (नेपाली समय)

धन्यवाद विप्लव, यो पहल हुनु जरुरी थियो। यसको नियम यसरी जानु पर्छ।
  1. देवनागरीबाहेकका सबै विदेशी भाषाका नाम बेलायती-अङ्ग्रेजी उच्चारण अनुसार नेपालीमा लेखिनेछ।
  2. नेपाली बृहत् शब्दकोशमा रहेको शब्दलाई प्रचलनमा भए मात्र मानक मानिने छ। (किनकी हामी मिस्र नलेखेर इजिप्ट लेख्छौँ)
  3. नेपाली मिडिया हेरिरहनु जरुरी छैन हाम्रो आफ्नै नियम छ।

अधव भनेर धेरै उल्लेख भएको शब्द नै गलत छ। शीर्षक र आइपिए एउटै हुने भए यसको आवस्यकता हुदैन थियो। चोकोलाते भनेर स्पेनेलीहरूले आफ्नो भाषा बनाए जस्तै नेपालीमा चक्लेट भनिन्छ। चक्लेट नेपाली शब्द हो chocolate अङ्ग्रेजी शब्द हो। कुतर्क गरेर काम छैन। विदेशीहरूसँग बोल्न सबैले अङ्ग्रेजी भाषा प्रयोग गर्छन्। नगर्ने केही होलान् तर केहीको पछि कोहि लाग्दैनन्। हामी ल्यातिनो वा मेखिको नलेखेर ल्याटिन र मेक्सिको लेख्छौँ। यी नेपाली शब्दहरू हुन्।-Krish Signature.pngDULAL (मसँग कुरा गर्नुहोस्) ०७:०३, २२ जुलाई २०२० (नेपाली समय)

  • कृष ज्यू तपाईले भन्नु भएको कुरा सरासर गलत छन्। अङ्ग्रेजी अन्तर्राष्ट्रिय भाषा होला तर यस अनुसार शीर्षक तय गर्नु त मिल्दैमिल्दैन, अङ्ग्रेजी अनुसार गर्ने हो भने म पनि सबैलाई बाङ्ला र अरबी अनुसरा गरिदिन सक्छु तर त्यस्तो म बाट हुँदैन। जुन देशको आधिकारिक भाषा अङ्ग्रेजी हो त्यहाँ मात्र अङ्ग्रेजी आइपिएद्वारा उच्चारण हुन्छ बाँकी रहेका देशहरूमा ति देशकै मौलिक भाषाहरूमा उच्चारण हुन्छ। तपाईले चकलेटको उदाहरण दिनु भएको रहेछ तर गलत रूपम। ल यसलाई उच्चारण गर्नुहोस् [१], [२]। तपाईको अनुसार अङ्ग्रेजीलाई आधिकारिक रूपमा लिइयो भने यसको उच्चारण चकलेट भ्यालोर र इल चकलेट हुन्थ्यो होला र यस्तो हुँदैन ती दुई शीर्षकहरू स्पेन देशका हुन् त्यसकारण यसको उच्चारण पनि स्पेनीमै हुन्छ (चोकोलाते बालोर र एल चोकोलाते) न कि अङ्ग्रेजी। [३], [४], [५], [६] यी शीर्षकहरू उच्चारण गर्नुह्। मलाई लाग्दैन कि तपाई यी शीर्षकलाई अङ्ग्रेजी अनुसार उच्चारण गर्न सक्षम हुनुहुन्छ। मैले यो मात्र भन्ने खोजेको हो कि नेपाली विकिपिडियामा बनाइएका शीर्षकहरूमा लेखन भेद हुनु भएन। कहिलेपनि नसुनेको नदेखेकोलाई अङ्ग्रेजी आइपिए अनुसार उच्चारण गर्न त सम्भवनै छैन। त्यसकारण अङ्ग्रेजी अनुसार तय गर्न पर्छ भन्नुनै बेकार हो।-हिमाल सुबेदी (कुरा गर्ने) ०७:५७, २२ जुलाई २०२० (नेपाली समय)
मलाई अन्य विकीको उदाहरण दिनु पर्दैन भाइ। नेपाली विकीको आफ्नो नियम छ र रहि रहनेछ। बङ्गाली भाषा अन्तर्राष्ट्रिय स्तरको भाषा भए प्रयोग गर्न मलाई आपत्ति छैन। El को नेपाली उच्चारण एल नै हुन्छ Il चाहिँ इल हुन्छ। कुतर्क गरेर समय बर्बाद नबनाउ। यहाँ लेखेर समय किन बर्बाद गर्छौ? नयाँ पृष्ठ बनाउ। अर्को कुरा, कम्पनी तथा मानिसका लेख बनाउने जिम्मा लिएका मानिस हुन्छन् तिनले हामी जस्ता सोझालाई काम लाएर पैसा खाने काम गर्छन्। विषेश गरी भारतीय तथा बङ्गालीहरूले त्यसो गर्छन्। नेपाली सामान्य मानिसलाई काम लाग्ने सामग्रीको खाँचो छ नेपालीमा त्यता लाग।-Krish Signature.pngDULAL (मसँग कुरा गर्नुहोस्) ०९:११, २२ जुलाई २०२० (नेपाली समय)
  • के तपाईको तर्क मात्र तर्क अरूको चाँही कुतर्क? कुरालाई मोड्न नखोज्नुहोस्, यहाँ मानिसहरूको नियत तथा आचरणको कुरा भैरहेको छैन। यो लेख शीर्षक विवादको कुरा हो त्यो पनि नेपाली विकिपिडियामा।-हिमाल सुबेदी (कुरा गर्ने) ०९:३७, २२ जुलाई २०२० (नेपाली समय)
हो। -Krish Signature.pngDULAL (मसँग कुरा गर्नुहोस्) ०९:४५, २२ जुलाई २०२० (नेपाली समय)
  • ध्यानाकर्षण गराउने सम्बन्धमा,

यस छलफल म मेरो पक्षमा पार्ने उद्देशका साथ यहाँ लेखिरहेको छैन, म त यस कदमले भविष्यमा हुने सक्ने गम्भीर परिणामको बारेमा केही भन्दैछु। कृपया यस विषयलाई कहिल्यै पनि एकतर्फीबाट नसोचौँ

अप्रचलित शीर्षक विभिन्न प्रकारका अङ्ग्रेजी भाषाहरूबाट बेलायती अङ्ग्रेजी अनुसार गर्नुपर्छ भन्ने मत प्राप्त भएको छ, जसमा मेरो दुरगामी धारण यस्तो छ।


१) अङ्ग्रेजी धेरै जसो मुलुकमा दोस्रो वा पहिलो भाषाको रूपमा पढाई हुन्छ। तर यसको अर्थ यो होइन कि सबैले जहाँ पनि यसको अनुसरण गर्नु पर्छ। किनकि, मानम हामीले यहाँ अङ्ग्रेजी उच्चारण मानक रूपमा लियौँ र यसको अनुसरण गर्यौँ भने अङ्ग्रेजी बाहेकका विदेशी भाषाहरूले समेत अङ्ग्रेजीको अनुसरण नगर्लान् भन्न सकिन्न। उदाहरणको लागि राजधानी काठमाडौँको शीर्षक हिन्दीमा हेर्नुहोस् त्यहाँ अङ्ग्रेजी अनुसार शीर्षक तय गरिएको छ, देवनागरी भएपनि र देवनागरीमै लेखिने अन्य भाषाले यहाँको भाषाको पूर्ण उपेक्षा गरेका छन्, अङ्ग्रेजी उच्चारण अनुसार

२) हामीले कोही गैर अङ्ग्रेजी भाषी विदेशीहरूसँग कुरा गर्दा हाम्रो देशको नाम नेपाल भन्यौ भने उनीहरूले नेपाल भन्ने देश यस संसारमा नरहेको तर बेलायती अङ्ग्रेजी अनुसार निफोल चैँ रहेको मान्छन् र हामीले पनि निफोल भनेर देशको नाम परिवर्तन गरि बोल्नुपर्ने बाध्यता सृजना हुन्छ। र ipa-en:/ˌkætmænˈduː र ipa-ne:[ˈkaʈʰmaɳɖu] मध्ये अब ipa-ne को प्रयोग कहिल्यै पनि हुनेछैन। यस्तो भयो भने नेपाली भाषा कहाँ पुग्छ र के अस्तित्व बोक्छ?

३) उनीहरूले हाम्रो लिपि बुझ्दैनन् र जे लेख्दा पनि हुन्छ भन्ने पनि होइन, जस्तै बर्मेली लिपि हामी बुझ्दैनौँ र उनीहरूले हाम्रो देश सम्बन्धित सबै शीर्षकमा अङ्ग्रेजी लागू गरे भने उनीहरूले हामीलाई कहिल्यै पनि काठमाडौँ वा नेपाल वा नेपाली भनेर त चिन्दैनन् बरू क्याट्म्यान्डु, निफोल र नेप्लिज भनेर त पक्कै पनि चिन्लान् यसले भाषिक स्थायीत्व माथि प्रहार गर्नुमा साथै अब कसैले पनि ipa-np वा File:np-panchthar.ogg यसको आवश्यकता अबको मिति देखि हुनेछैन र मान्छेले ipa-en, File:en-panchthar.ogg यस्तो खोज्न तर्फ अभिप्रेरित हुन्छन् र नेपाली भाषाको विश्वमा जे पहिचान बनिरहेको थियो त्यो समाप्त हुन्छ किनभने यसको थप आवश्यकता नत उच्चारण का लागि चाहिन्छ नत यस भाषाको अन्तर्राष्ट्रिय ध्वन्यात्मक वर्णमाला हेरेर कुनै काम नै छ किनभने यस भन्दा अगाडि अङ्ग्रेजी हाम्रो भाषा माथि हावी भइसकेको हुनेछ र हामीले अन्य विकिपिडियालाई नेपाली भाषाको महत्त्व बुझाए पनि यो असफल हुन जान्छ, किनभने अङ्ग्रेजी उच्चारण निति सबै विकिपिडियाहरूले लागू गरिसकेका हुनेछन्। उदाहरणका लागि अब कसैले पनि सगरमाथा भनेर चिन्दैनन् माउन्टे एभरेस्ट नै भनेका छन् अन्य विकिपिडियाले, यस्तो सबै नेपाल सम्बन्धित विषयमा भयो भयो?

४) प्रचलित विषय त सर्वमान्य छ, त्यही लेखिनु पर्छ र हाम्रो त्यस सम्बन्धित निति समेत छ। तर अप्रचलित सबै विषयलाई अन्य सबै विकिपिडियाले अन्तर्राष्ट्रिय ध्वन्यात्मक वर्णमाला मान्दै समस्या सुल्झाएका छन्, यो यहाँ पनि अप्रचलित शीर्षकमा लागू गरे समस्या सुल्झिन्छ कि? यस विषयमा अध्ययन गरेर टिप्पणी गर्नुहोला।

५) सबै भाषाले अप्रचलित विषयमा अङ्ग्रेजी लागू गर्छन् भने, हाम्रो अर्घाखाँची जिल्लाको फ्रान्सेली, जर्मनेलीमा कहिल्यै पनि समाचार छैन, अब यस्तो अवस्थामा यो त्यहाँ पुरै अप्रचलित शीर्षक बन्न पुग्छ र हाम्रो जिल्लाको नाम समेत यार्घखान्ची/अर्घाखान्ची अाथवा अन्य कुनै हुनेछ, किनभने मानिसहरूले भुँडीपुराण प्रकाशन bhundipuran भुन्डिपुरान/भुन्डीपुरन पब्लिकेसन्स भन्न थाल्ने छन् र हाम्रो भाषाको काहीँ पनि उपयोग हुनेछैन, नत शीर्षकका लागि नत अन्य कुन‌ै प्रायोजनका लागि। गैर अङ्ग्रेजी भाषा उच्चारणका लागि धेरै वर्ष अगाडि देखि हामीले हाम्रो देशको सम्पूर्ण जिल्ला र धेरै ठाउँहरूको उच्चारण कमन्समा हालेका छौँ ताकी सबै विकिपिडिया र प्रयोगकर्ताले सही शीर्षक छान्न सकुन भन्ने महान उद्देशका साथ, तर अन्य विकिपिडियाले हामीले गरेको जस्तो कदम चाले भने अब ती कमन्समा हामीले मेहनत गरेर भरेको उच्चारणको काम लाग्ने छैन, र त्यो कतै पनि प्रयोग हुने छैन र यस उच्चारण प्रति बरू वितृष्णा झल्कने छ र अन्य विकिपिडियाहरूले अनुमानको आधारमा शीर्षक तय गर्न खोज्नेछन्, जस्तै महोत्तरी महोट्ट्यारी बन्नेछ, र अरू तमान विषयहरू पनि यस अनुसार परिवर्तन हुनेछन्।

६) अङ्ग्रेजीमा त वर्ण नहुने हुँदा जताततै ट भेनिन्छ, तर ट वर्ण नभएकाले केही हदसम्म शीर्षक मिलाउलान्, तर ट वर्ण हुने भाषाहरूले अब पुन: त लाई अङ्ग्रेजीको आधारमा ट भन्न थाल्नेछन्, जस्तै अब, तानसेनको उच्चारण Tansen ट्यानसेनमा परिवर्तन हुनेछ, Saptari स्यापट्यारी, parbat पर्ब्याट/प्यार्ब्याट कुनै मा उच्चारण परिवर्तन हुनेछ।

हामीले नेवारी भनेर भनिरहेका छौँ तर यो शब्दलाई अङ्ग्रेजीले पूर्णरूपमा अस्वीकार गर्छ, र अन्यले यही मान्छन् भने यो नेपाली शब्द अब परिवर्तन हुँदै अब (English: /niːˈwɑːr/) निवारीको रूपमा परिवर्तन भइसकेको छ, अब पालो हाम्रो हो पूर्णरूपमा अङ्ग्रेजीकृत हुने यदी यस्तो स्वीकार्य छ भने। यदी नेपाली हुनुमा साच्चिकै गर्व महसुस हुन्छ भने हाम्रो नेपाली भाषालाई हामीले बचाउनु पर्छ। यस्तो नियम अन्य विकिपिडियामा लगाउनु कत्तिपनि नहुने भनेर सम्झाउनु पर्छ, बल्ल हामी आफ्नो भाषाको रक्षक बन्ने छौँ, होइन भने हामी बोल्दा मात्र नेपाली अरू विदेशी बन्नेमा दुई मत छैन।

यदी हामीले अन्य भाषाको सम्मान गर्‍यौ भने हाम्रो भाषालाई पनि उनीहरूले सम्मान गर्नेछन्, यदी हामीले गरेनौ भने उनीहरूले पनि हाम्रो भाषालाई सम्मान गर्ने छैनन्। हाम्रो कदमले गर्दा हाम्रै भाषा नेपाली माथि प्रहार हुने सम्भावनालाई मध्यनजर गर्दै मैले यहाँ केही कुरा लेखेको छु, यसमा पूर्ण अध्ययन गरेर निष्कर्ष निकाल्नुहोला। पर्वत सुबेदी (कुरा गर्ने) १५:४७, २२ जुलाई २०२० (नेपाली समय) ────────────────────────────────────────────────────────────────────────────────────────────────────

@पर्वत सुबेदी: ज्यू, यहाँले नेपालसँग सम्बन्धित शीर्षकलाई उदाहरणको रूपमा पेश गर्नुभएको मैले बुझ्न सकिन। नेपालसँग सम्बन्धित शीर्षक पहिचान गर्न हामिसँग पर्याप्त आधारहरू छन् त्यसैले

यू विकिपिडियामा ती शीर्षकहरू परिवर्तन हुने सम्भावना छैन। हाम्रो देशसँग सम्बन्धित विषयमा कुनै दुविधा देखिएमा यसरी वार्तालाप गरेर समाधान गर्न सकिन्छ। हामि विदेशी नाम भएका लेख शीर्षक समाधान गर्ने उपाय खोज्दैछौँ न कि विश्वमा बोलिने अन्य भाषाले हाम्रो शीर्षकलाई कसरी उच्चारण गर्छन् वा गर्नेछन् भनि छलफल गर्दैछौँ। उदाहरणको लागि अङ्ग्रेजीले विकिपिडियामा 'नामकरण दिशानिर्देश' अनुसार अन्य भाषाको शीर्षकलाई अङ्ग्रेजीकरण गरिन्छ। जहाँसम्म एकरुपताको कुरा छ त्यसको केही उदाहरण दिनु जरुरी छ- 'डोनाल्ड ब्रेडम्यान' (नेपाली), 'डॉन ब्रैडमैन' (हिन्दी), 'डोनाल्ड ब्र्याडम्यान' (बङ्गाली) त्यस्तै 'वसीम अक्रम' (नेपाली), 'वसीम अकरम' (हिन्दी), 'उयासिम आकराम' (बङ्गाली)। सबै भाषाको विकिपिडियाको आ-आफ्नो नीति र दिशानिर्देश छ र समुदायले सोहीअनुसार त्यसलाई पछ्याउने गरेका छन्। मूल भाषाको आइपिएलाई मान्यता दिइएको भए मैले प्रस्तुत गरेको उपरोक्त उदाहरणहरूमा सामनता हुनुपर्ने थियो तर त्यसो देखिएन। विकिपिडिया समुदायले विश्वव्यापी नीति बमोजिम लिखित दस्तावेज, पुस्तक, पत्र पत्रिका, प्रचलित र आमबोलीचालीमा स्थान पाइसकेका विदेशी नाम भएका शीर्षकको रूपमा स्थान दिइएको देखिन्छ। उदाहरणको रूपमा हाम्रो देशको राजधानी 'काठमाडौँ'को शीर्षक हिन्दी विकिपिडियामा 'काठमाण्डु' र बङ्गाली विकिपिडियामा 'काठमान्डू' हुनुको पछाडि एउटै कारण त्यस देशमा यो शीर्षकको लोकप्रियता हो। 'नेवार' शब्दलाई यदि अङ्ग्रेजले 'निवार' उच्चारण गर्छन् भने त्यो तिनीहरूले आफ्नो सहजता अनुसार गरेको हुनुपर्ने होला न कि मूल उच्चारण अनुसार तर अङ्ग्रेजी विकिपिडियामा यसको शीर्षक 'Newar' नै छ किनभने प्रकाशित पुस्तक र अनलाइन मिडियामा यो शब्दको प्रयोग व्यापक छ। सगरमाथाको विषयमा यो लेख पढ्नुहोला। प्रस्तावित विषयलाई कसरी सहजतापूर्वक समाधान गर्न सकिन्छ त्यस सम्बन्धमा आफ्नो विचार राख्नुहोला। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १८:५२, २२ जुलाई २०२० (नेपाली समय)

  • बुँदा नं. १ मा भनेझैँ नेपाली बृहत् शब्दकोशमा शब्दलाई मानक मान्न कुनै अप्ठ्यारो छैन् तर कुनै नाम(विशेष गरी विदेशी)को हकमा प्रचलनमा रहेको शब्दलाई समेत आधार मान्नु पर्ने हुनसक्छ। कहिलेकाहीँ शब्दकोशमा अप्रचलित नामलाई समेटिएको तर प्रचलित नाम नसमेटिएको पनि पाइएको छ, यस्तो अवस्थामा शब्दकोलाई आधार मान्दा अप्रचलितले प्राथमिकता पाउने सम्भावना हुने हुनाले शब्दकोशलाई मानक मान्ने कुरालाई बाध्यकारी नबनाउँदा राम्रो होला। बुँदा नं. २ मा मेरो पूर्ण Symbol support vote.svg समर्थन समर्थन छ। बुँदा नं. ३ को कुरा गर्दा पूर्णतः सञ्चार माध्यममा मात्र भर नपरी विश्वसनीय र प्रचलित सञ्चार संस्थाको साथै अन्य पुस्तक तथा प्रकाशित सामग्रीहरूलाई समेत लेख शीर्षकको सन्दर्भको रूपमा प्रयोग गर्ने। बुँदा नं. ४ को विषयमा नेपाली भाषामा प्रचलनमा नआएका वा नरहेका नामको हकमा वर्तमान परिप्रेक्ष्यमा भाषागत रूपमा नेपालीभाषीको पहुँच नेपाली भाषा पश्चात् अङ्ग्रेजी भाषामा हुने हुँदा लेख खोजी गर्दा समेत अङ्ग्रेजी नामको आधारमा खोजी गरिने भएकोले अङ्ग्रेजी नामको आधारमा नेपाली शीर्षक तय गर्न उपयुक्त हुन्छ। यदि अङ्ग्रेजी भाषामा सो नाम नभेटिएमा मूल भाषालाई आधार लिन सकिन्छ।--Nirajan pant (कुरा गर्ने) १९:४१, २२ जुलाई २०२० (नेपाली समय)
अप्रचलित नामको हकमा अङ्ग्रेजी भाषामा त्यस नामको स्वरूपका साथै देवनागरी लिपिमा लेखिने अन्य भाषामा सो नामको लेखनलाई समेत आधार मान्न सकिन्छ।--Nirajan pant (कुरा गर्ने) १९:४९, २२ जुलाई २०२० (नेपाली समय)
  • पहिलैदेखि चलनचल्तीमा रहेका शीर्षकहरूलाई फेर्न आवश्यक छैन जबसम्म त्यही व्यक्ति वा स्थानको गलत शीर्षक सञ्चार माध्यममा छापिँदैन। जबदेखि लेखन भेद हुन थाल्छ त्यसपछि आधिकारिक अनुसार गरिनु आत्यावश्यक हुन्छ। विप्लवदाईले राख्नु भएको टिप्पणीको म खण्डन गर्न चाहन्छु। सर्वप्रथम त उहाँले बाङ्लामा यो लेखिएको छ भनेर लेख्नु भएकै शीर्षक गलत छ। Donald Bradman लाई नेपालीहरूले उच्चारण गर्दा डोनाल्ड ब्याडम्यान भन्छन् जस्तै हामी मेसेन्जर पनि भन्दैनौँ म्यासेन्जरनौँ भन्छौँ किनभने अङ्ग्रेजी भाषा अध्ययनको सुरुवाती चरण हुन् यी, तर जब अधवको कुरा आउँछ त यी शीर्षकहरू फेरिन्छन्। जहाँसम्म हिन्दी भाषाको कुरा छ त्यहाँ (मै) लाई मे भनेर उच्चारण गरिन्छ जसको अर्थ अस्ट्रेलिया खेलाडीको उच्चारण हिन्दी अनुसार बेडमेन, तर यस्तो किन हुन्छ भने त्यो भारतीय सरकारी नीतिका कारण गर्दा। वसीम अकरमको विषयमा हिन्दी विकिपिडियामा रहेको शीर्षक एकदमै सही छ तर नेपालीमा रहेको (वसीम अक्रम) गलत छ तर बाङ्लामा यो( उयासिम आकराम) लेखिएको छ भनेर देखाउनु भएको छ तर उदाहरणमानै शीर्षक गलत भयो यस विषयमा। आधिकारिक उर्दू अनुसार वसीम अकरम भएतापनि बाङ्लामा (ওয়াসিম আকরাম) वासीम आकराम लेखिएको छ। बाङ्लामा यस्तो किन हुन्छ भने बाङ्लादेशको भाषा सम्बन्धित निकै राम्रो छ। बाङ्लामा हामी शेर बहादुर देउवा भनेर पृष्ठ बनाउन पाउँदैनौँ किनभने सरकारी नीतिमै बाहादुर उल्लेख गरिएको छ न कि बहादुर। त्यस्तै गरि हामी हाल नेपालका अर्थमन्त्री युवराज खतिवडा सही शीर्षक हो भन्दैमा बाङ्लामा बनाउन पाउँदैनौँ किनभने बाङ्लामा जुवराज खतिवडा लेख्न पर्ने हुन्छ। कुरो आयो अकरमलाई किन आकराम लेखिएको छ भन्ने, बाङ्लादेशको सरकारी नीति अथवा बाङ्ला शब्दकोषमा अरबी भएपनि बाङ्लामा आरबी, अल्लाह भए पनि बाङ्लामा आल्लाह हुने गर्दछ भने विदेशी नामहरूको बाङ्लामा कसरी लेखिन्छन् भनेर मैले भने भन्दिखिन सबैलाई यस्तो पनि हुन्छ जस्तो लाग्न सक्छ, तर बाङ्लादेशको भाषा सम्बन्धित नीति निकै आधुनिक छ।-हिमाल सुबेदी (कुरा गर्ने) १९:५४, २२ जुलाई २०२० (नेपाली समय)
  • मैले माथि भनिसके यसलाई कहिल्यै पनि एकपक्षीय तरिकाबाट नसोचौँ। यो विवाद मलाई अङ्ग्रेजी भाषा जान्नेहरूले सृजना गरेको भान भइरहेको छ, तर अङ्ग्रेजी भाषा विदेशमा पनि लागू छ, तर अप्रचलित शीर्षकमन कतैपनि अङ्ग्रेजी भाषा राखेका छैनन् तर जहाँतही अङ्ग्रेजी भाषा पढाई हुने भएता पनि यहाँ किन यति धेरै लगाव किन हो त्यो बुझ्न सकिएन। माथि विप्लव ज्युले, भनेको कुरा त्यहाँको प्रचलनको आधारमा तय भएको यो, म त्यो मान्छु तर कुनैपनि प्रचलित नभएका नेपाली शीर्षकहरू त अङ्ग्रेजीकृत हुनेछन्, अङ्ग्रेजी र अन्य भाषामा समेत, हाम्रो धेरै अप्रचलित शीर्षकहरू परिणत हुनेछन् जसमा Tansen (ट्यानसेन) मलाई लाग्दैन की यो विषय कहिल्यै पनि क्रोएसियाली, बोस्नियाली, अरबी लगायतका भाषाहरूमा प्रकाशित हुन्छ। अब अप्रचलित नेपाली शीर्षक परिवर्तन हुन्छ भने हामीलाई कस्तो महसुस हुन्छ, भाषामाथि गरिने शोषण भन्छु म यसलाई। उदाहरणका लागि हामी कसैको नाम अप्रचलित विषय हो, र यो हाम्रो नामक उच्चारण अङ्ग्रेजीसँग दुरुस्त कहिल्यै मिल्दैन। हामीले यसरी एकतर्फी सोच राखेर, अरूको भाषामा अङ्ग्रेजी लगाउँछौँ भने अरूले पनि त हाम्रो भाषामा अङ्ग्रेजी लगाउँछन्। यसरी भाषाको चरम हत्या हुन्छ अन्य भाषामा एकदमै नामै नचलेका अर्घाखाँची, महोत्तरी, दार्चुला आदि इत्यादी विषय परिवर्तन हुन्छ र हामीले मेहनत गरेर कमन्समा हालेको हाम्रो उच्चारणको कुनै काम नै छैन, किनभने यो अप्रचलित विषय हो, यसको उच्चारण अङ्ग्रेजी अनुसार गरिन्छ जुन मुल भाषासँग पटक्कै मेल खाँदैन, यसरी हामीले अर्को भाषालाई त दण्ड दिन्छौँ दिन्छौँ हाम्रो भाषालाई समेत दण्डित हुनबाट बचाउन सक्दैनौँ। धेरै विकिपिडियामा कुनै लेख शीर्षकलाई मुल उच्चारणको अन्तर्राष्ट्रिय ध्वन्यात्मक वर्णमाला दिइनुको एकमात्र अर्थ भनेको उच्चारण गलन नहोस् भनेर हो तर हामीले छानिछानी उच्चारण गलत गर्छौँ जुन विकिपिडियाकै नियम विपरीत हो। र यसले अन्तर्राष्ट्रिय ध्वन्यात्मक वर्णमालाको काम अब नेपालीमा काम लाग्दैन किनभने यो अनावश्यक हो। धेरै शीर्षकहरू मुल उच्चारण अनुसार यहाँ लागू गरिएको छ, तर अहिले किन परिवर्तन गरिने भनिएको हो यो बुझिएन,। उदाहरण सान होसे (अङ्ग्रेजी स्यान जोजे, होजे, वा अन्य कुनै), लोत्ता सिलिन,

हितोमी कोबायासी, नारुतो, अझै धेरै छन् तर यहाँ अब अङ्ग्रेजी लगाउन पर्छ भन्ने हो भने यी सबै शीर्षक परिवर्तन गर्ने? पर्वत सुबेदी (कुरा गर्ने) २०:४३, २२ जुलाई २०२० (नेपाली समय) ────────────────────────────────────────────────────────────────────────────────────────────────────

बुँदा १ - नेबृश समर्थन

नेपाल वृहत् शब्दकोश नेपालको एक मात्र भाषा सम्बन्धित नीति बनाउने संस्था भएकाले यसमा मेरो पूर्ण समर्थन छ। तर पहिलेदखिनै चलिआएका नामहरूको खण्डमा चाँही नेबृशको शब्दलाई देखाएर प्रचलित शब्दलाई अनुप्रेषण गर्न सकिन्छ जसले गर्दा पाठकहरू शीर्षक बारे झुक्किदैनन्।

बुँदा २ - चलनचल्तीमा समर्थन

बुँदा दुईमा लेखिएको अनुसारनै चलनचल्तीलाई म पनि समर्थन गर्छु तर यदि त्यस एउटै विषयको विभिन्न सञ्चार माध्यममा फरकफरक नाम लेखिएको छ भने त्यसलाई लेखन भेद मानि आधिकारिक IPA अनुसार लेख्दा शीर्षकमा भेद पर्ने समस्या हराउँछ र लेखन भेद भएको खण्डमा आधिकारिक IPA बाटनै शीर्षक निर्धारण गर्नुपर्छ।

बुँदा ३ - वेबसाइट असमर्थन

हिमाल जी र पर्वत जीले भने अनुसार नेपाली सञ्चार माध्यमहरूमा एउटै व्यक्तिको थुप्रै नामहरू छापिएका छन् जुन मैले पनि सर्च गर्दा फेला पारेको थिएँ। नेपालमा मानक भनिएका सरकारी वेबसाइटहरूको स्थिति हेर्दा ती वेबसाइटहरूमा भर पर्ने आधारनै छैन। विदेशी शीर्षकको तुलनामा भने एकदमै कम सहि शीर्षक वेबसाइटहरूले छाप्ने गर्छन्।

बुँदा ४ - IPA मूलमा समर्थन

यस विवादको मुख्य विषय सायद यही नै हो। मैले स्रोतको रूपमा हेर्ने भनेको अङ्ग्रेजी भाषालाई हो तर जहाँसम्म मैले थाहा पाएको छु। अङ्ग्रेजी बोलिने ठाउँहरूको (युके, अमेरिका, अस्ट्रेलिया, आदि) शीर्षक मात्र अङ्ग्रेजीमा उच्चारित हुन्छ। स्पेनी, स्विस र युरोप महादेशमा पर्ने देशहरूका भाषाहरू देश अनुसार फरक छ। तसर्थ एउटै लेखिएको लिपीमा पनि फरक भाषामा फरक उच्चारण आउँछ र हामी हामीलाई सजिलो होस् भनेर सबै शीर्षकहरूमा अङ्ग्रेजीको उच्चारण राख्न सक्दैनौँ किनभने भाषा अनुसारको उच्चारणनै मानक हुन्। हामी अरु भाषा जान्दैनौँ त्यसैले हाम्री कुनै नयाँ नाम देख्ने वित्तिकै अङ्ग्रेजीमै उच्चारण गर्न खोज्छौँ तर सही शीर्षक त्यो उच्चारण भन्दा निकै फरक हुन्छ। त्यसैले पहिनेदेखिनै चलिआएका शीर्षकहरू बाहेक नयाँ शीर्षकहरूका लागि म मूल IPA मा समर्थन गर्छु।- Saroj Uprety (कुरा गर्ने) ११:१५, २३ जुलाई २०२० (नेपाली समय)

  • नेपाली वृहत् शब्दकोशको कुरा गर्ने हो भने त्यहाँ यस्ता कयौँ विषयहरू छन् जसलाई हामी अहिलेसम्म विकिपिडियामा ल्याउन सकिरहेका छैनौं। कुनै पनि विषयमा लेख बनाइनु भन्दा पहिला सधैं सबैभन्दा पहिला नेपाली वृहत् शब्दकोशमा शीर्षक छ कि छैन थाहन पाउन पर्छ जसले गर्दा सही शीर्षक विकिपिडियामा आउन सक्छ। लेख सम्बन्धित नीतिमा नेपाली वृहत् शब्दकोशमा उल्लेख गरिएको विषयलाईनै आधार बनाएर अघि बढ्नु पर्छ त्यसैले म नेपाली वृहत् शब्दकोश अनुसार जान्छु र यसको समर्थन गर्छु। नेपाली सञ्चार माध्यमहरूले पहिलेदेखिनै छाप्दै आएका तथा हाम्रो पाठ्यपुस्तकमा लेखिएका विदेशी शीर्षकहरू गलतनै भएपनि खासै परिवर्तन भएको पाइँदैन। त्यसैले म चलनचल्तीमा रहेकन विषयहरूलाई यथावत राख्न पर्छ भन्नेमा समर्थन गर्छु हालसालै देखि वेबसाइटमा छापिएका तथा पाठ्यपुस्तकमा नभएका विषयहरूमा भने सही यही हो भनेर भन्न चाँही सकिँदैन किनभने सरोज जीले भनेको जस्तै एउटै मान्छेको विभिन्न वेबसाइटहरूमा फरकफरक नामहरू मैले पनि भेटाएको छु र त्यसलाई समाधान गर्न मूल आइपिएकै सहयोग चाहिन्छ। नेपालका थुप्रै वेबसाइटहरू यस्ता छन् जसले समाजिक सञ्जालहरूमा (मुख्यतया फेसबुक र ट्विटर) नीलो सही छापा प्राप्त गरेका छन् जसको मतलब ती सबै वेबसाइटहरू नेपालका आधिकारिक वेबसाइट हुन् जस्ते: अनलाइन खबर, बिबिसी नेपाली, रातो पाटी, सेतो पाटी, कान्तिपुर, उज्यालो अनलाइन, अन्नपूर्ण पोष्ट, थाहा खबर, नागरिक न्युज आदि लगभग २० भन्दा बढी छन् भने ती वेबसाइटहरू नेपालमा खुबै प्रयोग गरिएका वेबसाइटहरू मध्ये पनि पर्दछन्। तर सबै वेबसाइटहरूले नीलो सही छाप प्राप्त गरिसकेपछि ती वेबसाइटहरू बीचको तालमेल निकै खराब छ भने सबै अरू भन्दा उत्कृष्ट हुन चाहन्छन् जसले गर्दा एउटै मान्छेको लेखमा पनि सबै वेबसाइटहरू आआफ्नो तरिकाले शीर्षक चयन गरिरहेको उदाहरण यहाँ प्रशस्तै छन्। त्यसैले कुनैपनि नयाँ शीर्षक बनाउँदा वेबसाइटअरूमा भर पर्न सकिने अवस्था छैन। मूल आइपिए अनुसार जने कि आधिकारिक आइपिएसँग जाने भन्ने विषय माथि पहिला पनि छलफल भएको थियो तर मुख्य समस्याको समाधान नभएसम्म यो विषय सधैं भरि चर्चाको विषय बन्न सक्छ। मैले हिमाल जीले बनाउनु भएको दाभी लुइस् नामक एब फुटबल खेलाडीको नाम डेभिड लुइसमा सारेको थिएँ तर त्यसको केही दिन पछि फेरी पर्वत जीले त्यसलाई दाभी लुइसमा सार्नु भएको थियो जुन मलाई अचम्म लागेको विषय थियो। हामी David लाई डेभिडनै पढ्छौं तर यहाँ दाभी बनाइएको छ। यही विषयमा हिमाल जीले मलाई केही दिन अघि सम्पर्क गरि यस्तो किन भने र कसरी शीर्षक परिवर्तन भयो भन्ने कुराको प्रमाण सहित स्पष्टीकरण दिनुभएको थियो, वास्तवमा भन्नु पर्दा म एक भ्रममा रहेछु। हामी हर कुनै विषयलाई पनि अङ्ग्रेजीसँग जोडेर उच्चारण गर्ने प्रयास गर्छौं चाहे ती विषयहरू हामीले पहिलोपटक देखेकानै किन नहुन्। मलाई अरु भाषाको ज्ञान छैन अङ्ग्रेजी बाहेक त्यसैले मैले उक्त फुटबल खेलाडीको नाम अङ्ग्रेजी अनुसार त सही शीर्षकमा सारेको थिएँ तर उनी ब्राजिलका हुन् जहाँको भाषा अङ्ग्रेजी हैन। हामी नयाँ हुन् वा पुराना सबैलाई अङ्ग्रेजी अनुसार पढ्न बाध्य छौं किनभने यहाँ अङ्ग्रेजी पढाइ हुन्छ र खासगरि अरू भाषाहरू पनि अङ्ग्रेजी भाषामा प्रयोग हुने लिपीमा लेखिन्छ जसले म मात्र हैन थुप्रै मान्छेहरू अहिलेसम्म पनि भ्रमित छन्, नेपाली सञ्चार माध्यमहरू पनि। हामी आधिकारिक आइपिएलाई मान्यता दिएर यो लेख विवाद मात्र टुङ्गाउन खोजी रहेका छैनौं यो त सबैलाई एउटा मार्गदर्शन पनि हो। नेपाली सञ्चार माध्यमका लेखकहरू पनि हामी जस्तै हुन् उनीहरूले विकिपिडियालाई पनि स्रोतको रूपमा लिन सक्छन् भने हाम्रोमै गलत शीर्षक छ भने सबैमा नकारात्मक असर पर्न जान्छ। हामी जुन तरिकाले पढिरहेका छौं त्यो तरिका मात्र अङ्ग्रेजीमा लागु हुन्छ न कि संसारका सबै भाषामा। अब यो यथास्थितिवादी सोचलाई हटाएर नयाँ सोचका साथ अगाडि बढ्नु पर्छ जसका लागि सही शीर्षकको छनोट हुनु अपरिहार्य छ। आधिकारिक आइपिएलाई मान्यता दिएर अगाडि बढियो भने यस्ता शीर्षक सम्बन्धित विवादहरू भविष्यमा उनैदिन पनि आउन सक्दैन तर अङ्ग्रेजी अनुसार तय गरिएका शीर्षकहरूमा धेरै जनाले आवाज उठाउँछ् त्योपनि ठोस सबुतहरूको साथ। त्यसैले आधिकारिक आइपिए लागु पर्नुको कुनैपनि नकारात्मक असर त हुँदै हुँदै भने यसले भविष्यमा भाषा सुधारका लागि सबैमा राम्रो मार्गदर्शन पनि गर्न सक्छ। त्यसैले आधिकारिक आइपिएलाई मान्यता दिनु पर्छ।-Bhupendra Shrestha (कुरा गर्ने) १३:१३, २६ जुलाई २०२० (नेपाली समय)

नेपाली विकिपिडियामा लेख शीर्षक सम्बन्धी यसरि छलफल चलाउनु भएकोमा सर्वप्रथम त बिप्लब आनन्द ज्यूलाई धन्यवाद छ।

  • नेपाली बृहत् शब्दकोशमा रहेको शब्दलाई मानक मानिनेछ।

केहि विदेशी नामको हकमा बाहेक नेपाली बृहत् शब्दकोशलाई मानक रुपमा मान्न सकिन्छ।

  • प्रचलित नामलाई प्राथमिकता दिनुपर्दछ।

यसमा मेरो समर्थन छ।

  • नेपाली सञ्चार माध्यमलाई स्रोत सामग्रीको रूपमा प्रयोग गरिएतापनि लेख शीर्षकको लागि भर पर्न सकिने स्थिति नरहेको देखिन्छ तथापि गोरखापत्र र कान्तिपुर अनलाइन मिडियालाई शीर्षक तय गर्न केही हदसम्म मद्दत गर्ने भएकोले यसलाई स्थान दिने कि?

लेख शीर्षकको लागि पूर्णरुमा कुनै एक सञ्चार माध्यममा भरपर्न सकिने अवस्था छैन्। त्यसैले नेपाल सरकारका द्वारा प्रकाशित सामग्रीहरू तथा पुस्तकहरू, नेपाली सरकारी लिखत दस्तावेज, अन्य विश्वसनीय सञ्चार संस्थालाई समेत लेख शीर्षकको सन्दर्भको रूपमा प्रयोग गर्न सकिन्छ।

  • अप्रचलित नामलाई अङ्ग्रेजी आइपिए अनुसार तय गर्ने कि मूल नामको आइपिए अनुसार?

यो विषयमा अन्य विकिपिडियामा रहेको प्रचलन तथा उनीहरूको प्रयोग विधिलाई पनि हेर्न सकिन्छ। साथै यसको नेपाली भाषामा पर्ने दुरगामी असरलाई समेत मध्यनजर गर्दै नेपालमा भाषा सम्बन्धी अनुसन्धान र विकासमा कार्यरत संस्था जस्तै नेपाल प्रज्ञा प्रतिष्ठान, त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय वा अन्य जानकार ब्याक्तीहरू संग पनि सर-सल्लाह लिन सकिने छ।--Janak Bhatta (कुरा गर्ने) १०:५६, २७ जुलाई २०२० (नेपाली समय)

लेखको शिर्षक सम्बन्धमा नेपाली विकिपिडियामा भई रहेको विवादको समाधानको लागि विपल्पजीबाट प्रस्ताव गर्नु भएको धन्यवाद व्यक्त गर्न चाहन्छु तथा यस सम्बनध्मा मेरो मत देहाय बमोजिमको रहेको छः
* प्रस्ताव नम्बर १ को सम्बन्धमा नेपाली बृहत् शब्दकोशलाई मानक मान्नेलाई समर्थन ।
* प्रस्ताव नम्बर २ मा नेपाली विकिपिडियाका लेखहरूको शिर्षक चयन गर्दा पाठकहरूलाई पृष्ठ खोजमा सहज हुने दृष्टिकोण तथा लेखको सहज पहुँचको लागी प्रचलित नामलाई प्राथमिकता दिनु पर्नेमा समर्थन ।
* प्रस्ताव नम्बर ३ मा लेखको पृष्ठको नामका लागी सरकारी दस्तावेजमा उल्लेख भए सोही अनुसार तर सरकारी दस्तावेजहरूमा उल्लेख नभएको अवस्थामा प्रचलित नामको लागी प्रमुख सञ्चार माध्यममा प्रयोग भएको शब्दलाई आधार लिनु पर्ने ।
* प्रस्ताव नम्बर ४ मा अङ्ग्रेजी आइपिएलाई आधार लिनेमा समर्थन । nShrestha २१:३४, २८ जुलाई २०२० (नेपाली समय)
  • सर्वप्रथम त सबैले विचार राख्दिनु भएकोमा धन्यवाद छ तर बुँदा नम्बर ४ को अप्रचलित शीर्षकलाई अङ्ग्रेजी अनुसार गर्नु पर्छ भन्न् विषयमा मसँग एकदमै गम्भीर प्रश्नहरू छन्:

१) अप्रचलित विषयहरूलाई खोज गरेर निकाल्नु पर्छ र सही शीर्षक त थाह कसैलाई पनि हुँदैन किनभने कहिल्यै पनि नाम नसुनेको हुनाले। (उदाहरण माली देशको राजधानीका नगर प्रमुख विद्यासुन्दर शाक्य जस्तै)। यस्तो विषयमा अङ्ग्रेजी अनुसार गर्दा मुल भाषा के हो भन्ने बारे जानकारी त पटक्कै हुँदैन् त्यसमाथि पनि त्यहाँको प्रचलित शीर्षक फेरिन जान्छ र यदी अङ्ग्रेजी उच्चारण दिइएको छैन र मुल भाषाकै उच्चारण दिइएको छैन भने यस्तो अवस्थामा के गर्ने?

३) कुनै पनि यहाँ अप्रचलित विषय प्रति अङ्ग्रेजीमा कुनै समाचार बनेको छैन भने कसरी सही शीर्षक निस्कन्छ?

४) नेपाली शीर्षक सम्बन्धित कमन्समा विभिन्न जिल्ला तथा नामको उच्चारण दिइएको छ, यसको तात्पर्य के हो र यसले के काम गर्दछ अन्य नेपाली भाषा नबुझ्ने र नजान्ने विकिपिडियामा?

५) कुनै पनि विषयको शीर्षक तय गर्दा अङ्ग्रेजी अन्तर्राष्ट्रिय ध्वन्यात्मक वर्णमाला दिइएको छैन भने हामीले शीर्षक कसरी झिक्न सक्छौँ। उदाहरण, Warschauer Weichselböschung, यस्ता हजारौँ विषयको सही शीर्षक के हुन्छ।

६) हजारौँ विषयमा अङ्ग्रेजी नदिई कन मुल अन्तर्राष्ट्रिय ध्वन्यात्मक वर्णमाला दिनुको उद्देश के हो? Pokhara लाई यसरी पनि पढ्न सक्छन् अन्य नेपाली भाषाको नबुझ्नेहरूले, Pok = पोक, ha = ह, ra=रा, यसरी पोकहरा पनि हुन सक्ने भयो तर यहाँ [ˈpokʰʌra] दिनु को अर्थ के हुन जान्छ?

७) अङ्ग्रेजी विकिपिडियामा हाल सम्म नबनेका शीर्षकहरूको शीर्षक कसरी निर्धारण गरिन्छ, उदाहरण यो, यो, यो जस्ता अन्य हजारौँको शीर्षक कसरी तय गर्न?
८) अङ्ग्रेजीले समेट्न नसकेको उच्चारणको प्रयोग हामीले गर्ने कि कहिल्यै पनि नगर्ने उदाहरण वर्ण?
९) अङ्ग्रेजीको विभिन्न स्वरूप र उच्चारणमा के आधारमा कसलाई आधिकारिक र किन मान्न जरुरी छ?

१०) हाम्रो नेपाली शीर्षक माथि पनि अन्य गैर अङ्ग्रेजीले अङ्ग्रेजी भाषा लगाएको अवस्थामा हामीले कस्तो कदम चाल्न सक्छौँ जसमा कमन्स र नेपाली भाषाको अन्तर्राष्ट्रिय ध्वन्यात्मक वर्णमालाले भूमिका खेल्न सक्छ?

११) हाम्रो शीर्षक माथि वर्ण हुने भाषाहरूले पनि अङ्ग्रेजी अनुसार उच्चारण गरे भने यसबाट हामीले के पाठ सिक्नु जरुरी हुन्छ?
१२) हाल सम्म अङ्ग्रेजीमा देखा नपरेका शीर्षक हामीले के आधारमा कसरी सृजना गर्ने र कुनलाई मानक मान्ने?
१३)मुल भाषा अनुसार नेपाली विकिपिडियामा सृजना भएका पृष्ठहरूको नाम अब के हुन्छ, फेरिन्छ कि फेरिन्न?
(उदाहरण यो १४) हामीले आफ्नो शीर्षकको सही उच्चारण अरू समक्ष पुर्‍याउनका लागि कमन्स हालेका उच्चारण र उनीहरूले पनि हामीले जस्तै गरेको कार्यमा के समानता छ र यसको महत्त्व के ह‍ो र हालसम्म यसले के गर्दै आइरहेको छ?
१५)अङ्ग्रेजीमा हालसम्म देखा नपरेको शीर्षक सृजना त्यही भाषामा हुन्छ भने यस्तो अवस्थामा यसको सही शीर्षक के हुन्छ?
१६) यस्ता अप्रचलित दक्षिण एसियाली विषयको शीर्षक कस्तो हुन्छ? (Chirirbandar = अङ्ग्रेजी अनुसार चिरिरब्यान्ड्यार??)
१७)यो लगायत यस्ता विषयको शीर्षक अब के शीर्षक राखेर परिवर्तन हुने भयो? पर्वत सुबेदी (कुरा गर्ने) २२:४८, २८ जुलाई २०२० (नेपाली समय)

  • शब्दको उत्पति, त्यसको बिभिन्न भाषामा उच्चारण, त्यो चिजको उत्पति जस्ता लफडामा नपर्नु राम्रो हुन्छ। नेपाली भाषासम्बन्धी निकाय- प्रज्ञा प्रतिष्ठानले विदेशी नामलाई नेपालीकरण कसरी गर्ने भन्ने आधिकारिक नीति नबनाएसम्म हाल यस नेपाली विकिपिडियामा रहे भएका लेख शीर्षक पाठकलाई सहजतालाई ध्यानमा राखेर लेख्नुपर्छ। विकिपिडियाको एउटा नियम छ, मूलअनुसन्धानमा लेख निषेध, त्यसैले आफै भाषाविद्, अन्वेषक र इतिहासकार बन्नुको साटो जे मान्छेले खोज्छन् वा जुन शीर्षक अधिक प्रयोगमा छ त्यो प्रयोग गर्नु राम्रो हुन्छ। यदि त्यो शब्द नेपाली सन्दर्भ स्रोतमा (अनलाइन, पुस्तक, प्रमाणित शोध, सरकारी दस्तावेज) छैन भने ब्रिटिस अङ्ग्रेजी आइपिए प्रयोग गर्न सकिन्छ। अति अप्रचलित रहेको शीर्षक जसको अङ्ग्रेजीमा समेत आइपिए फेला नपरेको खण्डमा सम्पादनकर्ता स्वयं आफ्नु विवेक प्रयोग गरेर शीर्षक तय गर्न सक्ने बनाउँदा ठीक हुन्छ।-BRP ever १८:४१, १ अगस्त २०२० (नेपाली समय)
  • BRPever खास गरि समस्या आएको भनेकै गैरअङ्ग्रेजी भाषी शीर्षकहरूमा, अङ्ग्रेजी भाषा सम्बन्धित लेखहरूको शीर्षक नेपाली विकिपिडियामा सहिनै छ। यस छलफलको चुरो कुरो भनेको गैर अङ्ग्रेजी भाषी नामको कसरी सहि शीर्षक तय गर्ने भन्ने हो। अरूमा विषयमा लगभग सबैको सहमतनै छ केही बुँदाहरू बाहेक। खास गरि अनलाइन सञ्चार माध्यमहरूमा कार्यरत लेखक, पत्रिकामा कार्यरत लेखहरूले आफूले आफूलाई सबै जानेको र बुझेको भाषाविद् र इतिहासकारनै ठान्छन् त्यसकारण एउटै मान्छेको ११ फरक फरक नाम फेला पर्दछन् (बेल्जियम राष्ट्रिय फुटबल टोलीका गोलरक्षक)। भाषाविद् नठानेर अरूले जे लेखेका छन् त्यही लेख्दै आएको भए सायदनै यस्तो विवाद हुन्थ्यो होला तर बिडम्बना सबै पत्रपत्रिका र सञ्चार माध्यमहरूको यस्तो कार्यको असर परिरहेको छ हामी माथि। यसलाई मात्र एक कुराले मात्र सहि दिशानिर्देश गर्न सक्छ त्यो भनेको आधिकारिक आइपिए वा आधिकारिक उच्चारणले। अङ्ग्रेजी आइपिए र उच्चारणको पछिलाग्दा एउटै मान्छेको ११ थरि शीर्षक निस्किन्छ भने त्यसैलाई अनुसरण गर्नु कति उचित छ आफै ख्याल गर्नु। सबैले आआफैले उच्चारण गरेका कारणनै हो यस शीर्षक विवाद हुनुको। हामीले अङ्ग्रेजी आइपिए हेरेर सहप भन्दै आएको शीर्षकमा भोली कसैन कसैले त गलत छ भनेर छाड्छ तर आधिकारिक उच्चारण माथि कसैले पनि केही भन्ने ठाउँ हुँदैन यदि भनिहालेपनि नबुझेकाले भन्छन्। यहाँ आधिकारिक नीति बनाउनका लागिनै छलफल भएको हो, नबन्दासम्म त विवादनै छ।- हिमाल सुबेदी (कुरा गर्ने) १९:१८, १ अगस्त २०२० (नेपाली समय)
म BRPever ब्रोको टिप्पणीसँग सहमत छु। नेपालमा व्यक्तिहरू अङ्ग्रेजी शीर्षकको साथ व्यक्तित्व खोज्छन् क्षेत्रीय शीर्षकसँग होइन। म, आफैं पनि त्यसो गर्छु। मलाई लाग्छ कि हामीले यस अवस्थामा एउटा सही नाम प्रयोग गर्नुपर्नेछ र अन्य सबै नामलाई मुख्य आर्टिकलमा पुन: र्निर्देशित गर्नुपर्दछ। यसले कुनै शीर्षकलाई नोक्सान गर्दैन, किनकि सबै मुख्य लेख पुन: निर्देशित हुनेछन्। यस विषयमा अब अराजकता सिर्जना नगरौं।--Saroj Uprety (कुरा गर्ने) १९:४६, १ अगस्त २०२० (नेपाली समय)

यो गहिरो र संवेदनशील विषयहो तर यहाँ कुराहरू सतहीरूपमा मात्र भएको जस्तो लाग्यो। कतिपय कुरामा लेख्यात्मक र ध्वन्यात्मकतामा प्राय मानिसहरू स्पष्ट हुनुहुन्न जस्तो लाग्दछ। नेपाली भाषा जस्तो हरेक भाषाको लेख्यात्मक र ध्वन्यात्मक एकरूपता नहुन पनि सक्छ। कुनै शब्दको लेख्यात्मकरूप र अनुवादको लागि हामीले निम्न कुरामा ध्यान दिनै पर्छ।

  1. उक्त शब्द नेपाली चलचल्तीमा रहेको नरहेको, पहिले देखि नै प्रयोगमा रहेको भए त्यसलाई खलल पुग्नु भएन।
  2. नेपाली भाषाको मौलिकतालाई ध्यान दिनु जरुरी छ, नेपाली भाषाको आगन्तुक शब्द लिने आफ्नै तरिका छ, नेपाली लवज (Phoneme Set) मिल्दो हुनुपर्दछ,
    1. संस्कृत शब्दहरू पनि तद्भव शब्दको रूपमा आगो (अग्नि), पिचास ( पिशाच), पुर्ने (पूर्णिमा) भएर आउने र तत्सम बाहेका शब्दहरू नेपालीमा सरलिकरण भएर नेपाली लवज अनुसार हुनेहुँदा सरलिकरण गरिनु पर्दछ।
    2. अङ्ग्रेजी शब्दहरू जस्तै गिलास (Glass), रिजाप (Reserve), रसिद (Receipt)नेपालीमा नेपाली लवज अनुसार सरलिकरण गरिनु पर्दछ (अपवाद: प्राविधिक शब्दहरू, विज्ञान र प्रविधि)।
  3. उक्त शब्द संस्कृत र निकटवर्ति भाषामा रहेको नरहेको र कुन रूपमा प्रचलमा रहेको हेरिनु पर्दछ।
  4. उक्त शब्दको अङ्ग्रेजी या कुनै विश्वभाषाका रूपमा परिचित ( फ्रान्सेली, जर्मन, स्पेनी, जापानी) भाषामा रहेको लेख्यात्मक र ध्वन्यात्मक रूपलाई हेरिनु पर्दछ।
  5. उक्त शब्दको मूल भाषामा यसको प्रयोग र रूप र प्रयोग हेरिनु पर्दछ।
  6. नेपालका आधिकारिक भाषिक र प्राज्ञिक निकायबाट प्रकाशित कागजातमा कुन रूपमा रहेको हेरिनु पर्दछ।
  7. उस्तै प्रकारका शब्दहरू नेपालीमा कसरी प्रयोग भएका छन् त्यसको एकरूपतामा पनि ध्यान दिनु पर्छ। उस्तै दुईवटा शब्दहरूको लेख्य र उच्चारणीय रूप भिन्न हुनु भएन।

यदि कुनै पनि विवाद भएमा माथिका मापदण्डमा आधारित भएर प्रस्तावमा आएका विकल्पहरूको मूल्याङ्कन गरेर अधिकतम मापदण्डअनुसार मान्य हुने विकल्पलाई चुन्दा उचित हुनसक्छ भन्ने प्रस्ताव राख्न चाहन्छु।सरोज(Saroj) (कुरा गर्ने) १५:१०, ५ अगस्त २०२० (नेपाली समय)


सम्पूर्ण विकिपिडियन साथीहरूलाई यस महत्वपूर्ण छलफलमा आफ्नो मत र सुझाव राख्नुभएकोमा धन्यवाद दिन चाहन्छु। उपरोक्त छलफललाई बहुमतको आधारमा सुधार सहितको प्रस्ताव निम्न बमोजिम गरिएको सबैमा जानकारी गराउन चाहन्छु। तल उल्लेख गरिएको बुँदालाई क्रमश: आधार मानेर अब उपरान्त विदेशी नाम तथा शब्दहरूलाई तय गरिनेछ साथै पहिलेदेखि निर्मित विदेशी नाम तथा शब्द भएका लेखहरूको शीर्षक सुधार प्रस्ताव गर्दा समेत यहाँ उल्लेखित बुँदालाई आधार मान्नुपर्नेछ। कृपया तल उल्लेखित प्रस्तावमा टिप्पणी लेख्ने कार्य नगरि आफ्नो मत (समर्थन र विरोध) मात्र राख्नुहोला।

  1. नेपाली बृहत् शब्दकोशमा रहेका विदेशी नाम तथा शब्दहरू प्रचलनमा भए मात्र मानक मानिनेछ।
  2. नेपाली चलनचल्तीमा पहिलदेखि नै प्रयोगमा रहेका विदेशी नाम तथा शब्दहरूलाई प्राथमिकता दिनुपर्नेछ।
  3. नेपाली भाषाको मौलिकतालाई मध्यनजर गर्दै नेपाली लवज अनुसार विदेशी नाम तथा शब्दहरूलाई सरलीकरण गरेर शीर्षक तय गर्नुपर्नेछ।
  4. नेपालको सरकारी वेबसाइट, सरकारी लिखत, अधिकारिक भाषिक, प्राज्ञिक निकायबाट प्रकाशित कागजातहरू, शोधपत्रहरूमा प्रयोग गरिएका विदेशी नाम तथा शब्दहरूलाई प्राथमिकता दिनुपर्नेछ।
  5. एकै किसिमको विदेशी नाम तथा शब्दहरूलाई नेपालीमा कुन रूपमा प्रयोग गरिएको छ सोहीअनुसार एकरूपता कायम गरी लेख शीर्षक निर्धारण गर्नुपर्नेछ।
  6. संस्कृत भाषामा उक्त शब्दलाई कुन रूपमा प्रचलनमा रहेको त्यसलाई आधार मानेर शीर्षक तय गर्नुपर्नेछ।
  7. अप्रचलित विदेशी भाषाका नाम तथा शब्दलाई अङ्ग्रेजी आइपिए अनुसार नेपालीकरण गरी लेख्नुपर्नेछ।
  8. अति अप्रचलित विदेशी भाषाका नाम तथा शब्दलाई मूल आइपिए अनुसार नेपालीकरण गरी निर्धारण गर्नुपर्नेछ।

नोट: यदि भविष्यमा नेपाली भाषामा विदेशी नाम लेखन र मानक सम्बन्धी कुनै सरकारी निर्णय भएको अवस्थामा सोही आधारमा यस नीतिलाई परिवर्तन गर्न प्रस्ताव गर्न सकिनेछ। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) २०:५८, ५ अगस्त २०२० (नेपाली समय)

समर्थन/विरोधसम्पादन

छलफल आवश्यक प्रस्तावसम्पादन

यसका साथै यहाँ एउटा अर्को विषयमा मानक निर्धारण गर्नुपर्ने आवश्यकता रहेकोले यस उपर छलफल गर्नहुन सबैमा अनुरोध गरिन्छ।

  1. तत्सम शब्द, नेपालमा बसोबास गर्ने पहिचान खुल्ने जाति, थर बुझाउने शब्दमा आउने 'श' बाहेकका आगन्तुक शब्दमा 'स' को प्रयोग गर्नुपर्नेछ।
  2. तत्सम शब्द, नेपालमा बसोबास गर्ने पहिचान खुल्ने जाति, थर बुझाउने शब्दमा आउने 'ण' बाहेकका आगन्तुक शब्दमा 'न' को प्रयोग गर्नुपर्नेछ।
  3. तद्भव र आगन्तुक शब्दका आदि र मध्यमा ह्रस्व लेख्नुपर्नेछ। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) २०:५८, ५ अगस्त २०२० (नेपाली समय)

छलफलसम्पादन

  • यो नियम त नेपाली भाषामा पहिले देखिनै रहेकोले सोही अनुसार गर्नु उचित हुन्छ। चिनियाँ भाषाका शब्दहरूमा 'ङ्ग' प्रयोग नगरी 'ङ' को प्रयोग गर्नु पर्नेछ। --निर्मल दुलाल (कुरा गर्नुहोस) ०८:१४, ७ अगस्त २०२० (नेपाली समय)
चिनियाँ मात्र नभई अङ्ग्रेजी भाषाबाट आयातित शब्दहरूमा पनि "ng" लाई "ङ्ग" लेख्ने गरिन्छ। त्यसलाई पनि "ङ" लेख्नुपर्छ।--Nirajan pant (कुरा गर्ने) ११:१३, ७ अगस्त २०२० (नेपाली समय)
  • नेपाली बृहत् शब्दकोशमा अन्य शब्दहरूलाई नियमन गरिए पनि व्यक्तिवाचक नामलाई त्यतिकै छोडिएको हुनाले यो नियम आवश्यक थियो। धन्यवाद -Krish Signature.pngDULAL (मसँग कुरा गर्नुहोस्) ०८:३४, ७ अगस्त २०२० (नेपाली समय)
  • छलफल आवश्यक प्रस्तावमा भएको तीनै वटा बुदा अनुसार नरहेका लेखहरूलाई सार्न छलफल आवश्यक नपर्ने नीति पनि थप गर्नुपर्छ।--Saroj Uprety (कुरा गर्ने) ०८:५०, ७ अगस्त २०२० (नेपाली समय)

शीघ्र मेट्नुपर्ने आधारजीवित मानिसहरूको जीवनी नीति सम्बन्धमासम्पादन

नमस्ते, सामुदायिक सहकार्य गरि शीघ्र मेट्नुपर्ने आधारजीवित मानिसहरूको जीवनी नीति लेखन कार्य सम्पन्न गरिएको छ। कृपया नीतिहरूलाई समीक्षा गरेर आफ्नो सुझाव सल्लाह तथा मत राख्नहुन अनुरोध गर्दछु। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:४९, १ अगस्त २०२० (नेपाली समय)

छलफलसम्पादन

  • यो नीतिहरू सम्पूर्ण विकिपीडियामा एकै रूपमा लागु रहेको हुनाले सोही अनुसार गर्नु उचित हुन्छ। -निर्मल दुलाल (कुरा गर्नुहोस) १५:३८, ५ अगस्त २०२० (नेपाली समय)