पृष्ठको बारेमा

user:Nirmal Dulal user:बिप्लब आनन्द user:Krish Dulal

विकिपिडिया:लेखन शैली/प्रमुख अनुच्छेद पृष्ठलाई भने बमोजिम गरेर एडिट प्रोटेक्ट गर्न आग्रह गर्दछु । राम्रा नराम्रा पक्ष केलाउनुहोला ।

Learnerktm (कुरा गर्ने) १५:०६, २२ फेब्रुअरी २०१५ (युटिसी(UTC))

लेखको बारे

@Nirmal Dulal: @बिप्लब आनन्द: @Krish Dulal: @सरोज कुमार ढकाल: @रमेश सिंह बोहरा: @Nirjal stha: @Nabin K. Sapkota:

विकिपिडिया:लेखन शैली/प्रमुख अनुच्छेद पृष्ठलाई भने बमोजिम गरेर एडिट प्रोटेक्ट गर्न आग्रह गर्दछु । पृष्ठलाई के कस्तो गर्ने हो छलफलका लागि प्रस्ताव राख्दछु । Learnerktm (कुरा गर्ने) १४:५६, २२ फेब्रुअरी २०१५ (युटिसी(UTC))

@Learnerktm::: राम्रो नीतिको बारेमा कुरा गर्नुभयो, मेरो समर्थन छ .. अन्य प्रवन्धकहरूको विचारको प्रतिक्षा गर्नुहोला । बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०५:१०, २७ फेब्रुअरी २०१५ (युटिसी(UTC))

प्रवन्धक अधिकारको लागि निम्न नीति आवश्यक

प्रवन्धक अधिकारको समबन्धमा कुनै एक नीति नरहेको हुनाले म यो नीति प्रस्ताव गर्दैछु । नेपाली विकिपिडियामा प्रवन्धक पद प्राप्त गर्नको लागी प्रयोगकर्ताहरूलाई निम्न चरणहरूको आवश्यकता देखिएको छ :-

  • विकिपिडियाको बारेमा राम्रो जानकारी राख्नुका साथै पृष्ठहरूलाई सम्पादन, अनुप्रेषण, फाइल लोकेट, श्रेणीकरण, ढाँचाको प्रयोग इत्यादी काम गर्न दक्ष हुनु पर्ने छ ।
  • विकिपिडियामा खाता खोलेर कम्तिमा पनि ५०००+ लेखमा सम्पादन गरेको हुनुपर्ने छ ।
  • नेपाली भाषाका साथै अन्य भाषाहरूको जानकार भएको व्यहोरा देखाउने ढाँचाहरू आफ्नो प्रयोगकर्ता पृष्ठमा राखेको हुनु पर्ने छ ।
  • विकिपिडियामा खाता बनाएको कम्तिमा पनि १२ महिना पुगेको हुनु पर्ने छ ।
  • उपरोक्त योग्यताहरू पुगेको कुनै पनि सक्रिय प्रयोगकर्ताले यहाँ आफ्नो उम्मेदवारी फारम भरेर आवेदन गर्न सक्ने छ ।
  • उपरोक्त आवेदन गर्ने आवेदकलाई प्रवन्धक बनाउने र नबनाउने बिषयमा अन्य प्रयोगकर्ताहरूले छलफलका साथै आवेदकको समर्थन अथवा बिरोध गर्ने छन् ।
  • आवेदकले अन्य प्रयोगकर्ताहरूलाई आफुलाई समर्थन गर्न भनि गुहार्न पाउने छ ।
  • उपरोक्त कार्यहरू पुरा भएमा र आवेदकको पक्षमा धेरै जनाले समर्थन गरेमा प्रशासकले आवेदकलाई प्रवन्धक बनाउने छन् ।

समर्थन

  समर्थन-- प्रस्तावकर्ताको रूपमा समर्थन । -- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ११:५०, १ मार्च २०१५ (युटिसी(UTC))

  1.   समर्थन-- बेनुपराज पौडेल (म सँग कुरा गर्नुहोस) १२:१९, १ मार्च २०१५ (युटिसी(UTC))
  2.      समर्थन रमेश सिंह बोहरा इमेल पठाउने(✉✉) १२:३२, १ मार्च २०१५ (युटिसी(UTC))
  3.    -  समर्थन--राम्रो नीति छ  देवराज पौडेल-(कुरा गर्नुहोस्)-ईमेल गर्नुहोस् १३:१७, १ मार्च २०१५ (युटिसी(UTC))
  4.   समर्थन- निर्मल दुलाल (कुरा गर्नुहोस) ११:२४, ५ मार्च २०१५ (युटिसी(UTC))
  5.   समर्थन Nawaraj Ghimireकुरा गर्ने १५:३१, ५ मार्च २०१५ (युटिसी(UTC))
  6.       समर्थन प्रवन्धक पदको लागी मतदान गर्ने प्रयोगकर्ताले विकिपिडियामा कम्तिमा पनि ५००+ सम्पादन गरेको हुनु पर्ने भन्ने निती थप गर्नु पर्ने --  आर॰पी॰ जोशी वार्ता योगदान इमेल१५:५२, ५ मार्च २०१५ (युटिसी(UTC))
  7.   समर्थन   कुरा गर्ने ०६:३०, ६ मार्च २०१५ (युटिसी(UTC))
  8.   समर्थन- Kanhaiya prasad yadav १३:३६, ८ मार्च २०१५ (युटिसी(UTC))
  9.   समर्थन--Ganesh Paudel (कुरा गर्ने) ०५:५३, ९ मार्च २०१५ (युटिसी(UTC))
  10.   समर्थन--   Bijay Chaurasia (वार्ता) ०३:११, ३० मार्च २०१५ (युटिसी(UTC))
  11.   समर्थन--Tulsi Bhagat (वार्तालाप) (ईमेल पठाउनुहोस्) ०३:२४, ३० मार्च २०१५ (युटिसी(UTC))

विरोध

छलफल

  1. "यस अधिकारमा मतदान गर्ने प्रयोगकर्ताले पनि कम्तिमा ५००+ योगदान गरेको हुनु पने" थप्नु आवश्यक । - निर्मल दुलाल (कुरा गर्नुहोस) ११:२८, ५ मार्च २०१५ (युटिसी(UTC))
  1. अवश्य पनि प्रवन्धक अधिकारको लागी कम्तिमा ५००+ लेखमा योगदान गरेको प्रयोगकर्ताले मात्रै गरेको मतदानलाई गनिनेछ भनि मेरो   समर्थन छ । यस प्रस्तावको लागी अन्य प्रयोगकर्ता तथा प्रवन्धकले पनि आफ्नो मत राख्नुहोला । बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १२:४५, ५ मार्च २०१५ (युटिसी(UTC))
  2. विकिपिडियामा खाता बनाएको कम्तिमा पनि ६ महिना पुगेको हुनु पर्ने र कम्तिमा ५००+ लेखमा योगदान गरेको प्रयोगकर्ताले मात्रै गरेको मतदानलाई गनिनेछ भनि मेरो   समर्थन छ ।  Nawaraj Ghimireकुरा गर्ने १५:२८, ५ मार्च २०१५ (युटिसी(UTC))
  3.   समर्थन ५००+ संपादन गर्ने प्रयोगकर्ताको मत मात्र स्वीकृत गर्नु पर्छ भन्ने उपरोक्त कुरामा म समर्थन गर्छु । देवराज पौडेल-(कुरा गर्नुहोस्)-ईमेल गर्नुहोस् ०५:४३, ६ मार्च २०१५ (युटिसी(UTC))
  4.   समर्थन ५००+ संपादन गर्ने प्रयोगकर्ताको मत मात्र स्वीकृत गर्नु पर्छ।-- बेनुपराज पौडेल (म सँग कुरा गर्नुहोस) ०५:४४, ६ मार्च २०१५ (युटिसी(UTC))
  5. अझ यसमा कम्तिमा ..(संख्या)..वटा लेख पूर्ण लेखेको राम्रो लेख बनाएको भन्ने पनि थप्दा उपयुक्त होला । - निर्मल दुलाल (कुरा गर्नुहोस) ०३:५७, ७ मार्च २०१५ (युटिसी(UTC))
कुनै पनि कुराको पूर्ण जानकारी कसैलाई पनि हुन्न र विकीमा लेखहरू सबैको जानकारी सबैको सम्पादनबाट पूर्ण हुने भएकोले यो त प्रयोगकर्तालाई प्रबंधक पद प्राप्त न होस भन्नको लागि बनाए जस्तो भयो तसर्थ पूर्ण हुन कम्तिमा शब्द तोकिनु ठीक हुन्छ की । देवराज पौडेल-(कुरा गर्नुहोस्)-ईमेल गर्नुहोस् ०९:४७, ७ मार्च २०१५ (युटिसी(UTC))
राम्रो लेख त हुन सक्दैन तर एउटा पूरा लेख जसमा आवश्यक सबै अङ्ग (बाह्य कडी, सन्दर्भ सामग्री, तस्वीरहरू, ढाँचाहरू, विषयसूचि, अन्य भाषाको लेखसँग अन्तरसम्बन्ध आदि) होस। यति शब्दको भन्ने

तोकिनु आवश्यक छैन। -Laxmi Rose (कुरा गर्ने) १५:५५, ७ मार्च २०१५ (युटिसी(UTC))

  1. ढीलै भएपनि साथीहरूले कुराको गम्भीरता बुझ्नुभएकोमा खुशी लाग्यो। सिसपको लागि कम्तीमा २ पूर्ण(अंग पुगेको) लेख निर्माण गरेको हुनुपर्ने। ५ हजार सम्पादन र खाता खोलेको १ बर्ष भएको हुनुपर्ने। प्रावधान राख्न सुझाव गर्दछु। मतदान गर्नका लागि पनि कम्तीमा १०० मूल लेखमा (स्वागत र वार्ता बाहेक) योगदान गरेको लाई मान्यता दिँदा उचित होला।--Ganesh Paudel (कुरा गर्ने) ०६:०३, ९ मार्च २०१५ (युटिसी(UTC))
  2. प्रस्ताव भएको कम्तीमा २१ दिन मतदानका लागि राख्नुपर्ने प्रावधान थप्दा राम्रो होला।--Ganesh Paudel (कुरा गर्ने) ०६:०३, ९ मार्च २०१५ (युटिसी(UTC))

प्रवन्धक अधिकारको लागि नीति

माथि उल्लेखित विषयमा छलफल पश्चात प्रवन्धक अधिकार तथा प्रवन्धक अधिकार मतदान गर्ने नीति यस प्रकार हुनेछ ।

प्रवन्धक अधिकार नीति
  • विकिपिडियाको बारेमा राम्रो जानकारी राख्नुका साथै पृष्ठहरूलाई सम्पादन, अनुप्रेषण, फाइल लोकेट, श्रेणीकरण, ढाँचाको प्रयोग इत्यादी काम गर्न दक्ष हुनु पर्ने छ ।
  • विकिपिडियामा खाता खोलेर कम्तिमा पनि ५०००+ लेख (स्वागत र वार्ता बाहेक)मा सम्पादन गरेको हुनुपर्ने छ ।
  • नेपाली विकिपिडीयामा रहेको प्रमुख लेखमा आफुले बनाएको कम्तिमा २ लेख निर्वाचित भएको हुनुपर्ने छ ।
  • नेपाली भाषाका साथै अन्य भाषाहरूको जानकार भएको व्यहोरा देखाउने ढाँचाहरू आफ्नो प्रयोगकर्ता पृष्ठमा राखेको हुनु पर्ने छ ।
  • विकिपिडियामा खाता बनाएको कम्तिमा पनि १२ महिना पुगेको हुनु पर्ने छ ।
  • योग्यता पुगेका सक्रिय प्रयोगकर्ताको कार्य दक्षता हेरी कुनै वर्तमान प्रवन्धकले समेत उसको नाम प्रवन्धक अधिकारको लागि प्रस्तावित गर्न सक्ने छ ।
  • उपरोक्त योग्यताहरू पुगेको कुनै पनि सक्रिय प्रयोगकर्ताले प्रवन्धक अधिकारको लागि आफ्नो उम्मेदवारी फारम भरेर आवेदन गर्न सक्ने छ ।
  • उपरोक्त आवेदन गर्ने आवेदकलाई प्रवन्धक बनाउने र नबनाउने बिषयमा अन्य प्रयोगकर्ताहरूले छलफलका साथै आवेदकको समर्थन अथवा बिरोध गर्ने छन् ।
  • आवेदकले अन्य प्रयोगकर्ताहरूलाई आफुलाई समर्थन गर्न भनि गुहार्न पाउने छ ।
  • आवेदकले प्रस्ताव गरेको कम्तीमा २१ दिन सम्म मतदान माथि छलफल/समर्थन/विरोध/प्रश्नोत्तर हुनेछ ।
  • उपरोक्त कार्यहरू पुरा भएमा र आवेदकको पक्षमा धेरै जनाले समर्थन गरेमा प्रशासकले आवेदकलाई प्रवन्धक बनाउने छन् ।
प्रवन्धक अधिकारको लागि मतदान नीति
  • विकिपिडियामा खाता बनाएको कम्तिमा पनि ६ महिना पुगेको हुनु पर्ने र कम्तिमा ५००+ लेख(स्वागत र वार्ता बाहेक)मा योगदान गरेको प्रयोगकर्ताले मात्रै गरेको मतदानलाई गनिनेछ ।


समर्थन

  1.   समर्थन-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:१४, १६ मार्च २०१५ (युटिसी(UTC))
  2.   समर्थन --   कुरा गर्ने ०८:३८, १६ मार्च २०१५ (युटिसी(UTC))
  3.   समर्थन-- देवराज पौडेल-वार्ता-ईमेल ०९:५५, १६ मार्च २०१५ (युटिसी(UTC))
  4.   समर्थन--सरोज(Saroj) (कुरा गर्ने) ०९:५९, १६ मार्च २०१५ (युटिसी(UTC))
  5.   समर्थन--बिजय पोख्रेल (कुरा गर्ने) ०७:२३, २८ मार्च २०१५ (युटिसी(UTC))
  6.   समर्थन--Nilamkarn (कुरा गर्ने) ०८:१९, ६ अप्रिल २०१५ (युटिसी(UTC))
  7.   समर्थन--Komal Prasad Pokharel (कुरा गर्ने) १०:०४, ८ अप्रिल २०१५ (युटिसी(UTC))

विरोध

  1. माथि लेखिएको सम्पूर्ण कुराहरुमा मेरो   समर्थन छ तर म नेपाली विकिपिडीयामा रहेको प्रमुख लेखमा आफुले बनाएको कम्तिमा २ लेख निर्वाचित भएको हुनुपर्ने छ भन्ने कुरोको   विरोध गर्दछु। मेरो विचारमा हालसम्म निर्वाचित भएका लेखहरु एकजनाले मात्र बनाएका छैनन् । विकिपिडिया सम्पूर्ण विकिपीडिन मित्रहरुले आफ्नु तर्फबाट योगदान दिएरनै आगी बढ्ने हो। त्यसैले योगदानको कदर हुनुपर्छ। सबैका कुनै न कुनै कमजोरी हुन्छन् र मुख्य लेखमा सबै तिरबाट उल्लेखनीय लेख जाने हो। यसलाई अन्यथा नलिनुहोला मैले त मेरो विचार मात्र पोखेको हुँ। यदि कसैले राम्रो लेख नलेखेको खण्डमा उसलाई विकिपीडिन मित्रहरुले विरोध गर्नेछन् ।- बेनुपराज पौडेल (मसँग कुरा गर्नुहोस) ०७:५०, २८ मार्च २०१५ (युटिसी(UTC))

छलफल

निष्कृय प्रबन्धकलाई पद मुक्त गर्ने अवस्थाहरू
  • विकिपिडियामा कुनै पनि प्रबन्धकले ६ महिनासम्म निष्कृय रहेको अवस्थामा कुनै पनि प्रबन्धक वा प्रशासकहरूबाट निष्कृय प्रबन्धकलाई पद मुक्त गर्नको लागी प्रस्ताव पेश गर्न सक्नेछ ।
निष्कृय भन्नाले विगत ६ महिनामा १०० भन्दा कम र कुनै महिनामा शुन्य सम्पादन भएको अवस्थामा जनाउँदछ ।
  • प्रस्ताव पेश नभएको अवस्थामा पनि कुनै नयाँ प्रबन्धकले अधिकारको लागी निवेदन दिएको खण्डमा कुनै प्रबन्धक निष्कृय रहे नगरेको जाँच गरि नयाँ प्रबन्धकको निवेदनसँग सँगै निष्कृय गर्न प्रक्रिया पनि सँग सँगै बढाउने सक्नेछ ।
  • निष्कृय प्रबन्धकलाई पद मुक्तको प्रस्ताव गरेको कम्तीमा १५ दिन सम्म मतदान माथि छलफल/समर्थन/विरोध/प्रश्नोत्तर हुनेछ ।
  • प्रस्ताव भएको अवधिमा निष्कृय प्रबन्धकले आफ्नो विचार राख्ने मनासिब माफिकको मौका पाउने छ ।
  • निष्कृय प्रबन्धकबाट प्राप्त विचार तथा प्रस्तावमा परेको मतको आधारमा प्रशासकले निर्णय लिई पद मुक्त गर्ने आवश्यक व्यवस्था गर्नु पर्नेछ ।

समर्थन

  1.   समर्थन--   कुरा गर्ने ०८:५३, १६ मार्च २०१५ (युटिसी(UTC))
  2.   समर्थन--  बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०९:२९, १६ मार्च २०१५ (युटिसी(UTC))
  3.   समर्थन-- देवराज पौडेल-वार्ता-ईमेल ०९:५६, १६ मार्च २०१५ (युटिसी(UTC))
  4.   समर्थन--सरोज(Saroj) (कुरा गर्ने) १०:००, १६ मार्च २०१५ (युटिसी(UTC))
  5.   समर्थन-- बेनुपराज पौडेल (मसँग कुरा गर्नुहोस) १४:१५, २० मार्च २०१५ (युटिसी(UTC))
  6.   समर्थन--यस कार्यमा मेरो पुर्ण रुपमा समर्थन छ बिजय पोख्रेल (कुरा गर्ने) १३:००, २३ मार्च २०१५ (युटिसी(UTC))
  7.   समर्थन :) लर्नरके.टि.एम ०७:३६, २८ मार्च २०१५ (युटिसी(UTC))
  8.   समर्थन --G10dra ») १४:४७, २८ मार्च २०१५ (युटिसी(UTC))
  9.   समर्थन--   Bijay Chaurasia (वार्ता) १७:३४, २८ मार्च २०१५ (युटिसी(UTC))
  10.   समर्थन-- DULAL (मसँग कुरा गर्नुहोस्) ००:५३, २९ मार्च २०१५ (युटिसी(UTC))
  11.   समर्थन--Tulsi Bhagat (वार्तालाप) (ईमेल पठाउनुहोस्) ०४:१५, २९ मार्च २०१५ (युटिसी(UTC))
  12.   समर्थन--   Soni Chaurasia (Talk to me) ०५:००, २९ मार्च २०१५ (युटिसी(UTC))

विरोध

छलफल

एक महिनाभर शुन्य सम्पादन भए हटाउने हो र ? - DULAL (मसँग कुरा गर्नुहोस्) ००:५५, २९ मार्च २०१५ (युटिसी(UTC))

Krish Dulalजी, एउटा महिनामा शुन्य भन्दा कम भएमा हटाउने होइन कि ६ महिनामा १०० भन्दा कम सम्पादन भएको र कुनै महिनामा शुन्य सम्पादन भएको अवस्थामा हटाउन सकिने भन्ने प्रस्ताव हो ।   कुरा गर्ने ०३:४९, २९ मार्च २०१५ (युटिसी(UTC))

प्रवन्धक अधिकारको लागि नीति बारेमा बिभिन्न बुदाहरु प्रस्ताव गरिएका रहेछन । यी प्रस्तावहरुका बारेमा मेरो विचार निम्न आनुसार छ;

  • नीति बनाउदा बढी बढी विकिपीडियन साथीहरुलाई छलफलमा भाग लिन लगाएर दुरगामी नीति बनाउनमा मदत पुग्छ कि?
  • 'विकिपिडियाको बारेमा राम्रो जानकारी राख्नुका साथै.......' राम्रो जानकारी भन्नाले कुन कुरालाई भन्न खोजेको हो ? बिस्तृत रुपमा राखेको भए प्रष्ट हुने थियो ।
  • '५०००+ लेख...' कुन आधार लिएर भन्न खोजिएको हो ?
  • निष्कृय प्रबन्धकलाई पद मुक्त गर्ने (पुनः विकिमा फर्केर योगदान दिन मिल्ने गरि)   समर्थन

-Janak Bhatta (कुरा गर्ने) ०६:०२, २९ मार्च २०१५ (युटिसी(UTC))

वास्तवमा प्रबन्धक निष्क्रिय बस्नु नहुने हाे, तर अाफ्नाे काबु बाहिरकाे परिस्थितिले गर्दा निष्क्रिय रहेकाे हाे भने त्यसमा विचार पुर्याउनु पर्छ हाेला । काेमलप्रसाद पाेखरेल १२:०९, २९ मार्च २०१५ (युटिसी(UTC))

१ महिना भन्दा बढी छलफल भइसकेको हुनाले कृपया प्रशासकहरू (@Ganesh Paudel:, @Nirmal Dulal:) आफ्नो विचार राखी यस नीतिलाई लागू गर्न आग्रह गर्दछु ।-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:१४, २२ अप्रिल २०१५ (युटिसी(UTC))

स्रेब्रेनित्सा और झेपा की विजय

Hi! July 11, 2015 will be the 20th anniversary of the fall of Srebrenica, but your Wikipedia does not have an article on this topic yet. Please help translate my text Fall of Srebrenica and Žepa and write a honest article about Srebrenica! 20 anniversarier (कुरा गर्ने) ०५:००, १९ अप्रिल २०१५ (युटिसी(UTC))

प्रशासक तथा प्रबन्धक र अरू प्रयोगकर्ताको ध्यानाकर्षण

प्रयोगकर्ता वार्ता:Nepaboy (नेपालीमा कसरी टाइप गर्ने)

Ganesh Paudel, Nirmal Dulal, RajeshPandey, Krish Dulal, Nabin K. Sapkota, Nepaboy, Nirjal stha, बिप्लब आनन्द, रमेश सिंह बोहरा, राम प्रसाद जोशी, सरोज कुमार ढकाल, Laxmi Rose, Eukesh, Indiver, Bijay chaurasia, Janak Bhatta, Komal Prasad Pokharel, Learnerktm, Nawaraj Ghimire, Pitambar Bhattarai, Prabina Karki, Punya, महेश धामी, सृजना:

Nepaboyज्यु, को भनाई :मैले नेपाली व्याकरण पढेको छैन र मैले नेपाली medium बाट पढेको छैन त्यसैले मैले लेखेको लेख अशुद्ध पनि हुन सक्छन। नेपाली विकिपिडिया मार्फत म नेपाली सिक्दै छु भनौ भने गलत न होला । मेरो प्रश्न छ : Nepaboyज्युलाई प्रबन्धक अधिकार किन दिईयो?? सक्क्षम् प्रयोगकर्तालाई दिनु राम्रो हुन् थियो। --तुल्सी भगत (वार्तालाप) १३:२२, १ अक्टोबर २०१५ (युटिसी(UTC))

तुल्सी भगत मलाई केहि आपत्ति छैन मसंग प्रबंधक अधिकार लिए हुन्छ। मैले प्रबंधक अधिकार तेती बेला पाएको थिए जुन बेला नेपाली विकिपिडियामा प्रयोगकर्ताहरु को संख्या एकदमै न को बराबर थियो। प्रबंधक अधिकार पाएको मिति (२०:५०, ४ डिसेम्बर २०१० UTC) तेती बेला मसंग समय थियो म आफ्नो सारा समय विकिपिडियालाई दिन्थे। मैले शुद्ध लेख लेख्न न सके पनि अरु कार्यमा सहयोग गर्थे। template बनाउन या useless article लाई delete गर्न आदि। अहिले म छुट्टीमा आएको हुनले अचेल थोडा-बहुत सहयोग विकिपिडियामा गरि रहेको छु तर अचेल प्रबंधकको तवरमा म केहि पनि कार्य गरि रहेको छैन किनकी मलाई आफै लाई feel हुन्छ नेपाली विकिपिडियामा प्रबंधक र प्रयोगकर्ताको संख्या धेरै भई सकेको छ। तेती बेला मलाई प्रबंधकको अधिकार दिलाउन सहयोग गर्नेलाई राम्ररी थाहा थियो की म नेपाली राम्ररी जान्दिन खैर अब मलाई प्रबंधक अधिकारको केहि काम छैन। म स्वयं प्रबंधकहरुगणहरु संग request गर्छु की म बाट प्रबंधक अधिकार लिईयोस। धन्यवाद। Nepaboy (कुरा गर्ने) १६:०१, १ अक्टोबर २०१५ (युटिसी(UTC))

लेख मेट्ने आधार

तटस्थ दृष्टिकोण

User:बिप्लब आनन्द user:Nirjal stha

विकिपिडिया:तटस्थ दृष्टिकोण भन्ने पृष्ठ तयार भएको भन्ने लागेको छ । पृष्ठ तटस्थ दृष्टिकोणको विषयमा पूर्ण छ-छैन, हेरी #edit protect गर्ने अनुरोध... :)


Learnerktm (कुरा गर्ने) १३:०३, ९ नोभेम्बर २०१६ (युटिसी(UTC))

    सम्पन्न भयो ।   कुरा गर्ने १३:१७, ९ नोभेम्बर २०१६ (युटिसी(UTC))

बर्बरता नीति

User:बिप्लब आनन्द user:Nirjal stha र अन्य प्रबन्धक ज्यूहरू, . विकिपिडिया:बर्बरता नीति बनेको हुदाँ कृपया एक पटक पूर्ण भएको-नभएको चेक गरि edit protect गरिदिन आग्रह ... . + ढाँचा:चेतावनी लाई पनि सुधारी दिनुहोला... :) . .

:) लर्नरktm ०८:२७, २८ नोभेम्बर २०१६ (युटिसी(UTC))

विकिमिडियन्स अफ नेपाल, प्रयोगकर्ता समूह

आज मिति २०७४ बैशाख १६ गते नेपालका विकिमिडियनहरूको सिद्धार्थ कटेज काठमाडौँमा बसेको बैठकले विकिमिडियन्स अफ नेपाल प्रयोगकर्ता समूहलाई पुनः सम्बन्धन गराउनको लागि प्रस्ताव गर्ने विषयमा सहमति गरेको छ । नेपालका उदयिमान् भाषाहरू र समूदायहरूको लागि केन्द्र बन्ने लक्ष्य लिएर यस समूहलाई अगाडि लिएर जाने विषयमा निम्नलिखित नामावली सहित नयाँ कार्यसमितिको प्रस्ताव गरिएको व्यहोरा पनि जानकारी गराउन चाहन्छौँ ।

यसका साथै पाँच सदस्यीय सल्लाहकार समिति पनि रहने विषयमा पनि छलफल भएको छ। उपर्युक्त प्रस्ताव माथि छलफलका लागि यहाँहरूको सहभागीताको लागि हार्दिक आह्वान गरिएको छ ।

विकि लभ्स अर्थ २०१७ को सम्बन्धमा

नेपाली विकिपिडिया सम्पादक,पाठक लगायत सम्पूर्णमा अनुरोध गर्दछौ कि १ मई २०१७ देखी एक महिना सम्म चल्ने विकि लभ्स अर्थ २०१७ नेपाल मा सहभागी भइ नेपालका राम्रा राम्रा प्राकृतिक तस्बिर लाइ अपलोड गरी महिना भरि चल्ने यस प्रतियोगितामा समेत भाग लिन अनुरोध गर्दछु, --PANKAJ DEO (कुरा गर्ने)

विक्रम सम्वत् कायम भएको

नेपाली विकिपिडियामा हाम्रो देशको आधिकारिक सम्वत्‌को लेख्यरूप अनेकन भएको अवस्थामा नेपाली भाषामा यो तत्सम शब्दको रूपमा आएकोले यसलाई विक्रम सम्वत् लेख्न थालियो र सबै विकिपिडियनहरूलाई पनि अनुरोध छ।केही उदाहरणहरू पनि दिन वाञ्छनीय भएकोले :

सरोज(Saroj) (कुरा गर्ने) ०३:२२, १९ सेप्टेम्बर २०१७ (युटिसी(UTC))