लेख सुधार सम्पादनथन प्रतियोगिताको तथ्याङ्क अद्यावधिक सम्पादन गर्नुहोस्

विकिमिडिया रणनीति कार्यशाला- नेपालमा उपस्थिति सम्बन्धमा सम्पादन गर्नुहोस्

नमस्ते Big Hero ज्यू,
विकिमिडिया रणनीति अभियानको विश्वव्यापी वार्तालाप यहि नोभेम्बर २१ र २२ (पहिलो चरण) तथा डिसेम्बर ५ र ६ (दोस्रो चरण)मा हुन गइरहेको यहाँलाई जानकारी नै होला। यसै सन्दर्भमा सो विश्वव्यापी वार्तालापमा नेपाली विकिपिडिया समुदायको तर्फबाट सहभागी हुने प्रयोगकर्ताहरूले विश्वव्यापी विकिमिडिया अभियानमा नेपाली विकिपिडिया समुदायको उपस्थिति स्तरीय तरिकाले प्रस्तुत गर्नुपर्ने हुन्छ। यसकारण नेपाली विकिपिडिया समुदाय तथा दक्षिण एसियाली विकिमिडिया रणनीति अभियानका सदस्य राजीव दत्तसँगको सहकार्यमा नेपाली विकिपिडियाका सदस्यहरू सम्मिलित अनलाइन विकिमिडिया रणनीति कार्यशाला आयोजना गरेर यो समुदायको विभिन्न पक्ष तथा विकिमिडिया रणनीति अभियानसँग सम्बन्धित बुँदाहरूमाथि छलफल गर्नको लागि यहाँको उपस्थितिको लागि यो सूचना पठाइएको जानकारी गराउन चाहन्छु।

  • मिति: सन् २०२० नोभेम्बर २० बेलुका ७ बजे
  • दर्ता गर्नुहोस्: गुगल फर्म

नेपाली विकिपिडिया समुदायको तर्फबाट- बिप्लब आनन्द

विश्वव्यापी आचार संहिता (छोटकरी रूप: युसिओसी)को दोस्रो चरण सम्बन्धमा सम्पादन गर्नुहोस्

--MediaWiki message delivery (कुरा गर्ने) १९:२५, २६ जनवरी २०२१ (नेपाली समय)जवाफ दिनुहोस्

युसिओसी सम्बन्धी अनलाइन सामुदायिक बैठक सम्बन्धमा सम्पादन गर्नुहोस्

नमस्ते
सबै विकिमिडिया परियोजना र अभियान भित्र स्वीकार्य व्यवहारको एउटा सार्वभौमिक मापदण्ड प्रदान गर्न र विकिपिडियालाई एउटा सुरक्षित स्थान बनाउनको लागि विश्वव्यापी आचार संहितालाई समुदायमा कसरी लागु गर्ने सम्बन्धमा सन् २०२१ फेब्रुअरी ११ मा अनलाइन सामुदायिक बैठक हुने भएकोले सहभागी हुनको लागि कृपया यो गुगल फारम भर्नहुन अनुरोध गर्दछु।--BAnand (WMF) (talk) 02:47, 10 February 2021 (UTC)

विश्वव्यापी आचार संहिता सर्वेक्षण फारम सम्पादन गर्नुहोस्

नमस्ते,
सबै विकिमिडिया परियोजना र अभियान भित्र स्वीकार्य व्यवहारको एउटा सार्वभौमिक मापदण्ड प्रदान गर्न र विकिपिडियालाई एउटा सुरक्षित स्थान बनाउनको लागि विश्वव्यापी आचार संहितालाई समुदायमा कसरी लागु गर्ने सम्बन्धमा सर्वेक्षण भइरहेकोले आजै यो फारम भर्नहुन अनुरोध गर्दछु।--BAnand (WMF) (talk)

विकिमिडिया फाउन्डेसन सामुदायिक समिति सिट: प्रतिक्रियाको लागि बैठक सम्पादन गर्नुहोस्

विकिमिडिया फाउन्डेसन न्यासी समितिले सन् २०२१ फेब्रुअरी १ देखि मार्च १ सम्म सामुदायिक चयन प्रक्रियाहरूको बारेमा प्रतिक्रियाको लागि बैठकको आयोजना गरिरहेको छ। विकिमिडिया फाउन्डेसन र विकिमिडिया अभियान विगत १० बर्षमा लगभग पाँच गुणाले वृद्धि भएको छ भने यसको समितिको संरचना र प्रक्रियाहरू मूल रूपमा उस्तै रहिरहेको छ। वर्तमान समितिको संरचनामा हाम्रो क्षमता, प्रदर्शन, र अभियानको विविधता अनुसार प्रतिनिधित्वको अभाव एउटा समस्याको रूपमा रहेको छ। प्रत्यक्ष निर्वाचनले गर्दा अग्रणी भाषा समुदायका उम्मेदवारहरूको पक्ष लिने गरेको छ र उनीहरूको सीप र अनुभवद्वारा समिति सदस्यको रूपमा सेवा दिन कतिको सान्दर्भिक हुन सक्छ वा समितिको विशिष्ट उत्तरदायित्वहरू निर्वाह गर्ने क्षमतामा योगदान पुर्‍याइरहेको छ। तथ्यहरूलाई नियाल्दा वर्तमान प्रक्रियाहरूले उत्तर अमेरिका र पश्चिम युरोपका स्वयंसेवकहरूको पक्ष लिएको छ। वास्तवमा भन्ने हो भने, दक्षिण एसियाबाट अहिलेसम्मको इतिहासमा हेर्दा जम्मा एक जना सदस्यले मात्र समितिमा स्थान बनाउन सकेको छ।

आउँदो महिनाहरूमा हामीलाई तीन सामुदायिक सिटहरू नवीकरण गर्नुपर्नेछ र नयाँ सिटमा तीन थप समुदायिक सदस्यहरू नियुक्त गर्नुपर्नेछ। यो प्रतिक्रियात्मक बैठकमा हामीहरू सबै मिलेर हाम्रो अभियानलाई कसरी प्रतिनिधित्व गर्ने र अनुभव, सीप, र विश्वासका साथ अन्तरदृष्टिसहित तैयार भएका उम्मेदवारहरू छनौट गर्न प्रारूप रेखा तयार गर्न सक्छौं? यस सम्बन्धमा, प्रस्तावित विचारहरूमाथि छलफल गर्न र हामी हाम्रो विचारहरू साझा गर्न, प्रतिक्रिया दिन र प्रक्रियामा योगदान दिनको लागि सामुदायिक छलफल गर्नु राम्रो हुनेछ। यसै विषयमा छलफल गर्न, हामीले यही मार्च १३ को साँझ ७ बजे देखि ८ बजेसम्म बैठक आयोजित भइरहेको छ। बैठकको कडी निम्नलिखित रहेको छ: https://meet.google.com/ugf-xyyk-ifi

नेपालसँग सम्बन्धित भाषाहरूमा योगदान पुर्‍याइरहेका सम्पूर्ण भाषाका विकिपिडियन र विकिमिडियनलाई यो बैठकमा आफ्नो विचार राख्न स्वागत गरिन्छ। धन्यवाद, User:KCVelaga (WMF), ११:४२, ७ मार्च २०२१ (नेपाली समय)जवाफ दिनुहोस्

महत्वपूर्ण सामुदायिक छलफलमा सहभागिताको लागि आह्वान सम्पादन गर्नुहोस्

नमस्ते, आदरणीय नेपाली विकिपिडिया सम्पादनकर्ता मित्र
नेपाली विकिपिडियाको चौतारीमा महत्वपूर्ण सामुदायिक छलफल भइरहेकोले कृपया सहभागी भई आफ्नो महत्वपूर्ण मत राख्नुहोला। धन्यवाद

अनुदान विषयमा केन्द्रीय नीति नियम सम्पादन गर्नुहोस्

नमस्ते आदरणीय सम्पादक मित्र,
अनुदानको विषयमा एउटा केन्द्रीय नीति नियम बनाउनको लागि नेपाली विकिपिडियाको चौतारीमा छलफल भइरहेकोले कृपया आफ्नो अमूल्य सुझाव राख्नहुन अनुरोध गर्दछु। धन्यवाद

अनुदान विषयमा केन्द्रीय नीति नियम सम्पादन गर्नुहोस्

नमस्ते आदरणीय सम्पादक मित्र,
अनुदानको विषयमा एउटा केन्द्रीय नीति नियम बनाउनको लागि नेपाली विकिपिडियाको चौतारीमा छलफल भइरहेकोले कृपया आफ्नो अमूल्य सुझाव राख्नहुन अनुरोध गर्दछु। धन्यवाद --समुदायको तर्फबाट बिप्लब आनन्द ११:१०, ९ जुन २०२१ (नेपाली समय)जवाफ दिनुहोस्

५०,००० लेख प्रतियोगिता सम्पादन गर्नुहोस्

नमस्ते, Big Heroज्यू! तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन हार्दिक निमन्त्रणा गरिन्छ
सबैभन्दा पहिले, नेपाली विकिपिडियामा योगदान गर्नुभएकोमा धन्यवाद। तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन आमन्त्रित गरिएको छ, एउटा चुनौतीपूर्ण प्रतिस्पर्धा जसले लगभग १७,८०० लेख सिर्जनाहरू गर्ने लक्ष्य राखेको छ। सबै विषयहरूका लेखहरू स्वागत छन्। यदि इच्छुक हुनुहुन्छ भने यो पृष्ठमा सामेल हुनुहोस् र योगदान गर्न सुरु गर्नुहोस्!

धन्यवाद - MediaWiki message delivery (कुरा गर्नुहोस्) १९:१९, ३ अक्टोबर २०२३ (नेपाली समय)जवाफ दिनुहोस्