विकिपिडिया:सामग्री अनुवादका सीमितताहरू

विकिपिडियामा सामग्री अनुवाद उपकरणको उपयोग अनुवाद प्रक्रियाको लागि गर्न सकिन्छ। यसले स्वचालित रूपमा एउटा भाषाबाट अर्को भाषामा अनुवाद सेवा प्रदान गर्ने गर्दछ। हाल गुगलयान्दिक्सको अनुवाद सेवाहरू यस उपकरणले प्रयोग गर्ने गर्दछ। यो उपकरण हाल विस्तारित रूपमा स्वीकृति प्राप्त सम्पादकहरूमा (खाता खोलेको ३० दिन भएको र कम्तिमा ५०० सम्पादनहरू गरेको) सीमित छ। यो समुदायले सक्रियतापूर्वक एउटा प्रक्रियाको विकास गर्दैछ जहाँ विश्वासिला सम्पादकहरूले यस उपकरणमा पहुँच प्राप्त गर्न सक्षम हुनेछन्। कृपया थप जानकारीको लागि विकिपिडिया:सामग्री अनुवाद उपकरण हेर्नुहोस्।

अप्रशोधित वा गलत यन्त्र अनुवादबाट बच्नुहोस् सम्पादन गर्नुहोस्

विभिन्न बाह्य तथा विकिपिडिया उपकरण प्रयोग गरेर गरिने अनुवाद प्रायजसो कम गुणस्तरको परिणामहरू दिने गर्दछ। यन्त्र अनुवादको प्रयोगले प्राप्त हुने अनुवाद परिणामले भिन्न भिन्न शब्द वा अभिव्यक्ति दिन सक्दछ। यसले झुठो अभिव्यक्ति, शाब्दिक अनुवादमा त्रुटि, अपमान बोधक शब्द, बहुअर्थी शब्द र अन्य अपरिचित यौगिक र निश्चित वा विशेष अर्थ भएका शब्दहरूभन्दा फरक अनुवाद प्रदान गर्न सक्छ। यसले मूल भाषाबाट ल्याएको पाठलाई सोही भाषामा पनि प्रदर्शन गर्ने गर्दछ। उचित नामहरूको अनावश्यक अनुवाद पनि यसको प्रमुख समस्या हो। विकिपिडियामा सार्वजनिक गरिएका लेखहरूबाट प्राप्त भएका अप्रशोधित यन्त्र अनुवाद सबैभन्दा खराब र निराशाजनक स्थिति हो। यान्त्रिक अनुवादलाई निरीक्षण र संशोधन नगरिकन लेखमा पेश गर्दा वास्तवमै त्यो लेख गुणस्तरहीन हुन जान्छ। नेपाली भाषाको लागि यान्त्रिक अनुवाद अन्य भाषाको जस्तो स्तरीय छैन।[१]

सीमितताहरू सम्पादन गर्नुहोस्

  1. यान्त्रिक अनुवाद 'स्रोत भाषा' र 'लक्षित भाषा'सँग मिल्दोजुल्दो विषयमा बढीजसो निर्भर हुने गर्दछ। यसको प्रयोग गरेर पाठले अनुवाद त प्राप्त गर्दछ तर लक्षित पाठकको आवश्यकता अनुसार यो सही हुनेमा आश्वस्त हुन सकिदैन। यान्त्रिक अनुवादले निर्भरताको अभावमा पाठकलाई गुणस्तरहीन अनुवाद परिणाम दिने गर्दछ।
  2. विश्वमा बोलिने विभिन्न भाषाहरूमा जटिल वाक्य संरचनाहरू निरन्तर विकसित र परिवर्तन हुँदै गइरहेका छन्। वास्तविक परिवर्तनहरूलाई आत्मसाथ गर्न नसक्ने हुँदा यान्त्रिक अनुवादले सधैँ त्रुटिहरू समावेश गर्दछ।
  3. यान्त्रिक अनुवादमा व्यक्तिगत स्पर्शको अभाव रहेको हुन्छ, यसले लक्षित भाषाको ज्ञान भएका व्यक्तिहरूद्वारा गरिने कामको बराबरी गर्न सक्दैन र त्रुटिहरू समावेश गर्नसक्ने उच्च सम्भावना हुन्छ।
  4. यान्त्रिक अनुवादले आफ्नो प्रणालीभित्र समेटेको मानक भाषालाई केही हदसम्म अनुवाद गर्न सक्छ भने यसले गैर-मानक भाषालाई अनुवाद गर्न सक्दैन।
  5. अनौपचारिक बोलीबाट अनुवाद गर्दा मोबाइल उपकरणहरूमा विशेष गरी यान्त्रिक अनुवादको प्रयोगले विभिन्न प्रकारका समस्याहरू प्रस्तुत गर्दछ।
  6. यान्त्रिक अनुवादहरूमा व्याकरणिय अभिव्यक्ति ज्ञानको अभाव रहेको हुन्छ। मानवमा तथ्य र भ्रम चिन्न सक्ने क्षमता रहेको हुन्छ जुन यान्त्रिक अनुवादमा हुँदैन।
  7. यान्त्रिक अनुवादले व्यवस्थित र औपचारिक नियमहरू अनुसरण गर्दछ त्यसैले एक प्रसङ्गमा ध्यान दिन र अस्पष्टतालाई समाधान गर्न सक्दैन। यसलाई व्यक्तिगत अनुभव वा मानसिक दृष्टिकोणको उपयोग गर्नको लागि मानव अनुवादकहरूको आवश्यकता पर्दछ। उपयुक्त शब्द छनोट गर्न सक्ने क्षमता यसमा कम रहेको हुन्छ।
  8. प्रयोग गरिएको यान्त्रिक अनुवाद एल्गोरिदममा निर्भर रहने भएकोले यसलाई केही खास अनुवादमा पनि पक्षपात गर्न सकिन्छ। यो पूर्वाग्रह अनुवाद जुन प्रसङ्गमा आधारित अन्य विकल्पहरू भन्दा कम उपयुक्त हुन सक्छ।

मानव अनुवाद र यान्त्रिक अनुवादका भिन्नताहरू सम्पादन गर्नुहोस्

मानव अनुवादलाई डोमेनको आवश्यकता पर्दैन। शब्दकोशमा आधारित अनुकूलनले सुधारिएको गुणस्तर र उपयुक्त शब्दावलीको पालनाको सुनिश्चितता गर्दछ। यसका भिन्नताहरू यहाँ तल तालिकामा दिइएको छ।

भिन्नताहरू
मानव अनुवाद यन्त्र अनुवाद
लगातार र अनुमानित गुणस्तर अप्रत्याशित अनुवाद गुणस्तर
डोमेनको आवश्यकता नपर्ने डोमेनको आवश्यकता पर्ने
व्याकरणिय नियम थाहा भएको व्याकरणिय नियम थाहा नभएको
उच्च प्रदर्शन र सटीकता उच्च केन्द्रीय प्रशोधन एकाइ र सफ्टवेयरको आवश्यकताहरू
संस्करणहरू बीच स्थिरता संस्करणहरू बीच असङ्गती
प्रवाहको अभाव राम्रो प्रवाह
नियमहरूमा अपवादहरू नियन्त्रण गर्न गाह्रो नियमहरूमा अपवादहरू समात्नका लागि राम्रो

यान्त्रिक अनुवादित सामग्री सम्पादन गर्नुहोस्

नेपाली विकिपिडियामा यान्त्रिक अनुवादको प्रयोग गरेर विभिन्न लेखहरूको निर्माण गरिएकोले यसले विकिपिडियाको सामग्री नीतिलाई प्रभावित बनाएको छ। यान्त्रिक अनुवादद्वारा प्राप्त हुने परिणामलाई सोझै लेखमा पेश गर्दा त्यो लेखको गुणस्तर घट्ने भएकोले यान्त्रिक अनुवादद्वारा प्राप्त हुने परिणामलाई प्रयोगकर्ताद्वारा जाँच तथा प्रसोधित गरेर मात्र लेखमा पेश गर्नुपर्ने हुन्छ। यान्त्रिक अनुवाद प्रयोग गरेर कुनै प्रयोगकर्ताले लेखमा अप्रसोधित सामग्री राखेमा र यदि सो लेखलाई कुनै प्रयोगकर्ताले {{अनुवाद}}, {{नेपाली होइन}} वा {{अप्रशोधित यान्त्रिक अनुवाद}} चिनोले चिह्नित गरेको सात दिनभित्र सुधार नभए त्यस्ता सामग्री त्यो लेखबाट हटाउन सकिनेछ। अप्रोशधित यान्त्रिक अनुवाद गरि पृष्ठ सिर्जना भएको खण्डमा उक्त लेखमा {{अनुवाद}}, {{नेपाली होइन}} वा {{अप्रशोधित यान्त्रिक अनुवाद}} भन्ने चिनोहरू लागेको एक हप्ता पछि कुनैपनि उल्लेखनीय सुधार हुन सकेन भने उक्त लेखलाई मेटाउन सकिन्छ।

अप्रशोधित यान्त्रिक अनुवादका उदाहरणहरू सम्पादन गर्नुहोस्

  1. लेखको अग्रभाग वा ज्ञानबाकस आंशिक रूपमा अनुवाद हुनु वा दुरुस्तै साभार गरेको जस्तो देखिनु।
  2. अङ्कहरू बीच समानता नआउनु जस्तै 2075 =२०7५
  3. शब्दहरूमा नेपाली भाषा बाहेक अन्य भाषाका वाक्यहरू प्रदर्शन हुनु।
  4. शब्द संरचना बीच तालमेल नमिल्नु र गरेको, गरेका थिए, भएको थियो जस्ता सामान्य भूतकालका शब्दहरू गरे, भने, बताए आदीको रूपमा देखिने तथा किको प्रयोग हुने जस्तै (फलानोले घोषणा गरे कि, उनी उक्त कार्यक्रममा सहभागी हुनेछन्)
  5. हुँदै नभएको शब्द प्रदर्शन हुनु तथा नेपाली भाषीले वाक्य पढेर कुनै पनि जानकारी प्राप्त गर्न नसक्नु। जस्तै (उनको मन्त्री मण्डलमा मुख्यतया M5S र लीगका सदस्यहरुद्वारा बनाईएको थियो, तर पनि प्रमुख स्वतन्त्र टेकोक्रेटहरु द्वारा पनि समावेश गरिएका थिए ।)
  6. आंशिक रूपमा अनुवादहरू स्वचालित रूपमा प्रकाशित हुने, वाक्यांशको अर्थ बुझ्न लागि निकै सङ्घर्ष गर्नु पर्ने।
  1. "नेपाली अङ्ग्रेजीमा अनुवाद गर्ने यस्तो छ तरिका"क्लिकमान्डू। सङ्ग्रह मिति २१ अगस्ट २०२०