विकिपिडिया:उल्लेखनीयता

यस नीतिका मूल बुँदाहरू यस प्रकार छन्:

विकिपिडियामा भएका उल्लेखनीय विषयहरू लामो समससम्म विकिपिडियामा रहेका हुन्छन् भने यस्ता विषयहरूले विशेष रुपमा सम्पूर्ण पाठकहरूको ध्यानाकर्षण गरिरहेका हुन्छन्। यस्ता विषयहरू मुख्य रूपमा विकिपिडियाको दायरा भन्दा बाहिर रहेका हुँदैनन्। यस ध्यानाकर्षणलाई मापन गर्नका लागि विश्वसनीय तथा स्वतन्त्र स्रोतहरूलाई प्रमाणको रूपमा प्रयोग गर्न सकिन्छ। उल्लेखनीयताको निर्देशिका पृष्ठको विषयवस्तुमा निर्भर रहँदैन भने यसले विषय माथि पृथक् लेख निर्माण गर्ने तर्कशक्तिलाई निर्धारण गर्दछ। विकिपिडियाको लेखमा आफ्नो लेख हुनु पर्छ वा हुनु हुँदैन भन्ने विषयलाई उल्लेखनीताले निर्धारण गर्दछ। विकिपिडियाको लेखहरूमा राखिएका जानकारीहरू तथ्य र निष्पक्षपूर्ण हुनु आवश्यक छ। यदि कुनै विषयमा उल्लेखनीय स्वतन्त्र स्रोतहरू नपाइएको खण्डमा त्यस लेखलाई पृथक् निबन्धको रूपमा राख्नु उचित हुँदैन।

यो आधारभूत मापदण्डले उल्लेखनीयताको धारणा समावेश गर्दछ भने यसले लेखहरूलाई अन्धाधुन्ध समावेशीकरण हुनुबाट रोक्नका लागि मद्दत गर्दछ। लेखिएका लेख र सूचीको विषयहरू उल्लेखनीय हुनु आवश्यक हुन्छ भने यसको साथसाथै यी लेखहरू सबैको ध्यानाकर्षण गराउने खालका हुनु पनि पर्दछ। विषयको उल्लेखनीयता यसको प्रतिष्ठा, ख्याति, लोकप्रियता इत्यादिमा निर्भर हुँदैन। यद्यपि विषयले तल वर्णन गरिएका दिशानिर्देशहरू पालना गर्दछ भने यसले विषयको स्वीकृति बढाउनमा सहयोग गर्दछ।


यदि कुनै विषय छुट्टै लेखको लागि योग्य मानिन्छ भने: विषयले तल दिइएको उल्लेखनीयताको साधारण दिशानिर्देशनहरू वा विषय आधारित दिशानिर्देशहरू दायाँ मद्दत बाकसमा दिइन्छ। विषयले तल दिइएको उल्लेखनीयताको साधारण दिशानिर्देशन वा विषय आधारित निर्देशितलाई दायाँमा रहेको मद्दत बाकसमा दिइन्छ भने उक्त विषयका लागि विकिपिडिया के हैन भन्ने नीति अपरिहार्य हुँदैन।

यदि माथि उल्लिखित शर्तहरू पुरा भएको खण्डमा विषयलाई पृथक् निबन्धको रूपमा राखिनु पर्दछ। सम्पादकहरूले उनीहरूको विचार र विवेचनाको आधारमा एकै प्रकारका विभिन्न लेखहरूलाई एकै लेखमा गाभ्न वा सोही लेखको एक खण्डमा लेख्न सक्छन्। तल दिइएको दिशानिर्देशले कुनै एक विषयमा स्वयमंको लेख वा सूचीका राख्नु कत्तिको उपयुक्त छ भन्ने विषय आधारित एक रूपरेखा दिन्छ। लेख वा सूचीको सामग्री यतिसम्म सीमित नभएतापनि यसले सूचीमा सामेल गर्नका लागि रहेकन्ह मापदण्डहरूलाई पुरा गरेको हुनु पर्दछ (जस्तै एक विद्यार्थीका पूर्व विद्यार्थीहरूको सूची)। लेखमा राखिएका विषयवस्तुहरू कस्तो हुनुपर्छ भन्नका लागि तटस्थ परिप्रेक्ष्य, प्रमाणिकरण, मूल अनुसन्धान लेख निषेध, विकिपिडिया के होइन र जीवित व्यक्तिको जीवनी नामक नीतिहरू हेर्नुहोस्। यी मूलनीतिहरू एक अर्काको पूरक हुन्छन् यी नीतिहरूलाई पृथक् नगरीकन एकमुष्ठ रूपमा हेरिनु पर्दछ।

सामान्य उल्लेखनीयता निर्देशसम्पादन

यदी कुनै विषयमा स्वतन्त्र तथा विश्वसनीय स्रोत उपलब्ध छन्, जसमा यस विषयलाई महत्वपूर्ण उल्लेख मिलेको छ भने यो विषय एक लेख या सूचीमा शामिल गर्नाको उल्लेखनीयता मापदण्डहरूलाई पूरा गर्दछ ।

  • दिइएका विषयमा विश्वसनीय तृतीय पक्षको स्रोत उपलब्ध हुनु पर्छ, अथवा यो विषय विकिपिडियाको हिसाबले उल्लेखनीय मानिने छन ।
  • "महत्त्वपूर्ण उल्लेख"को माने यो हो कि सूत्रहरूमो यस विषयमा विस्तारसँग चर्चा गरिएको हुन्छ । यो एक तुच्छ उल्लेखको तुलनामा अधिक हुनु पर्छ, तर यो जरूरी छैन कि विचाराधीन विषय स्रोत सामग्रीको मुख्य विषय नै हुनु पर्छ ।
  • विश्वसनीय स्रोतहरूमा संपादकीय अखण्डता हुन्छ र यिनको निरीक्षण गरिनु सम्भव हुन्छ । कुनै पनि स्रोतको विश्वसनीयता अक्सर सन्दर्भमा निर्भर गर्दछ ।
  • स्रोत: उल्लेखनीयताको निर्धारणका उद्देश्यको लागि स्रोत विषयसँग स्वतन्त्र हुनु पर्छ । विश्वसनीय स्रोतहरूको जरूरी सङ्ख्या स्रोहरूको प्रकृति/गुणवत्ता र उल्लेखको गहराईंमा निर्भर गर्दछ । आम तौरमा एक भन्दा बढी स्रोतहरूको आशा गरिन्छ । एकै लेखक या एकै संगठनको एक भन्दा अधिक प्रकाशनहरूलाई उल्लेखनीयताको निर्धारणका उद्देश्यका लागि एकै स्रोतको रूपमा मानिन्छ ।
  • स्वतन्त्र स्रोत ति हुन् जो विषयसँग सम्बन्धित मान्छे द्वारा उत्पन्न गरिएका होइनन् । स्वतन्त्र स्रोतहरूमा आत्म-प्रचार, विज्ञापन विषय, आत्मकथा, प्रेस विज्ञप्ति, स्वयं-प्रकाशित सामग्री आदि शामिल हुँदैनन् ।

निहित उल्लेखनीयतासम्पादन

केही विषय निहित रूपबाट उल्लेखनीय मानिन्छन्, जस्तै:-

  • सरकार-मान्य देश, राज्य, सहर, जिल्ला, गाउँ, आदि स्थान
  • तारा, ग्रह आदि
  • जीवका प्रजातिहरू (जस्तै:- घोँघा, च्याउ आदि)

यो नोट गर्नुहोस् कि विकिपिडियामा लेख बनाउनको लागि यस्ता वस्तुहरूको अस्तित्वलाई साबित गर्नु आवस्यक छ। तपाईं यो भन्न सक्नु हुन्न कि "डमडमबमबमपुर एक सहर हो। म यो स्थानको बारेमा एक लेख बनाउनेछु - कृपया यस लेखलाई नमेटाउनु होला"। "डमडमबमबमपुर" नामको साच्चिकै कुनै सहर हो, यो साबित गर्न पृष्ठ बनाउने मान्छेको जिम्मेवारी हो।

उदाहरणसम्पादन

अनुल्लेखनीय विषयसम्पादन

  • "मेरो कुकुर रकी": मानौ कि रकी तपाईंको कुकुर हो जसले एक-दुईटा स्थानीय डग-सो जित्यो रे। यसको बारेमा तपाईका छिमेकी र आफन्तहरूलाई त धेरै थाहा छ, तर अन्य ठाउँमा यो धेरै प्रसिद्ध छैन। अर्थात् कि यस रकीमा यस्तो स्वतन्त्र र विश्वसनीय स्रोत उपलब्ध छैन, जसमा यसलाई महत्वपूर्ण उल्लेख मिलेको छ। विकिपिडियाको लागि रकी अनुल्लेखनीय होइन। तपाईको ब्लग तथा तपाईको फेसबुक पेज रकीको बारेमा लेख्नको लागि एक राम्रो स्थान हो, विकिपिडिया होइन।
  • "कवि राम सिंह": कवि राम सिंह एक सानो स्थानीय कवि हुन्, जसलाई दुई-तीन सानो पुरस्कार प्राप्त भएका छन् (जस्तै:- नेशनल कलेजको सर्वोत्तम कवि अवार्ड २००६ तथा झुमरी तलैया रत्न सम्मान)। तर उनलाई अहिलेसम्म धेरै प्रसिद्धि हासिल भएको छैन। यिनी आफ्नो टोलमा प्रशिद्व छन्, २-३ पत्रिकाका पाठकहरूले उनको नाम सुनेका छन् र इनको ब्लगमा केही व्यक्तिले इनका कविताहरूको वाह-वाह गरेका छन्। स्थानीय टिभी च्यानल र एफएममा प्रसारित कवि-सम्मेलनमा पनी यी देखिएका तथा सुनिएका छन्। तर इनलाई सानो दायरा भन्दा बाहिर थोरैले मात्र चिन्दछन्। इनको एक पुस्तक स्थानीय "रामू-श्यामू प्रकाशन" द्वारा प्रकाशित भएको छ। पुस्तकको बैक्-कवरमा लेखिएको छ "कवि राम सिंह नेपालका सबै भन्दा प्रमुख कविहरूमा एक हुन् ।" यो स्रोत विषयसँग स्वतन्त्र छैन - यो त रामजीको पुस्तक आफैले भनिरहेको छ। यदी राष्ट्रीय-स्तरका ३-४ पत्रिका/अखबारहरूमा यो लेखिएको भए त अलग कुरा थियो। हाल, विकिपिडियाको लागि रामजी उल्लेखनीय छैनन्। हामी आशा गर्छौं कि कुनै दिन उनलाई कुनै ठुलो पुरस्कार तथा धेरै ठुलो उपाधी मिलोस् -- त्यही दिन हामी विकिपिडियामा उनको बारेमा लेख्नेछौँ।
  • अभिनेत्री सीता कुमारी: सीता ज्युले, केही स्थानीय नाटकहरूमा काम गरिन्, तथा एक-दुई चलचित्रमा पनि उनलाई 'एक्स्ट्रा' को रूपमा काम दिइएको छ। आफ्नो गाउँको मात्र नभएर सारा बरनौलाका मानिसहरु उनको सुन्दरता र नृत्य प्रतिभामा मग्न छन्। एक सानो स्थानीय कलेज पत्रिकाले एक लेखमा यीनलाई 'बरनोलाकी माधुरी दीक्षित' भनेको छ। एक पल्ट एक मुख्य अखबारमा खबर छापिएको थियो "नेशनल कलेजका छात्राहरूले राष्ट्रिय विद्यार्थी ड्रामा मुकाबला जीते" । यस खबरमा सीताको बारेमा पनि एक-दुई वाक्य छापिएका थिए। एक ब्लगका अनुसार "सीता कुमारी संसारकी सबैभन्दा महान कलाकारहरूमा चिनिन्छन्। एन्जेलीना जोली, निकोल किडम्यान र ऐश्वर्या रायको श्रेणीमा आउन सक्ने यि कलाकारको विश्वमा हजारौं प्रशंसक छन्।" यसमा सीताजीलाई जहाँ उल्लेख गरिएको छ, त्यो तुच्छ हो -- यसलाई हामी "महत्त्वपूर्ण उल्लेख" मान्न सक्दैनौं। ब्लगलाई हामी विश्वसनीय स्रोत मान्न सक्दैनौ। अर्थात, अभिनेत्री सीता कुमारी विकिपिडियाको लागि यस समय उल्लेखनीय छैनन्। कुनै दिन यदी यी साँच्चिकै सुप्रसिद्ध अभिनेत्री बन्न पुगिन् भने हामीलाई उनको बारेमा लेख लेख्नमा अति खुशी हुनेछ।

यो पनि हेर्नुहोससम्पादन