विकिपिडिया:मूलअनुसन्धानमा लेख निषेध

विकिपिडियाका लेखहरू मूलअनुसन्धानमा लेखिएको हुनु हुदैँन । "मुल अनुसन्धान" भन्नाले ती विचार, सोच वा दोषयुक्त सामग्री जनाउँछन् जुन कुनै प्रकाशित सामग्रीहरूमा उल्लेख गरिएका छैनन् । यसले विविध स्थानबाट जानकारी झिकि सम्पादक स्वयंले निष्कर्ष निकाली लेख लेख्ने प्रक्रियालाई जनाउँछ । यस विपरीत अन्य भरपर्दो स्थानमा प्रकाशित सामग्रीबाट सन्दर्भ जोडेमा भने मान्य हुनेछ, लेखमा समावेश गरिएका निष्कर्ष अन्य स्थानमा बताइएको हुनैपर्छ । मुल अनुसन्धान वार्ता पृष्ठ, लेख मेटाउने जानकारी दिँदा र आधिकारिक नीति पृष्ठमा भने लागू हुदैँन ।

मूल अनुसन्धान निषेधको अर्थ लेखमा सम्पूर्ण लेखमा सामग्री थप्दा विश्वासिलो प्रकाशित स्रोतबाट सन्दर्भ जोडिएको हुनपर्छ भन्ने नै हो । विकिपिडियाको प्रमानिकता नितिले कुनै पनि दोधारयुक्त जानकारीमा सन्दर्भ सामग्री जोड्नैपर्ने कुरा बताउँछ । सन्दर्भ सामग्री जोडिए पनि उक्त स्रोतबाट हुबहु जानकारी भने सार्नु हुदैँन । उक्त जानकारीलाई संवत्: आफ्नै भाषामा मिलाई अर्थपूर्ण रुपमा लेखिनु पर्ने हुन्छ ।

"मुल अनुसन्धान लेख निषेध" सहित तटस्थ दृश्टिकोण र प्रमानिकता विकिपिडियाका मुख्य नीति हुन् र सम्पादकहरूले यी तीनवटै नीति ध्यान दिनु र बुझ्नु आवश्यक छ ।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्