लोत्ता सिलिन [४](स्वीडेनी: Lotta Schelin) (जन्म:२७ फेब्रुअरी १९८४), एक स्विडेनी पूर्व व्यवसायिक फुटबल खेलाडी हुन्। उनी सन् २०१६ देखि सन् २०१८ सम्म दमल्सेभेन्स्कनको रुसेनगोद फुटबल क्लबका लागि अग्रपङ्क्ति खेलाडीको भूमिका निर्वाह गरेकी थिइन्।[५] उनले सन् २००४ मार्चमा स्विडेन राष्ट्रिय टोलीका लागि पदार्पण गरेकी थिइन् र सन् २०१२ अक्टोबरमा क्यारोलिन सेगेरसँगै संयुक्त कप्तानको रूपमा नियुक्त भएकी थिइन्।[६] सिलिनले स्विडेन महिला राष्ट्रिय फुटबल टोलीका लागि युइएफए महिला च्याम्पियन्स लिगका सन् २००५, सन् २००९, सन् २०१३ र सन् २०१७ संस्करणहरूमा देशको प्रतिनिधित्व गरिसकेकी छिन् भने सन् २००७, २०११२०१५को फिफा महिला विश्वकपहरूमा पनि स्विडेनको प्रतिनिधित्व गर्दै सहभागिता जनाइसकेकी छिन्।[७] उनले सन् २००४, २००८, २०१२ र २०१६ को ओलम्पिक फुटबल प्रतियोगिताहरूमा पनि प्रदर्शन गरेकी थिइन्।

लोत्ता सिलिन
सन् २०१६ मा सिलिन
व्यक्तिगत जानकारी
जन्म मिति (1984-02-27) २७ फेब्रुअरी १९८४ (उमेर ४०)[१]
जन्म स्थान स्तोकहोल्म, स्विडेन[२]
उचाइ १७९ सेमि[१]
खेल्ने स्थान(हरू) अग्रपङ्क्ति
युवा करियर
सन् १९९० Kållereds SK
सन् १९९१–१९९८ Hällesåkers IF
सन् १९९९–२००० Mölnlycke IF
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
सन् २००१–२००८ योहतेबर्य फुटबल क्लब १२३ (९२)
सन् २००८–२०१६ ओलाँपिक ल्योँ १३८ (१४३)
सन् २०१६–२०१८ एफसी रुसेनगोद १७ (१०)
अन्तर्राष्ट्रिय करियर
सन् २०००–२००१ १७ वर्ष मुनी[३] (३[३])
सन् २००१–२००२ १९ वर्ष मुनी[३] (२[३])
सन् २००४–२०१७ राष्ट्रिय टोली १८५[३] (८८[३])
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: १७:४९, ५ अगष्ट २०१६
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: २१:३२, २५ जुलाई २०१७

सन् २०१४ अक्टोबरमा सिलिनले जर्मनीसँगको मैत्रीपूर्ण हारमा स्विडेनको लागि ७३औँ अन्तर्राष्ट्रिय गोल गर्न सफल हुँदै सर्वाधिक गोलकर्ताको किर्तिमानी कायम गरेकी थिइन्। [८]

सन् २००१ मा सिलिनले कोपर्बरग्स/योहतेबोर्य फुटबल क्लबबाट (त्यतिबेला लान्दभेतर फुटबल क्लबको रूपमा परिचित) आफ्नो क्लब कार्यकालको सुरुवात गरेकी थिइन्। उनी दमल्सेभेन्स्कानमा उत्कृष्ट गोलकर्ताको रूपमा आफूलाई उभ्याउदै अमेरिकी महिला व्यवसायिक फुटबल लिगबाट प्रतिस्पर्धी प्रस्तावलाई अस्वीकार गरेकी थिइन् पछि। तर सन् २००८ मा उनी फ्रान्सेली क्लब ओलाँपिक ल्योँमा (फ्रान्सेली: Olympique Lyonnais) प्रवेश गरेकी थिइन्।[९] ल्योँसँगको उनको आठवटा संस्करणमा उनले लगातार आठ दिभिज्योँ १ फिमिनिन उपाधि, पाँच कुप द फँस फामिनिन, तीन युइएफए महिला च्याम्पियन्स लिगका उपाधिहरू हात पार्नमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन्। उनी सन् २०१२– १३ र सन् २०१४-१५ दिभिज्योँ १ फिमिनिन संस्करणकी शीर्ष गोलकर्ता पनि हुन्। सन् २०१३ मा, उनी पहिलो विदेशी युएनएफपी खेलाडी बन्न सफल भएकी थिइन्। सन् २०१६ मा, उनी स्विडेनी फुटबल क्लब रोजनगार्ड फुटबल क्लबमा फर्किँदै, लियोँलाई फ्रान्सेली क्लबको हालसम्मकै किर्तिमानी गोलकर्ता जस्तो महत्त्वपूर्ण उपलब्धि हासिल गरेकी थिइन्। उनले २२५ उपस्थितिमा २२५ गोल गरेर उक्त किर्तिमानी कायम गरेकी थिइन्। उनले वर्षको उत्कृष्ट स्विडेनी खेलाडीको रूपमा दिमान्तबोलान पुरस्कार थापेकी थिइन्। उनलाई लगातार ४ पटक (सन् २०११ देखि २०१४ सम्म) उक्त पुरस्कारद्वारा सम्मानित गरिएको थिइन्।[१०][११]

सन् २०१८ अगस्टमा, रुसेनगोद फुटबल क्लबका लागि खेल्दा लागेको चोटपटकले गर्दा उनको टाउको र घाँटीमा समस्या आएको भन्द‌ै उनले अवकाश लिएको घोषणा गरेकी थिइन्।

प्रारम्भिक जीवन सम्पादन गर्नुहोस्

सिलिनको जन्म स्विडेनको राजधानी स्टकहोममा २७ फेब्रुअरी १९८४ मा भएको थियो, उनी दुई वर्षको हुँदा उनको परिवार राजधानीबाट टाढा बसाइसराई गरेका थिए।[१२] उनी योहतेबोर्य बाहिरको सहर कअलहरेदमा हुर्किएकी थिइन् र उनकी जेठी दिदी क्यामिल्लासँगै कअलहरेद एसकेका लागि फुटबल खेल्न थालेकी थिइन्।[१३] उनले त्यसपछि विभिन्न स्थानीय क्लबहरूका लागि पनि खेलेकी थिइन्। सिलिनले फुटबललाई रोज्नु भन्दा अगाडि उनी टेबल टेनिस र स्नोबोर्डिङ लगायतका खेलहरूमा पनि निपुण थिइन्।[१४] किशोरावस्थामा, उनको मेरुदण्डमा विभिन्न प्रकारकम समस्या उत्पन्न भएका कारण उनलाई खेलबाट टाढा रहन सल्लाह दिइएको थियो। [१५] १७ वर्षको समयमा सिलिन, गहन शक्ति प्रशिक्षणको माध्यम हुँदै खेल जीवनमा फर्किएकी थिइन्। उनले आफ्नी दिदी र पूर्व टोलीकी साथी क्यामिला र टिना नोर्दलान्दलाई उनको लागि खेल जीवनमा महत्त्वपूर्ण भएको श्रेय दिन्छिन्।[१६]

क्लब कार्यकाल सम्पादन गर्नुहोस्

योहतेबोर्य फुटबल क्लब सम्पादन गर्नुहोस्

सन् २००१ मा, १७ वर्षको हुँदा सिलिनले दमल्सेभेन्स्कनमा लान्दभेटर फुटबल क्लब (हाल योहतेबोर्य) मा खेल्दै आफ्नो खेल यात्राको प्रारम्भ गरेकी थिइन्।[१७] क्लबसँगको पहिलो संस्करणमा उनले १९ उपस्थितिमा ८ गोल गरेकी थिइन्। [१८] अगस्ट २००२ मा चोटपटक पछि, उनी लगभग डेढ वर्ष लिगबाट बाहिरिएकी थिइन् र जुन २००३ उनी पुन: लिगमा फर्किएकी थिइन्।[१९] सन् २००४ मा सिलिन योहतेबोर्यका लागि १५ वटा खेलमा १४ गोल गर्दै वर्षको उत्कृष्ट उदयीमान खेलाडी घोषित भएकी थिइन्।[२०] सन् २००६ मा, सिलिनले २१ लिग खेलहरूमा २१ गोल ​​गरेकी थिइन्। [२१] उक्त संस्करणको अन्त्यसम्ममा, उनी वर्षको उत्कृष्ट अग्रपङ्क्ति खेलाडी , वर्षको उत्कृष्ट खेलाडी र शीर्ष गोलकर्ताको रूपमा सम्मानित भएकी थिइन्। [२२] उनलाई सन् २००६ को फिफाको उत्कृष्ट खेलाडीको रूपमा नामाङ्कित गरिएको थियो र स्विडेनका प्रशिक्षकहरूले उनलाई आधिकारीहरूको खेल व्यवहारको लागि विशेष पुरस्कारका साथ मान्यता प्रदान दिएका थिए।[२३] सन् २००७ मा, उनले लिगमा २६ गोल गर्दै आफ्नो शीर्ष गोलकर्ताको उपाधि कायम गरेकी थिइन्।[२४] युम्या आइके र लिङ्सपिङ एफसी सहित दमलसेभेन्स्कन क्लबहरूको लगातार रुचिका कारण पनि सिलेनले उनको गृहनगरको टोलीमा बस्ने निर्णय गरेकी थिइन्।[२५] उनी अन्ततः योयतेबोर्यसँग १२० भन्दा बढी लिग खेलमा खेलेकी थिइन्, जसले उनलाई क्लबको सबैभन्दा प्रमुख खेलाडीहरूको रूपमा स्थापित गरेको थियो।[२६]

लियोँ सम्पादन गर्नुहोस्

 
सन् २०१३ मा लियोँसँग खेल्दै, सिलिन

नयाँ ढाँचामा सञ्चालित हुने संयुक्त राज्य अमेरिकामा आधारित एक नयाँ फुटबल लिग, महिला व्यवसायीक फुटबल लिगको सुरुवात पछि, सिलिनले उनी लिगमा खेल्न इच्छुक रहेको बताएकी थिइन्।[२७] यद्यपि, सन् २००८ को ग्रीष्मकालीन ओलम्पिक पछि, सिलिनले उनी अमेरिकी व्यवसायीक महिला फुटबल लिगको सट्टामा फ्रान्समा रहेको दिभिज्योँ १ फिमिनिन क्लब ओलाँपिक ल्योँमा सम्मिलित हुने घोषण गरेकी थिइन्।[२८] उनको सम्झौतामा हस्ताक्षर गरेपछि, योहतेबोर्य - पोस्तनले, सिलिनले प्रति वर्ष १० लाख भन्दा बढी स्विडेनी क्रोना कमाई गर्ने बताएको थियो।[२९] ल्योँ एक राम्रो संसाधन भएको क्लब भएता पनि दिभिज्योँ १ फिमिनिनको समग्र स्तर दमल्सेभेन्स्कन भन्दा धेरै कमजोर मानिएका कारण, उनको फ्रान्समा स्थानान्तरणलाई लिएर स्विडेनमा आलोचना गरिएको थियो।[३०] २४ सेप्टेम्बर २००८ मा, सन् २००८ को डब्ल्यूपिएस अन्तर्राष्ट्रिय स्थानान्तरणमा, सिलिनको अमेरिकी स्थानान्तरण अधिकारलाई सेन्ट लुइस एथलेटिकाले लिएको थियो।[३१] ल्योँसँग उसको सम्झौताको प्राथमिक कारण बताउँदै, उनले डब्लुपीएसमा सम्मिलित हुने अवसरलाई अस्वीकार गरेकी थिइन्। सेन्ट लुइसले उनको सट्टामा स्वदेशी सरा लारसनलाई हस्ताक्षर गरेको थियो।[१७][३२]

सिलिन खराब अवस्थामा लियोँमा आएकी थिइन्।[३३] योहतेबोर्यसँगको सन् २००८ को संस्करणमा उनको तिघ्रामा चोटपटक लागेको थियो भने सन् २००८ को ओलम्पिक खेलमा उनी टाउको र पेट दुखाईद्वारा ग्रसित थिइन्।[३४] उनले प्रशिक्षक फरीद बेन्स्टिटीलाई उक्त दुखाईको बाबजुद पनि अग्रपङ्क्तिको भूमिकाका खेल्ने जानकारी दिएकी थिइन् र उनले भनाईलाई प्रशिक्षकले उनलाई गोल गर्नका लागि क्लबमा भित्राएको प्रतिक्रिया दिएका थिए।[२६] ब्राजिलकी केति सिलाइन तेक्सीरासँगै उनले ल्योँको लागि उत्कृष्ट प्रदर्शन गरेकी थिइन् जसले गर्दा क्लबले उसको दिभिज्योँ १ फिमिनिन उपाधि रक्षा गर्दै सन् २००८-०९ युइएफए महिला च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको थियो जसमा टोली फाइनल खेलमा एफसिआर २००१ डुइसबर्गसँग पराजित हुन पुगेको थियो।[३५] अर्को संस्करणमा, सिलिन चोटपटकबाट ग्रसित भएकी थिइन् र लियोँ सन् २०१० युइएफए महिला च्याम्पियन लिगको फाइनल खेलमा टर्बाइन पोस्ट्सडामसँग पराजित भएको थियो। [३६] सन् २०११ को युइएफए महिला च्याम्पियन्स लिगको फाइनलमा सिलिन खेलमा उत्कृष्ट प्रदर्शन गरेकी थिइन्।[३७] लियोँले क्रेभन कटेज रङ्गशालामा टर्बाइन पोट्सडमलाई २-० ले हराउँदै पहिलो अन्तर महादेशीय उपाधि सुरक्षित गर्न सफल हुँदै अघिल्लो वर्षको पराजयको बदला लिएको थियो। उनले ल्योँको फाइनलको यात्रामा ९ वटा गोल गरेकी थिइन् जसमा दुईवटा उनले सेमिफाइनलमा गरेकी थिइन्। ल्योनले सन् २०११-१२ को दिभिज्योँ १ फिमिनिन उपाधि हात पारेको थियो भने क्लबले, म्युनिख रङ्गशालामा भएको सन् २०१२ को युइएफए महिला च्याम्पियन्स लिगको फाइनलमा फ्राङ्कफर्ट माथि २-० को गोल दर्ता गर्दै उपाधि चुमेको थियो। सन् २०१२-१३ मा सिलिनले दिभिज्योँ १ फिमिनिनमा उत्कृष्ट प्रदर्शन गर्दै, १६ उपस्थितिमा २४ वटा गोल गरेकी थिइन्। [३८] उनलाई पहिलो पटक वर्षको उत्कृष्ट फ्रान्सेली खेलाडीको रूपमा पुरस्कृत गरिएको थियो। तथापि, क्लबले लगातार तेस्रो पटक युइएफए महिला च्याम्पियन्स लिगको उपाधि जित्न भने असमर्थ रहँदै उल्फ्सबर्गसँग १-० ले पराजित भएको थियो।[३९] मे २०१३ मा उनले ल्योनसँग ३ वर्षको सम्झौतामा हस्ताक्षर गरेकी थिइन् जसमा उनको पारिश्रमिक वर्षको २० लाख कोरोना भएको बताइएको थियो।[४०]

सन् २०१३-१३ को दिभिज्योँ १ फिमिनिनको संस्करणमा, सिलिनको १२ गोलको सानदार योगदानले गर्दा क्लबले लिग उपाधि जितेको थियो।[४१] तथापि, क्लब च्याम्पियन्स लिगको १६ को चरणमा प्रतिद्वन्द्वी टर्बाइन फोस्ट्सडामसँग पराजित भएको थियो। उनले १६ नोभेम्बर २०१४ मा रोडेजको बिरुद्ध ७-० को फराकिलो जीतमा ल्योँको १००० औँ दिभिज्योँ १ फिमिनिम गोलमा उनको नाम दर्ता गर्न सफल भएकी थिइन्। सोही खेलको उनको दोस्रो गोलमा, लियोँको सर्वाधिक गोलकर्ता सानन्द्रिन ब्रुटिग्नीसँग उनले आफ्नो अङ्क बराबरी गरेकी थिइन्। [४२] सन् २०१४-१४ को संस्करणमा, २१ खेलमा ३४ गोल सहित उनी दिभिज्योँ १ फेमिनिनको शीर्ष गोलकर्ता बनेकी थिइन्। यद्यपि, ल्योन फ्रान्सको प्रतिद्वन्द्वी पारी साँ जेरमासँग च्याम्पियन्स लिगको १६ चरणमा उक्त क्लबसँग पराजित हुँदै बाहिरिएको थियो।

सन् २०१५-१६ को अर्को सफल संस्करणको अन्त्यतिर, ल्योँले घोषणा सिलिन उनको सम्झौता अनुसार क्लब छोड्ने घोषण गरेको थियो। उनको क्लबको लागि अन्तिम खेल सन् २०१६ युइएफए महिला च्याम्पियन लिगको फाइनलमा रहेको थियो जसमा उनले उल्फ्सबर्गलाई पेनाल्टी सुटआउट मार्फत हराउन सफल भएकी थिइन्।[४३] ल्योनको साथ सिलिनसँग लगातार आठ दिभिज्योँ १ फेमिनिन उपाधि, पाँच कप र तीन च्याम्पियन्स लीग जित्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन्। [४४][४५] उनले २२५ उपस्थितिमा २२५ गोल गर्दै टोलीको सबै समयको सर्वाधिक गोलकर्ताको रूपमा किर्तिमानी कायम गरेकी थिइन्। युइएफए महिला च्याम्पियन्स लिगमा ल्योनका लागि सिलिनको ४१ गोलले प्रतिस्पर्धाको सबै समयको शीर्ष गोलहरूको सूचीमा चौथो स्थानमा आउन सफल भएको थियो।[४६]

रुसेनगोद सम्पादन गर्नुहोस्

८ जुन २०१६ मा, सिलिनलाई स्विडेन विजेता रुसेनगोद फुटबल क्लबको खेलाडीको रूपमा प्रस्तुत गरिएको थियो।[४७][४८] योहतेबोर्य फुटबल क्लब च्याम्पियन्स लिग फुटबलको प्रस्ताव गर्न असमर्थ भएका कारण उनले पुन: उक्त क्लबमा सामेल हुने प्रस्तावलाई अस्वीकार गरेकी थिइन्।[४९][५०] सिलिनले रुसेनगोदमा खेल अपेक्षा भन्दा थोरै अगाडि खेलेकी थिइन्। उनले घाइते नतासा एन्दोनोभाको स्थानमा जर्जगर्डेन्सको विरूद्धमा प्रदापण गरेकी थिइन्।[५१][५२] सिलिनले उक्त खेलको ९० औँ मिनेटमा गोल गर्दै टोलीलाई २-२ को बराबरीमा ल्याएकी थिइन्।[५३][५४]

अन्तर्राष्ट्रिय कार्यकाल सम्पादन गर्नुहोस्

मार्च २००४ मा सिलिनले स्विडेनी २१ वर्ष मुनिका टोलीको लागि आफ्नो पहिलो खेलमा दुईवटा सानदार गोल गर्न सफल भएकी थिइन् जसमा टोलीले डब्लिनमा, आयरल्यान्ड महिला राष्ट्रिय फुटबल टोलीलाई ६-० ले पराजित गरेको थियो।[५५] उनले पहिला स्विडेनको १६ वर्ष मुनिका टोलीका लागि छ वटा प्रदर्शनमा तीन गोल र १८ वर्ष मुनिका टोलीका लागि सात उपस्थितिमा दुई गोल गरेकी थिइन्।[५६]

 
अप्रिल २०१३ मा सिलिन

सिलिनले १६ मार्च २००४ मा, वरिष्ठ राष्ट्रिय टोलीमा पर्दापण गरेकी थिइन् जसमा टोली अल्गार्भे कपमा फ्रान्ससँग ३-० ले पराजित भएको थियो।[५७] चीनको बिरूद्ध पाँचौं स्थानको लागि भएको खेलमा, सिलिनले १-१ को बराबरी पछि स्विडेनका लागि पेनाल्टी सुटआउटद्वारा भएको जितमा गोल गरेकोमा उनलाई प्रशंसा गरिएको थियो।[५८] उनलाई फ्लुद्वारा ग्रसित सारा जोहान्सनको सट्टामा टोलीमा बोलाइएको थियो। सिलिनले आफ्नो स्थान कायम राख्दै सन् २००४ मा, एथेन्समा भएको ग्रीष्मकालिन ओलम्पिकमा स्विडेनको प्रतिनिधित्व गरेकी थिइन्।[५६] यस अवधिमा, सिलिनले विभिन्न प्रकारका चोटपटक भोगेकी थिइन् जसले गर्दा उनले आरामको आवश्यकता परेको थियो।[४४] उनलाई उत्तर पश्चिम इङ्ल्यान्डमा युइएफए महिला यूरो २००६ का लागि प्रशिक्षक मारिका डोमेन्स्की-लाइफोर्सले चयन गरेका थिए।[५९] उनी दोस्रो हाफमा विकल्पको रूपमा प्रवेश गरेकी थिइन् तथापि गोल गर्न भने उनी चुकेकी थिइन्। सोही सेमिफाइनलको खेलमा स्विडेन अतिरिक्त समयमा नर्वेसँग ३-२ गोल अन्तरले पराजित भएको थियो। [६०] एल्गर्भे कपको सन् २००६ को संस्करणमा सिलिन एक प्रमुख खेलाडीको रूपमा रहेकी थिइन्। उक्त प्रतियोगितामा स्विडेनले तेस्रो स्थान प्राप्त गरेको थियो।[६१] उनले फ्रान्सको विरुद्ध कांस्य पदक जीतमा एक मात्र गोल गरेकी थिइन। चोटपटकको समस्याहरूलाई पार गरेपछि, सिलिनलाई देशको सर्वश्रेष्ठ महिला फुटबल खेलाडीको रूपमा हिराको बलबाट सम्मानित गरिएको थियो। [६२] सोही वर्ष, उनी दमल्सेभेन्स्कानमा वर्षको उत्कृष्ट अग्रपङ्क्तिकी खेलाडीको रूपमा नामकरण गरिएको थियो। सिलिनको सफलताले उनलाई उनको देशको मूलधारमा ल्याएको थियो र स्विडेनको तर्फबाट सन् २००७ मा फिफा महिला विश्वकपमा सहभागी हुनका लागि उनलाई छनोट गरिएको थियो।[६३]

चीनमा भएको विश्वकपमा, सिलिनले तीन खेलमा दुई गोल गरेकी थिइन् (एक सुरुवातमा) तर स्विडेन अप्रत्याशित रूपमा उनीहरूको समूहबाट प्रगति गर्न भने असफल भएको थियो। [६४] उक्त असफलता पछि केही अनुभवी खेलाडीहरूले सन्यास लिएका थिए र प्रशिक्षक थोमस डेन्नरबीले सिलिन र अन्य युवा खेलाडीहरूलाई टोलीमा बढी महत्त्वपूर्ण भूमिका प्रदान गरेका थिए। [६५] सन् २००८ मा चीनमा भएको ओलम्पिकको लागि उनले चार खेलमा तीन गोल गर्न सफल भएकी थिइन् तर स्विडेनीले क्वाटरफाइनलमा जर्मनीसँग २-० गोल अन्तरले पराजित भएको थियो।[६६]

सिलिनले स्विडेनलाई सन् २०११ फिफा महिला विश्वकपमा जर्मनीमा कांस्य पदक प्राप्त गर्न सहयोग पुर्‍याएकी थिइन्।[६७] फ्रान्कफर्टमा भएको स्विडेनका लागि सेमीफाइनल खेलमा जापानलाई टोलीले उनको सहयोगमा ३-१ ले पराजित गरेको थियो। स्विडेनले फ्रान्सलाई २-१ गोल अन्तरले पराजित गर्दै तेस्रो स्थान प्राप्त गरेको थियो जसमा उनले प्रतियोगिताको दोस्रो गोल गरेकी थिइन्।[६८] उक्त तेस्रो स्थानले सन् २०१२ लन्डनमा ओलम्पिक फुटबल प्रतियोगिताको लागि स्विडेनको योग्यता पनि सुनिश्चित गरेको थियो। डेनरबीले सिलिनलाई लन्डनका ओलम्पिकका लागि टोलीमा नियुक्त गरेका थिए जहाँ टोली क्वार्टर फाइनलमा फ्रान्ससँग पराजित हुन पुगेको थियो। उक्त प्रतियोगितामा सिलिनले चार खेलमा दुई पटक गोल गरेकी थिइन्।[६९]

अक्टोबर २०१२ मा, नयाँ राष्ट्रिय टोलीकी प्रशिक्षक पिया सुन्धागेले सिलिन र क्यारोलिन सेगेरले कप्तानको जिम्मेवारी साझेदारी गर्ने निर्णय लिएकी थिइन्। सुन्धगेले सिलिनलाई युइएफए महिला यूरो २०१३ का लागि टोलीमा नामकरण गरेकी थिइन् जसलाई स्विडेनले आयोजना गरेको थियो। सिलिन पाँच गोलका साथ प्रतियोगिताको शीर्ष गोलकर्ताको रूपमा रहेकी थिइन् तर सेमिफाइनलमा स्विडेनलाई जर्मनीले १-० ले हराएको थियो। उनले स्वीस रेफरी एस्थर स्टौब्लीको निर्णयको आलोचना गरेकी थिइन् जसले जर्मनीकी मध्यपङ्क्तिकी खेलाडी अन्नाइक क्राहनको लागि अत्यन्तै शंकास्पद फलको लागि उनको बराबरी गोललाई अस्वीकार गरेका थिए। अक्टोबर २०१४ मा जर्मनीको विरूद्ध सिलिनको गोल स्विडेनको लागि उनको ७३ औँ गोल थियो जसले हन्ना जुङबर्गले पहिला बनाएको राष्ट्रिय कीर्तिमानीलाई भङ्ग गरेको थियो।[५५]

सिलिन सन् २०१५ फिफा महिला विश्वकपमा लगातार घुँडाको दुखाईद्वारा पीडित भएकी थिइन्।उक्त खेलमा नाइजेरियाले ३-१ को गोल अन्तरलाई ३-३ को बराबरीमा ल्याएका कारण, उनले स्विडेनको सुरुवाती खेलमा उनी नाइजेरियाको रक्षापङ्क्तिफाई कुनैपनि प्रभाव पार्न सकेकी थिइनन्। दोस्रो चरणको खेलमा टोली जर्मनीसँग ४-१ गोल अन्तरले पराजित भएको थियो।[७०] उक्त खेलमा स्विडेनकी गोलरक्षक हेदभिग लिन्दालले खेलमा अव्यवस्थित भएको टोलीका लागि अत्यन्त लज्जास्पद हार हुनबाट बचाउनका धेरै प्रहारलाई बचाएकी थिइन्।

१६५ उपस्थितिमा ८४ गोलको साथ, सिलिन सन् २०१६ ग्रीष्मकालीन ओलम्पिकका लागि स्विडेनको खेलाडीहरू मध्ये सबैभन्दा अनुभवी सदस्यको रूपमा रहेकी थिइन्। टोली दोस्रो खेलमा आयोजक ब्राजिलसँग ५-१ को भारी गोल अन्तरका साथ पराजित हुन पुगेको थियो जसमा सिलिनले ढिलो सान्त्वना गोल गर्दै निराश भएका खेलाडीहरूको हौसला बढाउने प्रयास गरेकी थिइन्।[७१] संयुक्त राज्य अमेरिकाको बिरुद्ध क्वार्टर फाइनलमा, कप्तान सिलिनको अतिरिक्त समय गोल अफसाइडका कारण मान्य भएको थिएन र खेल १-१ को बराबरीमा टुङ्गिएको थियो। उनले स्विडेनको पेनाल्टी सुटआउट उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई जिताएकी थिइन्। जर्मनीसँग २-१ गोल अन्तरले पराजित भएको टोलीले रजत पदक जितेको थियो।[७२]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ "खेलाडीहरूको सूची – २०१५ फिफा महिला विश्वकप", Fédération Internationale de Football Association, अन्तिम पहुँच २४ जुन २०१५ 
  2. "Profile", Svenska Fotbollförbundet (स्विडेनीमा), अन्तिम पहुँच २५ जुन २०१५ 
  3. ३.० ३.१ ३.२ ३.३ ३.४ ३.५ Caps and Goals वेब्याक मेसिन अभिलेखिकरण २०१९-०४-०५ मिति
  4. "Lotta Eva Schelin". Ratsit.se. Läst 2 september 2018
  5. Radiosporten/TT (2012-05-17): "Schelins Lyon tog ny tung titel". Sverigesradion.se. Läst 19 maj 2013.
  6. SVT Sport/video लोत्ता सिलिन
  7. Lundqvist, Anders (३० अप्रिल २००५), "Prisad Schelin liknas vid Zlatan", Dagens Nyheter, अन्तिम पहुँच १९ juli २०११ 
  8. "Heta Stolen - Lotta Schelin". वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-३० मिति Grundenbois.com. Läst 19 maj 2013.
  9. Holm, Stefan (2001-05-25): "Här stormar en ny generation fram". Aftonbladet.se. Läst 19 maj 2013.
  10. Mats Bråstedt (३० अगस्ट २०१८), "Lotta Schelin avslutar karriären" (स्विडेनीमा), Expressen, अन्तिम पहुँच ३० अगस्ट २०१८ 
  11. "Swedish legend Lotta Schelin announces retirement due to ongoing pain", ३० अगस्ट २०१८, अन्तिम पहुँच ३० अगस्ट २०१८ 
  12. Littorin, Jens (३० जुन २०१३), "Lotta Schelin på mammas gata" (स्विडेनीमा), Dagens Nyheter, अन्तिम पहुँच २० अगस्ट २०१६ 
  13. Bråstedt, Mats (१४ सेप्टेम्बर २०१४), "Jag får se till att slå rekordet på onsdag" (स्विडेनीमा), Expressen, अन्तिम पहुँच २० अगस्ट २०१६ 
  14. Fleischmann, Björn (१० फेब्रुअरी २००५), "Göteborgs stora stjärnspelare stannar kvar på hemmaplan!", svenskdamfotboll.se (स्विडेनीमा), Svensk Damfotboll, मूलबाट २५ मे २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ सेप्टेम्बर २०११ 
  15. Jennifer Wegerup (२ जुन २००५), "Hon skulle sluta – som 15-åring", AftonBladet.se (स्विडेनीमा), अन्तिम पहुँच ११ सेप्टेम्बर २०११ 
  16. Larsson, Roger (३० अप्रिल २००२), "Lotta Schelin", Kopparbergs/Göteborg FC, मूलबाट २८ फेब्रुअरी २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ अगस्ट २०१६  वेब्याक मेसिन अभिलेखिकरण २८ फेब्रुअरी २००७ मिति
  17. १७.० १७.१ Bråstedt, Mats/Schelin, Lotta (2013-05-18): "Storstjärnans nya miljonlön"/"Lotta Schelin om de fem klubbarna i karriären". GT/Sporten. Läst 19 maj 2013.
  18. "Dam: Lotta Schelin i världslaget!", Svenska Fotbollförbundet, २६ januari २००७, अन्तिम पहुँच १९ juli २०११ 
  19. "Diamantbollen", svenskfotboll.se, Svenska Fotbollförbundet, मूलबाट १७ डिसेम्बर २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ juli २०११ 
  20. Flinck, Johan (६ सेप्टेम्बर २००७), "Damernas Beckham", Aftonbladet, अन्तिम पहुँच १९ juli २०११ 
  21. "8. Lotta Schelin", Kopparbergs/Göteborg FC, मूलबाट १६ जनवरी २००६-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ अगस्ट २०१६  वेब्याक मेसिन अभिलेखिकरण १ डिसेम्बर २००८ मिति
  22. "Lotta Schelin", Sports Illustrated, अन्तिम पहुँच ११ सेप्टेम्बर २०११ 
  23. "Schelin snällast enligt domarna" (स्विडेनीमा), Sveriges Television, २९ सेप्टेम्बर २००६, अन्तिम पहुँच १४ अगस्ट २०१६ 
  24. Lieberum, Volker (२६ नोभेम्बर २००६), "Lotta, die mit dem Ball tanzt" (जर्मनेलीमा), FanSoccer.de, अन्तिम पहुँच १४ अगस्ट २०१६ 
  25. Frennstedt, Thorsten, "Skytteliga 2007", स्विडेनी फुटबल सङ्घ, अन्तिम पहुँच २० अगस्ट २०१६ 
  26. २६.० २६.१ Aher, Agathe (१८ जुन २०१५), "Lotta Schelin : " Je veux toujours être au top "" (फ्रान्सेलीमा), Le Libéro Lyon, अन्तिम पहुँच २० अगस्ट २०१६ 
  27. "(Pressmeddelande)", Kopparbergs/Göteborgs FC, २१ augusti २००८, मूलबाट ११ डिसेम्बर २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ juli २०११ 
  28. "Lotta Schelin i Lyon 2010", SVT, ३१ augusti २००८, अन्तिम पहुँच १९ juli २०११ 
  29. "Schelins Champ L-revansch". वेब्याक मेसिन अभिलेखिकरण २०११-०५-२८ मिति SVT.se, 2011-05-27. Läst 10 januari 2012.
  30. Saffer, Paul: "Lyon leave challengers reeling". Uefa.com. Läst 19 maj 2013.
  31. Saffer, Paul (2013-05-23/2013-05-24): "Müller helps Wolfsburg end Lyon reign". Uefa.com. Läst 24 maj 2013.
  32. "Olympique Lyonnais (Women)". Uefa.com. Läst 19 maj 2013. (अङ्ग्रेजीमा)
  33. "Tyskland vann - Schelin historisk målskytt" (svenskaमा), SVT Sport, २९ oktober २०१४, अन्तिम पहुँच २९ oktober २०१४ 
  34. Skogh, Karin (२१ अगस्ट २००८), "Lotta Schelin klar för Lyon" (स्विडेनीमा), Expressen, अन्तिम पहुँच २० अगस्ट २०१६ 
  35. Natri, Mikko (२५ सेप्टेम्बर २००८), "Schelin draftad av Los Angeles" (स्विडेनीमा), Göteborgs-Posten, अन्तिम पहुँच २० अगस्ट २०१६ 
  36. "WPS transactions", Women's Professional Soccer, २५ नोभेम्बर २००८, मूलबाट १८ डिसेम्बर २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच २० अगस्ट २०१६  वेब्याक मेसिन अभिलेखिकरण १८ डिसेम्बर २००८ मिति
  37. Bretzer, Ralph (५ सेप्टेम्बर २००८), "Schelin tvingas vänta på debuten" (स्विडेनीमा), Skånska Dagbladet, अन्तिम पहुँच २० अगस्ट २०१६ 
  38. Lindmark, Stig (२२ अप्रिल २०१०), "Lotta Schelin skadad på träning" (स्विडेनीमा), स्विडेनी फुटबल सङ्घ, अन्तिम पहुँच २० अगस्ट २०१६ 
  39. "Lyon's Schelin seeks second chance against Potsdam", युइएफए, २३ मे २०११, अन्तिम पहुँच २० अगस्ट २०१६ 
  40. Skiöld, Henrik (२३ मे २०१३), "Schelin kan ta historisk trippel" (स्विडेनीमा), Dagens Nyheter, अन्तिम पहुँच २० अगस्ट २०१६ 
  41. Bråstedt, Mats (१८ मे २०१३), "Lotta Schelins nya miljonkontrakt i Lyon" (स्विडेनीमा), Expressen, अन्तिम पहुँच २० अगस्ट २०१६ 
  42. Marteau, Stephane (८ सेप्टेम्बर २०१४), "OL: Lotta Schelin débute sa saison sur un coup de cent" (फ्रान्सेलीमा), 20 minutes (France), अन्तिम पहुँच २० अगस्ट २०१६ 
  43. Cordes, Annika (१७ नोभेम्बर २०१४), "Snart kan Schelin vara historisk – igen" (स्विडेनीमा), Göteborgs-Posten, अन्तिम पहुँच २० अगस्ट २०१६ 
  44. ४४.० ४४.१ Turner, Georgina (१६ जुन २००५), "Gulbrandsen goals set up Germany date", The Guardian, अन्तिम पहुँच १४ अगस्ट २०१६ 
  45. Feuillet, Maxime (२६ मे २०१६), "Lotta Schelin, les adieux à la reine" (फ्रान्सेलीमा), So Foot, अन्तिम पहुँच २० अगस्ट २०१६ 
  46. Saffer, Paul (२७ मे २०१६), "Final hero Hegerberg finishes top scorer", युइएफए, अन्तिम पहुँच २० अगस्ट २०१६ 
  47. "Med Schelin ska Rosengård överraska Europa", sydsvenskan.se, ८ juni २०१६, अन्तिम पहुँच १६ juli २०१६ 
  48. Selby, Ola (१६ जुलाई २०१६), "Schelins sena mål räddade Rosengård" (स्विडेनीमा), Skånska Dagbladet, अन्तिम पहुँच १४ अगस्ट २०१६ 
  49. "Schelin poängräddare i debuten: "Hade varit roligare med tre poäng"", fotbollskanalen.se, १६ juli २०१६, अन्तिम पहुँच १६ juli २०१६ 
  50. "Damallsvenskan Matchinformation: FC Rosengård mot Djurgårdens IF FF 2016-07-16 (2-2)", svenskfotboll.se, अन्तिम पहुँच १६ juli २०१६ 
  51. Mats Bråstedt (३० augusti २०१८), "Jag får tro på det läkarna har berättat" (स्विडेनीमा), Expressen, अन्तिम पहुँच ३० augusti २०१८ 
  52. Alexander, Piauger; Bråstedt, Mats (७ जुन २०१६), "Göteborg FC: Därför nobbade Lotta Schelin" (स्विडेनीमा), Expressen, अन्तिम पहुँच २० अगस्ट २०१६ 
  53. "Lotta Schelin slutar – berättar öppet om ett år fyllt av smärta: ”Då var det godnatt”", Aftonbladet, Bergström, Kristoffer, २०१८-०८-३०, अन्तिम पहुँच २०१९-०७-०२ 
  54. ???, "Lotta Schelin till FCR: "Jag är jättemotiverad"", sydsvenskan.se, अन्तिम पहुँच ८ जुन २०१६ 
  55. ५५.० ५५.१ "Svår uppgift att nominera Brasilientrupp" [Difficult task to nominate squad for Brazil] (स्विडेनीमा), स्विडेनी फुटबल सङ्घ, २८ जुन २०१६, अन्तिम पहुँच २९ जुन २०१६ 
  56. ५६.० ५६.१ "U21 dam: Storseger mot Irland" (स्विडेनीमा), स्विडेनी फुटबल सङ्घ, १३ मार्च २००४, अन्तिम पहुँच १४ अगस्ट २०१६ 
  57. "Athletes > Lotta Schelin > Bio", NBC Universal, मूलबाट २३ मार्च २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ सेप्टेम्बर २०११ 
  58. "Debutanten Lotta Schelin iskall i straffrysaren avgjorde matchen för Sverige" (स्विडेनीमा), Aftonbladet, २१ मार्च २००४, अन्तिम पहुँच २० अगस्ट २०१६ 
  59. Markusson, Lars (१३ नोभेम्बर २००६), "Lotta Schelin vann Diamantbollen" (स्विडेनीमा), Dagens Nyheter, अन्तिम पहुँच २० अगस्ट २०१६ 
  60. Molinaro, John F. (१५ जुन २०११), "Caroline Seger part of Sweden's new generation", CBC Sports, अन्तिम पहुँच १८ मे २०१४ 
  61. "Women's Olympic Football Tournament London 2012 – List of Players Sweden", फिफा, २४ जुलाई २०१२, अन्तिम पहुँच २५ मे २०१३ 
  62. Thorén, Petra (२४ जुलाई २०१३), "Schelin: 5 Tyskland: 4" (स्विडेनीमा), Aftonbladet, अन्तिम पहुँच १४ अगस्ट २०१६, "Alla som såg oss då vet att vi var ett mycket mer defensivt balanserat lag och visst var jag isolerad ibland." 
  63. "Seger och Schelin nya lagkaptener" (Swedishमा), स्विडेनी फुटबल सङ्घ, २१ अक्टोबर २०१२, अन्तिम पहुँच १८ मे २०१४ 
  64. "Sjögran och Hjohlman i Sundhages EM-trupp" (स्विडेनीमा), स्विडेनी फुटबल सङ्घ, २५ जुन २०१३, अन्तिम पहुँच २५ जुन २०१३ 
  65. Hasselgren, Fredrik (२८ जुलाई २०१३), "Lotta Schelin EM:s bästa skytt" (स्विडेनीमा), Damfotboll.com, अन्तिम पहुँच १४ अगस्ट २०१६ [dead link]
  66. Bergström, Kristoffer (२४ जुलाई २०१३), "Ullevi exploderade – förgäves" (स्विडेनीमा), Aftonbladet, अन्तिम पहुँच १४ अगस्ट २०१६ 
  67. Dutt, Sujay (२९ अक्टोबर २०१४), "Sjögran reaches 200 in Sweden loss to Germany", स्तोकहोल्म: युइएफए, अन्तिम पहुँच १ नोभेम्बर २०१४ 
  68. Hays, Graham (११ जुन २०१५), "Why The Time Is Now for Swedish Superstar Lotta Schelin", इएसपिएन, अन्तिम पहुँच १४ अगस्ट २०१६ 
  69. "VM över för Sverige" (स्विडेनीमा), स्विडेनी फुटबल सङ्घ, २० जुन २०१५, अन्तिम पहुँच ४ अक्टोबर २०१५ 
  70. "Schelin sharing her experience", फिफा, ७ अगस्ट २०१६, अन्तिम पहुँच १४ अगस्ट २०१६ 
  71. Landén, Petter (१२ अगस्ट २०१६), "Här blir Schelin blåst på ett svenskt 2–1 mål" (स्विडेनीमा), Expressen, अन्तिम पहुँच १४ अगस्ट २०१६ 
  72. Wallberg, Maria; Hellmark, Ellen (२० अगस्ट २०१६), "Lotta Schelin: "Det är otroligt stort"" (स्विडेनीमा), Sveriges Television, अन्तिम पहुँच २० अगस्ट २०१६ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्