फ्रान्सेली राज्यक्रान्ति

फ्रान्सेली राज्यक्रान्ति (फ्रान्सेली: Révolution française [ʁevɔlysjɔ̃ fʁɑ̃sɛːz]) रेभोलुस्योँ फ्रँसेस ; सन् १७८९-१७९९) फ्रान्सको इतिहासको राजनैतिक र सामाजिक उथल-पुथल तथा आमूल परिवर्तनको अवधि थियो। नेपोलियन बोनापार्टले फ्रान्सेली साम्राज्यको विस्तारद्वारा केही अंशसम्म यस क्रान्तिलाई अघि बढाएका थिए। क्रान्तिको फलस्वरूप राजालाई गद्दीबाट हटाई गणतन्त्रको स्थापना भएको थियो। यस क्रान्तिले आधुनिक इतिहासको दिशा परिवर्तन गरिदिएको थियो। यसबाट विश्वभर निरपेक्ष राजतन्त्रमा ह्रास आउन सुरु भएको थियो।[१] इतिहासकारहरूले यो क्रान्तिलाई मानव इतिहासको सबैभन्दा महत्त्वपूर्ण घटना मान्दै आएका छन्।[२][३][४]

फ्रान्सेली राज्यक्रान्ति
को भाग
बास्तिल कब्जा, १४ जुलाई १७८९
मिति१७८९ मे ५ - १७९९ नोभेम्बर ९
(१० वर्ष , ६ महिना र ४ दिन )
स्थान फ्रान्स
परिणाम
  • फ्रान्सेली राजतन्त्रको अन्त्य
  • प्रजातान्त्रिक र धर्म निरपेक्ष गणराज्यको स्थापना
  • अधिनायकवादी तथा सैन्यवादी शासनको सुरुवात
  • नेपोलियनको उदय

क्रान्ति पछिको तीन वर्ष सत्ता कब्जाका लागि गरिएका पहलहरू निकै सङ्घर्षपूर्ण भएको थियो। अस्ट्रिया, बेलायत र प्रसिया जस्ता बाहिरी शक्तिहरूले यस क्रान्तिलाई खतराको रूपमा हेरेकाले अप्रिल १७९२ मा फ्रान्सेली क्रान्तिकारी युद्ध सुरु भएको थियो। लुई सह्रौको शासन अन्त्य गरी २२ सेप्टेम्बर १७९२ मा पहिलो फ्रान्सेली गणतन्त्रको स्थापना भएपछि सन् १७९३ को जनवरीमा राजालाई मृत्युदण्ड दिइएको थियो। जुन महिनामा भएको पेरिस विद्रोहले संसदमा अधिपत्य जमाएका जिरोन्दलाई माक्सिमिलियेँ रबस्पियरको नेतृत्वमा रहेको सुरक्षा निकायले विस्थापित गरेको थियो।

यस क्रान्तिले विश्वव्यापी रूपमा गणतन्त्र र प्रजातन्त्रको उदयको गतिलाई तीब्रता दिनुका साथै यो क्रान्ति थुप्रै आधुनिक राजनैतिक विचारधाराको विकासको केन्द्रिय बिन्दु बनेको थियो। यसले उदारवाद, पुरातनवाद, राष्ट्रवाद, धर्म निरपेक्षता र अन्य धेरै राजनैतिक आदर्शहरूको विस्तारको लागि दिशानिर्देश गरेको थियो। यो क्रान्ति फ्रान्सका जनता र स्रोतहरूलाई एकक्रित गर्दै राष्ट्रिय सुरक्षाको लक्ष्य तर्फ केन्दृत गरी पूर्ण युद्धको उदयको साक्षी समेत बनेको थियो।[५]

पृष्ठभुमि सम्पादन गर्नुहोस्

 
लुइस सोह्रौ, जो १७७४ मा गद्दीमा आए।

फ्रान्समा धेरै पहिलेदेखि निरंकुस शासन चलेको थियो। फ्रान्समा लुई चौधौँ योग्य भए पनि उनका छोरा लुई पन्धौं योग्य थिएनन्। लुई चौधौँको मृत्युपछि सन् १७१५ मा ५ वर्षको उमेरमा लुई पन्धौं गद्दिमा बसेका थिए। उनी अयोग्य, विलासी र अदुरदर्शी थिए। सन् १७७४ मा उनको मृत्यु भएपछी उनका छोरा लुई सोह्रौ २० वर्षको उमेरमा गद्दिमा बसे। यी सबै राजाहरु निरंकुस भएकाले जनताहरु राजनीतिक, सामाजिक, आर्थिक आदि रूपमा शोषित थिए।

क्रान्तिको पूर्व सन्ध्यामा लुई १६ औँ (१७७४-९३)को शासन थियो। उनी एक अकर्मण्य र अयोग्य शासक थिए। उनले पनि स्वेच्छाचारित र निरंकुशताको गरे प्रदर्शन गरे। उनको भनाइ थियो कि "यो चीज यसकारण कानूनी हो किनभने म नै यो चाहन्छु।" आफ्नो एक मन्त्रीले राजिनामा दिदा उनले भनेका थिए कि-सायद! म पनि राजीनामा दिन पाए। उनी माथी उसकी पत्नी मेरी एन्टोनिएट को अत्यधिक प्रभाव थियो। रानी फिजूलखर्ची थिइन्। उनलाई सर्वसाधारण जनताको समस्याको कुनै ज्ञान थिएन। एक पटक जब मानिसहरूको जुलूस रोटीको माग गरिरहेका थिए तब उनले सल्लाह दिएका थिए कि-" यदि रोटी उपलब्ध छैन भने केक किन खादैनौ?" [६]

सन् १७८९ मा फ्रान्समा निरंकुस शासन व्यबस्थालाई समाप्त गर्न ठुलो क्रान्ति भयो। उक्त क्रान्तिलाई फ्रान्सेली राज्यक्रान्ति भनिन्छ।

कारणहरू सम्पादन गर्नुहोस्

फ्रान्सेली क्रान्तिको कारणहरु निकै जटिल छन् र अझै पनि इतिहासकाहरूमा बहसको विषय बन्ने गरेको छ । सात वर्षे युद्धअमेरिकी स्वतन्त्रता युद्ध पश्चात,[७] फ्रान्सेली सरकार नराम्रोसँग ऋणमा डुबेको थियो। सरकारले आर्थिक अवस्थ सुधार्न अलोकपि्रय कर नियम ल्यायो, जसले गरिब माथी भारी करको दर र धनी माथी करको दर कम हुन्थ्यो। सन् १७८६ को औद्यौगिक संकट र सन् १७८७ र १७८८ मा देशैभरि खडेरी पर्न गई अन्न उत्पादनमा कमी भएको कारणले फ्रान्स भरी नै आर्थिक मन्दी आउनु फ्रान्सेली राज्य क्रान्तिका लागि उर्वर वातावरण बन्दै गएको थियो । थोमस जेफर्सनले घोषणा गरेका थिए:"हाम्रो अमेरिकी क्रान्तिले फ्रान्सलाई जगाएको थियो ।"[८]

राजनीतिक कारण सम्पादन गर्नुहोस्

  • फ्रान्समा धेरै पहिलेदेखि निरंकुस एबम् स्वेच्छाचारी शासन चलेको थियो । शासकहरू जनहितका काम गर्न छाडीसकेकाले जनताले ठुलो दुख पाएका थिए। उनीहरूलाई कुनै राजनीतिक अधिकार थिएन।
  • त्यस समयको फ्रान्सको संसदलाई इस्टेट जनरल भनिन्थ्यो तर विगत १७५ वर्षआघि ( सन् १६१४ - १७८९ ) सम्म यसको बैठक नबोलाई राजाहरूले मनोमानी एबम स्वेच्छाचारी शासन चलाईरहेका थिए ।
  • राजाका आसेपासे तथा दरबारी ऐसआराम तथा भोगबिलाशमा व्यस्त रहने भएकाले जनताको भलाईमा ध्यान दिदैनथे।
  • जनतालाई कुनै राजनीतिक अधिकार थिएन | कुनै पनि व्यक्तिलाई एक आज्ञापत्र (letter de-cachet) द्वारा कैद गर्न सकिन्थ्यो।

देशको शासन पद्धति पुर्ण रूपले नोकरशाही माथि निर्भर थियो। जो वंशानुगत थियो। जसको भर्ती तथा प्रशिक्षणको कुनै नियम थिएन र यी नोकरशाही माथि नियन्त्रण गर्ने कुनै संस्थाको व्यवस्था नै थिएन। यस प्रकार शासन प्रणाली पुरै भ्रष्ट, निरंकुश, निष्क्रिय र शोषणकारी थियो। व्यक्तिगत कानून र राजाको इच्छा नै कानून लागू हुन्थ्यो। फलतः देशमा एक समान कानून संहिताको अभाव तथा विभिन्न क्षेत्रमा विभिन्न कानून प्रचलित थिए। यस अव्यवस्थित र जटिल कानूनको कारण जनतालाई आफ्नै कानूनको ज्ञान थिएन। यस अव्यवस्थित निरंकुश तथा संवेदनहीन शासन तन्त्रको अस्तित्व जनताको लागि कष्टदायी बन्यो। यी उत्पीडक राजनीतिक परिस्थितिहरूले क्रान्तिको मार्ग प्रशस्त गर्‍यो। फ्रान्सको अराजकपूर्ण स्थिति बारे मा भनिन्थ्यो कि "खराब व्यवस्थाको त कुनै प्रश्न नै थिएन, वास्तवमा कुनै व्यवस्था नै थिएन।"

सामाजिक कारण सम्पादन गर्नुहोस्

 
साधारण वर्ग; कुलीन वर्ग र उच्च पादरी वर्गको चित्रण

फ्रान्सको समाज मूलतः सुबिधा प्राप्त वर्ग र सुबिधा अप्राप्त वर्गमा विभाजित थियो । सुविधा प्राप्त वर्गमा कुलीन तथा पादरीहरु र सुबिधा अप्राप्त वर्गमा मध्यमवर्ग, बौद्दिक वर्ग कालिगढ, व्यापारी, किसान तथा मजदुरवर्ग पर्दथे । पादरी तथा कुलीन वर्ग सबै किसिमका सुविधाबाट नजिक थिए। उनीहरूको सामाजिक स्तर उच्च ठानिन्थ्यो। भने अन्य वर्गलाई तल्लो स्तरको ठानेर उनीहरूलाई कुनै पदमा नियुक्ति गरिदैनथ्यो।[६]

पादरी तथा कुलीन वर्ग विशेष सुबिधा उपयोग गर्दथे भने सर्वसाधारणमध्ये किसान तथा मजदूरको अवस्था एकदमै गुज्रेको थियो । स्वतन्त्र किसानको जग्गा जमिन हुन्थ्यो। यी किसानले अनेकानेक कर तिर्नु पर्दथ्यो भने अर्धदासले जागिरदारको खेतमा काम गर्नु पर्थ्यो भने स्वतन्त्र किसानले नगद तिर्नु पर्थ्यो। पादरी र कुलीन वर्ग करबाट मुक्त थिए ।[६]

  • प्रथम स्टेट: पादरी वर्ग प्रथम स्टेट सदस्य भनिन्थे । चर्चको आफ्नो बेग्लै सरकार थियो । यसको आफ्नै सङ्गठन, न्यायलय थियो र आफ्नै आर्थिक स्रोत थियो। चर्चको उच्च पदमा कुलीन वंशको व्यक्ती नियुक्त हुन्थे र आम्दानी भोगविलास जीवन बिताउथे। साधारण पादरी दोश्रो श्रेणीका थिए। यिनीहरू इमानदार हुन्थे तर यिनीहरूको अवस्था भने एकदमै नाजुक थियो। यिनीहरूको अवस्था साधारण वर्गको जस्तो थियो। उच्च पादरीको भोग विलासपूर्ण जीवन देखेर यिनीहरू रिसले आगो हुन्थे। यिनीहरू सुधारवादी र आन्दोलनप्रती समेत जागरुक थिए। फ्रान्समा क्रान्ति हुँदा यिनीहरू अग्रमोर्चामा देखा परे।[६]
  • द्वितीय वर्ग: कुलीनवर्ग जो विशेषाधिकार सम्पन्न थियो, यसलाई फ्रान्समा दोश्रो स्टेट भनिन्थ्यो। यिनीहरूलाई मेरा मालिक (My Lord) र अन्न दाता (Your Grace) भनेर सम्बोधन गरिन्थ्यो। राजदरबारमा यिनीहरू भेला भैरहन्थे र राज्यको प्रमुख ठाँउमा यिनीहरूको नै पहुँच थियो । इङ्ल्याण्डको जस्तो जेठो छोराले मात्र कुलीन पद पाउने नभएर फ्रान्समा कुलीनका सबै सन्तान कुलीन हुन्थे। यो वर्गले आफ्नो सम्पत्ति जाँड-रक्सी, जुवा तास र भोगविलासमा सकेको थियो र धेरै कुलीन गरीब भएका थिए तर बित्थाको अधिकार प्राप्त गरेको हुनाले साधारण वर्ग यिनीहरू देखि सन्तुष्ट थिएनन्। फ्रान्समा क्रान्ति हुँदा यिनीहरू प्रती कसैले सहानुभूति देखाएनन्।[६]
  • तृतीय स्टेट : तृतीय स्टेटमा जनसाधारण वर्गसँग संबद्ध थिए जसलाई कुनै विशेषाधिकार प्राप्त थिए। यसमा मध्यम वर्ग किसान, मजदूर, शिल्पी, व्यापारी र बुद्धिजीवी मानिस थिए। यस वर्गमा पनि भारी असमानता थियो। यी सबै वर्गको आ आफ्नो समस्याहरू थिए। किसानको संख्या सर्वाधिक थियो र यीनको अवस्था निम्न र दयनीय थियो। किसानले राज्य, चर्च तथा अन्य जमीदारहरूलाई अनेक प्रकारको कर दिनु पर्थ्यो। र सामन्ती अत्याचारीलाई सहनु बाहेक अर्को बाटो थिएन। एक दृष्टिबाट किसानको असन्तोषको मुख्य कारण सामन्तद्वारा दिइने कष्ट एवं असुविधा थिए र राजतन् यसमा चुप्पी साधे हुए था। यस प्रकार किसान यति दुःखी थिए कि उनीहरू स्वयं नै एक क्रान्तिकारी तत्वको रूपमा परिणत भए र उनीहरूले क्रान्ति गर्नको लागि मात्र एक झिल्को को आवश्यकता थियो।[६]

मध्यम वर्ग (बुर्जुआ)मा साहुकार व्यापारी, शिक्षक, वकील, डॉक्टर, लेखक, कलाकार, कर्मचारी आदि सम्मिलित थिए। उनकी आर्थिक अवस्था अवश्य ठीक थियो तर पनि उनीहरू तत्कालीन राजनीतिक, सामाजिक र आर्थिक परिस्थिति प्रति आक्रोशित थिए। यस वर्गलाई कुनै राजनीतिक अधिकार प्राप्त थिएन र पादरी र कुलीन वर्गको व्यवहार उनीहरू प्रति राम्रो थिएन। यस कारण मध्यमवर्ग कुलीन को सामाजिक श्रेष्ठतालाई घृणा गर्थे र राजनीतिक व्यवस्थामा परिवर्तन गरेर आफ्नो अधिकार प्राप्त गर्न इच्छुक थिए। यही कारण फ्रान्सको क्रान्ति मा उनीहरूको मुख्य योगदान रह्यो र यसै वर्गले क्रान्तिको नेतृत्व गर्‍यो। मध्यवर्गको केहि आर्थिक उजुरी पनि थिए। पूर्वको वाणिज्य व्यापारको कारण यस वर्गले धनसम्पत्ति अर्जिन गरेका थिए तर सामन्ती वातावरण मा उनीहरूको व्यापारमा धेरै प्रकारको प्रतिबन्ध लागेको थियो र ठाउँ ठाँउ चुंगी कर/ घुस दिनु पर्थ्यो। उनीहरू आफ्नो व्यापार व्यवसायको लागि उन्मुक्त वातावरण चाहन्थे। यसको लागि उनीहरूले क्रान्तिको नेतृत्व गरे।[६]


यस प्रकार यो भन्न सकिन्छ कि फ्रान्सको क्रान्ति फ्रान्सेली समाजको दुई परस्पर विरोधी गुटको सङ्घर्षको परिणाम थियो। एक तर्फ राजनीतिक दृष्टिकोणबाट प्रभावशाली र अर्को तर्फ आर्थिक दृष्टिकोणबाट प्रभावशाली वर्ग थिए। देशको राजनीति र सरकारमाथि प्रभुत्व कायम गर्नको लागि यी दुई सङ्घर्ष अनिवार्य थियो। यस प्रकार १७८९ को फ्रान्सेली क्रान्ति, फ्रान्सेली समाजमा असमानताको विरूद्धको सङ्घर्ष थियो।

आर्थिक कारण सम्पादन गर्नुहोस्

सन् १७७४ मा लुइ १६ औँ आर्थिक सङ्कटको माझ फ्रान्सको गद्दी सम्हाले। राज्यमा चरम घाटाको बजेट थियो र टाट पल्टने अवस्थामा पुगेको थियो। [९] यसको कारण भनेको फ्रान्सको सप्तवर्षीय युद्ध र पछि अमेरिकी स्वतन्त्रता सङ्ग्राम मा सहभागी हुनु थियो जुन फ्रान्सलाई निकै महङ्गो पर्न गयो।[१०] वस्तुतः फ्रान्सको राजपरिवारको फजुलखर्च र लुइस १४औं को लगातार युद्धमा सामेल हुने नीतिको कारणले शाही कोष खाली भएको थियो। उनको मृत्यु पछि लुइस १५औं ले अष्ट्रियाको उत्तराधिकार युद्ध एवं सप्तवर्षीय युद्धमा भाग लिए जसबाट राज्यकोष माथिको बोझ झनै बढ्यो र लुइस १६औं ले अमेरिकी स्वतन्त्रता युद्धमा भाग लिएपछि फ्रान्सको आर्थिक अवस्था झनै जर्जर बन्यो।[६]

सम्राट, साम्राज्ञी र उनका परिवारमाथि राज्यको अत्यधिक धनराशी खर्च गरिन्थ्यो। भर्साइल राजदरबार राजकोषको लुटपाटको साधन बनिरहेको थियो। अर्को तर्फ कर प्रणाली असन्तोषजनक थियो। विशेषाधिकारको कारण सम्पन्न वर्ग करबाट मुक्त थुए भने गरिब किसान जो आर्थिक दृष्टिले विपन्न थिए, एकमात्र करदाता उनीहरू थिए। यसप्रकार राजकोषको स्थिति अत्यन्त दयनीय भएको थियो। सरकार फ्रान्समा आय अनुसार व्याव निश्चित गर्नुको साटो व्यवको अनुसार आय निर्धारण गर्थ्यो। मे १७७६ मा, अर्थमन्त्री टुर्गोटलाई हटाइयो, र नेकरलाई, विदेशी,लाई आर्थिक जनरल बनाइयो। उनलाई आधिकारिक मन्त्री बनाउन मिल्दैनथ्यो किनभने उनी एक प्रोटेस्टेन्ट थिए।[११]


फ्रान्सेली राज्यक्रान्ति हुनुमा फ्रान्सको जर्जर हुँदै गइरहेको आर्थिक कारण पनि थियो। मुलुक ऋणको भारले थिचिएको थियो। प्रत्येक वर्षको बजेट कैयौँ करोड घाटा भइ रहेको थियो। यो घाटा पूर्तिको लागि केवल दुईवटा उपाय थिए, नयाँ ऋण लिने या जनतामाथी थप कर लगाउने। सरकारलाई ॠण दिन जनताले पत्याउन छोडिसकेका थिए भने जनताहरू पहिला नै करको बोझले यसरी थिचिएका थिए कि नयाँ कर तिर्ने उनीहरूमा कुनै शक्ति थिएन।[६]

फ्रान्सको राज्य क्रान्ति हुनु अघि केही अर्थमन्त्रीले फ्रान्सको अर्थतन्त्र सुधारको विभिन्न प्रयास गरेका थिए, जस्तो टुर्गोट, नेकर, केलोन आदि । टुर्गोटले भू-स्वामीलाई पनि समान करको दायरामा ल्याउन चाहे तर सामन्तले यिनको विरोध गरेर रानीसँग यिनलाई हटाउन विन्ती गरे। राजा लुई सोर्हौं रानीको कुरा टाल्न सक्दैनथे परिणाम टुर्गोटलाई राजाले पदबाट हटाए। यिनी पछि नेकर नयाँ अर्थमन्त्री बने। यिनको जोड खर्च कम गर्ने कुरामा थियो। यिनले देशको आर्थिक अवस्था जनतामा प्रस्तुत गरे जसले गर्दा देशको आर्थिक अवस्था कती बिध्न नाजुक रहेछ भनेर पहिलो पटक जनताले थाहा पाए। यिनका खर्च कम गर्ने नीतिबाट खर्चालु र विलासी रानी एन्टोनिएट प्रसन्न भइनन्। राजालाई दबाब दिएर नेकरलाई पदबाट हटाउन लगाइन्। [६]

दार्शनिकको भूमिका सम्पादन गर्नुहोस्

फ्रान्सेली राज्यक्रान्तिमा दार्शनिकहरूको भूमिकाको सन्दर्भमा दुई मत अगाडि आउँछ -एक, दार्शनिकहरूले क्रान्तिको परिस्थितिहरूको सिर्जना गरेर क्रान्ति उत्पन्न गरे र दोश्रो क्रान्तिको स्रोत त्यस समयको राष्ट्रिय जीवनको दोषमा तथा सरकारको भूलमा थियो र दार्शनिकहरूले क्रान्ति उत्पन्न गरेका थिएनन् ।

मन्टेस्क्यु सम्पादन गर्नुहोस्

मन्टेस्क्यु (१६८९-१७५५ ई .) ले आफ्नो पुस्तक 'द स्पिरिट अफ लज' (The Spirit of Laws ) मा राजाको दैवी अधिकारको सिद्धान्तको खण्डन गरे र फ्रान्सेली राजनीतिक संस्थाको आलोचना गरे र त्यसको विकल्प पनि प्रस्तुत गरे। उनले "फ्रान्सेली सरकार निरकुंश सरकार छ किनकी फ्रान्समा कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका सबै शक्ति एकै व्यक्ति अर्थात् राजाको हातमा केन्द्रित छ ; त्यसकारण फ्रान्सका जनतालाई स्वतन्त्रता प्राप्त भएको छैन। " यसै सन्दर्भ मा उनले “शक्तिको पृथकीकरण ” को सिद्धान्त दिए जस अनुसार शासनको तीन प्रमुख अंग-कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका को अधिकार अलग-अलग हातमा हुनु पर्ने विचार राखेका थिए। उनले इंग्ल्याण्ड सरकारलाई आदर्श बताए[६] किनकी त्यहां संवैधानिक राजतन्त्र थियो जसमा त्यहां नागरिकलाई स्वतन्त्रता थियो। यस प्रकार मन्टेस्क्युले शक्तिको पृथकीकरणको माध्यमबाट फ्रान्सको निरंकुश राजव्यवस्था माथि प्रहार गरे। उसको यो विचार यती लोकप्रिय भयो कि 'द स्पिरिट अफ लज'को तीन वर्षमा छ संस्करण प्रकाशित भयो।

भोल्टेयर सम्पादन गर्नुहोस्

भोल्टेयर ( १६९४ - १७७८ ई .) ले आफ्नो पुस्तक, "लेटर्स अन द इंगलिश" आदि, को माध्यमबाट ब्रिटेनमा प्रचलित उदार राजनीति, धर्म र विचारको स्वतन्त्रताको चित्रण गरे तथा पुरातन फ्रान्सेली व्यवस्थासँग तुलना गरे र फ्रान्समा व्याप्त बिकृती एवं कमजोरीको उल्लेख गरे। प्रतिबन्धित हुनुको बाबजुद यो पुस्तक बहुत लोकप्रिय भएको थियो । भोल्टेयरले चर्चको भ्रष्ट अचारण, असहिष्णुता, अन्याय, दमन र अत्याचारको विरोधमा लेखे । चर्चको भ्रष्टता माथी औंला उठाउदै उनले लेखे "अब कोही पनि ईसाइलाई बचाउन सकिदैन किनकी एक मात्र ईसाई थिए र उसलाई पनि सुलीमा चढाइयो।" उनले थप लेखे "कुख्यात एवं बदनाम चीजलाई खुट्टाले धसिदियौँ।" यो स्पष्ट रूपमा फ्रान्सको निरंकुश राजतन्त्र एवं चर्चको अत्याचारमाथि प्रहार थियो। भोल्टेयर इंग्ल्याण्डको संवैधानिक राजतन्त्रको अनुरूप फ्रान्समा पनि त्यसै अनुसारको शासन स्थापित गर्न चाहन्थे। उनले भनेका थिए "म सयौँ मुसाको स्थानमा एक सिंहको शासन मन पराउँछु ।" भोल्टेयरले क्रान्तिको कुरा गरेनन् तर वैचारिक स्वतन्त्रताको पृष्ठभूमि तयार गरे। उनले उच्च पादरीको विलासी जीवनको सक्दो विरोध र निन्दा गर्‍। अन्याय, शोषण, अत्याचारको, असमानता, अन्धविश्वासको विरोध गर्दा जेल पनि परे।[६]

रूसो सम्पादन गर्नुहोस्

 
जिन ज्याक्स रुसो

रूसोले आफ्नो पुस्तक “एमिली”, “सोशल कन्ट्रयाक्ट” र “रूसोनी”को माध्यमद्वारा मनुष्यको स्वतन्त्रताको कुरा उठाए। उनको भनाइ थियो कि "मनुष्य स्वतन्त्र जन्मन्छ र सर्वत्र जन्जिरमा बाधिन्छ। यी जन्जिरबाट मुक्ति पाउनको लागि एक मात्र तरिका छ कि हामी प्राकृतिक आदिम अवस्था व्यवस्थामा फर्कौ। रूसोले बताए की कि सामूहिक इच्छाबाट बनेको राज्यको यो अनिवार्य तथा सार्वभौम कर्तव्य हो कि यो सम्पूर्ण समाजको सर्वोपरि मान्य हुने कार्य संचालित गरोस्। जो जसलाई कार्यपालिका शक्ति सुम्पिएको छ; उनीहरू जनताको स्वामी होईनन्, उनको कार्यकारी हो र उनका कर्तव्य जनताको आज्ञाको पालन गर्नु हो।" यस प्रकार उसलाई दृढ विश्वास थियो कि सर्वोपरि सत्ता जनताको हातमा हुन आवश्यक छ, कुनै एक व्यक्ति वा संस्थाको हातमा होईन। सार्वभौम सत्ता जनताको इच्छामा निहित हुन्छ जसलाई “जन इच्छा” (General Wills ) भनियो ।

रूसोले क्रान्तिको कुरा गरेका थिएनन् तर सबै व्यक्तिलाई स्वतन्त्र एवं समान माने र क्रान्तिको "स्वतन्त्रता, समानता र बन्धुत्व" नारा उनको विचारबाट नै प्रभावित थियो। नेपोलियनले उनको महत्त्वको स्वीकार गर्दै भनेका छन् कि "यदि रूसो नभएका भए फ्रान्समा क्रान्ति हुँदैनथयो। रूसोको "सोसल कन्ट्र्याक्ट" को लोकप्रियता को अनुमान यस कुराबाट लगाउन सकिन्छ कि एक वर्षमा यसको १३ संस्करण प्रकाशित भएको थियो।

दिदेरो सम्पादन गर्नुहोस्

दिदेरो आफ्नो वाक्शक्ती र लेखनशक्तिको कारण प्रसिद्ध मानिन्छन्। यिनले सम्पादन गरेको इन्साइक्लोपेडियामा दासप्रथा, शासनको भ्रष्टता, निरंकुश शासन, सामन्तप्रथा, समाजका विभिन्न वर्ग तथा फौजदारी कानुन बारे लेखिएको थियो जुन पुस्तक फ्रान्समा बहुत रुचाइयो।[६]

क्वेस्ने सम्पादन गर्नुहोस्

क्वेस्ने अर्थशास्त्री थिए । यिनी फ्रान्सको तत्कालीन अर्थ व्यवस्था परिवर्तन चाहन्थे ।

हेलिभेरास सम्पादन गर्नुहोस्

घटना क्रम सम्पादन गर्नुहोस्

सङ्कट सम्पादन गर्नुहोस्

फ्रान्सको इतिहासमा नै सबैभन्दा संकट सन् १७८६ को औद्यौगिक संकट र सन् १७८७ र १७८८ मा देशैभरि खडेरी पर्न गई अन्न उत्पादनमा कमी भएको कारणले फ्रान्स भरी नै आर्थिक मन्दी आउनु फ्रान्सेली राज्य क्रान्तिका लागि उर्वर वातावरण बन्दै गएको थियो । अनिकाल र मूल्य वृद्धिका कारण सर्वसाधारण जनता संकटग्रस्त जीवन विताउन वाध्य हुनु नै उक्त क्रान्तिका लागि महत्त्वपूर्ण आधार बन्यो ।

स्टेट जनरलका कुलिन वर्ग, पुरोहित वर्गहरू पनि सामान्य जनताका प्रतिनिधि जस्तै राजतन्त्र विरुद्ध आक्रोसित बन्दै जानु नै राजतन्त्रको अवशान हुने अर्को मुख्य कारण थियो । अर्कोतर्फ सामान्य जनताको प्रतिनिधि भने पूरै आक्रोशित थिए । लुई सोह्रौले करिव १ सय ५० वर्ष पश्चात बढ्दो आर्थिक संकट समाधान गर्नको लागि भर्साइल स्टेट जनरलको बैठक बोलाउन वाध्य भए ।[१२]

स्टेट जनरल बैठक सम्पादन गर्नुहोस्

 
भर्साइलमा स्टेट जनरल बैठक ५ मे १७८९

स्टेट जनरलको स्थापना राजा फिलिपद्वारा सन् १३०४ मा भएको थियो । सन् १६१४ सम्म यसको अधिवेशन नियमित जस्तो भइरहेको थियो, तर १७५ वर्षदेखी भने कुनै अधिवेशन भएको थिएन । निर्वाचन १७८९ को बसन्त ऋतुमा भयो। साधारण वर्गको लागि मतदानको योग्यता भनेको फ्रान्समा जन्मेको वा वंशज नागरिक पुरुष; उमेर २५ वर्ष वा सो भन्दा बढी, जो मतदान हुने स्थानमा बसोबास गरेको र कर तिर्ने गरेको थिए। स्टेट जनरलमा कुलीन वर्गका २९१, उच्च पादरी वर्गका ३०३ र साधारण वर्गका ६१० गरी १२०१ प्रतिनिधि थिए । साधारण वर्गको प्रतिनिधित्व दोब्बर गरी ६१० पुर्याइएको थियो जसले ९५ % जनसंख्याको प्रतिनिधित्व गर्दथ्यो; ती मध्ये आधा सुशिक्षित वकिल तथा स्थानीय अधिकारी थिए; करिब एक तिहाइ उद्योग व्यापार व्यवसाय मा सम्बद्ध थिए भने ५१ जना धनी जमिनदारहरू थिए । [१३][१४]

स्टेट जनरलमा तीन सदनहरु थिए जसमा कुलीन वर्ग, उच्च पादरी वर्ग र साधारण वर्ग थिए । हरेक सदन बराबर एक मत मान्ने गरिन्थ्यो र जुनसुकै प्रस्ताव दुई मत भएपछी पारित हुन्थ्यो तर यहाँ साधारण वर्गले जनताको भलाईको लागि लिएर जाने जुनसुकै प्रस्ताव पनि कुलीन वर्ग र उच्च पादरी वर्ग मिलेर त्यसलाई असफल पारिदिन्थे।[६]

राजाले भर्साइल स्टेट जनरलका ३ वटै तप्का कुलिन वर्ग, पुरोहित वर्ग र सामान्य जनाताका प्रतिनिधीहरूसँग "राष्ट्रको आर्थिक संकटको समाधान गर्ने उपाय खोज्न चाहन्थे। उनको उक्त भर्साइल स्टेट जनरलका बैठकमा प्रस्तावित एजेण्डाहरु मध्यको प्रमुख एजेण्डा राष्ट्रमाथिको बढेको ऋणलाई कसरी चुक्ता गर्ने ? र अर्थ व्यवस्था कसरी सुदृढ गर्ने ?" भन्ने थियो।

उक्त वैठकमा सामान्य जनताका प्रतिनिधिहरु नै लगभग एघार सयको संख्यामा भएकाले उक्त आर्थिक संकटका विरुद्ध, राजा विरुद्ध बढी नै आक्रोशित भए। सामान्य जनताका वकिल र वुद्धिजीवी प्रतिनिधिहरूले राजाका विरुद्ध विभिन्न आरोप लगाउँदै जनताका आवाज उठाएका थिए। ४ मे १७८९ मा सुरु भएको स्टेट जनरलको बैठकमा लगभग २ महिना बहस भएको थियो ।

यो अधिवेशन नै क्रान्तिको आमन्त्रण भयो ।

साधारण वर्गका प्रतिनिधिले स्टेट्स जनरलका सम्पूर्ण प्रतिनिधिको बैठक बेग्ला बेग्लै नगरी संयुक्त रूपमा एकै सभा भवनमा गरिनु पर्ने र संयुक्त प्रतिनिधिको बहुमतद्वारा कुनै पनि निर्णय पारित गर्नु पर्ने कुरामा जोड दिए किनकी यसले मान्यता पाउनासाथ स्टेट्स् जनरलमा उनीहरूको बहुमत हुने थियो। यसको खतरा प्रथम र द्वितीय वर्गका कुलीन र पादरी वर्गलाई राम्रोसँगले थाहा थियो, त्यसैले उनीहरूले यो कुराको कडा विरोध गरे । र पहिला झैं तीन सदनमा दुई सदनको मत पाएर प्रस्ताव पास गर्ने कुरामा जोड दिन थाले । लगभग महिना दिन सम्म यसको बारेमा छलफल भयो )। जून ३ मा पादरीवर्गका तीन सदस्य साधारण वर्गमा मिल्न गए र साधरण वर्गका प्रतिनिधिहरूले १७ जून १७८९ मा राष्ट्रिय सभा (National Assembly)को निर्माण गर्ने घोषणा गरे । जुन अत्याधिक मतले पास भयो । उनीहरूको राष्ट्रिय सभाको स्थापना गरेर फ्रान्समा सुधारका कार्यक्रम ल्याउने घोषणा भयो।[६]

टेनिस कोर्टको सपथ सम्पादन गर्नुहोस्

 
टेनिस कोर्टको हलमा सपथ (ज्याक्स- लुइस डेभिडद्वारा चित्रित)

सामान्य जनताका प्रतिनिधिहरूले लगभग ९६ प्रतिशत स्थान ओगटेकोले जनताको एजेण्डालाई बहुमतद्धारा पारित गर्न चाहन्थे ।

२० जूनमा राष्ट्रिय सभाका सदस्यहरू बैठक गर्नको लागि सभा भवन तिर गए तर त्यहाँ ढोकामा ताल्चा लगाइएको थियो र सिपाहीहरू पहरा दिइरहेका थिए। त्यो सभा गर्न नदिने योजनाको परिणाम थियो। सभाघर नजिकै टेनिसकोर्ट थियो। सामान्य जनताका निस्काशित प्रतिनिधिहरूले एउटा टेनिस कोर्टको हलमा बैठक सञ्चालन गर्न वाध्य भए। साधारण वर्गका ५७७ जना मध्ये ५७६ सदस्य त्यहाँ उपस्थित थिए। बेलीको अध्यक्षतामा त्यहाँ एउटा सभा भयो र मोनियरले एउटा सपथको प्रस्ताव राखे।


उक्त बैठकमा फ्रान्सको आर्थिक, सामाजिक र राजनीतिक क्रान्ति गरी नयाँ संविधान जारी नगरेसम्म पछि नहट्ने सपथ खाए।[१५] सामान्य जनताका प्रतिनिधिहरूको क्रान्तिकारी निर्णय थाहा पाएपछि लुई १६ औँ राजाले उनीहरू विरुद्ध कडा कारवाही गर्ने चुनौतिपूर्ण धम्की दिए। त्यसको बदलामा सामान्य जनताका प्रतिनिधिहरूले राजालाई त्यस्तै धम्की दिँदै भने कि “संगिनको धारबाट सक्छौ भने हामीलाई हटाउ” । उक्त धम्की पछि लुई सोह्रौ डराए।

अब राजाको केहि उपाय चलेन र उनले राष्ट्रिय सभालाई मान्यता प्रदान गरे र सबै वर्गका प्रतिनिधिहरु मिलेर कुनै पनि निर्णय बहुमतले गर्ने घोषणा गरे। राष्ट्रिय सभाले मान्यता पाएपछी साधारण वर्गका प्रतिनिधिको शक्ति बढ्यो किनकी उनीहरू बहुमतमा थिए।  

अर्थमन्त्री नेकरको बर्खास्त सम्पादन गर्नुहोस्

 
प्रधानमन्त्री / अर्थमन्त्री नेकर

यसपछि साधारण वर्गका प्रतिनिधिहरूले राष्ट्रिय सभामा प्रस्ताव पास गरेर विशेषाधिकार खत्तम पार्ने र उनीहरूमाथी पनि कर लगाउने योजना गर्न थाले । यो योजना बुझेपछी विशेषाधिकार वर्गका प्रतिनिधिहरूले रानी एन्टोनिएट, राजाका भाइ काउण्ट आर्तोसद्वारा राजालाई दबाब दिएर राष्ट्रिय सभा भङ्ग गर्ने र क्रान्तिकारीलाई दमन गर्न विदेशी सैनिकको सहयोग लिने कुरामा सहमत गराए । राजाले पनि जुलाई १७८९ मा पेरिस र भर्साइलमा स्वीस र प्रसियन सेना सैनिक डफ्फा तैनाथ गराए । राजाको यो कदमको विरोध गर्दै साधारण वर्गका राष्ट्रिय सभाका प्रतिनिधिले विदेशी सैनिक हटाउन अनुरोध गरे । तर उनीहरूको कुराको सुनुवाई हुनु त कता हो कता कुलीन र पादरीलाई पनि करको दायरामा ल्याएर राज्यको अर्थव्यवस्था ठीक पार्नुपर्छ भन्ने अर्थमन्त्री नेकरलाई पदबाट हटाए ।

लुई सोह्रौले आफ्नो प्रधानमन्त्री नेकरलाई ती सामान्य जनताका प्रतिनिधिहरु विरुद्ध कारवाही गर्नु भनी आदेश दिए । राजाको आदेश नेकरले कार्यान्वयन गर्न नसकेपछि उनलाई मन्त्रीवाट नै बर्खास्त गरेका थिए ।[१६]

सङ्घर्ष सम्पादन गर्नुहोस्

पेरिसमा जनविद्रोह सम्पादन गर्नुहोस्

पेरिसमा भोका नाङ्गा मानिसहरू सहित विशाल जनसमूहको भीड जम्मा भएको थियो । सर्वसाधारण प्रति सहानुभूति राख्दै विशेषाधिकारवालालाई पनि समान करको दायरामा ल्याउन चाहाने अर्थमन्त्री नेकरलाई राजाले पदच्यूत गरेको समाचार पुगेपछी पेरिसमा रहेको जनसूहमा उत्तेजना फैलियो ।

१२ जुलाई १७८९ मा पेरिसको एउटा सरकारी बगैंचामा भेला भएको भीडलाई एक पत्रिका सम्पादक कोमाइलले चिच्याउदै -"छिटो गरौं भाइ हो, अब एक क्षण पनि नष्ट गर्नु हुन्न । राजाले हाम्रा प्रिय अर्थमन्त्री नेकरलाई पदच्यूत गरे । उनको यो पदच्यूत देशभक्तहरूको लागि खतराको घण्टी हो । अब जर्मन तथा स्वीस सैनिकहरूले हामीलाई मार्नेछन् । अब हामी सँग एउटामात्र बाटो छ, त्यो हो हतियार उठाउनु । अब हामी हतियार उठाउँ । हतियारबाट सुसज्जित भएर मात्र हामी आफ्नो र आफ्ना प्रतिनिधिको रक्षा गर्न सक्दछौं । "

यो भाषणले भीड झनै उत्तेजित भयो। मानिसहरु नारा लगाएर कुलीन र पादरीका घरमा पसेर लुटपाट गर्दै र हतियार भेला पार्दै पेरिसका सडकमा घुम्न थाले। १८ जुलाई सम्ममा यो भीडले २ तोप, ३२,००० बन्दुक ५२००० भाला र अरु थुप्रै स-साना हतियार भेला पार्यो ।[१७]

बेस्टाइल कब्जा सम्पादन गर्नुहोस्

 
बेस्टाइल किल्ला कब्जा गर्ने क्रममा झडप

यसपछी हतियार भेला गर्ने भोक जागेको यो भीड १४ जुलाईमा बेस्टाइलको किल्लातिर गयो, जुन पेरिसबाट तीन माइल टाढा थियो । यो किल्लामा राजनैतिक बन्दी थिए जसलाई राजाले बिनाकारण थुनेर राखेका थिए ।

बेस्टाइललाई जनसमूहले घेरेपछी भीषण भिडन्त भयो । बेस्टाइल किल्लाका गभर्नर डि लानी थिए । डि लानीले आफ्नो गोलाबारुद सकिएपछी आत्मसमर्पण गरे तर डि लानी र उनका सैनिक जनताद्वारा मारिए । बेस्टाइलको किल्ला ध्वस्त गरेर राजबन्दीलाई मुक्त गरियो।[१८]

बेस्टाइलको पतन एक युगान्तकारी घटना थियो जुन निरंकुशताको पतन एवं जनताको विजयको प्रतीक थियो। वास्तवमा यो क्रान्तिको उद्घोष थियो र यसकारण फ्रान्समा १४ जुलाई लाई स्वतन्त्रता दिवसको रूपमा मनाइन्छ।

राजा र जनताका बीचमा यस क्रममा नै सहर र ग्रामिण क्षेत्रका विभिन्न इलाकाहरूमा भिषण सङ्घर्ष भयो। राजा उक्त सङ्घर्षमा पराजित हुदै जान थाले पछि वर्खास्त गरिएका प्रधानमन्त्रीलाई पुनःस्थापना गर्दै जनता समक्ष माफी माग्दै उक्त क्रान्तिलाई मान्यता दिन वाध्य भए। कुलिन वर्ग र पादरी वर्गका प्रतिनिधिहरूले समेत जनताका प्रतिनिधिहरूलाई समर्थन गर्न वाध्य भएका थिए। उक्त क्रान्ति मार्फत राजतन्त्र समाप्त भयो र केही समय पछि राजालाई माफ माग्न लगाएर संवैधानिक राजाको रूपमा पुनःस्थापना गराए। सहर र ग्रामिण क्षेत्रका विभिन्न इलाकाहरूमा विभिन्न कम्युन निर्माण गरिए र उक्त कम्युनहरूको एउटा छाता सङ्गठन फेडेरेसन बनाइयो।

संविधान सम्पादन गर्नुहोस्

 
२६ अगस्डिट १७८९ को क्लेरेसन अफ दि राइटस अफ म्यान एण्ड दि सिटिजन. (फ्रान्सेली: Déclaration des droits de l'homme et du citoyen de 1789) (अङ्ग्रेजी: The Declaration of the Rights of Man and of the Citizen of 26 August 1789)

उक्त क्रान्तिमा प्रयोग गरिएको नारा ‘भातृत्व, समानता र स्वतन्त्रता’ प्रत्येक नागरिकहरूको मुखबाट कठस्त सुनिन्थ्यो । ‘यहाँबाट स्वतन्त्र धर्तीको सुरुवात हुन्छ’ भन्ने नारा देशका विभिन्न भागहरूमा टाँगिएको थियो । क्रान्ति पछिको निर्मित संविधानमा लेखिएको वाक्याशं ‘डिक्लेरेसन अफ दि राइटस अफ म्यान एण्ड दि सिटिजन (फ्रान्सेली: Déclaration des droits de l'homme et du citoyen de 1789) (अङ्ग्रेजी: The Declaration of the Rights of Man and of the Citizen) झनै चर्चित थियो । सबै नागरिक जन्मले बराबर हुन्छन्, अधिकार सबैका लागि बराबर हुन्छ ।

 
लुई सोह्रौलाई मृत्युदण्ड


उक्त संविधानमा फ्रान्सका राजा एउटा सार्वभौमसत्ता सम्पन्न राष्ट्रको केवल सेवक हो भन्ने कुरा उल्लेख गरिएका कारण फ्रान्स एउटा सार्वभौम स्वतन्त्र राष्ट्रको रूपमा रुपान्तरण हुन पुग्यो । क्रान्ति पछिको क्रान्तिकारी सरकारले भू–कर, व्यक्तिगत सम्पति माथिको कर, उद्योग तथा व्यापारका लागि लाइसेन्स आदि जस्ता कदम अगाडि सार्दै जनताका कामहरु अगाडि बढाउँदै लगे। यस क्रममा नै संविधान अन्तर्गत रहेका राजाले जनताका प्रतिनिधिहरु र तीनका कार्यक्रमहरूमा षड्यन्त्र गर्न थाले पछि लुई सोह्रौ राजालाई अन्ततः मृत्युदण्ड नै दिनु पर्यो ।

क्रान्तिको विभिन्न चरणहरू सम्पादन गर्नुहोस्

'''फ्रान्सेली राज्यक्रान्ति''' विभिन्न चरण हुदै गयो । अध्ययनको सुविधाको दृष्टिले क्रान्तिलाई निम्नलिखित चार चरणमा विभाजन गरेर हेर्न सकिन्छ।

चरण समय अवधि शासन व्यवस्था
प्रथम चरण १७८९-१७९२ ई. संवैधानिक राजतन्त्रको समय
द्वितीय चरण १७९२-१७९४ ई उग्र गणतन्त्रवादको समय
तृतीय चरण १७९४-१७९९ ई. उदार गणतन्त्रवादको चरण
चतुर्थ चरण १७९९-१८१४ ई. तानाशाही एवं साम्राज्यवादी समय

प्रथम चरण सम्पादन गर्नुहोस्

यस चरणमा पेरिसको भीडले बेस्टाइल किल्ला कब्जा नियन्त्रण स्थापित गर्‍यो। यस प्रकार क्रान्तिको शुरूआत भयो । वस्तुतः बेस्टाइल किला निरंकुशता एवं अत्याचारको प्रतीक थियो र यसको पतनबाट पुरातन व्यवस्थालाई गहिरो चुनौती आयो। यस घटनाको प्रभाव फ्रान्सको ग्रामीण क्षेत्रमा पनि पर्यो र ग्रामीण क्षेत्रमा सामन्ती कर सम्बन्धी अभिलेखहरूलाई आगो लगाइयो, जलाइयो। जनताको यस कारबाहीको राष्ट्रिय सभामा पनि गहिरो असर पर्यो। अतः ४ अगस्ट १७८९ रात भर चलेको राष्ट्रिय सभाको अधिवेशनले कानून निर्माण गरी सबै प्रकारको विशेषाधिकारहरू समाप्त गर्‍यो। राष्ट्रिय सभाको महत्त्वपूर्ण कार्य- एक संविधान निर्माण गर्नु थियो। अतः राष्ट्रिय सभालाई नै संविधान सभा भनियो र २६ अगस्ट १७८९ मा संविधान सभाले मानवाधिकारको घोषणा भयो ।

मानवाधिकारको सीमा सम्पादन गर्नुहोस्

संविधान सभाले आफ्नो आदर्श तथा उद्देश्यको रूपमा मानवाधिकारको घोषणा गर्‍यो। यस घोषणामा समानताको सिद्धान्तलाई बल दिइयो "सबै मनुष्य समान रूपमा पैदा हुन्छन्, अतः सबैलाई समान अधिकार मिल्नुपर्छ।" भन्ने उल्लेख थियो। यी अधिकारहरूमा स्वतन्त्रता, सम्पत्ति सुरक्षा तथा अत्याचारको विरोध गर्ने अधिकार आदि थिए। यस प्रकार संविधान सभाले आधारभूत सिद्धान्त, स्वतन्त्रता, समानता र जनताको प्रभुत्वको घोषणा गर्‍यो। सम्पत्ति अधिकारलाई घोषणा पत्रमा पटकपटक दोहोर्याइयो। यस अधिकारबाट कसैलाई बञ्चित गर्न सकिदैन थियो।

चर्चमाथि नियन्त्रण सम्पादन गर्नुहोस्

राष्ट्रिय संविधान सभाले चर्चको सम्पत्ति जफत गर्‍यो र जनतामाथी चर्चको नियन्त्रण कम गर्ने प्रयास गर्‍यो । यस सन्दर्भमा चर्चलाई राज्यको अधीनमा ल्याइयो र चर्चलाई रोमको पोपको प्रभावबाट मुक्त गरी राष्ट्रिय चर्चको रूपमा स्थापित गरियो ।

राज्य प्रति पादरिको वफादारी सुरक्षित गर्नको लागि "सिभिल कन्स्टिच्युसन अफ क्लर्जी" बनाइयो। जसअनुसार पादरिहरूले राज्य प्रति निष्ठाको शपथ ग्रहण गर्नु पर्थ्यो र जनताद्वारा चुनिन पर्थ्यो। पोप र केहि पादरिहरूले यस कदमको  विरोध गरे । जुन पादरिहरूले राज्य प्रति निष्ठाको शपथ ग्रहण गरे उनीहरूलाई “ज्यूरर” भनिन्थ्यो भने शपथ नलिनेलाई “नन- ज्यूरर” भनिन्थ्यो । यस कानुनबाट क्रान्तिको विरूद्धमा एक माहोल सिर्जना हुन थल्यो किनभने अहिलेसम्म साना पादरिहरूले क्रान्तिको समर्थन गरेका थिए । अब उनीहरू यसबाट अलग भए र केहि पादरी देश छोडेर विदेश गए र त्यहाँ युरोपमा क्रान्तिको विरूद्ध प्रचार-प्रसार गर्न थाले ।

संविधान निर्माण सम्पादन गर्नुहोस्

राष्ट्रिय संविधान सभाले फ्रान्सको लागि लिखित संविधान बनायो र यस संविधानलाई  १७९१मा  लुई सोह्रौले आफ्नो स्वीकृति दिए । संविधानमा दुई वटा कुराहरु महत्त्वका साथ लेखिएको थियो

  • एक, राज्यको सार्वभौम शक्ति जनतामा निहित छ
  • दोश्रो, शक्तिको पृथकिकरण राज्य एवं जनताको हित हुनेछ ।[१९]

यद्यपि शासन प्रणाली राजतन्त्रात्मक नै रह्यो तथापी राजाको अधिकारहरु सीमित गरिएका थिए। अब राजा कानुन निर्माता रहेनन् । राजालाई कुनै देशसँग  युद्ध वा सन्धि गर्ने अधिकार थिएन । कानून बनाउने अधिकार एक व्यवस्थापिका सभालाई दिइयो र उक्त सभाको सदस्य संख्या ७४५ थियो। व्यवस्थापिका सदस्य निर्वाचनको लागि नागरिकहरूलाई सक्रिय र निष्क्रय दुइ भागमा विभाजन गरियो र मताधिकार केवल सक्रिय नागरिकलाई दिइयो। सक्रिय नागरिक २५ वर्ष भन्दा अधिक आयुको नागरिक थिए जो राज्यलाई तीन दिनको आय बराबरको प्रत्यक्ष कर तिर्थे जबकि निष्क्रिय नागरिकमा गरिबहरु थिए ।

राष्ट्रिय सभाले फ्रान्सको प्रशासनिक संरचनामा व्यापक परिवर्तन गर्‍यो । प्राचीन प्रान्तलाई हटाएर सम्पूर्ण देशलाई ८३ डिपार्टमेन्ट (Departmants) मा विभक्ति गरियो । यी डिपार्टमेन्टहरूलाई Cantan र Commune मा विभाजन गरियो । प्रत्येक ईकाईको शासनको लागि निर्वाचन परिषद् हुन्थ्यो जसको चुनाव सक्रिय नागरिक गर्थे । यस प्रकार स्थानीय स्तर देखी केन्द्रीय स्तर सम्म पुरै राज्य व्यवस्था बुर्जआ वर्गमा आयो ।

द्वितीय चरण सम्पादन गर्नुहोस्

राष्ट्रिय सभा भंग भए पश्चात् सन् १७९१ मा ७४५ सदस्यीय व्यवस्थापिका सभा (Legislative Assembly) अस्तित्वमा आयो ।[२०] यस व्यवस्थापिका सभामा सभामुख /अध्यक्षको दाहिने हात तिर बस्नेलाई 'दक्षिणपन्थी' भनियो । उनीहरू अनुदार एवं राजतन्त्रको समर्थक थिए जबकि वायाँ तिर बस्नेलाई  'वामपन्थी' भनियो र यस समुह मूल परिवर्तनवादिहरु (Redicals) थियो जो उग्र र क्रान्तिकारी थिए । रेडिकल्स पनि दुई वर्गमा विभाजित थिए - जिरोन्दिस्टज्याकोबियन

यसैबीच फ्रान्सको क्रान्तिको भय युरोपका अन्य देशहरूमा समेत फैलन लाग्यो। जो पादरी एवं कुलीन वर्ग फ्रान्सबाट भागेर युरोपका अन्य क्षेत्रहरूमा पुगेका थिए उनिहरूले क्रान्तिको विरूद्ध भावना फैलाए। अर्को तर्फ फ्रान्सका क्रान्तिकारी अन्य देशमा पनि क्रान्तिकारी सिद्धान्तको प्रचार-प्रसार गर्न चाहन्थे। फलतः युरोपका अन्य राजा सशंकित भए। परिणामस्वरूप क्रान्तिकारी फ्रान्स र युरोपका अन्य देशहरू सङ्ग आपसी सम्बन्ध चिसो भयो । आस्ट्रियाले क्रान्तिकारीहरूले आग्रह गर्दा गर्दै पनि फ्रान्सको राजतन्त्र समर्थक शरणार्थीहरूलाई शरण दियो । अतः व्यवस्थापिका सभाले अप्रिल १७९२ ई मा अस्ट्रिया विरूद्ध युद्धको घोषणा गर्‍यो, किन्तु फ्रान्सको सेना नराम्रो सँग पराजित भयो । यस पराजयले  फ्रान्सको जनतालाई विश्वास भयो कि राजाले अष्ट्रियालाई फ्रान्सको सैन्य शक्ति र सुरक्षाको सबै भेद बताइदिए । अतः राजा प्रति जनताको रवैया उग्र भयो। यो स्थितिमा फ्रान्सेली राजतन्त्रको समर्थनमा प्रसा र आस्ट्रियाले चेतावनी दिदै घोषणा गरे कि "फ्रान्सको जनता राजाको आज्ञा पालन गरुन् अन्यथा हामी उनीहरू विरूद्ध कारवाही गर्छौ।" यस प्रकार फ्रान्सको क्रान्तिले युरोपमा युद्धको स्थिति उत्पन्न गर्‍यो ।

यस घोषणाबाट फ्रान्सका जनता झनै उग्र भए र जनाताले राजालाई घेरे। राजा भागेर व्यवस्थापिका सभाको शरणमा पुगे। अब व्यवस्थापिका सभा भंग गर्ने ; पुनः चुनाव गर्ने, नयाँ व्यवस्थापिका सभा बनाउने र राजतन्त्रको भविष्यमाथि आफ्नो  निर्णय दिने बहस चल्न थाल्यो। यसैको साथ व्यवस्थापिका सभा समाप्त गरियो र वयस्क मताधिकारको आधार परमा राष्ट्रिय कन्भेन्सनको गठन भयो ।

नेशनल कन्भेन्सन सम्पादन गर्नुहोस्

२१ सेप्टेम्बर १७९२ मा नेशनल कन्भेन्सनको प्रथम अधिवेशन भयो। यसमा ज्याकोबियन एवं जिरोन्दिस्त दल प्रमुख थिए। ज्याकोबियन अनुशासित र संगठित थिए। पेरिसको भीडमाथी यिनको प्रभाव थिए। यसमा प्रमुख नेता - दांते, रबस्पियर, हीटर आदि थिए। अर्को तर्फ जिरोन्दिस्त थिए - उनीहरू शिक्षित र सुसंस्कृत थिए। उनीहरूमा किताबी ज्ञान अधिक थियो। फलतः उनीहरू  व्यावहारिक राजनीतिज्ञ बन्न सकेनन्। प्रमुख नेताहरूमा - इस्नार, म्याडम रोलां, ब्रिसो आदि थिए। यो दुबै समुह गणतन्त्रको हिमायती थिए, विदेशी शक्तिहरु विरूद्ध युद्धको समर्थन गर्थे। अन्तर केवल पर्टिको स्वरूपको थियो। वस्तुतः जिरोन्दिस्तहरूले फ्रान्समा उदारवादी स्थान ग्रहण गरे। उनीहरू "क्रान्ति निकै अगडी गैसक्यो र यसको अन्त हुनुपर्छ।" भन्ने मान्थे। उनीहरू र अधिक सामाजिक समानताको विरूद्ध थिए। उनीहरू समानाताअको साटो स्वतन्त्रतामा अधिक जोड दिन्थे। उता ज्याकोबियनहरु समानता माथि अधिक जोड दिन्थे तथा निम्न वर्गप्रति सद्भावपूर्ण व्यबहार गर्थे।

नेशनल कन्भेन्सनको कठिनाइ

नेशनल कन्भेन्सनको सामु तीन प्रमुख समस्याहरु थिए- विदेशी आक्रमण, राजाको उपस्थिती र गृहयुद्ध। सेप्टेम्बर १७९२ मा फ्रान्स्सेली सेनाले बेल्जियममाथी अधिकार कायम गर्‍यो र दक्षिणमा निस र सेवय पनि फ्रान्सको अधिकारमा आयो । यी विजयबाट हल्याण्ड, अस्ट्रिया, प्रशा र इंग्ल्याण्ड डराए । क्रान्तिकारिहरूले १७९२ मा घोषणा गर्‍यो कि " फ्रान्सको गणतन्त्र स्वतन्त्रता, समानता र बन्धुत्वको भावनामा आधारित छ र यी भावनाहरूको प्रचार- प्रसार गर्नु उनीहरू आफ्नो कर्तव्य सम्झन्छन्। फ्रान्स जुन जुन क्षेत्रमा आधिपत्य कायम गरे त्यहाँ क्रान्तिकारी सिद्धान्त लागू गर्नेछ र पादरी र कुलीनहरूको  सम्पत्ति जफत गरिनेछ र जो सुकैले विरोध गर्छ उसलाई क्रान्तिको शत्रु मानिनेछ ।"

यस घोषणाबाट युरोपको निरंकुश राजतन्त्री देशहरू भयभीत भए र अब फ्रान्सको क्रान्ति फ्रान्सको नभएर पुरै युरोपको भयो। अतः युरोपीय देश क्रान्तिको प्रचार-प्रसार रोक्न एकजूट भए र इंल्यान्ड, हल्याण्ड, अस्ट्रिया, प्रशाको एक गुट फ्रान्सको विरूद्ध निर्माण भयो। यस गुटले कयौँ युद्धक्षेत्रमा फ्रान्सलाई पराजित गर्‍यो। फलतः विदेशी युद्धमा फ्रान्सको पराजय नेशनल कन्भेन्सन समक्ष एक मुख्य समस्या बन्यो।

नेशनल कन्भेन्सनले एक प्रस्ताव पारित गरेर राजतन्त्र समाप्त गर्‍यो र गणतन्त्र स्थापना गर्‍यो। राजामाथी देशद्रोहको मुद्धा चलाइयो र मृत्युदण्डको सजाय दिइयो। राजाको मृत्युदण्डको सवालामा जिरोन्दिस्तहरूको नीति स्पष्ट थिएन। उनीहरू राजतन्त्रको विरोधी त थिए तर मृत्युदण्डको सवालामा जनमत सङ्ग्रहको कुरा गरिरहेका थिए। यस विपरीत ज्याकोबियन्सको यो मत थियो कि "राजाको देशद्रोह सिद्ध भैसक्यो। अतः उनलाई मृत्युदण्ड तत्काल दिनुपर्छ ।" अन्ततः २१ जनवरी १७९३ मा लुई १६औँ लाई फाँसी दिइयो ।

आतंकको राज्य सम्पादन गर्नुहोस्

 
म्याक्समिलन रबस्पियर

नेशनल कन्भेन्सनको सामु ज्याकोबियन र जिरोन्दिस्तहरूको बीच सङ्घर्षको समस्या पनि देखा पर्‍यो। वस्तुतः युद्धको कारण फ्रान्स आर्थिक संकटबाट गुज्रिनु पर्‍यो, मुल्यवृद्धी बढ्यो जसबाट कन्भेन्सनले राहत दिनको लागि विधान बनायो, धनीसंग कर उठाउने नियम बनाइयो । यी कदमहरु जिरोन्दिस्तहरूले विरोध गरे। जब ज्याकोबियनाहरूले पेरिसको भीड र कम्यूनको सहायताले कन्भेन्सनमाथी आक्रमण गरी सत्ता कब्जा गरे र जिरोन्दिस्तहरूलाई गिरफ्तार गरी आतंकको राज्य (फ्रान्सेली: la Terreur / अङ्ग्रेजी: reign of terror) को स्थापना भयो।

अभिलेख दस्तावेज अनुसार, सेप्टेम्बर १७९३ देखि जुलाई १७९४ मा, करिब १६,६०० व्यक्तिलाई क्रान्ति विरोधी गतिबिधी गरेको आरोपमा मृत्युदण्ड दिइयो; ४०,००० लाई बिना कुनै पुर्पक्ष वा सुनुवाई मृत्युदण्ड दिइयो।[२१]

'आतंकको राज्य' स्थापनाको साथ फ्रान्स फेरी एक पटक पुनः अव्यवस्थाको शिकार भयो। म्याक्समिलन रबस्पियरको नेतृत्वमा यसको स्थापना भएको थियो । यसमा क्रान्तिकारी, जनसुरक्षाको स्थापना गरिएको थियो र जो कोहीले ज्याकाबिन्सको विरूद्ध काम गर्थ्यो उसलाई मृत्युदण्डको सजाय दिइन्थ्यो। रबस्पियर रूसोको विचारधाराबाट निकै प्रभावित थिए। जस अनुसार “सामान्य इच्छा” (जनरल विल) नै सार्वभौमिक इच्छा हो। रबस्पियरले सत्तामा नियन्त्रण राख्नको लागि विरोधीहरूलाई “जिलेटिन/ गिलेटिन” (फाँसी)मा शीर छेदन गरे। अतः सबै व्यक्ति आफ्नो जीवनको आयु कती होला भनेर सशंकित रहन्थे।

१७९३ मा एउटा प्रस्ताव पास गरेर जेकोबिनद्वारा जिरोन्दिस्टका नेतालाई कन्भेन्सनबाट निकालिएको थियो जसको दक्षिण फ्रान्समा भयङ्कर विरोध भयो तर त्यसलाई क्रुरतापुर्वक दवाइयो। यस्तै लिऔं  शहरका बासिन्दाले विद्रोह गर्दा कन्भेन्सनले यसको पनि कठोरतापूर्वक दमन गर्‍यो। यो दमनमा विशाल सैनिक शक्तिको प्रयोग गरियो । सामन्तका घरहरु नष्ट गरिए । ३,५०० भन्दा बढी समाइए र लगभग २,००० जनालाई मारियो ।

 
रबस्पियरले जिलेटिनमा शीर छेदन गरी मृत्युदण्ड दिएको व्यङ्ग्यचित्र

बेन्दी जिरोन्दिस्ट दल तथा राजतन्त्रवादीहरूको आँखाडा थियो। यो शहरका बासिन्दाले गणतन्त्रविरुद्ध विद्रोह गरे। यहाँ कन्भेन्सनले केरियार नामक व्यक्तीलाई दमनको लागि पठायो । यिनले क्रुरताको परिचय दिए। मानिसलाई लाईनमा राखेर गोली ठोकियो र आइमाई, केटाकेटीलाई नदिमा बगाइयो।[२२]

२६ जुलाईमा कन्भेन्सनमा गरेको एक भाषणमा, रबिस्पियरले केही सदस्यहरूले गणतन्त्र र क्रान्तिको विरुद्ध षड्यन्त्र गरिरहेको दाबी गरे र पुष्टि भएमा मृत्युदण्ड निश्चित भएको कुरा बताए। तर उनले ती सदस्यको नाम दिएनन् र कन्भेन्सनको सत्र अन्योलता सँगै अन्त्य भयो। त्यो साँझ, उनले ज्याकोबिन्स क्लबमा पनि त्यही भाषण गरे। भीडले ठूलो उत्साहले उनको भनाइको स्वागत गर्‍यो र 'गद्दार'हरूलाई मृत्युदण्डको माग गर्‍यो। अब यो स्पस्ट थियो कि विपक्षीहरूले कुनै कदम नचाले रबिस्पियरले चाल्नेछन्। अर्को दिन कन्भेन्सनमा, रबिस्पियर र उनका साथीहरूलाई ती सदस्यको नाम सोधियो। रबिस्पियरको बोली बन्द भयो।[२३]

कन्भेन्सनले माक्सिमिलियेँ रबस्पियरको गिरफ्तारीलाई अनुमति दिएपछि उनले उनका समर्थकहरूले होटल डे भिल्लीमा शरण लिए। त्यहाँ नेसनल गार्डको एक टुकुडीले प्रतिरक्षा गरेको थियो। साँझ कन्भेन्सन प्रति वफादार अर्को टुकुडीले भवनमा हमला गर्‍यो र रविस्पियरलाई हिरासतमा राख्यो। आत्महत्या गर्ने प्रयासमा आफूले आफैंलाई चोट पुर्याएकाले उनी गम्भीर घाइते भएका थिए। २८ जुलाईमा उनलाई उनका १९ जना साथीहरू सहित मृत्युदण्ड दिइयो।[२४] २२ प्राइरियालको कानुन खारेज गरियो, जीवित जिरोन्दिस्त डेपुटी बने, र ज्याकोबिन्स क्लबलाई बन्द गरियो अनि प्रतिबन्ध लगाइयो।[२५]

यसैको साथ साथ आंतकको राज्य पनि समाप्ति भयो।

आतंकी राज्य पछि 'थर्मिदोरियनको प्रतिक्रिया' (Thermidorian reaction) भयो। उदारवादी थर्मिदोरियन नेताहरूले देशको सत्ता सम्हाले र आंतक राज्यको व्यवस्थाहरूलाई भंग गरियो, ज्याकोबियन्सलाई अवैध घोषित गरियो। आंतकी शासनको दौरान लगाइएको मूल्य तथा पारिश्रमिक माथिको नियन्त्रण उठाइयो। यसबाट मूल्य फेरि बढ्न थाल्यो, सट्टेबाजहरूको प्रभाव बढ्यो र प्रतिक्रिया स्वरूप विद्रोह हुन लाग्यो तर यी विद्रोहहरूलाई दबाइयो।

नेसनल कन्भेन्सनको कार्य सम्पादन गर्नुहोस्

  1. राष्ट्रिय शिक्षा नीति लागू गरियो र फ्रेन्च राष्ट्रभाषा घोषित गरियो ।
  2. दास प्रथा समाप्त गरियो तथा ऋण चुक्ता नगर्ने माथि हाल्ने सम्बन्धी कानुन समाप्त गरियो ।
  3. जेठो पुत्रलाई नै उत्तराधिकार दिने कानुन समाप्त गरी पारिवारिक जीवनमा समानता स्थापित गरियो।
  4. राजतन्त्र समाप्त गरी गणतन्त्र स्थापना दिवस देखी एक नयाँ पात्रो पञ्चाङ्ग पंचाग (२२ सेप्टेम्बर १७९२) लागू गरियो
  5. नाप मापन तौलको नयाँ पद्धति ग्राम, लिटर, मिटर शुरू गरियो ।
  6. कालोबजारी रोक्न रासनिङ व्यवस्था लागू गरियो।
  7. मुआब्जा दिने नीति समाप्त गरियो। धनीहरूलाई आयकर तथा युद्धकर लगाइयो ।
  8. धर्मको मामिलामा राज्यले धर्मनिरपेक्ष घोषित गर्‍यो र पादरीलाई कुनै मान्यता दिइएन ।

तृतीय चरण /“डाइरेक्टरी” शासन (१७९५-१७९९) सम्पादन गर्नुहोस्

२२ अगस्ट १७९५ मा कनभेन्सनले नयाँ संबिधान पारित गर्‍यो । फ्रेन्च जनमत सङ्ग्रहले यो दस्तावेजलाई अनुमोदन गर्‍यो । यसको पक्षमा करिव १०,५७,००० मत आएको थियो भने विपक्षमा ४९,००० मत परेको थियो।[२६] मतदानको नतिजाको घोषणा २३ सेप्टेम्बर १७९५ मा भयो, नयाँ संबिधान २७ सेप्टेम्बर १७९५ देखि लागु हुने भयो ।[२६] नयाँ संविधान ले द्वि-सदनात्मक व्यवस्थापिका सहितको डाइरेक्टरी (फ्रान्सेली: Directoire) (अङ्ग्रेजी: Directory) को सिर्जना गर्‍यो।

“डाइरेक्टरी” शासन वस्तुतः नेशनल कन्भेन्सनले एक संविधान निर्माण गरी कार्यपालिकाको उत्तरदायित्व ५ सदस्यीय निर्देशनालय “निर्देशक मण्डल” लाई सुम्पिइयो। निर्देशनालयको सबै सदस्यहरूको अधिकार बराबर थियो। प्रत्येक सदस्य पटक -पटक गरी तीन महिनाको लागि अध्यक्ष हुन्थे। प्रत्येक वर्ष एक सदस्य कार्यकाल समाप्त हुन्थ्यो र उनको साटो दोश्रो सदस्यको नियुक्ति हुने गर्थ्यो। यस प्रकार नेशनल कन्भेन्सन पछि फ्रान्समा डाइरेक्टरी शासन शुरू भयो जुन १७९५ देखी १७९९ सम्म चल्यो। अन्तमा नेपोलियनले डाइरेक्टरी शासनको अन्त गरे। डाइरेक्टरीको यो शासन अव्यवस्थित, दुःखमय रह्यो। सञ्चालक मण्डललाई सशस्त्र सेनाको नियन्त्रण एवं सेनाध्यक्ष र जनरलको नियुक्ति, फ्रान्सको तर्फबाट सन्धि तथा युद्धको घोषणा गर्ने अधिकार थियो। संचालक मण्डलको सामु प्रमुख समस्या युद्धको समस्या थियो, अर्को तर्फ डाइरेक्टरी सदस्यहरु अनुभवहीन, अयोग्य तथा भ्रष्ट थिए। अतः डाइरेक्टरीको शासन कालमा प्रकारको गडबडी फैलियो, व्यापार ठप्प भयो र विदेश नीति पनि कमजोर रह्यो। यस्तो स्थितिमा फ्रान्सको जनता एक यस्तो शासक (नेतृत्व)को आवश्यकता महसुस गएइरहेका थिए जो देशको आन्तरिक र बाह्य शान्ति र सन्तुलन मिलाउन सकोस् तथा विदेशी शक्तिलाई परास्त गर्न सकोस्।

यस कालमा नेपोलियनले सैन्य विजयद्वारा फ्रान्सको सम्मान प्रतिष्ठा स्थापित गरे र अन्ततः डाइरेक्टरी शासनको अन्त गरेर सत्तामा आफ्नो नियन्त्रण स्थापित गरे।[२७]

चतुर्थ चरण सम्पादन गर्नुहोस्

१७९९ मा नेपोलियनले डाइरेक्टरी (निर्देशनात्मक ) शासन अन्त गरे र फ्रान्सका प्रथम (सल्लाहकार ) काउन्सल बने र १८०४ ई. मा उनले आफैलाई सम्राट घोषित गरे र यस प्रकार नेपोलियनको तानाशाही साम्राज्यवादी शासनको शुरूवात भयो ।

फ्रान्सेली क्रान्तिकारी युद्ध सम्पादन गर्नुहोस्

क्रान्तिबाट द्वन्दको एक शृंखला सुरु भयो। यसको सुरुवात १७९२ मा भयो र १८१५ मा नेपोलियनको पराजय भएपछी मात्र अन्त्य भयो।

मे १७९२ देखि जुन १८१५, फ्रान्स लगभग निरन्तर ब्रिटिस र अन्य मुख्य शक्तिको परिवर्तित सङ्गठन विरुद्ध युद्धमा संलग्न भयो । यो युद्धमा भएको फ्रान्सको धेरै सफलता/ विजयले फ्रान्सेली क्रान्तिको विचारधारा छिमेकी देशहरू र युरोप भरि फैलियो । तर, १८१४ (र १८१५) मा नेपोलियनको आखिरी पराजयले प्रतिक्रिया ल्यायो जसले फ्रान्स र युरोपमा केहि- तर सम्पूर्ण होइन- क्रान्तिकारी उपलब्धीहरू उल्त्यायो। बुर्बोनहरू राजगद्दीमा पुनर्स्थापित भए, लुई सोह्रौ को भाइ लुइस अठारौको नाममा राजगद्दीमा बसे।

१७९२ अप्रिल मा, फ्रेन्च सेनाले अष्ट्रियाको नेदरल्यान्डमा आक्रमण गर्‍यो तर सेप्टेम्बरमा हार व्यहोर्नु पर्यो। नोवेम्बर ६ मा अष्ट्रियाको सेनालाई पराजित गरेर राइनल्यान्ड, नाइस र सेभोई कब्जा गर्‍यो। यी सफलताको उत्साहबाट, १७९३ फेब्रुअरीमा, फ्रान्सले डच रिपब्लिक, स्पेन र ब्रिटेन माथि युद्धको घोषणा गर्‍यो। यसबाट पहिलो गठबन्धनको सुरु भयो ।[२८] १७९४ मे सम्ममा, फ्रेन्च सेनामा ७,५०,००० देखि ८,००,००० जवान थिए।[२९] सेनामा उच्च परित्यागको वावजुद, उनीहरूसँग आन्तरिक र बाह्य चुनौतीको सामना गर्न पर्याप्त सेना थियो।[३०]

 
नेपोलियनको इटालीको अभियानले इतालीको नक्सा बनाए।

१७९५ फेब्रुअरीमा, फ्रान्सले अष्ट्रियाको नेदरल्यान्डलाई विलय गरायो।

१७९७ अक्टोबर मा, बोनापार्टले इटालीमा अष्ट्रियालाई शृंखलाबद्ध पराजित गरे। यसबाट इटालीले काम्पो फोर्मियोको सन्धि गर्‍यो। जसबाट नेदरल्याण्डलाई हातबाट गुमाउनु पर्यो।[३१]

परिणाम सम्पादन गर्नुहोस्

  1. संसारलाई प्रजातन्त्र पाठ सिकाउदै मानवता, स्वतन्त्रता र समानताको नारा दिई प्रजातान्त्रिक आदर्शको घोषणा फ्रान्सेली क्रान्तिको प्रेरक शब्दहरू -स्वतन्त्रता, समानता र बंधुत्व। यी तीन शब्दले विश्वको राजनीतिक व्यवस्थाको स्वरूपमा आमूलचूल परिवर्तनको मार्ग प्रशस्त गर्‍यो । जस प्रकार धर्म र संस्कृतिको क्षेत्रमा सत्यम् शिवम् र सुन्दरमको महत्त्व छ उसैप्रकार राजव्यवस्थामा स्वतन्त्रता एवं बन्धुत्व भावना धेरै देशको संविधानमा देखिन्छ ।
  2. युरोपमा गतिशील राष्ट्रियताको जन्म :इटालीको एकीकरण, जर्मनीको एकीकरण
  3. धर्मनिरपेक्षताको भावनाको प्रसार : फ्रान्सेली क्रान्तिले धर्मलाई राज्यबाट अलग गरेर धर्मनिरपेक्ष स्वरूप प्रदान गर्‍यो। अब धर्म व्यक्तिगत विश्वासको वस्तु बन्यो। जसबाट राज्यलाई कुनै किसिमको हस्तक्षेप गर्नु पर्दैनथ्यो।
  4. सैन्यवादको विकास फ्रान्सेली क्रान्तिले सैन्यवादलाई प्रेरित गर्‍यो । युद्धको समयमा नागरिकहरूको लागि सैनिक सेवा अनिवार्य गरिएको थियो। युद्धको लागि जनताको सेनामा भर्ती हुनको लागि यो पहिलो पटक अपिल थियो । बताइएको थियो "अबबाट जबसम्म गणतन्त्रको शत्रुहरूलाई बाहिर निकालिदैन तबसम्म फ्रान्सेली जनताहरू स्थायी रूपमा सैनिक सेवाको लागि उपलब्ध रहनेछन् ।" त्यस अघिसम्म युद्ध राजाको पेशेवर सैनिकहरुद्वारा लडिन्थ्यो । यसै सैन्यवादले पछि अनेक राष्ट्रहरूलाई प्रभावित गर्‍यो र प्रथम विश्वयुद्धको एक महत्त्वपूर्ण कारण बन्यो।
  5. अधिनायकवादको शुरूआत फ्रान्सेली क्रान्तिलाई अधिनायकवादको उद्गम स्रोत मानिन्छ। रबस्पिरको 'आतंकको शासन' यसको पहिलो मञ्चन थियो । क्रान्तिको दौरान अनेक नीति र सिद्धान्तहरू असफल भयो र परिवर्तन गरिनु पर्यो । फलस्वरूप एक व्यक्तिलाई योग्यतामाथी बल दिइन थालियो। यसैबाट नेपोलियन जस्ता तानाशाहको उदय उद्भव सम्भव भयो। पछि इटली, जर्मनी सहित कयौं देशहरूमा अधिनायकवादको उदय भयो ।
  6. समाजवादको मार्ग प्रशस्त
  7. मध्यकालीन सामन्ती अवशेष समाप्त पारेर आधुनिक व्यबस्था लागु गर्‍यो फ्रान्सेली क्रान्तिले सामन्ती व्यवस्थामाथी प्रहार गर्दै सामन्ती विशेषाधिकारहरूको अन्त गर्‍यो र क्रान्तिको यो उपलब्धि यूरोपको अन्य देशहरूलाई समेत प्रभावित गर्‍यो ।
  8. कृषिमा सामन्ती व्यबस्था समाप्त गरी किसानहरूलाई स्वतन्त्र बनेकाले कृषि उत्पादनमा वृद्धि, किसानहरूको जीवन स्तरमा वृद्धि
  9. कानुनी स्वतन्त्रता एबम समानताको आधारमा सामाजिक तथा आर्थिक सुधार
  10. धार्मिक स्वतन्त्रता
  11. संसारभरी नै क्रान्तिको लहर बढ्दै गयो र पुरानो निरंकुस व्यबस्था समाप्त पारेर नया प्रजातान्त्रिक वैधानिक शासन व्यबस्थाको व्यापक प्रचार
  12. फ्रान्समा अस्थिरता
  13. नेपोलियनको उदय इटालीसंगको युद्धमा नेपोलियन विजयी भए। उनले मिश्र(इजिप्ट) माथि पनि आक्रमण गरे। विभिन्न युद्धमा विजयी भएकाले उनको लोकप्रियता बढ्यो। त्यसैले सन् १७९९ मा बनेको संबिधान अनुसार नेपोलियन फ्रान्सको कन्सुल (राज्य सल्लाहकार) बने। कन्सुल बनेपछि उनले राज्यको आन्तरिक अवस्था ठीक गरे। उनले अनेकौ सुधार गारी फ्रान्सको आर्थिक, धार्मिक तथा सामाजिक स्थिति दह्रो बनाए। नेपोलियनको लोकप्रियता थप बढ्न थाल्यो। र १८०४ मा नेपोलियन फ्रान्सको सम्राट बने । यस प्रकार फ्रान्समा पुनः राजतन्त्र कायम हुन गयो ।

फ्रान्सेली क्रान्तिको प्रकृति सम्पादन गर्नुहोस्

फ्रान्सेली क्रान्तिको प्रकृति लाई क्रान्तिको आर्दर्श, क्रान्तिको नेतृत्व, क्रान्तिको प्रगती, क्रान्तिको दौरान ल्याइएका परिवर्तन र विश्वमा परेको प्रभावको प्रकाशमा बुझ्न जरुरी छ। यस दृष्टिले क्रान्ति एक यस्तो क्रान्ति थियो जसको प्रारम्भ त कुलीन वर्ग ले गरे, फेरि यसको नेतृत्व मध्यमवर्गको हातमा आयो। केही समयको लागि यो क्रान्तिकारी तत्त्वको प्रभावमा रह्यो र अन्तमा एक सैनिक तानाशाहको साथ खत्तम भयो। यस प्रकार फ्रान्सेली क्रान्ति विशाल नदीजस्तै उच्च पर्वत शिखरबाट प्रारम्भ भइ मार्गमा अनेक पहाड पर्वत हुँदै कहिले तिव्र गति त कहिले मन्द गति सँगै प्रवाहित भइरह्यो।

क्रान्तिको मध्यवर्गीय स्वरूप सम्पादन गर्नुहोस्

१७८९ मा भएको फ्रान्सेली क्रान्तिलाई एक बुर्जुवा क्रान्तिको रुपमा देख्न सकिन्छ। क्रान्तिको पहिलो चरणमा नेतृत्व तृतीय स्टेटको बुर्जुवा वर्गको हातमा थियो। मध्यवर्गीय नेतृत्वले निजी सम्पत्तिलाई ध्यानमा राख्दै केही सिद्धान्त पनि बनाए। वस्तुतः सामन्तवादको अन्तको घोषणा त गरियो तर सामन्ती अधिकारलाई यत्तिकै छाडिएन, तर भूमिपतिहरूलाई क्षतिपूर्ति गरेपछि नै किसान कुनै उत्तरदायित्वबाट मुक्त हुन सक्थे।

मानवाधिकारको घोषणामा मध्यवर्गीय प्रभाव देख्न सकिन्छ। सम्पत्तिको अधिकारलाई मनुष्यको नैसर्गिक अधिकारहरूको श्रेणीमा राखियो जुन बुर्जुआ हितको संरक्षणसंग सम्बन्धित छ। यस प्रकार प्रकार वयस्क मताधिकारको कुरा त गरियो तर संविधानमा “नागरिक” शब्दको अत्यन्त संकुचित अर्थमा प्रयोग गरिएको थियो। नागरिकलाई सक्रिय वा निष्क्रिय नागरिकमा विभाजित गरिएको थियो। सक्रिय नागरिक जो आफ्नो कम से कम तीन दिनको आयको रकम प्रत्यक्ष करको रुपमा बुझाउथे र मात्र उनीहरूलाई मात्र मत दिन पाउने अधिकार थियो। प्रतिनिधि हुनको लागि पनि सम्पत्तिको योग्यतालाई आधार बनाइएको थियो र यो धनी मानिसहरू नै राजनीतिक क्रियाकलापमा सहभागी हुन सक्थे र यसको मतलब यो थियो कि धनी मानिस मध्यवर्गसंग सम्बन्धित थिए। यस प्रकार फ्रान्सेली क्रान्तिले जन्ममा आधारित भेदभावलाई अन्त्य गर्‍यो तर त्यस प्राचीन सामन्तवादको स्थानमा धनमा आधारित नयाँ सामन्तवादको प्रभुत्व सुरु भयो।

क्रान्तिको दौरान क्रान्तिकारिहरूले निरंकुश सरकारद्वारा लिइएको ऋणको कुरा त उठाए तर उक्त ऋण माफ गर्ने कुरा कसैले गरेनन्। यसको कारण थियो कि यो ऋण सरकारलाई बुर्जुआ वर्गले दिएको थियो। यस प्रकार सरकारलले चर्चको सम्पत्तिलाई जफत गरियो तर उक्त सम्पत्तिलाई भूमिहीनलाई वितरण गरिएन। जमिन सर्वाधिक उच्च मुल्यमा बेचियो र त्यस जमीनलाई किन्ने क्षमता मध्यवर्गसँग थियो।

फ्रान्सेली क्रान्तिले मजदुरको हितलाई वेवास्ता गर्‍यो र र श्रमिक आन्दोलनलाई हतोत्साहित गर्‍यो। क्रान्तिको दौरान श्रमिक वर्गले महत्वपूर्ण भूमिका निभएका थिए तर बुर्जुआ नेतृत्वलाई उसको बढ्दो स्थिति मन्जुर थिएन। अतः नेशनल असेम्बलीले निरंकुश राजतन्त्र युगमा निर्मित कानूनलाई पुनः लागू गरियो। जसअनुसार सबै श्रमिक संघ सम्बन्धी कार्य प्रतिबन्ध लगाइयो र गिल्डलाई गैरकानूनी घोषित गरियो।

नेशनल एसेम्बलीमा बुर्जुआको प्रधानता थियो र त्यसमा जिरोन्दिस्त र ज्याकोबियन पनि बुर्जुआ वर्ग संग सम्बन्धित थिए । यद्यपि ज्याकोबियन सर्वहारा वर्गको हितको कुरा गर्थे तर आतंकी राज्यको स्थापनामा बुर्जुआ हितलाई माथि राखिएको थियो र श्रमिक प्रतिक्रिया दबाउन सेनाको सहायता लिइयो।

डायरेक्टरीको शासनमा पनि मध्यवर्गीय हितलाई प्रमुखता दिइयो । संचालक मंडलले जुन द्विसदनात्नीमक विधायिकाको निर्माण गरेका थिए, त्यसका सबै सदस्य मध्यवर्गीय बुद्धिजीवी थिए।

नेपोलियनको सुधारहरूमा पनि बुर्जुआ प्रभाव देख्न सकिन्छ। उनले बुर्जुआ हितलाई संरक्षित राखेर आफ्नो विधि संहितामा सम्पत्तिको अधिकारलाई सुरक्षित राखियो, कुलीनलाई अपेक्षाकृत व्यापक अधिकार दिए तथा उनको व्यापारिक र वाणिज्यिक सुधारको फाइदा मध्यवर्गलाई नै मिल्यो। यस प्रकार क्रान्तिको स्वरूपमा मध्यवर्गीय तत्व देखिन्छ। तर पुरै क्रान्ति र उसको प्रभावको विश्लेषणबाट यो स्पष्ट हुन्छ कि कि क्रान्तिमा मध्यवर्गीय तत्वको साथ कृषक, मजदूर, महिलाको सहमागिता थियो। यस तरिकाले यो मात्र मध्यवर्गीय क्रान्ति थिएन तर एक लोकप्रिय क्रान्तिको रुपमा यसलाई देख्न सकिन्छ।

विश्वव्यापी स्वरूप सम्पादन गर्नुहोस्

फ्रांन्सेली राज्य क्रान्ति एक विश्वव्यापी चरित्रको लागि भएको थियो। क्रान्तिकारीहरूले १७८९ मा मनुष्य तथा नागरिक अधिकारको घोषणा गरे, जस अनुसार "जन्म बाट समान पैदा भएको कारण सबै मानवलाई समान अधिकार हुनुपर्छ। र यो सबै देशको लागि, सबै मानवको लागी र सबै विश्वको लागि हो। , सबै समयको लागि, मिलना चाहिए और यह सभी देशों के लिए यो घोषणा फ्रान्सको लागि मात्र नभएर स्वतन्त्र हुन चाहने र राजतन्त्र र सामन्ती विशेषाधिकारको बोझबाट मुक्त हुन चाहनेहरूको लागि थियो। नेसनल एसेम्बली(राष्ट्रिय सभा)द्वारा १७९२ मा कामपेने नामक एक इंलिस नायकलाई फ्रान्सेली नागरिकको उपाधी दिइयो र उनलाई फ्रान्सेली नेसनल कन्भेन्सनको प्रतिनिधि चुनियो। यस प्रकार "क्रान्तिको दौरान क्रान्तिलाई स्थायी र सुदृढ राख्नको लागी क्रान्तिलाई युरोपको अन्य देशमा पनि विस्तार गरिनु पर्छ" भन्ने विचारको विकास भयो। यसमा एउटा यस्तो युद्धको कल्पना गरियो जसमा फ्रान्सेली सेना छिमेकी देशमा प्रवेश गरेर त्यहाँका स्थानीय क्रान्तिकारीहरूसँग मिलेर राजतन्त्रलाई अपदस्त गरि गणतन्त्र स्थापना गर्नेछ।

फ्रान्सको क्रान्ति एक राष्ट्रिय घटना मात्र थिएन। यो त -स्वतन्त्रता, समानता र बन्धुत्वको नारा सम्पूर्ण युरोपमा गुञ्जेको घटना थियो। क्रान्तिको प्रभाव यति दूरगामी रह्यो कि समस्त यूरोप यसमा आच्छादित भयो। यसै सन्दर्भमा "यदि फ्रान्स बिरामी भयो भने सम्स्त युरोपलाई हाच्छ्यु आउँछ।" भनिन्थ्यो।

क्रान्ति सुनियोजित थिएन सम्पादन गर्नुहोस्

'सामाजिक क्रान्ति'को रूपमा सम्पादन गर्नुहोस्

फ्रान्सेली क्रान्तिको मूल कारण तत्कालीन फ्रान्सेली समाजको दुरावस्था पनि एक थियो। समाज विशेषाधिकार प्राप्त र अधिकार विहीन वर्गमा विभाजित थियो। कृषक किसानको स्थिति कर को बोझबाट नाजुक थियो र अर्को तर्फ उनीहरूलाई सामन्तको अत्याचार र चर्चको हस्तक्षेपबाट पनि शोषणको सिकार हुनु पर्थ्यो। यी स्थितिले क्रान्तिको मार्ग देखायो। क्रान्तिकारीहरूले यसै असमानताको विरुद्ध आवाज उठाए र स्वतंत्रता, समानता तथा बन्धुत्व का नारा दिए। क्रान्तिको समय नै सामन्तवादको अन्तको घोषणा भयो, विशेषाधिकारको अन्त्य गरियो।

अधिनायकवादी स्वरूप सम्पादन गर्नुहोस्

फ्रान्सेली क्रान्तिमा सर्वसाधारणको सहभागिता थियो तर उनीहरूको हितलाई नजरअन्दाज गरेर क्रान्तिले अधिनायकवादको रुप धारण गर्‍यो जसमा कुनै एक व्यक्तिको सिद्धान्त र इच्छाको विशेष स्थान थियो। वस्तुतः क्रान्तिको समय रबिस्पियरको नेतृत्वमा एक तानाशाही सरकार वा अधिनायकतन्त्रको स्थापना भएको थियो र पछी गएर नेपालियनले पनि अधिनायकवादको स्थापना गरे।

प्रगतिशील क्रान्तिको रूपमा सम्पादन गर्नुहोस्

फ्रान्सको क्रान्ती त्यहाँको पुरातन व्यवस्थामा व्याप्त तमाम विकृति, विसंगति तथा आधारभूत दोषको बिरुद्ध एक शसक्त प्रतिकृया थियो। क्रान्तिले निरंकुश राजतन्त्र, असमानतामा आधारित फ्रान्सेली समाज, विलासितापूर्ण पादरी वर्ग तथा आर्थिक अव्यवस्थाको सङ्कट सँग जुधिरहेको कुशासनको अन्त गरि फ्रान्समा प्रजातान्त्रिक शासन प्रणालीको मार्ग प्रशस्त गर्‍यो। यस दृष्टिबाट यसलाई प्रगतिशील क्रान्तिको रुपमा देख्न सकिन्छ।

साथै मानवाधिकार को घोषणा, स्वतन्त्रता, समानता र बन्धुत्वको नारा तथा राष्ट्रियताको विचारधाराबाट समस्त विश्वलाई जागरुक गरायो। परिणामस्वरूप विश्वको कयौं देशमा राजनैतिक अधिकारको माग लाई लिएर आन्दोलन सुरु भयो। इटली एवं जर्मनीको एकीकरणको भावनालाई प्रोत्साहन मिल्यो। धर्म र राजनीतिको पृथक्करणको मुद्दा पहिलो पटक यस क्रान्तिको दौरान उठ्यो।

प्रतीक सम्पादन गर्नुहोस्

ला मार्सेलाइज सम्पादन गर्नुहोस्

 
क्लाउड जोसेफ रूजेट डी लिस्ले, ला मार्सेलाइजका रचनाकारले १७९२ मा सर्वप्रथम यो गीत गएका थिए ।

"ला मार्सेलाइज" (फ्रान्सेली उच्चारण: [la maʁsɛjɛːz]) फ्रान्सको राष्ट्रिय गान बन्यो। यो गीत "क्लाउड जोसेफ रूजेट डी लिस्ले" ले १७९२ मा रचना गरेका हुन् । फ्रान्सको राष्ट्रिय सभाले यसलाई १७९५ मा राष्ट्रिय गानको रूपमा स्वीकार गर्‍यो ।[३२]

गिलेटिन सम्पादन गर्नुहोस्

गिलेटिन फ्रेच क्रान्तिको आतंकको मुख्य प्रतिकको रूपमा उभिएको छ।[३३]

दीर्घकालीन प्रभाव सम्पादन गर्नुहोस्

युरोपेली र पश्चिमी इतिहासमा फ्रेन्च क्रान्तिको ठूलो प्रभाव छ। यसले सामन्तवादको अन्त्य गर्‍यो र भविष्यमा व्यक्तिगत स्वतन्त्रताको परिभाषाको मार्ग प्रशस्त गर्‍यो। [३४][३५] यसको फ्रेन्च राष्ट्रवादमा परेको ओरभाव गहन छ र युरोप भरी नै राष्ट्रवादी आन्दोलनको लागि उत्साह मिल्यो।[३६] आधुनिक इतिहासकारहरू राष्ट्र राज्यको अवधारणा क्रान्तिको प्रत्यक्ष परिणाम भएको कुरामा सहमत छन्। [३७]

फ्रान्स सम्पादन गर्नुहोस्

क्रान्ति फ्रान्सको समाजमा कयौं परिवर्तन ल्यायो,। ती मध्ये केही सर्वस्वीकार्य छन् भने केहीमा अझै बहस जारी छन्। [३८] लुइस चौधौको पालामा, राजनैतिक शक्ति भर्सेलिजमा केन्द्रित थियो र राजाको नियन्त्रणमा थियो। राजाको शक्ति अथाह व्यक्तिगत धन, सेना माथिको नियन्त्रण र क्लर्जी, प्रादेशिक गभर्नर, वकिल तथा न्यायाधीशको नियुक्तिबाट मिलेको थियो।[३९] एक वर्ष भन्दा कम समयमा, राजालाई नाम मात्रको बनाइयो, कुलीनहरूलाई सम्पत्ति र उपाधीबाट, चर्च र यसका सम्पत्तिबाट बञ्चित गरियो। क्लर्जी, न्यायाधीश र मेजिस्ट्रेटको नियन्त्रण राज्यबाट गरिने भयो र सेनाको साथ साथ क्रान्तिकारी नेसनल गार्डको व्यवस्था गरियो। १७८९ को केन्द्रिय तत्त्व "स्वतन्त्रता, समानता र बन्धुत्व"को नारा थियो। र "मानव तथा नागतिकको अधिकारको घओषणा"लाई नै पूर्ण रुपमा क्रान्तिको रुप मानियो। "[४०]

क्याथोलिक चर्चको स्थिति सम्पादन गर्नुहोस्

क्रान्तिताका क्याथोलिक चर्चको स्थिती एक सबैभन्दा तातो विवाद थियो। [४१] १७८८ मा, यसले समाजमा प्रभुत्व कायम गरेको थियो; फ्रेन्च नै क्याथोलिक र क्याथोलिक नै फ्रेन्च भन्ने मान्यता थियो। १७९९ सम्ममा, चर्चको अधिकांश सम्पत्ति जफत गरियो र यसमा प्रमुख नेताहरू कि त मारिए वा निर्वासित थिए। यसको सांस्कृतिक प्रभाव माथि हमला गरियो र आइतबार, पवित्र दिन, प्राथना, संस्कार र पर्वहरू हटाउने प्रयास गरियो। अन्ततः यी प्रयासहरू विफल भए बरु धर्म माने सन्तहरू बाट आक्रोशित प्रतिकृया सामना गर्नु पर्यो। यी परिवर्तनहरूको विरोध नै वेन्दीको विद्रोहको मुख्य कारण थियो। [४२]

 
The 1793 War in the Vendée was in part sparked by opposition to state persecution of the Catholic church

शताब्दियौं देखि, परोपकारी संस्थाहरूले अस्पताल, गरिबलाई राहत दिन, स्कुललाई पैसा दिने गर्थ्यो। जब यसका सम्पत्ति जफत गरियो र बेचियो पैसा आउन बन्द भयो र समाजमा अव्यवस्था भयो। [४३]

अर्थतन्त्र सम्पादन गर्नुहोस्

दुई तिहाई भन्दा धेरै फ्रान्सेली हरू कृषिमा काम गर्थे, जुनलाई क्रान्तिले परिवर्तन गर्‍यो। चर्च र कुलीनवर्गले नियन्त्रण गर्ने ठूलो जमिन जफत भएपछि फ्रान्समा धेरै सङ्ख्यामा साना स्वतन्त्र फार्मको विकास भयो। बाली फसल कटाइमा कर अन्त्य गरियो। परिवारमा पितृसत्ता कमजोर हुँदै गयो। परिवारका सबै सन्तानसँग पैतृक सम्पत्तिको हक हुने भएपछि जन्मदरमा कमी आयो। [४४]

सहरमा, साना स्तरको उद्यम विस्तार भयो। एकाधिकार, प्राथमिकता, बाधा, नियम, कर उदार भएकाले त्यस्तो भएको थियो। यद्यपि बेलायती नाकाबन्दीको कारणले समुद्रपार र उपनीवेशको व्यापार लगभग अन्त्य भएको थियो। त्यसले उनीहरूको आपूर्ति चक्र बिथोलिएको थियो। समग्रमा, क्रान्तिले फ्रान्सको व्यापार क्षेत्रमा ठूलो परिवर्तन भएन। एक सामान्य व्यापारीको स्वामित्वमा एक सानो स्टोर, मिल वा पसल हुन्थ्यो, परिवारको सहयोग वा केही कर्मचारीहरू को साथ चलाउथ्यो। ठूला उद्योगहरू अन्य औद्योगिकशील राष्ट्रभन्दा कम थियो।[४५]

संविधानवाद सम्पादन गर्नुहोस्

क्रान्तिको मुख्य उद्देश्य राजाको स्वेच्छाचारी शासनको अन्त्य थियो। क्रान्तिको समयमा संवैधानिक व्यवस्था सहितको विधिको शासनको वाचा गरिएको थियो। नेपोलियनले सम्राटको रुपमा संवैधानिक प्रणालीको स्थापना गरेका थिए (यद्यपि उनको हातमा नै सम्पूर्ण नियन्त्रण थियो), र पुर्नार्स्थापित बुर्बोन राजवंश पनि संवैधानिक मार्गमा नै हिड्न बाध्य भयो। १८७१ मा नेपोलियन तृतीयको बहिर्गमन पछी, राजतन्त्रवादीहरूस संग बहुमत थियो, तर उनीहरू यति विभाजित थिए कि को राजा भन्नेमा उनीहरू सहमत हुन सकेनन्। र क्रान्तिको विचारप्रति अझै बढी प्रतिबद्ध तेस्रो फ्रान्सेली गणतन्त्रको स्थापना भयो।[४६][४७] क्रान्तिको पुरातनवादी क्याथोलिक दुश्मन भिची फ्रान्स (१९४०-४४)मा सत्तामा आयो। भिचीले समानताको सिद्धान्तलाई अस्वीकार गर्‍यो र क्रान्तिको क्रान्तिमा प्रयोग गरिएको नारा ‘भातृत्व, समानता र स्वतन्त्रता’ ९(Liberty, Equality, Fraternity)को स्थानमा "काम, परिवार र मातृभूमी" ले प्रतिस्थापन गर्ने प्रयास गरेको थियो। यद्यपि बुर्बोन, भिची वा कसैले पनि १७८९ अगाडी कुलीन वर्गले प्रयोग गर्ने विशेषाधिकार पुनर्स्थापना गर्ने प्रयास गरेनन्। फ्रान्स स्थायी रुपमा कानुनीको नजरमा सबै बराबर रहेको समाज बन्यो ।[४८]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Livesey, James. Making Democracy in the French Revolution p. 19 "The Revolution created and elaborated...the ideal of democracy, which forms the creative tension with the notion of sovereignty that informs the functioning of modern democratic liberal states. This was the truly original contribution of the Revolution to modern political culture."
  2. Linda S. Frey and Marsha L. Frey, द फ्रेन्च रिभोलुसन (२००४), Foreword.
  3. R.R. Palmer and Joel Colton, A History of the Modern World (5th ed. 1978), p. 341
  4. Ferenc Fehér, द फ्रेन्च रिभोलुसन एण्ड द बर्थ अफ मोडर्निटी, (१९९०) pp. ११७-३०
  5. बेल, डेभिड एभ्रोम (२००७), The First Total War: Napoleon's Europe and the Birth of Warfare as We Know It, न्यु योर्क: Houghton Mifflin Harcourt, पृ: ५१, आइएसबिएन 978-0-618-34965-4 
  6. ६.०० ६.०१ ६.०२ ६.०३ ६.०४ ६.०५ ६.०६ ६.०७ ६.०८ ६.०९ ६.१० ६.११ ६.१२ ६.१३ ६.१४ खरेल.
  7. Tombs, Robert and Isabelle. That Sweet Enemy: The French and the British from the Sun King to the Present. Random House (2007) आइएसबिएन ९७८-१-४०००-४०२४-७. p. १७९.
  8. डन, सुसन (१९९९), सिस्टर रिभोलुसन्स, न्युयोर्क: Faber and Faber, पृ: ९। 
  9. Frey, p. 3
  10. "France's Financial Crisis: 1783–1788", अन्तिम पहुँच २६ अक्टोबर २००८ 
  11. Hibbert, pp. 35, 36
  12. Doyle 1990, पृष्ठ 93.
  13. Doyle, The Oxford History of the French Revolution (1989) pp. 99–101
  14. Albert Soboul, The French Revolution 1787–1799 (1975) pp. 127–29.
  15. Thompson, Marshall Putnam (१९१४), "The Fifth Musketeer: The Marquis de la Fayette", Proceedings of the Bunker Hilll Monument Association at the annual meeting, पृ: ५०, अन्तिम पहुँच १० फेब्रुअरी २०११ 
  16. Schama 2004, p. 317
  17. Schama 2004, p. 331
  18. Schama 2004, p. 344
  19. Schama 1989, पृष्ठ. 527-529.
  20. Crook 1996, पृष्ठ 94.
  21. Gough 1998, पृष्ठ 77.
  22. खरेल, ओम प्रसाद, नेपोलियन महान् योद्धा नेपोलियनको सनसनी पूर्ण जीवनी, काठमाडौँ: डीकुरा प्रकाशन, पृ: ४०। 
  23. Schama 1989, पृष्ठ 844.
  24. Schama 1989, पृष्ठ 845.
  25. Soboul 1975, पृष्ठ. 425–428.
  26. २६.० २६.१ Doyle (1989), p. 320
  27. McLynn 1997, पृष्ठ 219.
  28. Rothenberg 1988, पृष्ठ 785.
  29. Blanning 1996, पृष्ठ. 120-121.
  30. Brown 1995, पृष्ठ 35.
  31. McLynn 1997, पृष्ठ 157.
  32. Cerulo, Karen A. (१९९३), "Symbols and the world system: national anthems and flags", Sociological Forum 8 (2): 243–71, डिओआई:10.1007/BF01115492 
  33. Paul R. Hanson (२००७), The A to Z of the French Revolution, Scarecrow Press, पृ: १५१, आइएसबिएन 978-1-4617-1606-8 
  34. Palmer & Colton 1995, पृष्ठ 341.
  35. Fehér 1990, पृष्ठ. 117–130.
  36. Dann & Dinwiddy 1988, पृष्ठ 13.
  37. Keitner 2007, पृष्ठ 12.
  38. Stewart 1951, पृष्ठ. 783–94.
  39. Thompson 1952, पृष्ठ 22.
  40. Lefebvre 1947, पृष्ठ 212.
  41. Kennedy 1989, पृष्ठ. 145–167.
  42. Kennedy 1989, पृष्ठ. 338–353.
  43. Sutherland 2002, पृष्ठ. 1-24.
  44. Jones 1988, पृष्ठ. 251–54, 265.
  45. Cobban 1964, पृष्ठ. 68-80.
  46. Furet, ed., A Critical Dictionary of the French Revolution, pp. 479–93
  47. Robert Tombs, "Inventing politics: from Bourbon Restoration to republican monarchy," in Martin S. Alexander, ed., French history since Napoleon (1999), pp. 59–79
  48. Hanson 2009, पृष्ठ 189.

स्रोत सम्पादन गर्नुहोस्

  • Schama, Simon (१९८९), Citizens, A Chronicle of The French Revolution (2004 संस्करण), Penguin, आइएसबिएन 978-0-14-101727-3 
  • Schama, Simon (१९७७), Patriots and Liberators: Revolution in the Netherlands, 1780–1813, Harper Collins, आइएसबिएन 978-0-00-216701-7 
  • खरेल, ओम प्रसाद (२०६४), नेपोलियन महान् योद्धा नेपोलियनको सनसनी पूर्ण जीवनी, डीकुरा प्रकाशन।