जनरल सेनाको उच्च पदको एक अधिकारी र केहि राष्ट्रहरूमा वायु सेना, अन्तरिक्ष सेना वा समुद्री सेनाको उच्च अधिकारी हो। [टिप्पणीहरू १] यस शब्दलाई नेपालीमा "जर्नेल" भनेर पनि नेपालीकरण गरिएको छ। केहि प्रयोगहरूमा "जनरल अधिकारी" शब्दले कर्णेल माथिको दर्जालाई जनाउँछ। [] जनरलले सेना मात्र नभएर अन्य क्षेत्रको पनि सर्वोच्च अधिकारीलाई बुझाउँछ। जस्तै

  • अडिटर जनरल : महालेखापरीक्षक
  • इन्स्पेक्टर जनरल अफ पुलिस: प्रहरी महानिरीक्षक
  • अटर्नी जनरल: महान्यायाधिवक्ता
  • डाइरेक्टर जनरल: महानिर्देशक

वर्तमान समयमा कुनै कुनै देशहरूमा जनरल भनेर चार तारे श्रेणीको अधिकारीलाई चिनिन्छ। यद्यपि, विभिन्न देशहरूले वरिष्ठ अधिकारीको लागि ताराहरूको विभिन्न प्रणाली र आफ्नै-आफ्नै किसिमको दर्ज्यानी चिह्नको प्रयोग गर्छन्। जनरललाई नाटोले ओएफ-९ दर्जा स्केल कोड [टिप्पणीहरू २] दिएको छ र सेना, वायु सेना, र समुद्री सङ्गठनमा उच्चतम दर्जा हो। 

फिल्ड मार्सल दर्जा कुनै देशहरूमा सर्वोच्च पदको रूपमा प्रयोग गरिएको थियो, जबकि अन्य देशहरूमा यो एक विभागीय वा ब्रिगेड श्रेणीको रूपमा प्रयोग गरिएको थियो। धेरै देशहरू (विशेष गरि क्रान्ति पूर्वको फ्रान्सल्याटिन अमेरिकाको अधिकांश देशहरूमा) वास्तवमा दुई ब्रिगेड कमाण्ड दर्जाको उपयोग गरिन्थ्यो, यहि कारण अहिले पनि केहि देशहरूमा आफ्नो ब्रिगेड सामान्य चिह्नको रूपमा दुई ताराको उपयोग गर्दछ। मेक्सिकोअर्जेन्टिना अझै दुई ब्रिगेड कमाण्ड दर्जाको प्रयोग गर्दछन्।

नौसेना (जलसेना) मा जनरलको समकक्षको दर्जा एडमिरल हुन्छ र वायुसेनामा एयर चिफ मार्सल हुन्छ।

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "general, adj. and n.". OED Online. March 2021. Oxford University Press. https://www.oed.com/view/Entry/77489?rskey=dCKrg4&result=1 (accessed May 11, 2021)


उद्दरण त्रुटी: <ref> tags exist for a group named "टिप्पणीहरू", but no corresponding <references group="टिप्पणीहरू"/> tag was found