माक्सिमिलियेँ रबस्पियर

म्याक्समिलन रोबस्पेयर ((फ्रान्सेली: [mak.si.mi.ljɛ̃ fʁɑ̃.swa ma.ʁi i.zi.dɔʁ də ʁɔ.bɛs.pjɛʁ] ६ मे १७५८ -२८ जुलाई १७९४ ) एक फ्रान्सेली वकील र राजनीतिज्ञ थिए। उनलाई फ्रान्सेली राज्यक्रान्तिसँग सम्बन्धित सबैभन्दा प्रसिद्ध र प्रभावशाली व्यक्तिहरूमा गनिन्छ। रोबस्पियर फ्रान्सको राष्ट्रिय सभा, फ्रान्सको राष्ट्रिय संविधान सभा र जाकोबियोँ क्लबको सदस्य थिए।

माक्सिमिलियेँ द रबस्पियर
रबस्पियर सन् १७९० मा, पेरिस
सार्वजनिक सुरक्षा समितिका सदस्य
कार्यकाल
२७ जुलाई १७९३ – २८ जुलाई १७९४
पूर्वाधिकारीतोमा-अगुस्तँ द आसपारिन
उतराधिकारीजाक निकोला बियु-भरान
राष्ट्रिय महाधिवेशनका अध्यक्ष
कार्यकाल
४ जुन १७९४ – १९ जुन १७९४
पूर्वाधिकारीक्लुद अँथुवन पियर
उतराधिकारीइली लाकोस्त
कार्यकाल
२२ अगस्ट १७९३ – ७ सेप्टेम्बर १७९३
पूर्वाधिकारीमेरी-जँ एहु द सेसेल
उतराधिकारीजाक-निको बियु-भरान
राष्ट्रिय महाधिवेशनका उपसभापती
कार्यकाल
२० सेप्टेम्बर १७९२ – २७ जुलाई १७९४
निर्वाचन क्षेत्रपेरिस
राष्ट्रिय संविधान सभाका अपाध्यक्ष
कार्यकाल
९ जुलाई १७८९ – ३० सेप्टेम्बर १७९१
राष्ट्रिय सभाका उपाध्यक्ष
कार्यकाल
१७ जुन १७८९ – ९ जुलाई १७८९
तेस्रो वर्गको इस्टेट जनरलका उपाध्यक्ष
कार्यकाल
६ मे १७८९ – १६ जुन १७८९
निर्वाचन क्षेत्रअर्तवा
जाकोबिन क्लब प्रमुख
कार्यकाल
३१ मार्च – ३ जुन १७९०
कार्यकाल
७ अगस्ट – २८ अगस्ट १७९३
सार्वजनिक सुरक्षा आयोगका सदस्य
कार्यकाल
२६ मार्च १७९३ – ३ अप्रिल १७९३
व्यक्तिगत विवरण
जन्म
माक्सिमिलियेँ फ्रँस्वा मेरी इसिदोर द रबस्पियर

(१७५८-०५-०६)६ मे १७५८
अरास प्रान्त, अर्तवा, फ्रान्स
मृत्यु२८ जुलाई १७९४(1794-07-28) (उमेर ३६)
पल्ज दे ल रिभोलुस्योँ, पेरिस, फ्रान्स
मृत्युुको  कारणगिएतिनद्वारा हत्या
राष्ट्रियताफ्रान्सेली
राजनीतिक दलला मोन्तान्या (सन् १७९२–१७९४)
अन्य राजनीतिक
संलग्नता
जाकोबिन क्लब (सन् १७८७–१७९४)
मातृ शिक्षाप्रतिष्ठानलुई-ले-गँह कलेज
पेरिस विश्वविद्यालय
जीवनवृतिवकिल र राजनीतिज्ञ
हस्ताक्षर

आर्रा प्रान्तको वकील रबस्पियर स्वभावले अन्तर्मुखी र रूसोको अनन्य भक्त थिए। उनले फ्रान्समा पुरुष मताधिकार लागु गर्न र दास प्रथा पूर्णतया समाप्त गर्नको लागि आन्दोलनको नेतृत्व गरेका थिए। उनी आफू हिंसात्मक नभए तापनि उनले हिंसालाई प्रोत्साहित गरेका थिए। उनी फ्रान्समा सद्गुणको गणतन्त्र [१] स्थापना गर्न चाहन्थे र उनको कथन निकै प्रसिद्ध छ "आतङ्क बिनाको सद्गुण र सद्गुण बिनाको आतङ्क निरर्थक छ ।" [२] उनले क्रान्तिको समयमा लुई सोह्रौँ र रानी एन्टोइनेटलाई मृत्युदण्डको सजायको लागि समेत महत्त्वपूर्ण भूमिका खेलेका थिए। रोबस्पेयरलाई लेँकोरेप्तिब्ल अर्थात् जसलाई भ्रस्ट गर्न नसकिने उपाधि दिइएको थियो।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भहरू सम्पादन गर्नुहोस्

  1. http://www.historyguide.org/intellect/virtue.html
  2. वर्मा, लाल बहादुर (२००९), आधुनिक विश्व इतिहास की झलक, इलाहाबाद: अभिव्यक्ति प्रकाशन, पृ: 38–40।