इटालीको एकीकरण ( इटालेली: Unità d'Italia [uniˈta ddiˈtaːlja] ) १९ औँ शताब्दीको इटलीमा एक राजनैतिक र सामाजिक अभियान थियो । यस अभियानको सुरुवात र अन्त तिथि इतिहासकारमा विवाद छ ।

इटालीको एकीकरण

सन् १८७० मा इटालीको एकीकरण सम्पन्न भएको हो । एकीकरण अघि अर्थात १९ औँ शताब्दीको सुरुमा इटाली ५ भागमा विभाजित थियो र ती क्षेत्रमा विभिन्न साम्राज्यको अधिकार थियो । त्यस समय इटालीको स्थिती निम्नानुसार थियो ।

  1. नेपल्स र सिसिली नामक दक्षिणका दुई क्षेत्राहरू बुर्बो राजवंशको अधीनमा एक राज्यको एउपमा थिए ।
  2. रोम र यसको आसपासको चर्चको राज्यमा फ्रान्सको प्रभाव थियो ।
  3. मध्य इटालीको परमा, मेडेना, टस्कनी र रोम्पागनामाथी अस्ट्रिया साम्राज्यको प्रभाव थियो ।
  4. उत्तरतर्फको लोम्बार्डी - भेनेसियाको क्षेत्र अष्ट्रीया साम्राज्य अन्तर्गत पर्दथ्यो ।
  5. सार्डिनिया तथा पिड्मन्ट राज्य मात्र स्वतन्त्र राज्यको रूपमा थिए ।

पृष्ठभुमि सम्पादन गर्नुहोस्

मेज्जिनी सम्पादन गर्नुहोस्

मेज्जिनीले युवा इटाली (Young Italy) नामक संस्था स्थापना गरी इटालीलाई गणतन्त्र राज्य बनाउने लक्ष्य राखेका थिए । त्यसैले उनलाई ´इटालियन राष्ट्रियताको जनक´ मानिन्छ ।

 
Giuseppe Mazzini

गेरीबाल्डी सम्पादन गर्नुहोस्

 
Giuseppe Garibaldi

गेरीबाल्डीको जन्म सन् १८०५ मा भएको थियो । विदेशी शक्ति सँग युद्ध गरी इटालीको एकीकरण गर्नका लागि एक हजार युवाहरूको सङ्गठन गरेका थिए जसलाई ´रातो सर्ट´ भनिन्थ्यो । उनले भूमिगत तथा खुला दुवै किसिमका युद्धद्वारा इटालीको एकीकरणमा महत्त्वपूर्ण काम गरेकाले ´राष्ट्रियताका योद्धा´ मानिन्छन् ।

काबुर सम्पादन गर्नुहोस्

काबुर(Cavour) इटालीको पिडमन्ट र सार्डिनियाका राजा इमान्युअलका प्रधानमन्त्री थिए । उनले इटालीका स-साना राज्यहरूलाई एकीकरण गरी इटालीलाई एउटा विशाल र शक्तिशाली राष्ट्र बनाउन महत्त्वपूर्ण काम गरे ।

१८५६को पेरिस शान्ति सम्मेलन सम्पादन गर्नुहोस्

क्रीमियाको युद्धमा रुसी साम्राज्यअटोमन साम्राज्य टर्की बीच लडाइँ भयो । बेलायत र फ्रान्सले टर्कीको पक्षमा सहायता गरेकोले काबुरले पनि उनीहरूलाई साथ दिए । अन्त्यमा टर्की , बेलायत र फ्रान्स पक्षको विजय भएकाले सन् १८५६ को पेरिस शान्ति सम्मेलनमा सार्डिनियाले पनि भाग लिने मौका पायो । यस अवसरमा अस्ट्रियाले इटालीमा गरेको अत्याचारका विरुद्ध काबुरले आवाज उठाउने मौका पाए । उनको अस्ट्रियाविरोधी भनाइलाई बेलायत र फ्रान्सले सहानुभूति देखाए ।

अस्ट्रियाविरुद्ध युद्ध सम्पादन गर्नुहोस्

रोम माथी नियन्त्रण सम्पादन गर्नुहोस्

 
रोम माथी अधिकार

सन् १८७० मा फ्रान्स र अस्ट्रिया बीच युद्ध भयो । त्यसबेला रोमको सुरक्षाका लागि फ्रेन्च सेना रहेको थियो । युद्धको समयमा रोमको फ्रेन्च सेना त्यहाँबाट युद्धमा भाग लिन गएको हुनाले सार्डिनियाले सजिलैसँग रोम माथी अधिकार गर्यो । २० सेप्टेम्बर १८७० ई. मा इटलीको सेनापति केडोनीले रोम माथी इटलीको अधिकार स्थापित गरे । यस प्रकार इटालीवासिको अन्तिम इच्छा पनि पूर्ण भयो । २ जून १८७१ ई. मा भिक्टर इमेनुएल रोम प्रवेश गरे । इटलीको संसद को उद्घाटन गर्दै उनले भने,

: ''हाम्रो राष्ट्रिय एकता पूर्ण भयो, अब हाम्रो कार्य राष्ट्रलाई महान बनाउनु हो।''

सन्दर्भ सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

फ्रान्सको क्रान्ति (१८४८) जर्मनीको एकीकरण