आर्थिक मन्दी भनेको अन्तर्राष्ट्रिय स्तरमा वस्तु र सेवाको उत्पादनमा निरन्तर गिरावट आउने र कूल गृहस्थ उत्पादन कम्तिमा तीन महिनाको लागि गिरावट भएको अवस्थालाई भनिन्छ।

उल्लेख्यानीय मन्दी सम्पादन गर्नुहोस्

१६४० को सङ्कट सम्पादन गर्नुहोस्

१८३७ को महामन्दी सम्पादन गर्नुहोस्

यो मन्दीको असर १९३० को महामन्दीको भन्दा पनि नराम्रो थियो। [१] यो महामन्दी क्यालिफोर्नियाको सुनको होड पछि सकियो र अमेरिकी सुन भण्डारमा दस गुणा बढी सुन थपियो। अधिकांश मन्दी पछि जस्तै, यो मन्दी पछि पनि अर्थतन्त्रमा उछाल आयो। यो तीस भर्षको अवधिलाई दोस्रो औद्योगिक क्रान्ति भनिन्छ।

१८३७ को त्रासदी सम्पादन गर्नुहोस्

लामो मन्दी सम्पादन गर्नुहोस्

लामो मन्दी सन् १८७३ सुरु भएर १८९६ सम्म चलेको विश्वव्यापी मूल्य तथा आर्थिक शिथिलता थियो। [२] अमेरिकी गृहयुद्धको अन्त्य र दोस्रो औद्योगिक क्रान्ति पछि बलियो अर्थतन्त्र भएको भनिएका युरोपका देश र अमेरिकालाई यसले नराम्ररी प्रभावित गरेको थियो। १९३० को दशक भन्दा अगाडि सम्म "महामन्दी" भनेर यो मन्दीलाई नै बुझाइन्थ्यो।

महामन्दी सम्पादन गर्नुहोस्

सन् १९३० को दशकको महामन्दीले विशवका अधिकांश राष्ट्रिय अर्थतन्त्रलाई प्रभावित गरेको थियो। यी मन्दी १९२९ को बाल स्ट्रिट क्र्यास पछि सुरु भएको मानिन्छ।, र यो सङ्कट चाडैं नै राष्ट्रिय अर्थतन्त्रमा फैलियो। [३] सन् १९२९ देखि १९३३ को बीचमा, अनेरिकाको कुल राष्ट्रिय उत्पादन ३३% ले घट्यो भने बेरोजगारी २५%ले बढ्यो। (औद्योगिक बेरोजगारी नै ३५% भन्दा अधिकले बढेको थियो।[स्रोत नखुलेको]

महामन्दीको दुरगामी प्रभाव भनेको सबै प्रमुख मुद्राको सुन मानक प्रचलनको अन्त्य थियो।

ग्रीक मन्दी सम्पादन गर्नुहोस्

ग्रीसको सरकारी ऋण सङ्कट सन् २००९ मा सुरु भएको थियो। यसलाई 'ग्रीक मन्दी' पनि भनिन्छ। यो युरोपको युरो-क्षेत्रमा पहिलो सार्वभौम ऋण सङ्कट (सरकारी ऋण सङ्कट) थियो।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Rezneck, Samuel (१ जुलाई १९३५), "The Social History of an American Depression, 1837-1843", The American Historical Review 40 (4): 662–687, जेएसटिओआर 1842418, डिओआई:10.2307/1842418 
  2. The Long Depression – the First Great Depression (America's Economic History. Posted Jul 16, 2015 by Martin Armstrong)
  3. "About the Great Depression", English.uiuc.edu, मूलबाट २० डिसेम्बर २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ सेप्टेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २० डिसेम्बर २००८ मिति