मुख्य सूची खोल्नुहोस्

आयकर (अङ्ग्रेजी: Income Tax) भन्नाले कुनै पनि व्यक्तिको आयमा लाग्ने प्रत्यक्ष करलाई जनाउँदछ । आयकर राज्यले व्यवस्था गरे अनुसार फरक राज्यमा फरक दरमा लागू हुन्छ। नेपालमा लाग्न आयकरलाई आयकर ऐन, २०५८ तथा आयकर नियमावली, २०५९ ले निर्दिश्ट गर्ने गर्दछ । नेपालको आयकर कर प्रणाली अनुसार व्यक्तिको आयमा आयकर लाग्दछ भने कर प्रयोजनको लागी व्यक्ति भन्नाले दुई प्रकारको व्यक्तिलाई बुझाउँदछ पहिलो प्राकृतिक व्यक्ति तथा निकाय ।

आयकर ऐन, २०५८ को दफा २(ढ) अनुसार आयकर भन्नाले आयकर ऐन बमाजिम लाग्ने कर तथा निम्नानुसारको भुक्तानीलाई सम्झनु पर्दछ ।

  1. कर बक्यौता रहेको व्यक्तिको सम्पत्तिका सम्बन्धमा दावी र लिलाम बिक्री बापत बिभागले गरेका दफा १०४ को उपदफा (८) को खण्ड (क) मा उल्लिखित खर्चहरु,
  2. अग्रिम कर कट्टी गर्ने व्यक्ति वा कर कट्टी हुने व्यक्तिले दफा ९० बमोजिम वुझाउनु पर्ने रकम वा किस्तावन्दीमा दाखिला गर्ने व्यक्तिले दफा ९४ वमोजिम वुझाउनु पर्ने रकम वा अग्रिम कर दाखिला गर्नु पर्ने व्यक्तिले दफा ९५क. वमोजिम बुझाउनु पर्ने रकम वा दफा ९९, १००, १०१ बमोजिम कर निर्धारण भए अनुसार बुझाउनु पर्ने रकम,
  3. दफा १०७ को उपदफा (२), दफा १०८ को उपदफा (३) वा (४), दफा १०९ को उपदफा (१) र दफा ११० को उपदफा (१) बमोजिम तेस्रो पक्षको कर दायित्वको सम्बन्धमा विभागलाई बुझाउनु पर्ने रकम,
  4. शुल्क तथा ब्याज बापत बुझाउनु पर्ने परिच्छेद–२२ बमोजिमको रकम, र
  5. बिभागले आदेश दिए बमोजिम दाखिला गर्नु पर्ने दफा १२९ बमोजिमको जरिवाना रकम । [१]

विषयसूची

व्यक्तिको परिभाषासम्पादन

  1. प्राकृतिक व्यक्तिः
  2. निकायः

आयकरका लागी आयका शिर्षकहरुसम्पादन

  1. व्यावसायबाट हुने आय
  2. रोजगारीबाट हुने आय
  3. लगानीबाट हुने आय
  4. आकस्मिक आय

श्रोतमा कर कट्टीसम्पादन

भुक्तानीको श्रोतमा काटिने कर रकमलाई श्रोतमा कर कट्टी (अङ्ग्रेजी: Tax Deduction at Source (TDS)) भनिन्छ ।[१] श्रोतमा कर कट्टी आर्जन गर्दाको बखतमा कर तिर्ने (अङ्ग्रेजी: Pay As You Earn (PAYE)) अवधारणा अनुसार काटिने करको रकम हो ।

आयकर ऐन, २०५८ को दफा २ को खण्ड (क) देखि खण्ड (क व) सम्म ऐनमा प्रयोग भएका मुख्य शब्दावलीहरुलाई परिभाषित गरिएको छ । ऐनमा कुनै खास दफा वा खास उपदफा वा खण्डका लागि लागु हुने शव्दहरुको अर्थ सोही दफा, उपदफा वा खण्डमा नै उल्लेख गरिएको छ । एकभन्दा बढी दफा उपदफामा समान अर्थमा प्रयोग गरिने शव्दहरुको परिभाषा ऐनको दफा २ मा गरिएको छ । ऐनमा परिभाषित गरिएका बिभिन्न शब्दावलीहरुको ब्याख्या यस परिच्छेदमा गरिएको छ ।

# परिभाषा एवं ब्याख्यासम्पादन

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा ऐनको दफा २ मा गरिएका परिभाषा र सोका ब्याख्या निम्नानुसार बुझ्नु पर्दछ :–

(क)  अग्रिम कर कट्टी गर्ने व्यक्ति,सम्पादन

“अग्रिम कर कट्टी गर्ने व्यक्ति” भन्नाले रोजगारी, लगानी प्रतिफल, सेवा शुल्क तथा ठेक्का वा करार समेतको भुक्तानी गर्दा परिच्छेद–१७ बमोजिम अग्रिम कर कट्टी गर्ने कर्तव्य भएको व्यक्ति सम्झनु पर्छ ।

आयकर ऐन, २०५८ ले अग्रिम कर कट्टी गर्न तोकिएका माथी उल्लेख गरिए वमोजिमका विभिन्न शीर्षकका भुक्तानीमा अग्रिम कर कट्टी गरेर मात्र भुक्तानी गर्न पर्ने व्यवस्था गरिएको छ । यसरी अग्रिम कर कट्टी गरेर मात्र भुक्तानी गर्नु पर्ने रकम भुक्तानी गर्दा ऐनमा तोकिएको दर अनुसार हुने रकम कट्टा गरेर बांकी रकम मात्र भुक्तानी गर्नु पर्ने हुन्छ । यस परिभाषा अनुसार अग्रिम कर कट्टी गर्ने व्यक्ति (withholding agent) भन्नाले अग्रिम कर कट्टी गरेर मात्र भुक्तानी गर्नु पर्ने दायित्व भएको व्यक्तिलाई सम्झनु पर्दछ ।

उदाहरणको लागि कुनै निकायले आफ्नो कर्मचारीलाई पारिश्रमिक भुक्तानी गर्दा करलाग्ने पारिश्रमिक वितरण गर्ने भए कर्मचारीलाई पारिश्रमिक भुक्तानी गर्ने त्यस्तो निकाय अग्रिम कर कट्टी गर्ने व्यक्ति हुन्छ । कुनै कम्पनीले कुनै परामर्शदातालाई कुनै काम लगाए वापत सेवाशुल्क भुक्तानी गर्छ भने त्यस्तो कम्पनी सेवा शुल्क भुक्तानीमा अग्रिम कर कट्टी गर्ने कर्तव्य भएको व्यक्ति हुने हुँदा उक्त कम्पनीलाई अग्रिम कर कट्टी गर्ने व्यक्ति मानिन्छ । यस सम्वन्धी विस्तृत व्याख्या यसै निर्देशिकाको परिच्छेद १६ मा गरिएको छ ।

(ख)  अधिकृतसम्पादन

“अधिकृत” भन्नाले बिभागमा रहने दफा ७२ मा उल्लेख भए बमोजिमका महानिर्देशक, उप महानिर्देशक, प्रमुख कर प्रशासक, निर्देशक,प्रमुख कर अधिकृत, कर अधिकृत तथा अन्य अधिकृतलाई सम्झनु पर्छ ।

ऐनको दफा ७२ मा यस ऐनका कार्यो न्वयन तथा प्रशासन गर्ने कामको लागि आन्तरिक राजस्व बिभाग जिम्मेवार हुने ब्यबस्था गरिएको छ । विभाग भन्नाले आन्तरिक राजस्व विभागका साथै आन्तरिक राजस्व कार्यालयहरु, ठुला करदाता कार्यालय एवं करदाता सेवा कार्यालय पनि सम्झनु पर्छ । ऐनको कार्यान्वयनको लागी आन्तरिक राजस्व विभाग तथा आन्तरिक राजस्व कार्यालयहरुमा महानिर्देशक, उप महानिर्देशक, प्रमुख कर प्रशासक,निर्देशक, प्रमुख कर अधिकृत, कर अधिकृत तथा अन्य अधिकृत एवं अन्य कर्मचारीहरु रहन सक्ने ब्यबस्था छ । ऐनको दफा ७२ को उपदफा (४) को खण्ड (ग) बमोजिम महानिर्देशकले केही अधिकार निजामती सेवाको कुनै अधिकृत कर्मचारीले प्रयोग गर्न पाउने गरी तोक्न सक्ने ब्यबस्था समेत छ । यस सम्बन्धि विस्तृत विवरण परिच्छेद ३१ मा उल्लेख गरिएको छ ।

(ग)  अन्तिम रुपमा कर कट्टी हुने भुक्तानीसम्पादन

“अन्तिमरुपमा कर कट्टी हुने भुक्तानी” भन्नाले दफा ९२ मा उल्लेख भए बमोजिम लाभांश, भाडा, लाभ, व्याज तथा गैर बासिन्दा व्यक्तिलाई गरिएको कर कट्टी हुनुपर्ने भुक्तानी सम्झनु पर्छ ।

अग्रिम कर कट्टी भएको रकमलाई यो ऐनले कर मिलान हुने कर कट्टी रकम र अन्तिम हुने कर कट्टी ९ँष्लबि ध्ष्तजजयमिष्लन त्बह० रकम गरी दुई किसिमले व्यवहार गरेकोछ । कर मिलान हुने कर कट्टी रकम भन्नाले अग्रिम कट्टी गरिएको कर रकम करदाताले बार्षिक तिर्नु पर्ने कर रकममा मिलान गर्न पाउने कर रकम हो भने अन्तिम हुने कर कट्टी रकम भन्नाले ऐनमा तोकिएको दर अनुसार भुक्तानीको समयमा काटिएको रकम नै करको अन्तिम भुक्तानी हुने रकम हो । मिलान हुने कर कट्टी भएको करदाताले आय विवरण दाखिला गर्नु पर्ने, सो आय विवरणमा यसरी कर काटी भुक्तानी पाएको रकमलाई एकमुष्ट रुपमा आयमा समावेश गर्नु पर्ने तथा काटिएको करलाई बार्षिक लाग्ने करबाट घटाउनु पर्ने हुन्छ । अन्तिम कर कट्टी भएको करदातालाई कट्टी गरिएको कर नै अन्तिम हुने हुंदा त्यस्ता करदाताले आय विवरणमा त्यसरी कर कट्टी गरी प्राप्त भएको रकम आयको रुपमा समावेश गर्नु पर्दैन तथा कट्टी गरिएको कर रकम अन्य कर दायित्ववाट घटाउन समेत र्पाइंदैन ।

अन्तिम रुपमा कर कट्टी हुने भुक्तानीको बिस्तृत ब्याख्या यस निर्देशिकाको परिच्छेद १६ मा गरिएकोछ ।

(घ)  अवकाश कोषसम्पादन

“अवकाश कोष” भन्नाले निकायका हिताधिकारी प्राकृतिक व्यक्ति वा निजको आश्रितलाई कोषबाट अवकाश भुक्तानी प्रदान गर्ने प्रयोजनको लागि अवकाश योगदान रकम स्वीकार गर्ने र सो रकम लगानी गर्ने उद्देश्यले मात्र स्थापना भएको निकाय सम्झनु पर्छ ।

अबकाश कोष मात्र परिचालन गर्ने उद्देश्यले संचालन गरिएको निकायलाई अबकाश कोष ( Retirement Fund ) भनिन्छ । यस्तो अबकाश कोषले निम्नानुसारको कार्य मात्र गर्ने गर्दछ :

१) सो निकायमा प्राकृतिक व्यक्तिले अवकाश योगदान जम्मा गर्न ल्याएमा त्यस्तो योगदान जम्मा लिने,

२) यसरी जम्मा गर्ने व्यक्ति अर्थात् हिताधिकारीलाई वा निजको आश्रितलाई निज अवकाश भए पछि वा निजको मृत्यु भए पछि अवकाश भुक्तानी गर्ने, र

३) जम्मा भएको अवकाश योगदान लगानी गर्ने ।

कर प्रयोजनका आधारमा अवकाश कोषका संरचना दुई प्रकारका रहेका छन्ः स्वीकृत अवकाश कोष तथा स्विकृत नलिएको अवकाश कोष । अबकाश कोषका उदाहरणको लागि कर्मचारी संचयकोष तथा नागरिक लगानी कोषले संचालन गरेको अबकाश कोष तथा बिभागबाट अबकाश कोष संचालन गर्न स्विकृती पाएका निकायलाई लिन सकिन्छ । बिभागबाट अबकाश कोष संचालन गर्न स्विकृती पाएका निकाय,कर्मचारी संचयकोष तथा नागरिक लगानी कोषले संचालन गरेको अबकाश कोष जस्ता निकायलाई स्वीकृत अबकाश कोष ( Approved Retirement Fund ) भनिन्छ भने बिभागबाट स्वीकृत नलिई अबकाश कोष संचालन गर्ने निकायलाई स्वीकृत नलिएको अबकाश कोष ( Unapproved Retirement Fund ) भनिन्छ । निकायको हिताधिकारी प्राकृतिक ब्यक्ति भन्नाले सो निकायबाट आय प्राप्त गर्ने हक भएको प्राकृतिक ब्यक्ति भन्ने बुझाउछ । जस्तै, सो निकायमा अबकाश योगदान जम्मा गर्ने प्राकृतिक ब्यक्ति ।

अबकाश कोषको सम्बन्धमा यसै निर्देशिकाको परिच्छेद १२ मा विस्तृत व्याख्या गरिएकोछ ।

(ङ)  अवकाश भुक्तानीसम्पादन

“अवकाश भुक्तानी” भन्नाले देहायका व्यक्तिलाई दिइने भुक्तानी सम्झनु पर्छः–

(१)  प्राकृतिक व्यक्तिले अवकाश लिएको अवस्थामा निजलाई दिईने भुक्तानी, वा

(२)  प्राकृतिक व्यक्तिको मृत्यु भएको अवस्थामा निजको आश्रितलाई दिइने भुक्तानी ।

अवकाश भुक्तानी (Retirement Payment) भन्नाले कुनै प्राकृतिक व्यक्ति सिद्धान्ततः कुनै रोजगारी, पेशा वा व्यवसाय गर्न सक्षम नहुने अवस्थामा पुगी रोजगारी, पेशा वा व्यवसायवाट अवकाश लिए पछि गरिने भुक्तानी हो । त्यसै गरी कुनै प्राकृतिक व्यक्तिको मृत्यु भएमा निजले पाउने रकम निजको आश्रितलाई भुक्तानी गरिएको रकमलाई पनि अवकाश भुक्तानी भनिन्छ । सामान्यतयाः अबकाश भुक्तानीका उदाहरणमा अवकाश कोषमा योगदान गरे वापत अवकाश कोषबाट गरिने भुक्तानी, उपदान, संचयकोष, संचित विदा वापतको भुक्तानी, औषधी उपचार खर्च, दीर्घ सेवा सुबिधा (Long Service Gratuity) , कल्याणकारी कोषबाट भुक्तानी वा अबकाशको समयमा प्राप्त हुने यस्तै प्रकृतिका अन्य भुक्तानी पर्दछन् । यस्ता अबकाश भुक्तानीहरु नेपाल सरकारबाट, स्वीकृत अबकाश कोषबाट, स्वीकृत नलिएको अबकाश कोषबाट,रोजगारदाताबाट वा अन्य कुनै कोषबाट हुन सक्दछ ।

·        नेपाल सरकारबाट गरिने अबकाश भुक्तानीः नेपाल सरकारको कर्मचारी सेवा शर्त बमोजिम सरकारी सेवाबाट सेवा निबृत्त भएपछि गरिने भुक्तानीहरु, जस्तै, उपदान, औषधी उपचार खर्च, बिदा बापतका रकम, बीमा आदी पर्दछन् ।

·        स्वीकृत अवकाश कोषवाट गरिने अवकाश भुक्तानीः नागरिक लगानी कोष वा कर्मचारी संचयकोषले संचालन गरेको अवकाश कोषबाट वा बिभागबाट स्वीकृति लिई संचालन गरिएको अवकाशकोषबाट अवकाश भुक्तानी गरिन्छ । यस्तो भुक्तानी नियम २० उपनियम २ को खण्ड (घ) मा तोकिए बमोजिम देहायका अवस्थामा मात्र गर्न सकिने छ :–

(१) कर्मचारी वा कामदारले सेवाबाट अवकाश प्राप्त गरेमा,

(२) हिताधिकारीको उमेर अन्ठाउन्न वर्ष पुगेमा, वा

(३) हिताधिकारीको मृत्यु भएमा वा निज स्थायी रुपमा अपांग भएमा

·        स्वीकृति नलिएको अवकाश कोषवाट गरिने अवकाश भुक्तानीः अवकाशको समयमा भुक्तानी दिने उद्देश्य रहेको तर बिभागबाट भने स्वीकृत नलिई संचालित अवकाश कोषबाट गरिने अवकाश भुक्तानीहरु यस समूहमा पर्दछन् ।

·        अन्य अबकाश भुक्तानीः नेपाल सरकार बाहेकका अन्य रोजगारदाताले रोजगारकर्तालाई अबकाशको समयमा गर्ने गरेका अन्य भुक्तानीहरु, जस्तै, दीर्घ सेवा सुबिधा, बिदा बापतको भुक्तानी, औषधी उपचार खर्च आदी भुक्तानीहरु यसका उदाहरण हुन् । माथि उल्लेख भए अनुसार नियम २० को उपनियम २ को खण्ड (घ) को प्रावधान पुरा नगरी अर्थात, कर्मचारी वा कामदार सेवाबाट अबकाश हुनु अघि नै प्राप्त गर्ने भुक्तानी, जस्तै Long Service Gratuity, Leave Encashment, Medical Expenses जस्ता भुक्तानीहरु सेवाकालमा नै प्राप्त गरेको अबस्थामा त्यस्ता भुक्तानीहरु अवकाश भुक्तानी अन्तर्गत पर्दैनन्, त्यस्ता भुक्तानी रोजगारीको आयमा समाबेस गर्नु पर्दछ । त्यस्तै अवकाश योगदान गर्ने कर्मचारी बाहेक अन्य प्राकृतिक ब्यक्ति (हिताधिकारी) ले अन्ठाउन्न बर्ष उमेर पुगेपछि वा मृत्यु वा स्थायी रुपमा अपांग भएको अबस्थामा बाहेक अन्य अबस्थामा भुक्तानी प्राप्त गरेमा त्यस्ता भुक्तानी अबकाश भुक्तानी मानिनेछैन र त्यस्तो रकम भुक्तानी प्राप्त भएको समयमा आयमा समाबेस गर्नु पर्ने हुन्छ । तर अबकाश कोषको स्वीकृत बिनियम बमोजिम अबकाश कोषबाट यस्ता हिताधिकारीले लिएको कर्जा भने आयमा समाबेस गर्नु पर्दैन । स्वीकृत नलिएको अबकाश कोषमा योगदान गर्दा योगदान गरिने रकममा कर छुट नहुने हुँदा त्यस्ता कोषबाट अवकाश भुक्तानी गर्दा लाभमा मात्र ५ प्रतिशतका दरले अन्तिम रुपले कर लाग्ने (Final Withholding) हुन्छ र त्यसरी प्राप्त रकम आयमा समाबेस गर्नु पर्दैन ।

(च)  अवकाश योगदान रकमसम्पादन

“अवकाश योगदान रकम” भन्नाले अवकाश भुक्तानीको व्यवस्था वा सोको भविष्यमा गरिने व्यवस्थाको लागि अवकाश कोषमा गरिएको भुक्तानी सम्झनु पर्छ ।

प्राकृतिक ब्यक्तिले आफैले वा सम्बद्ध ब्यक्ति अर्थात रोजगारकर्ताको हकमा रोजगारदाताले जम्मा गरिदिएको अवकाश योगदान रकमलाई समेत जनाउछ ।

उदाहरण २.१: मानौं, हरिहर गोले मासिक रु. २०,००० पारिश्रमिक पाउने गरी कमल एण्ड कं. प्रा. लि. मा कार्यरत रहेछन् । उक्त कम्पनीबाट रु. २,००० प्रति महिना निजको नाममा अवकाश कोषमा जम्मा गरिने र सो कोषमा निजको तर्फबाट समेत रु. २,००० लगानी ब्यबस्था रहेको भए दुव गरी हुने रु. ४,००० लाई निज हरिहरको अवकाश योगदान रकम मानिन्छ ।

अवकाश योगदानको सम्बन्धमा यस निर्देशिकाको परिच्छेद १२ तथा परिच्छेद १६ मा विस्तृत व्याख्या गरिएकोछ ।

(छ)  असक्षम व्यक्तिसम्पादन

“असक्षम व्यक्ति” भन्नाले शारीरिक वा मानसिक अस्वस्थताको कारणले आफ्नो व्यवहार गर्न सक्षम नभएको व्यक्ति सम्झनु पर्छ ।

(ज)  आयसम्पादन

“आय” भन्नाले कुनै व्यक्तिले रोजगारी, व्यवसाय, लगानी वा आकस्मिक लाभबाट प्राप्त गरेको आय र यस ऐन बमोजिम गणना गरिएको सो आयको कूल रकम सम्झनु पर्छ ।

(ज१)  आकस्मिक लाभसम्पादन

“आकस्मिक लाभ” भन्नाले चिठ्ठा, उपहार, पुरस्कार, बक्सिस, जितौरी तथा अन्य कुनै पनि आकस्मिक रुपमा प्राप्त हुने लाभ सम्झनु पर्दछ ।

कुनै लाभ प्राप्त हुने निश्चितता नभएको र प्रापक व्यक्तिको श्रम वा पूँजिको उपयोग नगरी प्राप्त हुने चिठ्ठा, उपहार, पुरस्कार, बक्सिस, जितौरी वा अन्य रकमलाई आकम्मिक लाभ मानिन्छ ।

(झ)  आय वर्षसम्पादन

“आय वर्ष” भन्नाले कुनै सालको श्रावण एक गते देखि अर्को सालको आषाढ मसान्त सम्मको अवधि सम्झनु पर्छ ।

आय वर्षमा श्रावण १ गते र अर्को वर्षको आषाढ मसान्तको अवधि रहेको हुन्छ । तर यो अवधिको वीचमा स्थापना भएको वा आय आर्जन सुरु गरेको व्यक्तिको आय वर्ष सो स्थापना मिति वा आय आर्जन सुरु गरेको मिति र तत्काल पछिको आषाढ मसान्तसम्मको अवधि हुन्छ ।

(ञ)  उपहारसम्पादन

“उपहार” भन्नाले कुनै प्रतिफल विनाको भुक्तानी वा प्रतिफल सहितको भुक्तानी भएमा प्रतिफलको बजार मूल्य भन्दा भुक्तानीको बजार मूल्य वढी भएमा बढी भएको हदसम्मको भुक्तानी सम्झनु पर्छ ।

उदाहरण २.२: मानौं, दिवाकर भन्ने ब्यक्तिले रु. २५,००० पर्ने एउटा टि.भि. किनेका रहेछन् । उक्त टि.भि. बिक्रेताले गोला प्रथाबाट छानी निजलाई एउटा रु. ५,००० बजार मूल्य पर्ने हिटर थप रकम नलिई उपलब्ध गराएका रहेछन् । यसरी प्राप्त भएको थप प्रतिफललाई उपहार भनिन्छ ।

(ट)  ऋण दायित्वसम्पादन

“ऋण दायित्व” भन्नाले ऋण दाबी सरहको दायित्व सम्झनु पर्छ ।

 कुनै ब्यक्तिले अन्य ब्यक्तिलाई कुनै प्रबन्ध बापत भुक्तानी गर्ने दायित्व रहेको र सो दायित्व कुनै निश्चित अबधी वा अबस्था पछि सो ब्यक्तिलाई भुक्तानी गर्नु पर्ने प्रबन्ध गरिएका रहे ेछ भने त्यस्तो दायित्वलाई ऋण दायित्व मानिन्छ । जस्तै, कुनै ब्यक्तिले बैंकबाट कर्जा लिएको छ भने कर्जाको संझौता बमोजिम भुक्तान गर्नु पर्ने त्यस्तो रकमलाई ऋण दायित्व मानिन्छ । त्यस्तो रकममा पूंजीको अलावा सो पूंजीको प्रतिफल अर्थात ब्याज समेत समाबेस हुन्छ ।

(ठ)  ऋण दाबीसम्पादन

“ऋण दाबी” भन्नाले कुनै एक व्यक्तिले अर्को व्यक्तिवाट भुक्तानी प्राप्त गर्ने अधिकार सम्झनु पर्छ र सो शब्दले कुनै एक व्यक्तिले अर्को व्यक्तिलाई दिएको रकम फिर्ता लिने अधिकार, बैंक तथा वित्तीय संस्थाहरुमा जम्मा भएको निक्षेप, लिनु पर्ने रकम, ऋणपत्र, विनिमयपत्र,वण्ड, वार्षिक वृत्ति अन्तर्गतका अधिकार, वित्तीय पट्टा र किस्ताबन्दी ेविक्रीबाट रकम प्राप्त गर्ने अधिकार समेतलाई जनाउँछ ।

(ड)  कम्पनीसम्पादन

“कम्पनी” भन्नाले प्रचलित कम्पनी कानुन बमोजिम संस्थापित कम्पनी सम्झनु पर्छ र कर प्रयोजनको लागि देहायका संस्थाहरु समेतलाई कम्पनी सरह व्यबहार गरिनेछ :–

(१)  प्रचलित कानुन बमोजिम स्थापित संगठित संस्था,

(२)  कुनै असंगठित संघ, समिति, संस्था वा समाज वा दर्ता गरिएका वा नगरिएका एकलौटी फर्म र साझेदारी वाहेकको व्यक्तिहरुको समूह वा ट्रष्ट,

(३)  वीस वा सोभन्दा वढी साझेदारहरु भई प्रचलित कानुन बमोजिम दर्ता भए वा नभएको साझेदारी फर्म, अवकास कोष,सहकारी संस्था, युनिट ट्रष्ट, संयुक्त उद्यम,

(४) विदेशी कम्पनी,

(५)  महानिर्देशकले तोकेको अन्य कुनै विदेशी संस्था ।

आयकर प्रयोजनको निमित्त प्रचलित कानुन बमोजिम दर्ता गरिएका संगठित संस्था, जस्तै, प्राईभेट लिमिटेड कम्पनी, पब्लिक कम्पनी,संस्थान, संघ (Association), गैर सरकारी संस्था (NGOs), अन्तराष्ट्रिय गैर सरकारी संस्था (INGOs) जस्ता संस्थाहरु समेत कम्पनी मानिने छन् । अर्को शव्दमा एकलौटि फर्म र वीस भन्दा कम साझेदार रहेको साझेदारी फर्म वाहेकका जुनसुक संगठित संस्थाहरु कम्पनी मानिन्छन् ।

(ढ)  करसम्पादन

“कर” भन्नाले यस ऐन बमोजिम लाग्ने कर सम्झनु पर्छ र सो शब्दले देहाय बमोजिमका भुक्तानीलाई समेत जनाउँछ:–

(१)  कर वक्यौता रहेको व्यक्तिको सम्पत्तिका सम्बन्धमा दाबी र लिलाम बिक्री बापत बिभागले गरेका दफा १०४ को उपदफा (८) को खण्ड (क) मा उल्लिखित खर्चहरु,

(२)  अग्रिम कर कटृी गर्ने व्यक्ति वा कर कट्टी हुने व्यक्तिले दफा ९० बमोजिम बुझाउनु पर्ने रकम वा किस्ताबन्दीमा दाखिला गर्ने व्यक्तिले दफा ९४ बमोजिम बुझाउनु पर्ने रकम वा अग्रिम कर दाखिला गर्नुपर्ने व्यक्तिले दफा ९५क बमोजिम बुझाउनु पर्ने रकम वा दफा ९९, १०० र १०१ बमोजिम कर निर्धारण भए अनुसार बुझाउनु पर्ने रकम,

(३)  दफा १०७ को उपदफा (२), दफा १०८ को उपदफा (३) वा (४), दफा १०९ को उपदफा (१) र दफा ११० को उपदफा (१) बमोजिम तेस्रो पक्षको कर दायित्वको सम्बन्धमा विभागलाई बुझाउनु पर्ने रकम,

(४) शुल्क तथा व्याज वापत बुझाउनु पर्ने परिच्छेद २२ बमोजिमको रकम, र

(५) विभागले आदेश दिए बमोजिम दाखिला गर्नु पर्ने दफा १२९ बमोजिमको जरिवाना रकम ।

·        ऐनको दफा १०४ मा कर वक्यौता राख्ने व्यक्तिको सम्पत्तिमा नेपाल सरकारको दाबी रहने ब्यबस्था रहेको र यस्ता सम्पत्ति दाबी र लिलाम बिक्री गर्दा विभागले गरेका खर्च सम्बन्धित कर वक्यौता राख्ने व्यक्तिबाट असुल गर्न सक्ने प्रावधान उपदफा (८) को खण्ड (क) ले ब्यबस्था गरेकोल त्यस्ता खर्चे हरुलाई समेत कर मानिने छ । लिलामीको सूचना सम्बन्धी खर्च, लिलामी गर्दा लागेका कानुनी खर्च आदी यस्ता खर्चको उदाहरण हुन् ।

·        ऐनको दफा ९० बमोजिम अग्रिम कर कट्टी गर्नु पर्ने ब्यक्तिले अग्रिम कर कट्टी गरेको रकम र नगरेको भए पनि अग्रिम कर कट्टी गरेको मानिने कर कट्टी रकम सो महिना समाप्त भएको २५ दिन भित्र दाखिला गर्नु पर्दछ । यस्तो अग्रिम कर कट्टी भएको वा भएको मानिने रकम तोकिएको समयमा जम्मा नगरेमा वा अगिम कर कट्टी नगरी ्र भुक्तानी प्राप्त भएको अवस्थामा भुक्तानीकर्ताले सो रकम सो महिना समाप्त भएको २५ दिनभित्र कर दाखिला नगरेमा प्रापकले भुक्तानीकर्ताले दाखिला गर्नुपर्ने म्याद ( सो महिना समाप्त भएको २५ दिन) पश्चात १५ दिनभित्र अग्रिम करको रकम बुझाउनु पर्ने व्यवस्था छ । सो दफा बमोजिम दाखिला गर्नु पर्ने रकम समेतलाई कर मानिएको छ ।

·        ऐनको दफा ९४ बमोजिम कुनै व्यवसाय वा लगानीबाट कुनै आय वर्षमा निर्धारणयोग्य आय भएको वा हुने व्यक्तिले किस्तामा कर दाखिला गर्नु पर्ने ब्यबस्था गरेकोले त्यस्तो रकमलाई समेत कर मानिएको छ ।

·        ऐनको दफा ९९ बमोजिम स्वयं कर निर्धारण गर्दा बुझाउनु पर्ने रकम, दफा १०० बमोजिम गरेको संशय कर निर्धारण गर्दा बुझाउनु पर्ने रकम एवं स्वयं कर निर्धारण र संशय कर निर्धारणमा दफा १०१ बमोजिम विभागले संशोधित कर निर्धारण गरेको अबस्थामा बुझाउनु पर्ने रकमलाई समेत कर मानिएको छ ।  

·        ऐनको दफा १०७ को उपदफा (२) बमोजिम कुनै निकायले कर बुझाई सक्नुपर्ने मितिसम्म कर नबुझाएमा सो निकायका तत्काल वहाल रहेका वा ६ महिना अघिसम्म वहाल रहेका सो निकायका व्यवस्थापक वा सो हैसियतमा कार्य गर्ने प्रत्येक अधिकृतहरु संयुक्त वा छुट्टाछुट्टै रुपमा सो कर बुझाउन जिम्मेवार हुने ब्यबस्था रहेको र यस्तो रकमलाई समेत कर मानिएको छ ।

·        दफा १०८ को उपदफा (३) तथा (४) बमोजिम कुनै प्रापकले कब्जा गरेको सम्पत्ति बिक्री गरी प्राप्त गरेको रकमबाट सर्बप्रथम अग्रिम कर कट्टी गरिएको कर रकम छुट्याउनु पर्दछ । तत्पश्चात अग्रिम कट्टी गरिएको कर वाहेक अन्य वक्यौता करको हकमा कर भन्दा अग्राधिकार पाउने सुरक्षित ऋण (Secured Creditors) भए सो भुक्तान गरी बिभागले कर दाखिला गर्ने सूचना दिएको त्यस्तो कर रकम छुट्याउन र कर बुझाउन प्रापक जिम्मेवार हुनेछ । प्रापकले प्राप्त गरेको त्यस्तो रकमबाट अग्रिम करको रकम नछुट्टयाई भुक्तानी भएको रहेछ भने सो रकम प्रापकबाट असुल गरिने छ । प्रापकबाट सिधै वा निकायबाट प्रापक मार्फत दाखिला गरिने यस्तो रकमलाई समेत कर मानिएको छ ।

उदाहरण २.३: मानौं, विकास भन्ने ब्यक्ति कुनै सिमित दायित्व भएको कम्पनी (Limited Liability Company ) को लिक्विडेटरको रुपमा नियूक्त भएका रहेछन् । उक्त कम्पनीको लिक्विडेसनको अबस्थासम्ममा रु. १० लाख अग्रिम कट्टी गरिएका कर र रु. ३० लाख अन्य कर बक्यौता रहेछ । उक्त कम्पनीको कर बक्यौता रहेको र कर दाखिला गर्ने सूचना बिभागले निज प्रापकलाई दिई सकेको रहेछ । उक्त कम्पनीको सम्पत्ति बिक्री गरी लिक्विडेसनको खर्च कटाउंदा रु. एक करोड बाँकी भएछ । कर बक्यौता बाहेकका सो कम्पनीको रु. ३० लाख सोही सम्पत्ति धितो राखिएको कर भन्दा अग्राधिकार पाउने कर्जा (Secured Loan) रहेछ र रु. ५० लाख अन्य असुरक्षित दायित्व (Unsecured Liabilities) रहेछ भने निज प्रापकले सम्पत्ति बिक्री गरी प्राप्त गरेको रकमबाट लिक्विडेशनको खर्च कटाउनु अगावै रु. १० लाख अग्रिम कट्टी गरिएको कर चुक्ता गर्नु पर्दछ । तत्पश्चात लिक्विडेशन खर्च र कर भन्दा अग्राधिकार प्राप्त रु. ३० लाखको सुरक्षित ऋण चूक्ता गरी बाँकी रहेको रकमबाट पहिला रु. ३० लाख अन्य कर बक्यौता र त्यस पछि बाँकी रकम अर्थात रु. ३० लाखबाट दामासाहीले अन्य असुरक्षित दायित्व चुक्ता गर्नु पर्ने हुन्छ ।

·        दफा १०९ को उपदफा (१) बमोजिम कुनै कर बक्यौता राख्ने व्यक्तिले कर बुझाईसक्नु पर्ने मितिसम्म कर नबुझाई वाँकी राखेमा त्यस्तो व्यक्तिलाई भुक्तानी दिने व्यक्ति वा वक्यौता राख्ने व्यक्तिको सम्पत्ति राख्ने व्यक्ति वा कर वक्यौता राख्ने व्यक्तिलाई बुझाउने गरी कुनै तेश्रो व्यक्तिको तर्फबाट सम्पत्ति राख्ने व्यक्ति वा कर वक्यौता राख्ने व्यक्तिलाई रकम बुझाउने अख्तियारी पाएको जुनसुकै व्यक्तिलाई विभागले लिखित सूचना दिएर कर वक्यौता राख्ने व्यक्तिको तर्फबाट बुझाउनु पर्ने कर दाखिला गर्न आदेश दिन सक्दछ । यसरी विभागलाई बुझाउनु पर्ने रकमलाई समेत कर मानिएको छ ।

·        दफा ११० को उपदफा (१) बमोजिम कुनै कर वक्यौता राख्ने गैर बासिन्दा व्यक्तिले कर बुझाई सक्नु पर्ने मितिसम्म कर नबुझाई वाँकी राखेमा विभागले त्यसरी कर वक्यौता राख्ने व्यक्तिको स्वामित्वमा रहेको कुनैपनि सम्पत्ति आफ्नो कब्जामा राख्ने कुन व्यक्तिर्लाइै लिखित सूचना दिएर सो सम्पत्तिको बजार मूल्य बरावरको रकमबाट त्यस्तो कर वक्यौता राख्ने व्यक्तिले बुझाउनु पर्ने करको रकमभन्दा बढी नहुने गरी सो तेस्रो पक्षको कर दायित्व सम्बन्धमा कर वक्यौता राख्ने व्यक्तिको तर्फबाट सो सूचनामा उल्लिखित मितिभित्र कर बुझाउन आदेश दिन सक्नेछ । यस्तो रकमलाई समेत कर मानिएको छ ।

(ण)  कर कट्टी हुन व्यक्ति,सम्पादन

“कर कट्टी हुने व्यक्ति” भन्नाले रोजगारी, लगानी प्रतिफल, सेवा शुल्क तथा ठेक्का वा करार समेतको भुक्तानी गर्दा परिच्छेद–१७ बमोजिम कर कट्टी गरी भुक्तानी प्राप्त गर्ने वा भुक्तानी प्राप्त गर्ने अधिकार भएको व्यक्ति सम्झनु पर्छ ।

कर कट्टी हुने ब्यक्ति भन्नाले भुक्तानी प्राप्त गर्दा श्रोतमै कर कट्टा भई भुक्तानी प्राप्त गर्ने व्यक्तिलाई जनाउंछ । यसरी भुक्तानीमा कर कट्टी गर्ने ब्यक्तिका सम्बन्धमा यसै परिच्छेदको बुंदा २.२ (क) मा प्रकाश पारिसकिएको छ र भुक्तानीमा कर कट्टी गर्नु पर्ने पावधान ्र सम्बन्धी बिस्तृत ब्याख्या यसै निर्देशिकाको परिच्छेद १६ मा गरिएको छ ।

(त)  कर निर्धारणसम्पादन

“कर निर्धारण” भन्नाले यस ऐन बमोजिम गरिने कर निर्धारण सम्झनु पर्छ र सो शब्दले दफा १२२ बमोजिम गरिएको शुल्क तथा व्याजको निर्धारण समेतलाई जनाउँछ ।

तर यस शब्दले दफा १०१ बमोजिम संशोधित कर निर्धारणले प्रतिस्थापन गरेको साबिकको कर निर्धारणलाई जनाउँने छैन ।

ऐनमा तीन किसिमको कर निर्धारणको ब्यबस्था रहेको छः

(१) दफा ९९ बमोजिम स्वयं कर निर्धारण अर्थात कर दायित्व भएको ब्यक्ति स्वयंले आफ्नो कर निधारण गर्ने (Self Assessment) ब्यबस्था,

(२)  करदाताले आय विवरण दाखिला गर्न पाउने समय अगावै कुनै आय वर्षको वा आय वर्षको अंशको दफा १०० बमोजिम संशय कर निर्धारण (Jeopardy Assessment) गर्ने व्यवस्था,

(३)  स्वयं कर निर्धारण (दफा ९९) वा संशय कर निर्धारण (दफा १००) भएको व्यक्तिको करको दायित्व यस ऐनको उद्देश्य बमोजिम न्यायोचित आधारमा समायोजन गर्न विभागले संशोधित कर निर्धारण गर्ने व्यवस्था ।

यस दफा अन्तर्गत गरिने कर निर्धारणले साबिकको करलाई प्रतिस्थापन गर्ने हुंदा संशोधित कर निर्धारण भएको अबस्थामा सो संशोधन अघि गरिएको स्वयं कर निर्धारण (दफा ९९) वा संशय कर निर्धारण (दफा १००) कर निर्धारण मानिने छैन ।

उपरोक्त बाहेक ऐनले तोकेको म्याद भित्र स्वयं कर निर्धारण गरी आय विवरण पेश नगर्ने करदाताको हकमा आय विवरण पेश गर्नु पर्ने अन्तिम दिनमा स्वतः कर निर्धारण भएको मानिने व्यवस्था ऐनको दफा ९९(२) ले गरेको छ ।

ऐनको दफा १२२ बमोजिम बिभागले गणना गर्ने शुल्क तथा ब्याज समेतलाई कर निर्धारण मानिएको छ । शुल्क तथा ब्याज सम्बन्धी निम्नानुसारको ब्यबस्था रहेको छ :

(१)  दफा ११७ बमोजिम कागजात नराखेमा वा ढिलो बिबरण बुझाए बापतको शुल्क,

(२)  दफा ११८ बमोजिम किस्ताबन्दीमा कर दाखिला गर्नेले अनुमानित कर कम हुने गरी बुझाएमा लाग्ने ब्याज, तथा

(३)  दफा ११९ बमोजिम कर नबुझाएमा लाग्ने व्याज ।

(४) दफा ११९क अनुसार यस ऐन र यस ऐन अन्तर्गत वनेका नियमहरुका कुनै व्यवस्थालाइ पालना नगर्न व्यक्तिलाई दफा १२८ वमोजिम तोकिएको जरिवाना सरहको शूल्क ।

(५)  दफा १२० बमोजिम झुठ्ठा वा भ्रमपूर्ण विवरण दाखिला गर्नेलाई लाग्ने शुल्क ।

(६)  दफा १२१ बमोजिम यस ऐनमा उल्लेखित कुनै कसुर गर्ने व्यक्तिलाई जानाजान वा लापरवाही गरी मद्दत गर्ने वा सहायता दिने वा प्रोत्साहन गर्ने वा सल्लाह दिने मतियारलाई लाग्ने शुल्क ।

(त१)  कारोबारसम्पादन

“कारोबार” भन्नाले कुनै आयवर्षको रोजगारी, लगानी वा व्यवसायको आय गणना गर्ने प्रयोजनकोलागि दफा ७, ८ वा ९ बमोजिम समावेश गरिने जम्मा रकम बराबरको कारोबार सम्झनु पर्छ ।

(थ)  गैर बासिन्दा व्यक्तिसम्पादन

“गैर बासिन्दा व्यक्ति” भन्नाले बासिन्दा व्यक्ति बाहेकको व्यक्ति सम्झनु पर्छ ।

बासिन्दा व्यक्ति बाहेक अन्यलाई गैर बासिन्दा ब्यक्ति मानिएको र बासिन्दा व्यक्तिको ब्याख्या यसै परिच्छेदको बुंदा २.२ (क ङ) मा गरिएकोछ ।

(द)  गैर व्यवसायिक करयोग्य सम्पत्तिसम्पादन

“गैर व्यवसायिक करयोग्य सम्पत्ति” भन्नाले देहायका सम्पत्ति बाहेकका जग्गा, भवन तथा कुन निकायमा रहै ेको हित वा सुरक्षण सम्झन पर्छु:–

(१)  व्यवसायिक सम्पत्ति, ह्रास योग्य सम्पत्ति वा व्यापारिक मौज्दात,

(२)  कुनै प्राकृतिक व्यक्तिको निम्न अवस्थाको निजी भवन –

(क) अविच्छिन्न दस वर्ष वा सोभन्दा बढी अवधि स्वामित्वमा रहेको, र

(ख) सो व्यक्तिले अविच्छिन्न वा पटक पटक गरी कुल दसवर्ष वा सोभन्दा बढी बसोबास गरेको,

स्पष्टिकरणः यस उपखण्डको प्रयोजनका लागि “निजी भवन” भन्नाले भवन र भवनले चर्चेको क्षेत्रफल बराबरको जग्गा वा एक रोपनी जग्गा मध्ये जुन घटी हुन्छ सो लाई बुझाउने छ ।

(३) कुनै हिताधिकारीको अवकाश कोषमा रहेको हित,

(४) कुन प्राकृतिक व्यक्तिको दस लाख रुपैयाँभन्दा कम मूल्यमा निसर्ग गरेको जग्गा तथा निजी भवन, वा

(५)  तीन पुस्ताभित्र भएको खरिद विक्रीबाहेक अन्य किसिमले हस्तान्तरण गरी निसर्ग गरेको सम्पत्ति ।

कर प्रयोजनका लागि ३ वर्गका ५ प्रकारका सम्पत्ति मानिएका हुन्छन् ।

·        व्यवसायमा प्रयोग भएका सम्पत्ति : व्यापारिक मौज्दात, ह्रासयोग्य सम्पत्ति तथा कर प्रयोजनका लागि ३ वर्गका ५ प्रकारका सम्पत्ति मानिएका हुन्छन् ।

·        व्यवसायमा प्रयोग भएका सम्पत्ति : व्यापारिक मौज्दात, ह्रासयोग्य सम्पत्ति तथा सम्पत्ति

·        व्यक्तिगत सम्पत्ति : प्राकृतिक व्यक्तिको व्यक्तिगत प्रयोजनका सम्पत्तिहरु

·        प्राकृतिक व्यक्तिको स्वामित्वमा रहेको भवन निसर्ग भएमा देहायका अवस्थामा मात्र गैर व्यवसायिक करयोग्य सम्पत्ति मानिन्छ :

१. अवधि : स्वामित्व अवधि र आफू बसोवास गरेको अवधि दश वर्षभन्दा कम भएको भवन

उदाहरण २.४: मानौं, रमन सिग्देलले काठमाडौंमा २०५५ साल कार्तिक २३ गते दुई करोड रुपैयाँ पर्ने एक भवन खरिद गरेका रहेछन् । निज रमनले सो भवन २०६५ साल पुष २६ गते तिन करोड रुपैयाँमा बिक्री गरेका रहेछन् । निज रमन २०५५ साल कार्तिक २३ गते देखि देखि २०६५ साल पुष २६ गते सम्म पटक पटक गरी कुल १२० दिन बिदेश गएका रहेछन् । यस सम्पत्तिका सन्दर्भमा निज रमन सो भवनको दश बर्ष भन्दा बढीको स्वामी (Owner) भएता पनि सो भवनमा निज रमन अबिच्छिन्न वा पटक पटक गरी दश बर्ष भन्दा कम बसोबास गरेको कारण उपरोक्त भवन गैर व्यवसायिक करयोग्य सम्पत्ति मानिन्छ । तर निज रमनले उक्त भवन दुई महिना पछी बिक्री गरेको भए निजले पटक पटक गरी दश वर्ष भन्दा बढी बसोबास गरेको अवस्था पनि पुरा हुने हुँदा सो भवन गैर व्यवसायिक करयोग्य सम्पत्ति मानिदैनथ्यो ।

२. क्षेत्रफल : भवन मात्र विक्रि भएको वा जग्गा सहितको भवन विक्रि भएको अवस्थामा जग्गाको क्षेत्रफल भवनले चर्चेको क्षेत्रफल बराबर मात्र वा बढीमा १ रोपनी (५,४७६ वर्गफिट वा ५०८.७४ वर्ग मिटर) भन्दा बढी भएको

उदाहरण २.४.१ माथिको उदाहरणमा भवनमात्र भएको भए सो भवन र जग्गा सहितको भवन भएको भए भवनले चर्चेको जग्गा वा एक रोपनीसम्मको जग्गा मध्ये जुन घटी हुन्छ सो हदसम्मको सम्पत्ति गैर व्यवसायिक करयोग्य सम्पत्ति मानिदैनथ्यो ।

३. रकम सीमा : निसर्गको समयमा निसर्ग वापत प्राप्त गरेको रकम वा प्राप्त गरेको मानिने रकम रु. १० लाख वा सोभन्दा बढी भएको

उदाहरण २.४.२ माथिको उदाहरणको भवन रु १० लाखभन्दा कममा बिक्री भएको भए पनि गैर व्यवसायिक करयोग्य सम्पत्ति मानिदैनथ्यो ।

४. पुस्ता : निसर्ग गरिएको भवन निसर्ग गर्ने व्यक्ति र निसर्गबाट प्राप्त गर्ने व्यक्तिबीचमा तीनपुस्ते सम्बन्ध रहेको र निसर्ग केवल निःशुल्क हस्तान्तरण (पारिवारिक हस्तान्तरण) भएमा सो सम्पत्ति गैर व्यवसायिक करयोग्य सम्पत्ति हुदैन । यहां हस्तान्तरण भन्नाले सामान्यतयाः अंशबण्डा, अपुताली, बकस पत्र, मृत्युपछिको हस्तान्तरण आदी पर्दछ । तीन पुस्ता बाहेक अन्यबाट बकस पत्र जस्ता प्रकृयाबाट हस्तान्तरण गरिएको सम्पत्तिको हकमा भने त्यस्ता सम्पत्तिलाई गैर व्यवसायिक करयोग्य सम्पत्ति मानिन्छ ।

उदाहरण २.४.३ माथिको उदाहरणको भवन विक्री हुंदा गैर व्यवसायिक करयोग्य सम्पत्ति भयो । यदि उक्त भवन तीन पुस्ताभित्र निःशुल्क हस्तान्तरण भएको भए गैर व्यवसायिक करयोग्य सम्पत्ति मानिदैनथ्यो ।

·        प्राक्रृतिक व्यक्तिको स्वामित्वमा रहेको जमिन निसर्ग भएमा देहायका अवस्थामा मात्र गैर व्यवसायिक करयोग्य सम्पत्ति मानिन्छ :

१. रकम सीमा : निसर्गको समयमा निसर्ग वापत प्राप्त गरेको रकम वा प्राप्त गरेको मानिने रकम रु. १० लाख वा सोभन्दा बढी भएको जग्गा गैर व्यवसायिक करयोग्य सम्पत्ति मानिन्छ ।

उदाहरण २.५: मानौं, रमन सिग्देलले काठमाडौंमा २०६४ मार्ग ३ गते वीस लाख रुपैयाँ पर्ने जग्गा खरिद गरेका रहेछन् । निज रमनले सो जग्गा २०६६ आश्विन ६ गते पैंतालिस लाख रुपैयाँमा बिक्री गरेका रहेछन् । उपरोक्त जग्गाको बिक्री मूल्य १० लाख रुपैयाँभन्दा बढी भएको हुदा उपरोक्त जग्गा गैर व्यवसायिक करयोग्य सम्पत्ति हो ।

२. पुस्ता : निसर्ग गरिएको जग्गा निसर्ग गर्ने व्यक्ति र निसर्गबाट प्राप्त गर्ने व्यक्तिबीचमा तीनपुस्ते सम्बन्ध रहेको र निसर्ग निःशुल्क हस्तान्तरणबाट ( पारिवारिक हस्तान्तरणबाट) भएमा सो सम्पत्ति गैर व्यवसायिक करयोग्य सम्पत्ति हुदैन । यहां हस्तान्तरण भन्नाले सामान्यतयाः अंशबण्डा, अपुताली, बकस पत्र, मृत्युपछिको हस्तान्तरण आदी पर्दछ । तीन पुस्ता बाहेक अन्यबाट बकस पत्र जस्ता प्रकृयाबाट हस्तान्तरण गरिएको सम्पत्तिको हकमा भने त्यस्ता सम्पत्तिलाई गैर व्यवसायिक करयोग्य सम्पत्ति मानिन्छ ।

उदाहरण २.६: मानौं, एक ब्यक्तिले एक बर्ष अघि खरिद गरेको आफ्नो नाममा रहेको पाँच करोड रुपैयाँ पर्ने जग्गा आफ्नो छोराको छोरा (नाती) लाई वकस पत्रद्धारा हस्तान्तरण गरी दिएका रहेछन् । हस्तान्तरणको समयमा उक्त सम्पत्तिको बजार मूल्य छ करोड रुपैयाँ रहेछ भने पनि उक्त सम्पत्ति गैर व्यवसायिक करयोग्य सम्पत्ति मानिदैन ।

·        प्राक्रृतिक व्यक्तिको स्वामित्वमा रहेको सेक्युरिटी (शेयर, बण्ड, डिवेन्चर) तीन पुस्ताभित्रको निःशुल्क हक हस्तान्तरण बाहेक तीन पुस्ताभित्र वा बाहिरको खरिदविक्रि वा अन्य हक हस्तान्तरणद्धारा निसर्ग भएका अवस्थामा सो सम्पत्ति गैर व्यवसायिक करयोग्य सम्पत्ति मानिन्छ ।

(ध) छुट पाउने संस्थासम्पादन

“छुट पाउने संस्था” भन्नाले देहायका निकाय सम्झनु पर्छ:–

(१)  कर छुट पाउने संस्थाको रुपमा विभागमा दर्ता भएका देहाय बमोजिमका

निकायः–

(क)  नाफा नकमाउने उद्देश्यले स्थापना भएका सार्वजनिक प्रकृतिका सामाजिक, धार्मिक, शैक्षिक वा परोपकारी संस्था,

(ख)  सामाजिक वा खेलकूद सम्बन्धी सुविधा प्रवर्द्धन गर्ने उद्देश्यले सो संस्था वा त्यसका सदस्यहरुले लाभ नलिने गरी गठन भएको अव्यवसायी (एमेच्योर) खेलकूद संस्था,

(२)  निर्वाचन आयोगमा दर्ता भएको राजनीतिक दल,

(३)  गाउँ विकास समिति, नगरपालिका वा जिल्ला विकास समिति,  

तर छुट पाउने संस्थाको उद्देश्य अनुसार कार्य सम्पन्न हुँदा वा कुनै व्यक्तिद्वारा सो संस्थालाई प्रदान गरिएका सम्पत्ति वा सेवा वापतको कुनै भुक्तानी गर्दा बाहेक सो संस्थाको सम्पत्ति र सो संस्थाले प्राप्त गरेको रकमबाट कुनै व्यक्तिलाई कुनै फाइदा पुर्‍याएको भए त्यस्तो संस्थालाई कर छुट हुने छैन ।

आयकर नियमाबली, २०५९ को नियम ३ मा विभागमा कर छुट को लागि निवेदन दिने प्रकृया सम्बन्धि ब्यबस्था रहेको छ । नियम ४ ले पूर्वादेशद्धारा कर छुट पाउने निकाय सम्बन्धी ब्यबस्था गरेको तथा नियम ५ ले यस्ता निकायले वित्तीय विवरण पेश गर्नु पर्ने ब्यबस्था गरेको छ । कर छुट पाउने संस्थाले कर छुट पाउनको लागि निम्नानुसार व्यवस्था गरिएको छ :–

(क)  कर छुट प्राप्त गर्ने संस्थाहरु, नाफा नकमाउने उद्देश्यले स्थापना भएका, सार्वजनिक प्रकृतिका सामाजिक, धार्मिक, शैक्षिक वा परोपकारी संस्था एवं सामाजिक वा खेलकूद सम्बन्धी सुविधा प्रवर्द्धन गर्ने उद्देश्यले सो संस्था वा त्यसका सदस्यहरुले लाभ नलिने गरी गठन भएको अव्यवसायी (एमेच्योर) संस्था हुनपर्ने छ ।

(ख) कर छूट पाउने संस्थाले पाएको चन्दा, उपहार, वा उक्त संस्थावाट प्रतिफल प्राप्त गर्ने वा प्रतिफलको आश नगरी त्यस्तो संस्थाको कार्यसंग प्रत्यक्ष रुपले सम्बन्धित अन्य योगदानहरु मात्र कर छुटका लागि योग्य हुने छन् ।

(ग) कम्पनी ऐन अनुसार दर्ता भएका कम्पनीहरु (मुनाफा बितरण नगर्ने कम्पनी भए पनि) कर छुटको लागि योग्य हुने छैन ।

उदाहरण २.७: मानौं, नेपाल विकास फाउण्डेशन नाम गरेको संस्था कम्पनी ऐन, २०६३ मा रहेको प्रावधान अनुसार मुनाफा वितरण नगर्ने कम्पनीको रुपमा दर्ता भएको संस्था रहेछ । उक्त संस्थाको मुनाफाबाट शेयरधनीले लाभांश नपाउने ब्यबस्था भएता पनि त्यस्ता संस्थालाई कर छुट हुने संस्थाको रुपमा दर्ता गर्न सकिने छैन र उक्त संस्थाले आफ्नो करयोग्य आयमा कर तिर्नु पर्ने हुन्छ ।

(घ) कर छुट प्राप्त गर्ने संस्थाले प्राप्त गरेको कर लाग्ने भुक्तानीमा ऐन अनुसार भुक्तानी दिने निकायले अग्रिम कर कट्टी गर्नुपर्ने भुक्तानी भए कर कट्टी गर्नुपर्ने हुन्छ ।

उदाहरण २.८: मानौं, कुनै कर छुट पाएको संस्थाले कुनै सामाजिक कार्यको अनुसन्धान गर्न एउटा ब्यबसायिक निकायसंग एक लाख रुपैयाँ प्राप्त गरेको रहेछ । यदि उक्त अनुसन्धान गर्ने कार्य सो संस्थाको उद्देश्यमा नभएको खण्डमा त्यस्तो रकम भुक्तानी दिने निकायले सो भुक्तानीमा १५ प्रतिशतले हुने रकम रु. १५,००० कर कट्टी गरी बाँकी रकम मात्र सो संस्थालाई भुक्तानी दिनु पर्नेछ ।

(ङ) करयोग्य कारोवार गर्ने व्यक्ति तथा संस्थासंग प्रतिस्पर्धा गरी प्राप्त गरेको अनुदानलाई कर छुटको रुपमा मान्यता नदिने ।

उदाहरण २.९: मानौं, कुनै अन्तराष्ट्रिय गैर सरकारी संस्थाले कर छुट प्रमाणपत्र प्राप्त गरेको एक गैरसरकारी संस्थालाई सडक वालवालिकालाई कम्प्युटर शिक्षा प्रदान गर्ने तालिम संचालन गर्नको लागि प्रतिस्पर्धाबाट छनौट गरेको रहेछ । तालिम कार्यका लागि सो गैरसरकारी संस्थालाई दिएको रकम कर छुट प्रमाणपत्र प्राप्त भएको निकायलाई उपलब्ध गराएको अनुदान नभई सेवा शुल्क भएकोले यस्तो रकममा कर छुट हुँदैन ।

(च) नविकरणको लागि सिफारिशको माग गर्दा संस्थाको विगत आर्थिक वर्षको लेखा परीक्षण भएको वित्तीय विवरण अनिवार्य रुपमा पेश गर्नुपर्ने ।

(छ) कर छुट प्रमाणपत्र प्राप्त गरेको संस्थाले आफ्नो विधानमा उल्लेख भएको उद्देश्य विपरित कार्य गरेमा त्यसरी कार्य गरे वापत प्राप्त भुक्तानीमा कर छुट हुंदैन ।

(ज) कर छुट प्राप्त संस्थाको लेखा परीक्षण गर्ने लेखा परीक्षकले आफ्नो प्रतिवेदनमा सो संस्थाले ऐन अनुसार अग्रिम कर कट्टी गरेको र संस्थाको उद्देश्य अनुसारको कार्य गरेको वा नगरेको विषयमा उल्लेख गर्नुपर्ने हुन्छ ।

निर्वाचन आयोगमा दर्ता भएको राजनीतिक दल तथा गाउँ विकास समिति, नगरपालिका, जिल्ला विकास समिति भने ऐन बमोजिम नै कर छुट पाउने निकायको रुपमा रहेका छन् । यी निकायहरु बिभागमा छुट पाउने निकायको रुपमा दर्ता हुनु पर्दैन । यसको अलावा ऐनको दफा १० को खण्ड (छ) मा नेपाल राष्ट्र वैंकले आफ्नो उद्देश्य अनुरुप आर्जन गरेको रकम एवं खण्ड (झ) मा नेपाल सरकारको जुनसुकै प्रकारको आयमा समेत कर नलाग्ने ब्यबस्था गरेको हुंदा यी दुई निकाय समेत छुट पाउने निकायको रुपमा रहेका छन् ।

तर छुट पाउने संस्थाको उद्देश्य अनुसार कार्य सम्पन्न हुँदा वा कुनै व्यक्तिद्वारा सो संस्थालाई प्रदान गरिएका सम्पत्ति वा सेवा वापतको कुनै भुक्तानी गर्दा बाहेक सो संस्थाको सम्पत्ति र सो संस्थाले प्राप्त गरेको रकमबाट कुनै व्यक्तिलाई कुनै फाइदा पुर्‍याएको भए त्यस्तो संस्थालाई कर छुट हुने छैन । उदाहरणको लागि, कुनै कर छुट प्राप्त संस्थाको अध्यक्षले सो संस्थाको संचित रकम आफ्नो नीजि कार्यमा प्रयोग गरेको रहेछ भने त्यस्तो संस्था कर छुट हुने संस्थाको रुपमा रहंदैन ।

(न)  ट्रष्टसम्पादन

“ट्रष्ट” भन्नाले ट्रष्टीले सम्पत्ति धारण गर्ने प्रबन्ध सम्झनु पर्दछ ।

तर यस शब्दले साझेदारी, संगठित संस्था वा खण्ड (ड) को उपखण्ड (३) बमोजिम उल्लिखित संस्थालाई जनाउने छैन ।

शारिरीक वा मानसिक रुपले असक्षम व्यक्ति वा मृत व्यक्तिमा रहेको निकायको सम्पत्ति धारण गरी सहयोग गर्ने प्रबन्धलाई ट्रष्ट भनिएको छ । केही असामान्य अवस्थाका करदाताले कर तिर्ने प्रयोजनमा स्वतः खडा हुने निकाय ट्रष्ट हो ।

उदाहरणका रुपमा भजन ब्रदर्शको प्रोपाइटरको माघ २४ गते मृत्यु भयो । यो अवस्थामा कर तिर्ने प्रयोजनकालागि निजले श्रावण १ देखि माघ २४ सम्म फर्मबाट गरेको कार्य तथा दफा ४४ बमोजिम मृत्युको तत्काल अघि फर्मका सबै सम्पत्ति बजारमूल्यमा विक्री भएको मानि गरिने लाभ सहितको आय विवरण कसैले बुझाइ दिनु पर्दछ र निजको सम्पत्ति पनि कसैले जिम्मा लिनु पर्दछ । मृत व्यक्तिको कर लाग्ने अवधिको कर तिर्न जसको सहयोग लिइन्छ वा यस्तो अवस्थामा सो सम्पत्ति जिम्मा लिने व्यक्ति वा व्यक्तिको समूह कर प्रयोजनका लागि ट्रष्ट हो ।

आयकर ऐन, २०५८ मा दुई थरी ट्रष्टको व्यवस्था गरिएको छ : दर्ता भएको वा नभएको ट्रष्ट र अर्कोको सम्पत्ति रेखदेख गरिदिने व्यक्ति । पहिलो प्रकारको ट्रष्टको कर निर्धारण कम्पनीको सरह गरिन्छ । दोश्रो प्रकारको ट्रष्टमा जसको सम्पत्ति धारणा गरि व्यवस्थापन गरिदिएको हो सोही व्यक्तिलाई कर लगाई कर तिर्ने प्रयोजनका लागी मात्र ट्रष्टको अवधारणा कायम गरिएको छ ।

(प)  ट्रष्टीसम्पादन

“ट्रष्टी” भन्नाले एक्लै वा अन्य प्राकृतिक व्यक्ति, गुठी वा अन्य संगठित संस्थासँग मिली संयुक्तरुपमा सम्पत्ति अमानतको रुपमा राख्ने प्राकृतिक व्यक्ति, गुठी वा अन्य संगठित संस्था सम्झनु पर्छ र सो शब्दले देहायको व्यक्ति समेतलाई जनाउँछ:–

(१)  मृतक व्यक्तिको जायजेथाको संचालनकर्ता वा प्रशासक,

(२)  लिक्विडेटर, प्रापक वा ट्रष्टी,

(३)  निजी वा आधिकारिक हैसियतमा असक्षम व्यक्तिको सम्पत्तिको संरक्षक, निर्देशन, नियन्त्रण वा व्यवस्थापन गर्ने कुनै व्यक्ति,

(४) निजी प्रतिष्ठान वा यस्तै प्रतिष्ठान अन्तर्गत सम्पत्तिको व्यवस्थापन गर्ने कुनै व्यक्ति, र

(५)  उपखण्ड (१), (२), (३) र (४) मा उल्लिखित व्यक्ति सरहको जस्तै स्थितिमा रहेको अन्य कुनै व्यक्ति ।

ट्रष्टी भन्नाले कुनै ट्रष्टको व्यवस्थापन गर्न जिम्मेवारी सुम्पिएको ब्यक्तिलाई जनाउछ । ट्रष्टीले एक्लै वा अन्य ब्यक्तिसंग संयुक्त रुपमा कार्य सम्पादन गर्न जिम्मेवारी प्राप्त गर्न सक्दछन् । उदाहरणको लागि, ट्रष्टका संचालकहरु, नाबालक (वा यस्तै असक्षम ब्यक्ति) को संरक्षक, आदी ।

(फ)  दीर्घकालीन करारसम्पादन

“दीर्घकालीन करार” भन्नाले करारको बहाली अवधि बाह्र महिना भन्दा बढी भएको दफा २६ बमोजिमको करार सम्झनु पर्छ ।

ऐनको दफा २६ मा उल्लेख गरिएको स्पष्टीकरण बमोजिम करारको बहाली अवधि बाह्र महिना भन्दा बढी भएको र सो करार उत्पादन, जडान वा निर्माणका लागि वा त्यस्तो प्रत्येक कामका सम्बन्धमा सम्बद्ध सेवाको सम्पादनका लागि गरिएको वा समावेश नभएको करार (लगानी बीमा करार,अवकासकोष करार तथा निकायमा हित निहित रहेको करार) बाहेकको प्रतिफल विलम्बित हुने करारलाई दीर्घकालीन करार मानिएको छ । उदाहरणको लागि, एक बर्ष भन्दा बढी समय लाग्ने कुनै जलबिद्यूत आयोजना निर्माण गर्न कुनै निर्माण कम्ंपनीलाई दिईने करार दीर्घकालीन करार अन्तर्गत पर्दछ । दीर्घकालीन करार एवं त्यस्तो करारको आय गणनाका सम्बन्धमा यसै निर्देशिकाको परिच्छेद २० मा ब्याख्या गरिएको छ ।

(ब)  नातेदारसम्पादन

“नातेदार” भन्नाले प्राकृतिक व्यक्तिको पति, पत्नी, छोरा, छोरी (धर्मपुत्र, धर्मपुत्री समेत), बावु, आमा, बाजे, बज्यै, दाजु, भाई, भाउजु,बुहारी, दिदी, वहिनी, सासु, ससुरा, साला, जेठान, साली, जेठीसासु, काका, काकी, भतिजा, भतिजी, नाती र नातिनी सम्झनु पर्छ ।

(भ)  निकाय (इन्टिटी)  सम्पादन

“निकाय (इन्टिटी)” भन्नाले देहायका संस्था वा सङ्गठन सम्झनु पर्छ ः–

(१)  साझेदारी, ट्रष्ट वा कम्पनी,

(२)  गाउँ विकास समिति, नगरपालिका वा जिल्ला विकास समिति,

(३)  नेपाल सरकार,

(४) कुनै विदेशी सरकार वा सो सरकार अन्तर्गतका प्रान्तीय वा स्थानीय सरकार वा कुनै सन्धीद्वारा स्थापना भएको सार्वजनिक अन्तर्राष्ट्रिय सङ्गठन, वा

(५)  आफू बासिन्दा भएको मुलुकमा अवस्थित नरहेको उपखण्ड (१), (२), (३) र (४) मा उल्लेख भएको संस्था वा सङ्गठनको स्थायी संस्थापन ।

सामान्यतयाः निकाय (Entity) भन्नाले प्राकृतिक ब्यक्ति बाहेक अन्य ब्यक्तिलाई बुझाउंछ । यस सम्बन्धी बिस्तृत ब्याख्या यसै निर्देशिकाको परिच्छेद १३ मा ब्याख्या गरिएको छ ।

(म)  निकायमा रहेको हितसम्पादन

“निकायमा रहेको हित” भन्नाले कुनै निकायको आय वा पूंजी प्राप्त गर्ने सांयोगिक    (कन्टिन्जेन्ट) अधिकार समेतको अधिकार सम्झनु पर्छ ।

निकायमा रहेको हित (Interest on Equity) भन्नाले साझेदारी फर्मको हकमा सो फर्मको मुनाफा लगायत सो फर्मको सम्पत्तिमा साझेदारको अधिकारलाई जनाउंछ । कम्पनीका हकमा शेयरहोल्डरले उक्त कम्पनीमा गरेको लगानीको प्रतिफल लगायत उक्त कम्पनी खारेजी (Liquidation) हुंदाको अबस्थामा प्राप्त गर्ने नियमित वा थप रकम प्राप्त गर्न सक्ने सांयोगिक अधिकार (Contingent Right) लाई जनाउछ । अबकाश कोषमा सो कोषमा लगानीकर्ता (हिताधिकारी) ले लगानी गरे बापत लगानी गरिएको रकम तथा सोको प्रतिफललाई जनाउछ । त्यसैगरी ट्रष्टमा हिताधिकारीको हित रहन्छ भने विदेशी स्थायी संस्थापनमा सो संस्थापनको मालिकको हित रहेको हुन्छ ।

(य)  निसर्गसम्पादन

“निसर्ग (डिस्पोजल)” भन्नाले दफा ४० मा उल्लेख भए बमोजिम कुनै सम्पत्ति वा दायित्वको बिक्री वा हस्तान्तरण समेतको निसर्ग सम्झनु पर्छ ।

संम्पत्तिको हकमा बिक्री वा किस्ताबन्दीमा बिक्री गरी, अन्य सम्पत्ति वा दायित्वमा गाभिई, नासिई, हराई, अंशबण्डा वा हक हस्तान्तरण गरी,साटासाट गरी वा कुनै तवरबाट आफ्नो स्वामित्व हट्ने माध्यमलाई सम्पत्तिको निसर्ग (Disposal) मानिन्छ । त्यस्तै, दायित्वको हकमा, दायित्व भुक्तान गरी, दायित्वबाट मुक्त भई, अन्य सम्पत्ति वा दायित्वमा गाभिई, दायित्व रद्द भई वा कुनै पनि माध्यमबाट दायित्व मुक्त भएको खण्डमा दायित्वको निसर्ग (Disposal) मानिन्छ ।

सम्पत्ति तथा दायित्वको निसर्गका सम्बन्धमा विस्तृत ब्याख्या यसै निर्देशिकाको परिच्छेद २२ मा गरिएको छ ।

(र)  निहित स्वामित्वसम्पादन

“निहित स्वामित्व” भन्नाले देहायको स्वामित्व सम्झनु पर्छ:–

(१) कुनै निकायको सम्बन्धमा कुनै प्राकृतिक व्यक्ति वा प्राकृतिक व्यक्तिको हित नरहेको निकायले सो निकायमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा एक वा बढी मध्यस्थ निकायहरुद्घारा राखेको हितका आधारमा सिर्जित स्वामित्व, वा

(२) कुनै निकायको स्वामित्व रहेको सम्पत्तिको सम्बन्धमा सो निकायमा निहित स्वामित्व रहेका व्यक्तिहरुको स्वामित्वको समानुपातको आधारमा निर्धारण भएको सम्पत्तिको स्वामित्व ।

निहित स्वामित्वका सन्दर्भमा बिस्तृत ब्याख्या यसै निर्देशिकाको परिच्छेद १३ मा गरिएको छ ।

(ल)  पट्टासम्पादन

“पट्टा” भन्नाले कुनै व्यक्तिले अर्को व्यक्तिको नगदी सम्पत्ति बाहेकको सम्पत्ति प्रयोग गर्ने अस्थायी अधिकार सम्झनु पर्छ र सो शब्दले इजाजतपत्र, भाडा सम्झौता, छनौट, रोयल्टी सम्झौता वा वहालवालाको हक समेतलाई जनाउँछ ।

एउटा व्यक्तिको स्वामित्वमा रहेको सम्पत्ति माथिको प्रयोग गर्ने अधिकार अर्को व्यक्तिलाई दिनुलाई पट्टा (Lease) भनिन्छ । पट्टा दुई थरीको हुन्छ – भाडा वा रोयल्टी बुझाउने आवधिक पट्टा (Operating Lease) र वित्तीय पट्टा (Finance Lease) ।

(व)  प्राकृतिक व्यक्तिसम्पादन

“प्राकृतिक व्यक्ति” भन्नाले प्राकृतिक व्यक्ति विशेष सम्झनु पर्छ र यस ऐनको प्रयोजनको लागी सो शब्दले दर्ता भई वा नभई प्राकृतिक व्यक्तिको स्वामित्वमा रहेको एकलौटी फर्म तथा एउटै प्राकृतिक व्यक्तिको रुपमा मानिने गरी दफा ५० बमोजिम छनौट भएको दम्पत्ति समेतलाई जनाउँछ ।

प्राकृतिक ब्यक्ति (Natural Person) भन्नाले प्राकृतिक रुपबाट नै सिर्जिएका अर्थात कानुनी रुपमा कृत्रिम तवरले खडा नगरिएको ब्यक्ति बिशेषलाई बुझाउँछ । प्राकृतिक व्यक्ति भन्नाले प्राकृतिक व्यक्तिको एकलौटी फर्म, ऐनको दफा ५० बमोजिम छनौट गरेको अबस्थाको दम्पत्ति तथा आश्रितलाई भरणपोषण गर्नुपर्ने अवस्थाका विधुर र विधवालाई समेत मानिएको छ ।

(श)  प्राकृतिक स्रोत बापतको भुक्तानीसम्पादन

“प्राकृतिक स्रोत बापतको भुक्तानी” भन्नाले देहायको कुनै भुक्तानीको रकम सम्झनु पर्छ ः–

(१)  जमिनबाट पानी, खनिज पदार्थ वा अन्य जीवित वा निर्जीव स्रोत निकाल्ने अधिकार प्राप्त गरे वापतको भुक्तानी, वा

(२) जमिनबाट समग्र वा आंशिक रुपमा निकालिएको प्राकृतिक स्रोत र खनिज पदार्थको जीवित वा निर्जीव स्रोतको परिमाण वा मूल्यका आधारबाट गणना गरिएको रकम ।

(ष)  बजार मूल्यसम्पादन

“बजार मूल्य” भन्नाले कुनै सम्पत्ति वा सेवाका सम्वन्धमा असम्बन्धित व्यक्तिहरुबीच सामान्य बजार व्यवहारको सिलसिलामा सेवा वा सम्पत्तिको सामान्य कारोवार मूल्य सम्झनु पर्छ ।

(स) भाडासम्पादन

“भाडा” भन्नाले घर बहाल समेतका मूत सम्पत्तिर्का बहालमा लगाएको पट्टा अन्तर्गत गरिएका प्रिमियम लगायतका सबै भुक्तानी सम्झनु पर्छ ।

तर यस शब्दले प्राकृतिक स्रोत बापत भएको भुक्तानीलाई जनाउँने छैन ।

(ह)  भुक्तानीसम्पादन

“भुक्तानी” भन्नाले देहायको काम कारबाही सम्झनु पर्छ:–

(१)  कुनै एक व्यक्तिको रकम वा सम्पत्ति अर्को व्यक्तिको नाउँमा र कुनै अर्को व्यक्तिको दायित्व सो व्यक्तिको नाउँमा हस्तान्तरण भएमा,

(२)  कुनै एक व्यक्तिवाट सिर्जित सम्पत्ति सो सम्पत्तिको सिर्जनापछि अर्को व्यक्तिको स्वामित्वमा भएमा वा कुनै एक व्यक्तिको दायित्वको भार अर्को व्यक्तिले बहन गरेमा,

(३)  एक व्यक्तिले अर्को व्यक्तिलाई सेवा प्रदान गरेमा,

(४)  कुन एक व्यक्तिको स्वामित्वमा रहेको सम्पत्ति अर्को व्यक्तिले प्रयोग गरेमा वा प्रयोगको लागि उपलब्ध भएमा ।

ऐनको दफा २४ को उपदफा (१) मा व्यवसाय वा लगानीवाट भएको आयको गणनाको लेखांकन एक्रुयल आधारमा गर्दा भुक्तानी प्राप्त गर्ने अधिकार सिर्जना हुनासाथ त्यस्तो भुक्तानी प्राप्त गरेको मानी आयको गणनामा समावेश गर्नु पर्ने ब्यबस्था गरेकोछ । नेपाल लेखामान १ (Nepal Accounting Standard on Presentation of Financial Statements) मा समेत Accrual आधारमा लेखांकन गर्नु पर्ने ब्यबस्था गरेको छ । ब्यक्तिको आय गणना गर्दा तथा खर्च कट्टी दाबी गर्दा “भुक्तानी” को भुमिका महत्वपूर्ण हुन्छ । भुक्तानी (Payment) शब्दले यथार्थमा कुनै ब्यक्तिले अर्को ब्यक्तिलाई लाभान्वित गराउन सक्ने हरेक माध्यमलाई समाबेस गरेको छ । तलका उदाहरणबाट यस सम्बन्धमा थप प्रकाश पारिएको छ ।

उदाहरण २.१०: मानौं, दिगम वान्तवा भन्ने ब्यक्तिले स्कट नेपाल प्रा.लि. नामको संस्थालाई रु. ५०,००० मूल्य बराबरको सेवा उपलब्ध गराएका रहेछन् । उक्त संस्थाले निज दिगमलाई सो सेवाको मूल्य नगदमा भुक्तानी नदिई निजको छोरासंग सो संस्थाले लिनु पर्ने रकमसंग मिलान गरेको रहेछ भने सो अबस्थामा निज वान्तवाले रकम भुक्तानी नलिए पनि भुक्तानी प्राप्त गरे सरह मानिनेछ ।

उदाहरण २.११: एक मेडिकल डाक्टर एउटा कम्पनीको कर्मचारीको नियमित स्वास्थ्य उपचारको लागि नियूक्त भएका रहेछन् । सो कम्पनीले निज डाक्टरलाई उपरोक्त सेवा वापत कुनै भुक्तानी दिने गरेको रहेनछ तर सो कम्पनीले रु २०,००० आफैले भाडा तिरी एउटा कोठा निज डाक्टरलाई उपलव्ध गराएको रहेछ । उक्त कोठाबाट निज डाक्टरले आफ्नो पेशा समेत संचालन गर्दा रहेछन् । सो कम्पनीले आफुले सिर्जना गरेको सम्पत्ति (Lease Right) निज डाक्टरलाई उपलब्ध गराएको हुंदा रु २०,००० निज डाक्टरले भुक्तानी प्राप्त गरेको मानिनेछ ।

उदाहरण २.१२: एउटा गाडी मर्मत गर्ने संस्थामा एक जना वकिल कानुनी परामर्शदाताको रुपमा नियूक्त भएका रहेछन् । निज वकिलले सो संस्थाबाट कुनै पारिश्रमिक लिने नगरेको तर आफ्नो सवारी साधनको नियमित मर्मत संभार सोही संस्थाबाट विना मूल्यमा गराउने गरेका रहेछन् । यस्तो अवस्थामा सो संस्थाले उपलब्ध गराएको मर्मत सम्वन्धी सेवाको मूल्य निज वकिलले भुक्तानी पाएको मानिनेछ ।

(क्ष)  मुनाफाको वितरणसम्पादन

“मुनाफाको वितरण” भन्नाले मुनाफाको पूँजीकरण समेत दफा ५३ बमोजिम भएको कुनै निकायको मुनाफाको वितरण सम्झनु पर्छ ।

ऐनको दफा ५३ मा निकायबाट आफ्नो कुनै हिताधिकारीलाई कुनै पनि हैसियतले गरिएको भुक्तानी वा मुनाफाको पूँजीकरणलाई बितरण मानिएको छ । निकायले आफ्ना हिताधिकारीलाई बोनस शेयर बितरण गरेको अबस्था समेत मुनाफाको बितरण भएको मानिन्छ । तर, निकायले हिताधिकारीबाट कुनै प्रतिफल प्राप्त गरेको रहेछ र त्यस्तो पतिफल बापत बजार मूल्यका आधारमा सो निकायले हिताधिकारीलाई गरेको भुक्तानी भने मुनाफाको बितरण मानिने छैन ।

उदाहरण २.१३: मानौं, नेपाल घडी कम्पनी लि. ले साधारण सभामा आफ्ना शेयरधनीलाई नगद लाभांश नदिई रु. १५,००० मूल्य पर्ने घडी रु. ५,००० मूल्य लिई आफ्ना शेयरधनीलाई बितरण गरेको रहेछ भने बजार मूल्य र हिताधिकारीबाट प्राप्त मूल्य बिचको फरक, अर्थात रु. १०,००० लाई मुनाफाको बितरण मानिने छ ।

उदाहरण २.१४: मानौं, नेपाल कम्पनी लि. ले आफ्नो एक शेयरधनीको भवन कार्यालय प्रयोजनको निमित्त भाडामा लिएको रहेछ । उक्त भवनको चलन चल्ती भाडा रु. १०,००० प्रति महिना सो कम्पनीले निज शेयरधनीलाई भुक्तान गर्ने गरेको रहेछ भने यस्तो भुक्तानीलाई भने मुनाफाको बितरण मानिदैन ।

निकायबाट मुनाफाको बितरण सम्बन्धी थप ब्याख्या यसै निर्देशिकाको परिच्छेद १३ मा गरिएको छ ।

(त्र)  यूनिट ट्रष्टसम्पादन

“यूनिट ट्रष्ट” भन्नाले कम्तीमा बीस जना व्यक्तिहरुका लाभको लागि ट्रष्टीले सम्पत्ति धारण गर्ने ब्यवस्था भई आय वा पूँजीमा सहभागी हुन पाउने व्यक्तिहरुको अधिकारलाई धारण गरेको इकाईहरुको संख्याद्वारा निर्धारित आधारमा विभाजन हुने व्यवस्था गरिएको ट्रष्ट सम्झनु पर्छ ।

(ज्ञ)  रोजगारीसम्पादन

“रोजगारी” भन्नाले कुनै पनि किसिमको विगत, वर्तमान वा भावी रोजगारी सम्झनु पर्छ ।

सामान्यतयाः Contract of Service ले रोजगारी बुझाउंछ भने Contract of Service ले परामर्शदाता (Consultant) तर्फ ईगिंत गर्दछ । “रोजगारी” शब्दले काम गर्ने (Emplyoee) तथा काम लगाउने (Employer) बिचको सम्बन्ध खुल्ने एवं रोजगारीको शर्त अनुसार आफ्नो ज्ञान,अनुभव, शिप, जाँगर तथा श्रम प्रयोग गरी ब्यबस्थापकीय, सुपरीवेक्षण, प्रशासकीय, प्राविधिक वा यस्तै अन्य कुनै काम गरी सो ब्यक्ति वा निकायको लिखित वा अलिखित कर्मचारी सेवा सर्त तथा सुबिधा वा यस्तै अन्य सर्त तथा सुबिधा सम्बन्धी प्रावधान लागु हुने गरी सो निकायबाट काम गर्ने ब्यक्तिले तलव वा ज्याला वा यस्तै अन्य भुक्तानी पाउन सक्ने प्रबन्धलाई जनाउछ । यस्तो काममा लगाउने ब्यक्ति वासिन्दा वा गैर वासिन्दा हुन सक्छ ।

ऐनको दफा २२ को उपदफा (२) बमोजिम प्राकृतिक व्यक्तिले निजको रोजगारी तथा लगानीवाट प्राप्त हुने आयको गणना गर्दा कर प्रयोजनको लागि नगद आधारमा लेखांकन गर्नु पर्नेछ । तसर्थ रोजगारीको सन्दर्भमा जतिखेर नगद भुक्तानी हुन्छ सोही समयमा, अर्थात बिगत बर्षको रोजगारी,बर्तमान रोजगारी वा भबिष्यमा रोजगारी गर्ने गरी हाल प्राप्त भएको नगद भुक्तानीलाई हालको आयमा समाबस गर्नु पर्दछ ।

उदाहरण २.१५: विगत रोजगारीको उदाहरणः मानौ ललित भन्ने ब्यक्तिले एउटा कम्पनीमा २०५३ साल देखि रोजगारी गर्दै आएका रहेछन् । २०६१ साल देखि निजले काम गर्ने संस्थाको व्यवसाय विग्रन गई आर्थिक अवस्था खराव भएको र सो कम्पनीले आफ्ना कर्मचारीलााई खाईपाई आएको तलबको ५०५ मात्र तलब भुक्तान गरी आएको रहेछ । आ.ब. २०६५।६६ सालमा उक्त कम्पनीको ब्यवसाय उल्लेख्य रुपमा वद्धी भएको कारण विगत २०६१ साल देखि बाँकि रहेको ५०५ तलब निज ललितलाई २०६५ साल माघ महिनामा भुक्तान गरेको रहेछ । यस अवस्थामा सो कम्पनीले Acrual आधारमा हुन आउने तलब सम्वन्धित आय बर्षमा नै खर्च लेख्न सक्ने भए पनि निज ललितले भने विगतको रोजगारीको भुक्तानी २०६५ साल माघमा नगद प्राप्त गरेको हुंदा नगद भुक्तानीका आधारमा आ.ब. २०६५।६६ को आयमा समावेस गर्नु पर्दछ ।

उदाहरण २.१६: भविष्यको रोजगारीको उदाहरणः मानौ, सुवर्ण भन्ने ब्यक्तिले एक कम्पनीमा काम गर्ने गरेका रहेछन् । निजलाई रकमको आबश्यकता परेको र आगामी बर्ष तलब भुक्तानी नलिने शर्तमा सो कम्पनीबाट एक बर्षको तलब अग्रिम भुक्तानी लिएका रहेछन् । निजले सो रकम भबिष्यमा रोजगारी गर्ने शर्तमा प्राप्त गरेको हुंदा यस्तो रकम निजले सो रकम प्राप्त गरेको आय वर्षको रोजगारीको आयमा गणना गर्नुपर्दछ ।  

रोजगारी सम्बन्धी विस्तृत ब्याख्या यसै निर्देशिकाको परिच्छेद १७ मा गरिएको छ ।

(क क) रोयल्टीसम्पादन

“रोयल्टी” भन्नाले अमूत सम्पत्तिर्का पट्टा अन्तर्गत गरिएको कुनै भुक्तानी सम्झनु पर्छ र सो शब्दले देहायका उद्देश्यका लागि गरिने कुनै भुक्तानी समेतलाई जनाउछ:–

(१)  प्रतिलिपि अधिकार, पेटेन्ट, डिजाइन, मोडेल, योजना, गोप्य सूत्र वा प्रक्रिया वा टे्रडमार्कको प्रयोग वा प्रयोग गर्ने अधिकार राख्ने, र

(२)  प्रविधिको ज्ञान प्रदान गर्ने,

(३)  चलचित्रजन्य फिल्म, भिडियो टेप, ध्वनि रिकर्डिङ वा कुनै अन्य यस्तै माध्यमको प्रयोग वा प्रयोग गर्ने अधिकार र औद्योगिक,व्यापारिक वा वैज्ञानिक अनुभव प्रयोग गर्ने वा प्रदान गर्ने,

(४)  उपखण्ड (१), (२) वा (३) बमोजिमका कुरामा सहायक हुने किसिमले कुनै सहयोग प्रदान गर्ने, वा

(५)  उपखण्ड (१), (२), (३) वा (४) बमोजिमका कुराका सम्बन्धमा पूर्ण वा आंशिक बन्देज मान्ने ।

तर यस शब्दले प्राकृतिक स्रोतबापतको भुक्तानीलाई जनाउने छैन ।

रोयल्टी शब्दले अमूर्त सम्पत्तिको पट्टा अन्तर्गतका भुक्तानी वा अमुर्त सम्पत्तिको उपयोग बापतका भुक्तानीलाई बुझाउछ । जस्तो, Trade Name प्रयोग गर्ने अधिकार दिए बापत प्राप्त हुने भुक्तानी, गायक, गीतकार वा संगितकारका गीत कुनै रेडियो स्टेशनले बजाए बापत दिईने भुक्तानी आदीलाई जनाउछ ।

(क ख) लगानीसम्पादन

लगानी भन्नाले देहाय बमोजिम बाहेक एक वा एक भन्दा बढी सम्पत्ति धारण गर्ने वा त्यस्तो सम्पत्ति लगानी गर्ने कार्य सम्झनु पर्छ :–

(१) सम्पत्तिमा स्वामित्व राख्ने व्यक्तिबाट निजी प्रयोगमा ल्याइएको सम्पत्ति राख्ने कार्य,

(२) रोजगारी वा व्यवसाय ।

   तर गैर व्यवसायिक करयोग्य सम्पत्ति राख्ने कार्य लगानी मानिने छ ।

सम्पत्ति धारण (Hold) गरी आय आर्जन गर्ने कार्यलाई लगानी भनिन्छ । सम्पत्तिमा स्वामित्व राख्ने व्यक्तिबाट निजी प्रयोगमा ल्याइएको सम्पत्ति राख्ने कार्य वा रोजगारी वा व्यवसायमा प्रयोग गरिएका सम्पत्ति बाहेकका सम्पत्तिमा स्वामित्व राख्ने एवं गैर व्यवसायिक करयोग्य सम्पत्ति राख्ने कार्य जस्ता कार्यलाई लगानी भनिन्छ । सामान्यतयाः लगानीको आय आर्जन गर्ने कार्यमा आय आर्जन गर्ने ब्यक्तिको निरन्तर सहभागिता (Active Engagement) रहदैन । लाभांश, व्याज, प्राकृतिक स्रोत बापतको भुक्तानी, भाडा, रोयल्टी, लगानी वीमाबाट प्राप्त लाभ, स्वीकृति प्राप्त नगरेको अवकाश कोषको हितबाट प्राप्त लाभ, स्वीकृत अवकाश कोषबाट गरिएको अवकाश भुक्तानी वा गैर व्यवसायिक करयोग्य सम्पत्तिको निसर्ग (Disposal) बाट प्राप्त खूद लाभ जस्ता आय लगानीको आय वा प्रतिफल हुन्छ । ब्यबशाय र लगानीमा धेरै समानता देखिन आउने भएतापनि तलको उदाहरणले लगानीलाई प्रष्ट पार्दछ :

उदाहरण २.१७: मानौं, प्रसन्न देवकोटा भन्ने ब्यक्तिको पुतलीसडक, काठमाडौंमा पाँच करोड रुपैयाँमा खरिद गरेको एउटा घर रहेछ । निजले उक्त घर भाडामा लगाउने उद्देश्यले एउटा एजेन्टलाई भाडाको पाँच प्रतिशतले कमिसन पाउने गरी नियूक्त गरेको रहेछ । निजलाई आर्थिक बर्ष २०६५।६६ मा उक्त घरको बहाल बापत रु. दश लाख प्राप्त भएको रहेछ । निजले सो बहाल आयको पाँच प्रतिशतले हुन आउने कमिसन रु. ५०,००० उक्त एजेण्टलाई भुक्तान गरेका रहेछन् । प्रसन्न देवकोटाको यस आयलाई लगानीको आय मानिने छ र दफा ९ बमोजिम लगानीको आयमा समाबेस गर्नु पर्ने छ । तथापी ऐनको दफा ९२ बमोजिम व्यवसाय संचालन गरिरहेको बाहेक अन्य प्राकृतिक व्यक्तिलाई नेपालमा स्रोत भएको घर बहाल बापतको कर कट्टी गरी प्राप्त गरेको भाडा भुक्तानी अन्तिम रुपले कर कट्टी हुने भुक्तानी मानिने भएको हुंदा निजले सो बहाल आम्दानीलाई आयमा समाबेस भने गर्नु पर्दैन ।

उदाहरण २.१८: माथी उदाहरण २.१७ मा उल्लेखित प्रसन्न देवकोटा भन्ने ब्यक्तिको सो घर लगायत अन्य घरहरु पनि रहेको र ति घरहरु पनि भाडामा लगाई सक्रिय रुपमा त्यसको ब्यबस्थापन (Active Engagement) गरिआएका रहेछन् भने यसरी घर बहालमा लगाउने निजको व्यवसाय मानिन्छ । यस अबस्थामा निजले प्राप्त गर्ने भाडा आम्दानीलाई व्यवसायको आयमा समाबेस गर्नु पर्छ र ऐनको दफा ७ बमोजिम व्यवसायको आयमा गणना गर्नु पर्छ । सो अबस्थामा निजले घरको ह्रास कट्टी लगायत यसरी घर भाडा लगाउने कार्यसंग सम्बन्धित खर्चहरु कट्टी दाबी गर्न पाउछ र निजले श्रोतमा कर कट्टी गरी मात्र भाडा भुक्तानी गर्ने भएतापनि व्यवसाय संचालनसंग सम्बन्धित घर बहाल आम्दानी भएको हुदा यस्तो भाडा भुक्तानी अन्तिम रुपले कर कट्टी हुने भुक्तानी भने मानिदैन ।

लगानी मानिन सम्पत्ति धारणको प्रकृतिलाई ध्यान दिनु पर्छ । सामान्ययाः लगानीको प्रयोजनको लागि धारण गरिएको सम्पत्ति लामो समयसम्म धारण गरिन्छ । लगानीमा सोही सम्पत्तिबाट आय हुने तथा ब्यबशायमा सो सम्पत्ति किनबेच वा अन्य तवरले प्रयोग गरी आय आर्जन गरिने हुन्छ ।

लगानी तथा लगानीको आयका सम्बन्धमा बिस्तृत ब्याख्या यसै निर्देशिकाको परिच्छेद २१ मा गरिएको छ ।

(क ग) लगानी वीमासम्पादन

“लगानी वीमा” भन्नाले देहायका कुन वीमा सम्झनु पर्छ :–

(१)  बिमित व्यक्ति वा बिमित व्यक्तिको सम्बध्द व्यक्तिको मृत्युसम्बन्धी घटनाका हकमा गरिएको वीमा,

(२)  बिमित व्यक्ति वा निजको सम्बध्द व्यक्तिको व्यक्तिगत चोटपटक वा कुनै खास तवरमा असक्षम हुने घटना सम्बन्धी वीमा,

तर वीमाको वीमा सम्झौता कम्तिमा पाँच वर्षसम्म वहाल रहने वा वहालीको समय सीमा नभएको र करारमा उल्लिखित विशेष परिस्थितिहरुमा बाहेक पाँच वर्षको अवधि भुक्तान हुनु अगावै बिमकबाट अन्त्य गर्न नसकिने गरी गरिएको हुन पर्नेछ ।

(३)  कुन रकम वा शृंखलाबद्ध रकमहरु भविष्यमा बिमितलाई भुक्तानी हुने गरी गरिएको वीमा,

(४) उपखण्ड (१), (२), वा (३) अन्तर्गतका वीमाको पुनबिमा, र

(५)  उपखण्ड (४) मा उल्लिखित पुनर्बिमाको पुनर्बिमा ।

लगानी वीमाको उदाहरणको रुपमा Life Insurance, Superannuation, Endowment Policy, आदी जस्ता कारोबारलाई लिन सकिन्छ । जीवन सम्बधी जोखिमसंग सम्बन्धित वीमा भए पनि Accidental Insurance को सम्झौता (जोखिम) अबधी पाँच बर्ष भन्दा कम अबधीमा समाप्त हुने भए त्यस्तो सम्झौता भने लगानी वीमा अन्तर्गत पर्दैनन् ।

सन्दर्भ सामग्रीहरूसम्पादन