अमेरिकी क्रान्तिकारी युद्ध
अमेरिकी क्रान्तिकारी युद्ध (सन् १७७६ – १७८३), जसलाई संयुक्त राज्यमा अमेरिकी स्वतन्त्रता युद्ध वा क्रान्तिकारी युद्ध पनि भनिन्छ, बेलायत र उसको तेह्र उत्तर अमेरिकी उपनिवेशबीच भएको एक सैन्य सङ्घर्ष थियो जसबाट ती उपनिवेश स्वतन्त्र संयुक्त राज्य अमेरिका बनेका थिए। यस युद्धको सुरुवाती लडाई उत्तर अमेरिकी महाद्वीपमा भएको थियो। सप्तवर्षीय युद्धमा पराजय भएपछि प्रतिकार गर्न आतुर फ्रान्सले सन् १७७८ मा यी नयाँ राष्ट्रसँग एक सन्धिमा हस्ताक्षर गरेको थियो जुन अन्ततः विजयको लागि निर्णायक साबित भएको थियो।
ब्रिटिस साम्राज्यबाट अमेरिकी स्वतन्त्रताको मुद्दालाई लिएर यो युद्ध लडिएको थियो। यस युद्धमा उत्तर अमेरिका, क्यारिबियन समुद्र र इङ्ल्यान्ड वरपरको समुद्र: उत्तरी समुद्र, आरिस समुद्र र इङ्लिस च्यानलमा लडाइँ भएको थिए। [१][२][३]
अमेरिकी स्वतन्त्रता युद्धको कारणसम्पादन
अमेरिकी स्वतन्त्रता युद्ध मुख्यतया बेलायत तथा त्यसको उपनिवेशहरूबीच आर्थिक हितको लडाइँ थियो।
अमेरिकी समाजको स्वच्छन्द र स्वतन्त्र चेतनासम्पादन
अमेरिकामा आएर बस्ने अप्रवासी इङ्ल्यान्डका नागरिकहरू बढी स्वतन्त्रता प्रेमी थिए। यसको कारण यहाँको समाज युरोपको तुलनामा अधिक समतावादी थियो। अमेरिकी समाजको खास विशेषता सामन्तवाद तथा अटुट वर्ग सीमाहरूको अनुपस्थिति थियो।
अमेरिकी समाजमा उच्चवर्गको हातमा राजनीतिक तथा आर्थिक शक्ति बेलायत समाजको तुलनामा अत्यन्त कम थियो। अमेरिकामा अधिकांश किसानहरूसँग जमिन थियो जबकि बेलायतमा भूमिहीन मजदुरहरूको सङ्ख्या धेरै थियो। नयाँ महाद्वीपमा पाइला राख्ने बित्तिकै अप्रवासी बेलायती कानुन तथा संविधान अनुसारको कार्य गर्न लागेका थिए। उनीहरूको आफ्नो राजनीतिक संस्था थियो। यस प्रकार अमेरिकी उपनिवेशमा आरम्भ देखि नै स्वशासनको व्यवस्था विद्यमान थियो जो समयको साथ-साथ विकसित हुँदै गएको थियो।
दोषपूर्ण शासन व्यवस्थासम्पादन
गभर्नरको नियुक्ति गर्दथ्यो र सहयोग गर्नको लागि एक कार्यकारिणी समिति हुन्थ्यो जसको सदस्यको मनोनयन बेलायती राजमुकुटद्वारा गरिन्थ्यो। यस अतिरिक्त शासन कार्यमा सहायताको लागि एक विधायक सदन हुन्थ्यो जसमा जनताद्वारा निर्वाचित प्रतिनिधिहरू हुने गरेका थिए। यस विधायक सदनलाई कर लगाउने, अधिकारीहरूको तलब सुबिधा तय गर्ने, कानून निर्माण गर्ने अधिकार थियो तर कानूनलाई स्वीकार गर्ने अथवा रद्द गर्ने पूर्ण अधिकार गभर्नरलाई थियो। यस व्यवस्थाबाट उपनिवेशको जनतामा असन्तोष सुरु भएको थियो।
आरम्भमा बेलायत सरकारको सीमित हस्तक्षेपसम्पादन
अङ्कुश लगाउने प्रयत्न गरेन। इङ्ल्यान्डमा १७औँ शताब्दीको सुरुवात देखि “रक्तहीन क्रान्ति” (सन् १६८८) सम्मको लगभग ८५ वर्ष बीच राजतन्त्र तथा संसद बीच निरन्तर सङ्घर्ष चलिरहेकाले उपनिवेशमा हस्तक्षेप गर्ने प्रयास गरेको थिएन। जब सरकारले विभिन्न कर लगाउने र कडाइका साथ असुल्ने प्रयास गर्न सुरु गरेपछि उपनिवेशमा असन्तोष सुरु हुँदै पछि यसले क्रान्तिको रूप लिएको थियो।
सप्तवर्षीय युद्धसम्पादन
उत्तरी अमेरिकामा क्युबेक देखि मिसिसिपी घाटीसम्म फ्रान्सेली उपनिवेश फैलिएको थियो। यस क्षेत्रमा बेलायत र फ्रान्स बीच तनाव रहेको थियो। जसको फलस्वरूप सन् १७५६-६३ को बीचमा सप्तवर्षीय युद्ध भएको थियो र यसमा बेलायतले विजय प्राप्त गरेको थियो भने क्यानडास्थित फ्रान्सेली उपनिवेशहरू माथि अङ्ग्रेजको अधिकार कायम भएको थियो। युद्धको परिणामस्वरूप अमेरिकमा उत्तरबाट फ्रान्सेली खतरा अन्त्य भएको थियो।
उपनिवेशको आर्थिक शोषणसम्पादन
इङ्ल्यान्डद्वारा उपनिवेशहरूको आर्थिक शोषण उपनिवेश र मातृदेशको बीच असन्तोषको मुख्य कारण थियो। प्रचलित वाणिज्यवादी सिद्धान्तको अनुसार इङ्ल्यान्ड उपनिवेशको व्यापार माथि नियन्त्रण गर्न र त्यहाँको बजारमा एकाधिकार कायम गर्न चाहन्थ्यो। “उपनिवेश इङ्ल्यान्डलाई लाभ पुर्याउनका लागि हो” भन्ने सिद्धान्तमा उपनिवेशिक व्यवस्था आधारित थियो। इङ्ल्यान्डले आफ्नो लाभलाई मध्यनजर गर्दै निम्न कानुन बनाएको थियो।
- नौसञ्चालन कानून :
सन् १६५१ को प्रावधान अनुसार उपनिवेशहरूमा व्यापार इङ्ल्यान्ड, आयरल्यान्ड वा उपनिवेशहरूमा मात्र जहाजको माध्यमबाट मात्र हुन सक्थ्यो। इङ्ल्यान्डको लागि आवश्यक सबै प्रकारको कच्चा सामान इङ्ल्यान्डको बन्दरगाहमा पुर्याए बिना उपनिवेशको दोस्रो स्थानमा निर्यात गर्न मिल्दैन्थ्यो।यसले इङ्ल्यान्डको जहाज निर्माण उद्योगलाई लाभ मिलेको थियो। सन् १६६३ को कानुन अनुसार युरोपबाट अमेरिकी उपनिवेशमा निर्यात गरिने माल सामान इङ्ल्यान्डको बन्दरगाहमा ल्याइनेे उल्लेख गरिएको थियो। यस कानूनबाट इङ्ल्यान्डका व्यापारी तथा व्यापारिक जहाजको मालिकलाई अमेरिकी उपभोक्ताको मुल्यमा लाभ भएको थियो। यो कानून उपनिवेशवासिहरूको लागि अन्यायपूर्ण थिए।
- व्यापारिक अधिनियम
इङ्ल्यान्डले अमेरिकामा उत्पादित चामल, फलाम, काठ, सुर्ती आदिको निर्यात इङ्ल्यान्डलाई मात्र गर्न सक्ने गरि कानुन बनाइएको थियो। यी नियमले उपनिवेशहरूमा निकै आक्रोश पैदा भएको थियो किनकि फ्रान्सेली र नेदरल्यान्डेेेली व्यापारी उनीहरूलाई यी वस्तुको लागि अङ्ग्रेजहरूले भन्दा अधिक मूल्य दिनका लागि तयार थिए।
- औद्योगिक अधिनियम :
इङ्लयान्डले औद्योगिक उत्पादन इङ्ल्यान्डले तयार पार्ने र यसलाई अमेरिकी उपनिवेश उत्पादन गर्न नमिल्ने गरि कानुन बनाएको थियो। यस प्रकार सन् १६८९ कानूनद्वारा उपनिवेशसँग ऊनको सामान तथा सन् १७३२ को कानुनद्वारा टोपीको निर्यात बन्द गरिएको थियो।
बौद्धिक चेतनाको विकाससम्पादन
अमेरिकामा जीवनको स्थायित्वको साथ साथ शिक्षा र पत्रकारिताको विकास भएपछि बौद्धिक चेतनाको विकासमा योगदान पुगेेेेको थियो। अमेरिकाका बेन्जामिन फ्र्याङ्लिन, थोमस जेफर्सन, जेम्स विल्सन, जोन एडम्स, टमस पेन, जेम्स ओटिस, सामुअल एडम्स जस्ता बौद्धिक व्यक्तिहरू रहेका थिए जसले मातृदेशको प्रति उपनिवेशको प्रतिरोधको औचित्य प्रष्टाएका थिए। यिनीहरूको विचार जोन लक, मस्टेस्क्युजस्ता चिन्तकहरूबाट प्रभावित थियो।
संवैधानिक मुद्दासम्पादन
बेलायतले अमेरिकी उपनिवेशमा कयौँ प्रकारको कर-कानून लागू गरि स्थानीय करलाई बढाउने प्रयास गरेको थियो। यसबाट पनि उपनिवेशमा तीव्र असन्तोषको भावना बढेको थियो। बेलायती संसद सर्वोच्च शक्ति हो र उसले आफ्नो अमेरिकी उपनिवेशको मामिलामा जस्तो सुकै प्रकारको पनि कानून पारित गर्न सक्छ भन्ने बेलायतको मान्यता रहेको थियो। अमेरिकी उपनिवेश माथी कर लगाउने अधिकार उपनिवेशको व्यवस्थापिकामा मात्र निहित रहन्छ र यो बेलायती संसदमा निहित रहँदैन भन्ने उपनिवेशहरूको मान्यता रहेको थियो।
उपनिवेश प्रति कठोर नीतिसम्पादन
- ग्रेनविलेको नीति- बेलायती शासक जर्ज तृतीय सन् १७६० मा इङ्ल्यान्डको गद्दीमा बसेपछि उनले इङ्ल्यान्डको संसदलाई आफ्नो कठपुतली बनाउने सफल प्रयास गरेका थिए भने उनले औपनिवेशक कानूनलाई कडाइका साथ लागू गर्ने निर्णय गरेका थिए। प्रधानमन्त्री ग्रेनविलेले यी कानून तथा नियमहरूलाई लागू गर्ने प्रयास गरेका थिए। सप्तवर्षीय युद्धमा बेलायतलाई आर्थिक सङ्कटको सामना गर्न परेको थियो जसकारण ग्रेनविलेले कर वृद्धिको योजना प्रस्तुत गरेका थिए जस अनुसार उनले जहाजरानी कानून कडाईका साथ लागू गर्ने तथा उपनिवेशहरू माथि प्रत्यक्ष कर लगाउने कुरा गरेका थिए।
तत्कालीन कारणसम्पादन
लड नर्थको चिया नीति
सन् १७७३ मा इस्ट इन्डिया कम्पनीलाई वित्तीय सङ्कटबाट बचाउनका लागि तत्कालीन बेलायतका प्रधानमन्त्री लर्ड नर्थले इस्ट इन्डिया कम्पनीलाई सिधै अमेरिकामा चिया बेच्न सक्ने कानून बनाएका थिए। यस कदमको लक्ष्य कम्पनीलाई घाटाबाट बचाउनु तथा अमेरिकीलाई चिया उपलब्ध गराउनु थियो। तर अमेरिकी उपनिवेशका मानिसहरू कम्पनीको यस एकाधिकारबाट अप्रसन्न थिए किनकि उपनिवेश बस्तीको सहमति बिना नै यस्तो नियम बनाइएको थियो। उपनिवेशमा यस चिया नीतिको व्यापक विरोध भएको थियो। अन्ततः पुरै देशमा चिया योजनाको विरुद्ध आन्दोलन सुरु भएको थियो। सन् १७७३ डिसेम्बर १६ का दिन सामुअल एडम्सको नेतृत्वमा बोस्टन बन्दरगाहमा इस्ट इन्डिया कम्पनीको जहाजबाट चियाको बाकस समुद्रमा फालिएको थियो। अमेरिकी इतिहासमा यस घटनालाई बोस्टन टि पार्टी भनिन्छ।[४] यस घटनामा बेलायती संसदको सामु एक कडा चुनौती उत्पन्न भएको थियो। अन्ततः बेलायती सरकारले अमेरिकी उपनिवेशवासीलाई सजाय दिनको लागि कठोर तथा दमनकारी कानून बनाएको थियो जसकारण बोस्टन बन्दरगाहलाई पनि बन्द गरिएको थियो। मेसाचुसेट्सको सरकार पुनर्गठित गरिएको थियो भने र गभर्नरको शक्तिलाई पनि बढाइएको थियो। नगरमा सैनिक परिचालन गरिएको थियो भने हत्या सम्बन्धी मुद्धा अमेरिकी न्यायालयबाट इङ्ल्यान्ड तथा अन्य उपनिवेशमा स्थानान्तरित गरिएको थियो।
युद्धको गतिसम्पादन
युद्ध सुरु (सन् १७७५-७६)सम्पादन
सन् १७७५ अप्रिल १८ का दिन ७०० बेलायती सैनिकहरूलाई म्यासेचुसेट्सको कन्कर्डमा भण्डार गरिएको ठूलो तोप जफत गर्न पठाइएको थियो।[५] लेक्सिङ्टन र कन्कर्डको लडाइँको समयमा झडप भएपछि उक्त सैनिकहरू बोस्टन फिर्ता भएका थिए। त्यो रात स्थानीय सैनिकहरू एकै ठाउँमा भेला हुँदै बोस्टनलाई कब्जा गरेका थिए।[६] मे २५ का दिन ४,५०० सैनिकहरू सहित जनरल विलियम होवे, जोन बर्गोने, र हेन्री क्लिन्टन सहितको अतिरिक्त बल आइपुगेको थियो। [७] बङ्कर पहाडमा लडाइँको समयमा बेलायतले जुन १७ मा दिन थुप्रै सैन्य अधिकारीहरूको क्षतिमा चार्ल्सटाउन प्रायद्विप कब्जा गरेको थियो।,[८][९][१०] धेरै वरिष्ठ अधिकारीहरू आक्रमणमा निराश भएका थिए।[११] गेजले विद्रोह दबाउनको लागि ठूलो सेना आवश्यक रहेको उल्लेख गर्दै लन्डनमा पत्र पठाएका थिए।[१२] जुलाई ३ का दिन जर्ज वासिङ्टनले बोस्टन घेराउ गर्दै महादेशीय सेनाको उच्च पदाधिकारीको पद सम्हालेका थिए।[१३] सहरमा आक्रमण गर्ने योजनालाई अस्वीकार गरिएपछि [१४] र सन् १९७६ मार्च महिनाको सुरुवातमा अमेरिकीहरूले सुदृढ हातहतियार सहित डोरचेस्टर हाइटमा किल्ला बनाएर बसेका थिए। [१५] डोरचेस्टरमा राखिएको ठूला हतियारले बन्दरगाहमा रहेका बेलायती जहाजहरूलाई खतरा थियो। बेलायतले मार्च १७ का दिन क्षति हुनु अगावै खाली गर्ने निर्णय गर्दै फिर्ता हुन अनुमति दिएको थियो भने उनीहरू हेलिफ्याक्स तिर बढेका थिए। वासिङ्टनले त्यसपछि आफ्नो फौज न्युयोर्क सहर तर्फ बढाएका थिए।[१६] सन् १७७५ अगस्ट महिनाको सुरुवातमा अमेरिकी जहाजहरूले नोभा स्कोटियाको गाउँहरूमा छापा मार्न सुरु गरेको थियो। उनीहरूले सन् १७७५ मा सेन्ट जोन, चार्ल्सटाउन, यारमाउथ र सन् १७७६ मा कान्सोमा छापा मारेका थिए।
अमेरिकाको स्वतन्त्रता युद्धको प्रभावसम्पादन
अमेरिकामा प्रभावसम्पादन
स्वतन्त्र प्रजातान्त्रिक राष्ट्रको स्थापनासम्पादन
क्रान्ति पश्चात् विश्व इतिहासमा एक नयाँ देशको रूपमा संयुक्त राज्य अमेरिकाको जन्म भएको थियो। स्वतन्त्रता प्राप्त गरेपछि यी उपनिवेशहरूले आफ्नो देशमा प्रजातान्त्रिक शासनको सङ्गठन गरेका थिए। त्यससमय संसारको सबै देशमा राजतन्त्रात्मक शासन व्यवस्था स्थापित हुँदा अमेरिकामा प्रजातन्त्रको स्थापना भएको थियो। नयाँ संयुक्त राज्य अमेरिकाले विश्व समक्ष चार नयाँ राजनीतिक आदर्श गणतन्त्र, जनतन्त्र, सङ्घवाद र संविधानवादलाई प्रस्तुत गरेको थियो। यद्यपि यो सिद्धान्त विश्वमा पहिले पनि प्रचलित थियो तर अमेरिकाले यस व्यवहारमा स्थापित गरेर एक सशक्त उदाहरण पेश गरेको थियो। गणतन्त्रको स्थापना अमेरिकी क्रान्तिको सबैभन्दा ठूलो देन थियो। अमेरिकामा प्रतिनिधि सरकारको स्थापना भएपछि लिखित संविधानको निर्माण गरिएको थियो। सङ्घात्मक शासन व्यवस्थाको स्थापना भएको थियो। यस प्रकार सरकारको एक प्रतिनिध्यात्मक र सङ्घात्मक शासन प्रणाली दुनियाको समक्ष प्रस्तुत भएको थियो। आधुनिक इतिहासमा संयुक्त राज्य अमेरिकाले सर्वप्रथम धर्मनिरपेक्ष राष्ट्रको स्थापना गरेको थियो। आधुनिक इतिहासमा संयुक्त राज्य अमेरिकाले सर्वप्रथम धर्मनिरपेक्ष राष्ट्रको स्थापना गरेको थियो।
सामाजिक प्रभावसम्पादन
आर्थिक प्रभावसम्पादन
इङ्ल्यान्डमा प्रभावसम्पादन
जर्ज तृतीयको व्यक्तिगत शासनको अन्त्यसम्पादन
इङ्ल्यान्डमा जर्ज तृतीय तथा प्रधानमन्त्री लर्ड नर्थ दुबै जनाको निन्दा हुन थालेेेेको थियो। राजा जर्ज तृतीय संसदलाई आफ्नो कठपुतली मान्दथे त्यसकारण संसदको शक्ति वृद्धि गर्नको लागि माग उठेेेेको थियो। क्रान्तिले राजाको दैवी अधिकारमा आधारित राजतन्त्र माथी भीषण प्रहार गरेको थियो भने हाउस अफ कमन्समा राजाको अधिकारहरूलाई सिमित गर्नको लागि प्रस्ताव पारित गरेको थियो। यसबाट जर्ज तृतीयको व्यक्तिगत शासनको अन्त्य भएको थियो। त्यसपछि नयाँ प्रधानमन्त्री पिट जुनियरले क्याबिनेटको शक्तिलाई पुनः स्थापित गरेका थिए यसप्रकार इङ्ल्यान्डमा वैधानिक विकासको मार्ग प्रशस्त भएको थियो।
इङ्ल्यान्डद्वारा नयाँ उपनिवेशको स्थापनासम्पादन
१३ अमेरिकी उपनिवेशहरू स्वतन्त्र भएपछि इङ्ल्यान्डको औपनिवेशिक साम्राज्यमाथी धक्का लागेेेेको थियो। आफ्नो गुमेको प्रतिष्ठा पुनः प्राप्त गर्न तथा व्यापारिक हितलाई सुरक्षित गर्ने उद्देश्यले नयाँ क्षेत्रमा उपनिवेशीकरणको प्रयास गरेको थियो भने यस सन्दर्भमा अस्ट्रेलिया र न्युजिल्यान्डमा बेलायती उपनिवेशको स्थापना भएको थियो।
इङ्ल्यान्डको औपनिवेशिक नीतिमा परिवर्तनसम्पादन
अमेरिकी उपनिवेश आफ्नो हातबाट उम्केपछि बेलायत सरकारले "यदि बाँकी रहेका उपनिवेशलाई आफ्नो नियन्त्रणमा राख्ने हो भने औपनिवेशिक शोषणको नीति त्यागनुपर्ने र उपनिवेशका जनताको अधिकार र मागलाई सम्मान गर्नुपर्छ" भनेर महसुस गरेको थियो। यस परिवर्तित नीतिको आधारमा नै १९औँ र २०औँ शताब्दीमा बेलायती सरकारले राष्ट्रमण्डलको स्थापना गरेको थियो।
इङ्ल्यान्ड द्वारा वाणिज्यवादी सिद्धान्तको परित्यागसम्पादन
उपनिवेश गुमेपछि धेरै मानिसहरूले "इङ्ल्यान्डको व्यापारमा निकै ठूलो धक्का लाग्छ" भन्ने सोचेका थिए तर केही वर्षपछि इङ्ल्यान्ड र संयुक्त राज्य अमेरिका बीच पहिलेको भन्दा पनि अधिक व्यापार हुन थालेको थियो। त्यसबाट अधिकांश देशको “वाणिज्य सिद्धान्त” बाट विश्वास हट्न थालेको थियो। स्वयम् इङ्ल्यान्डले पनि यस नीति परित्याग गर्दै खुला बजारको नीति अपनाउन सुरु गरेको थियो।
फ्रान्समा प्रभावसम्पादन
- अमेरिका स्वतन्त्रता युद्धमा फ्रान्सले गुमाएको आफ्नो सम्मान पुनः स्थापित गरेको थियो।
- फ्रान्सेली राज्यक्रान्ति
थोमस जेफर्सनले घोषणा गरेका थिए:"हाम्रो अमेरिकी क्रान्तिले फ्रान्सलाई जगाएको थियो।"[१७]
सन्दर्भ सामग्रीहरूसम्पादन
- ↑ "1776: American Revolution or British Civil War?", www.ice.cam.ac.uk (अङ्ग्रेजीमा), २०१६-११-३०, अन्तिम पहुँच २०२१-०९-०५।
- ↑ "The American Revolution at Sea", The American Revolution Institute (en-USमा), अन्तिम पहुँच २०२१-०९-०५।
- ↑ Bogage, Jacob (२०१७-०५-०१), "The U.S. has invaded Britain just once. It didn't go well.", The Washington Post, अन्तिम पहुँच २०२१-०९-०५।
- ↑ Greene & Pole, 2008, p. 155–156
- ↑ Fischer, p. 85
- ↑ Ketchum, 2014, pp. 18, 54
- ↑ Ketchum, 2014, pp. 2–9
- ↑ Ketchum, 2014, p. 110–111
- ↑ Adams, 1963 [1895-1896] , pp. 401–413
- ↑ Higginbotham (1983), pp. 75–77.
- ↑ Ketchum, 2014, pp. 183, 198–209
- ↑ Rankin, 1987, p. 63
- ↑ Lecky, 1882, pp. 449–450
- ↑ McCullough, p. 53
- ↑ Frothingham, pp. 100–01
- ↑ Alden, 1989, pp. 188–190
- ↑ डन, सुसन (१९९९), सिस्टर रिभोलुसन्स, न्युयोर्क: Faber and Faber, पृ: ९।