खासा (चीन)
खासा (चीनीया:झंग्मु) चीनको एउटा सिमावर्तीय शहर हो र प्रवेश नाका हो जुन न्यालम काउन्टीमा नेपाल-तिब्बत सिमामा स्थित छ। यो ठाउँ भोटेकोसी नदीको पारी स्थित छ। भोटेकोसी नदीको वारी नेपाली शहर कोदारी स्थित छ। यो ठाउँ समुद्र सतह देखि २३०० मीटरको ऊंचाईमा रहेको छ, खासाको मौसम नरम-गरम तथा उष्णकटिबंधीय छ जुन तिब्बतको लागि दुर्लभ हो।
खासा
འགྲམ། | |
---|---|
शहर | |
樟木镇 | |
देश | चीन |
प्रान्त | तिब्बत |
प्रशासक प्रान्त | शिगात्से |
काउन्टी | न्यालम |
समय क्षेत्र | युटिसी+8 (CST) |
पारवहन
सम्पादन गर्नुहोस्खासा चीन-नेपाल मितेरी पुलको ठीक उत्तरमा छ, जहाँ चीनको राष्ट्रिय राजमार्ग ३१८ आएर मिल्छ र पुलको दक्षिण तिरबाट नेपालको अरनिको राजमार्ग शुरू हुन्छ। यही राजमार्ग सीधा कोदारी हुँदै काठमाडौँ पुग्छ। पर्यटकहरू जो तिब्बतबाट नेपाल आउँछन या नेपालबाट तिब्बत जान्छन यस राजमार्गको अत्यधिक रूपमा प्रयोग गर्छन र यस नाकबाट अन्तर-सीमा व्यापार पनि हुने गर्छ।
Gallery
सम्पादन गर्नुहोस्-
खासा शहर
-
खासा शहर
-
खासा मुख्य सडक, जो तिब्बत-नेपाल राजमार्गको हिस्सा हो।(चीनको राष्ट्रिय राजमार्ग ३१८).
-
चीन-नेपाल मैत्री पुल
-
चीन प्रवेश द्वार