नेपाल सम्वत्

नेपालको राष्ट्रिय संवत्

नेपाल सम्वत् (छोटकरीमा : नेसं) नेपालमा प्रचलित नेपालको मौलिक राष्ट्रिय सम्वत् हो। नेपाल सम्वत्का प्रवर्तक शंखधर साख्वाः हुन्। उनले नेपालका विपन्न जनताको ऋण तिरेर ऋणमुक्त बनाएको दिनको सम्झनामा यो सम्वत् थालिएको हो। भक्तपुरका राजा राघवदेवको आज्ञामा वि.स‌ं. ९३६ र सन् ८७९ अक्टोबर २० का दिन देखि सुरुवात भएको थियो। नेपालमा औपचारिक रूपले यो सम्वत् चन्द्र शमशेरको कार्यकालसम्म प्रचलनमा रह्यो।

नेपाल सम्वत् ११४१ पहिलो महिना 'कछला'

पहिलो ज्योतिषका अनुसार शंखधरले घरमा ल्याएको बालुवा चार दिनपछि सुनमा परिणत भएको थियो। त्यो सुन उनले ऋणमा डुबेका गरिब जनतालाई बाँडेका थिए। अनि जनताले आफ्नो ऋण तिरेको भनाइ छ।[१] अर्को किंवदन्ती अनुसार शंखधर भन्ने एक व्यापारी थिए । उनी धेरै धनी थिए । शंखधरका साथीहरू पनि व्यापारी थिए । तर शंखधरको जस्तो व्यापार उनीहरूको हुँदैनथ्यो । ती साथीलाई शंखधरको व्यापारप्रति डाह भयो । उनीहरूले जालसाजी गरेर राजालाई 'यसले अनैतिक व्यापार गरेको छ' भनी पोल लगाइदिए । यो उजुरीपछि राजाले शंखधरको सम्पत्तिमाथि अतिक्रमण गरे । यसबाट विचलित शंखधर जोगीजस्तै भएर हिँड्न थाले । पछि राजाले खोजतलास गर्दा अनैतिक नभएको पत्ता लाग्यो । राजाले पश्चताप गर्दै 'तिमी इमान्दार रहेछौ, तिम्रो सम्पत्ति फिर्ता लैजाऊ' भने । गुमिसकेको पैसा र सम्पत्ति फिर्ता पाएका शंखधरले ऋणमा डुबेका जनतालाई सहयोग गरे । सबै जनताको ऋण मोचन भयो । त्यस आधारमा पनि नेपाल सम्वत् चलेको भनाइ छ । [१]

हालको प्रयोग

सम्पादन गर्नुहोस्

'नेपाल सम्वत्'लाई सन् २००७मा बिपी कोइरालाको मन्त्रीपरिषदबाट नेपालको राष्ट्रिय सम्वत्का रूपमा घोषित गरिएको छ । नेपाल सम्वत् औपचारिक कामकाजमा प्रयोग गरिँदैन । नेवार समुदायमा चाड पर्व, रीतिथिति लगायत जन्म दिन जस्ता धार्मिक सांस्कृतिक कार्यमा नेपाल सम्वत्को चन्द्रमासिक गणनाको प्रचलन रहेको छ । [२] [३] नेपाल सम्वत् ११४० दिल्ला २६, २०७७ साउन १ गते देखि लागु हुने गरी ललितपुर महानगरपालिकाले न्यायिक मामिलाहरूमा बाहेक अरु सबै पत्राचार लगायतका कामकाजमा बिक्रम सम्वत्सँगै नेपाल सम्वत् पनि अनिवार्य रूपमा प्रयोग गर्ने निर्णय लिएका छन् । [४] यसका साथ साथै नेवार समुदायले आफ्नो खलक पुचः गुठी लगायतका क्षेत्रहरूमा पनि नेपाल सम्वत्को प्रयोग गर्दै आएका छन् । केही अभियानताहरूले सरकारी कामकाजमा दिने निवेदन चिठी पत्रहरूमा समेत नेपाल समबतको प्रयोग गरेका छन् ।

सौर्यमासमा आधारित

सम्पादन गर्नुहोस्

सौर्यमानक नेपाल सम्वत् नेसं ११४१ देखि सुरु भएको हो । नेपाल सम्वत्‌मा चन्द्रमानक गिन्ती मात्र रहेको र चन्द्रमानक चक्रमा हुने गडबडीका कारण नेपाल सम्वत्‌को व्यवहारिक प्रयोग हुन नसकेको कारणले सौर्यमानक नेपाल सम्वत् प्रचलनमा आएको हो । सौर्यमानक नेपाल सम्वत्‌को नयाँ वर्ष कछला १बाट सुरु हुन्छ । यो दिन इश्वी सम्वत्‌मा अक्टोबर २० र विक्रम सम्वत्‌मा कार्तिक ४ वा ३ गते पर्ने गर्दछ । सौर्यमानक नेपाल सम्वत्‌मा प्रत्येक वर्ष ३६५ दिन हुने गर्दछ भने 'तँसा दिं' अर्थात् अधिक दिन हुने वर्षमा ३६६ दिन हुने गर्दछ । पहिलो पाँच महिना सम्म प्रत्येक महिनामा ३० दिन, छैठौँ महिनामा प्रत्येक वर्ष २९ दिन र सातौँ महिना देखि बाह्रौँ महिना सम्म प्रत्येक महिनामा ३१ दिन हुने गर्दछ । यसरी अधिक वर्षमा हुने अधिक दिन छैँठौँ महिनामा राखिने गरिन्छ । [५] [६] [७] [८] [९] [१०] [११] [१२] नेपाल सम्वत्‌मा व्यवहारिकताको पक्ष थपिएको खुशियालीमा विभिन्न व्यक्ति व्यक्तित्व र संघ संस्थाहरूद्वारा क्रमशः नेपाल सम्वत् अपनाउने, प्रयोग गर्ने र प्रचारप्रसार गर्ने थालनी गरेका छन् । [१३] [१४] [१५] [१६] नेपाल सम्वत्‌लाई आधार मानी अभियानहरू समेत संचालन भएका छन् । [१७]

चन्द्रमासमा आधारित

सम्पादन गर्नुहोस्

चन्द्रमानक नेपाल सम्वत् नेसं १, इसं ८७९ अक्टोबर २०, कार्तिक शुक्ल प्रतिपदाका दिन देखि सुरु भएको हो । चन्द्रमानक नेपाल सम्वत्‌को नयाँ वर्ष म्ह पूजा पर्वबाट सुरु हुन्छ । यो दिन भिंतुना र्यालि पनि आयोजना हुने गर्दछ । चन्द्रमानक नेपाल सम्वत्‌मा प्रत्येक वर्ष ३५४ देखि ३७८ दिनहरू हुन सक्छ । एक औंशी देखि अर्को औंशी सम्मको समयावधिलाई एक महिना मानिन्छ । [१८] [१९]

नेपाल सम्वत्मा केही महत्त्वपूर्ण घटनाहरू

सम्पादन गर्नुहोस्
  • नेसं ८८८ - गोर्खाली फौजले काठमाडौँ उपत्यका कब्जा गरेको
  • नेसं ९२६ - भण्डारखाल पर्व
  • नेसं ९६६ - कोट पर्व
  • नेसं १०४८ - शुक्रराज शास्त्रीद्वारा पहिलो नेपालभाषा व्याकरण पुस्तक प्रकाशित
  • नेसं १०५० - गोर्खापत्रमा नेपाल सम्वत् समावेश
  • नेसं १०५१ - गणेशलाल श्रेष्ठद्वारा पहिलो नेपालभाषा वर्णमाला प्रकाशित 'ग्वः आखःछि'
  • नेसं १०५४ - ९० सालको भूकम्प
  • नेसं १०७१ - राणा शासन हटेको
  • नेसं १०७२ - विराट नेपालभाषा सम्मेलन
  • नेसं १०७४ - उपत्यका बाहिर पश्चिममा पहिलो नेपालभाषा साहित्य सम्मेलन, पोखरा
  • नेसं १०८० - पञ्चायत शासन स्थापना
  • नेसं ११११ - पञ्चायत शासन हटेपछि पहिलो संसदीय चुनाव
  • नेसं ११२० - नेपाल सम्वत्‌का प्रवर्धक शंखधर साख्वाःलाई राष्ट्रिय विभूती घोषणा गरिएको
  • नेसं ११२१ - दरबार हत्याकाण्ड
  • नेसं ११२८ - नेपालमा गणतन्त्र स्थापना [२०]
  • नेसं ११४१ - नेपाल सम्वत्‌मा सौर्यमानक पात्रोको सुरुवात

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. १.० १.१ व्यापकता पाउँदै नेपाल सम्वत् नागरिक न्यूज
  2. "नेपाल सम्वत नेवार समुदायको मात्रै किन होइन ?", दैनिक नेपाल।  वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-२५ मिति
  3. "नेवार जाति बन्नुभन्दा पहिले नै नेपाल सम्वत् सुरु भएको हो-प्रा. माणिकलाल", मूल्याङ्कन अनलाइन।  वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-२५ मिति
  4. "LMC Brings Nepal Sambat Into Official Use", The Rising Nepal। 
  5. "Towards an easy-to-use Nepal Sambat Calendar", सुभाष राम प्रजापति। 
  6. "Initiation of Solar Nepal Sambat", ह्यूजला।  वेब्याक मेसिन अभिलेखिकरण २०२१-११-०३ मिति
  7. "Nepal Sambat", नेपाल सम्वत्। 
  8. "Overalls of Nepal Sambat", ह्यूजला।  वेब्याक मेसिन अभिलेखिकरण २०२०-१०-०४ मिति
  9. "सौर्यमासिक नेपाल सम्वत्", नेपाल सम्वत्।  वेब्याक मेसिन अभिलेखिकरण २०२०-१०-२३ मिति
  10. "Nepal Sambat Gets Solar Calendar For The First Time", द राइजिङ नेपाल। 
  11. "Nepal Sambat Gets Solar Calendar For The First Time", हाम्रो जमाना। [dead link]
  12. "नेपाल सम्वत् पहिलो पटक सौर्य पात्रो प्राप्त गर्दछ", जलपा खबर।  वेब्याक मेसिन अभिलेखिकरण २०२०-११-१० मिति
  13. "नेपाल सम्वत् प्रति प्रतिबद्धता वक्तव्य", नेपाल सम्वत्।  वेब्याक मेसिन अभिलेखिकरण २०२०-१०-३० मिति
  14. "फोटोग्राफी संस्थाले नेपाल सम्वत् प्रचलनमा ल्याउने प्रतिबद्धता", नेपाल उपत्यकाका पुराना तस्वीरहरू। 
  15. "नेपाल सम्वत् नव वर्षको शुभकामना", नेवाः क्वयेर। 
  16. "नेपाल सम्वत् प्रचलनको प्रतिबद्धता", मौलिक स्थान नाम पुनःजागरण अभियान। 
  17. "‘बाध्यकारी अन्यलिङ्गी लेबल भिराइने विरुद्ध र लैङ्गिक पहिचानको मान्यताका लागि कार्य वर्ष ११४१’ (#Actionof1141) बारे संयुक्त वक्तव्य" 
  18. "नेपाल सम्वत्", झीगु information। 
  19. "चन्द्रमासिक नेपाल सम्वत्", नेपाल सम्वत्।  वेब्याक मेसिन अभिलेखिकरण २०२०-१०-३० मिति
  20. नेसं ११२४, छत्रबहादुर कायस्थ, नेपाल संस्कृति : सामान्यज्ञान, आइएसबिएन ९९९३३-३४-८४-७

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्