सिद्धिनरसिंह मल्ल

सिद्धिनरसिंह मल्ल पाटनका पहिलो स्वतन्त्र राजा थिए। सिद्धिनरसिंह मल्लले वि.सं. १६७६ को आश्विन २७ गते विजया दशमीको दिन ललितपुर राज्यको राजाको रुपमा विधिपूर्वक राज्याभिषेक गरेको थिए । यसरी स्वतन्त्र ललितपुर राज्यको राजाको रुपमा सिद्धिनरसिंह मल्लले राज्याभिषेक गरेपछि काठमाडौँ उपत्यकामा कान्तिपुर, ललितपुर (पाटन) र भक्तपुर गरी तीनवटा स्वतन्त्र राज्यहरु अस्तिवमा आएका देखिन्छन् । सिद्धिनरसिंह मल्ल ललितपुरको राजा भएपछि यिनका सौतेनी दाई तत्कालीन कान्तिपुरका राजा लक्ष्मीनरसिंह मल्लले दुवै देशले एक अर्कामाथि सैन्य हस्तक्षेप नगर्ने र दुइटै देशका राजा तथा भारदारले आपसमा मिलेर बस्ने व्यहोरा उल्लेख भएको धर्मपत्र शान्तिपत्र वि.सं. १६७० माघ १४ गते गरेका थिए । तर उक्त सन्धिपत्र धेरै लामो समयसम्म कायम राखिराख्न सकेन । उनका पिता हरिहरसिंह मल्ललाई उनका बाजे राजा शिवसिंह मल्लले पाटनको सामन्त बनाएका थिए। हरिहरसिंहका तीन पुत्र थिए। जेठा लक्ष्मीनरसिंह मल्ल कान्तिपुरका गद्दीका हकदार भएकाले उनका भाइ सिद्धिनरसिंहलाई राजा शिवसिंहले नै पाटनको सामन्त नियुक्त गरेका थिए।

सिद्धिनरसिंह मल्ल
सिद्धिनरसिंह मल्ल
पाटन राज्यका राजा
कार्यकाल
वि.सं १६७५ – वि.सं. १७१६
पूर्वाधिकारीप्रथम
उतराधिकारीश्रीनिवास मल्ल
पाटनका सामन्त
शासकशिवसिंह मल्ल
पूर्वाधिकारीहरिहरसिंह मल्ल
उतराधिकारीअन्तिम
व्यक्तिगत विवरण
जन्मवि सं १६६३
मृत्युवि सं १७६७
आमालालमती
पिताहरिहरसिंह मल्ल

हरिहरसिंहका जेठी रानीबाट छोरा लक्ष्मीनरसिंह मल्ल भएका थिए। लालमती र अर्की रानीबाट सन्तान भएका थिएनन्। हरिहरको मृत्यु भएपछि उनीसँग सति जान तयार भएकी लालमतीलाई गर्भिणी रहेको थाहा पाएर, उनीबाट छोरा जन्मेपनी छोरी जन्मेपनी पाटनको राजा बनाउने वचन दिएर राजा शिवसिंहले सति जान रोकेका थिए। उनीबाट सिद्धिनरसिंहको जन्म भयो र उनी समर्थ भएपछि पाटनको प्रशाशक भएर बस्न थाले।[१]

वंशावलीको कथन अनुसार सिद्धिनरसिंह मल्ल नेपाल संवत् ७४० मा पाटनको राजा बनेका थिए।

शासनकालसम्पादन

वि.सं १६७७ फागुन १५ मा दाजु लक्ष्मीनरसिंह मल्ल संग सिद्धिनरसिंह मल्लले सन्धि गरेपछी ललितपुर स्वतन्त्र राज्यको रुपमा कायम भयो।

राजनीतिक कार्यहरूसम्पादन

  1. कान्तिपुरका राजा लक्ष्मीनरसिंह मल्लले ललित्पुर ( पाटन)को विरोध गरेको हुनाले सिद्धिनरसिंह मल्लले भक्तपुरको सहायत लिई कान्तिपुर माथि आक्रमण गरे तर दरबार वरिपरिको पर्खालबाट भित्र भित्र पस्न नसकेपछि वि सं १६७७ फाल्गुनमा एक सन्धी गरे ।
  2. गोरखाका राजा राम शाहसँग सन्धी गरी ललितपुर र गोरखा राज्यबीच राजनीतिक र व्यापारिक सम्बन्ध स्थापना भयो ।
  3. वि सं १७९३ को फाल्गुन तिर कोटिहोम गर्न लागेको मौका पारेर कान्तिपुरका राजा प्रताप मल्लले ललितपुर पाटन माथि आक्रमण गरे तर पाटनेहरूले कान्तिपुरेहरूलाई लखटे ।

धार्मिक कार्यहरूसम्पादन

  1. वि सं १६९३ मा पाटन दरबार अगाडि २१ ओटा गजुर भएको भारतीय आर्यकलाशैलीमा ढुङ्गा को तीन तले कृष्ण मन्दिर बनाए, जो हालसम्म पनि दर्शनीय रूपमा रहेको छ ।
     
    पाटनको कृष्ण मन्दिर
  2. सिद्धिनरसिंह मल्ल धार्मिक तथा कलाप्रेमी भएकाले पाटन दरबारलाई ठूलो र फराकिलो बनाउन का साथै जावलाखेलमा धारा र पोखरी निर्माण गराए ।
  3. उनले विभिन्न देवीदेवताहरूको मन्दिर निर्माण गर्नाको साथै अनेकौँ धार्मिक नृत्यहरूको (कार्तिक नाच) आदि प्रचलन गराए ।
  4. तलेजु र सिद्धिविनायकको स्थापना गर्नाको साथै अनेकौँ विहारहरूको जिर्णोद्धार गराए ।
  5. विभिन्न देवीदेवताको पूजाअर्चनाको लागि आवस्यक प्रबन्ध मिलाए ।
  6.  
    पाटन हनुमान र नरसिंहको मुर्ति
    पाटन दरबार भित्रै सिद्धिगणेश र नृसिंह मूर्तिको स्थापना गराए ।
  7. ललितपुर दरबार लाई विस्तृत, सुन्दर र कलात्मक बनाए।
  8. आमा लालमती को नाममा जावलाखेल मा पोखरी निर्माण गराए ।
  9. देगुतले (पाँचतले) मन्दिर निर्माण गराई भण्डारखाल बगैंचा र पोखरी निर्माण गराए ।
  10. ४० दिन लगाएर कोटिहोम यज्ञ गरी विद्वान ब्रामण्हरूलाई तण्डुलपर्वत, कल्पद्रुम र हस्तलिखित १८ पुराण र असर्फीहरू दान गरे।

गद्धी त्यागसम्पादन

सिद्धिनरसिंहका छोरा श्रीनिवास मल्ल कान्तिपुरका राजा प्रताप मल्लको बहकाउमा लागेर आफ्नै पिता सँग अलि विद्रोही स्वभावका हुनाले कीर्तिपुरलाई राजधानी बनाई छुट्टै सरकार गठन गर्दा राजा सिद्धिनरसिंह मल्लले त्यो बुझेर २ वर्ष पछि वि सं १७१७ मा आफैँले राज्य त्याग गरिदिए । त्यसपछि उनले राजर्षीको जीवन बिताउन थाले र तिर्थाटन गर्दै जीवन व्यतीत गर्न थाले ।

उनले त्यसरी धर्मकर्म तीर्थाटन, देशाटन र परमार्थ सुधार गर्दागर्दै वि.सं. १७६७ मा काशीको भागीरथी गङ्गातटमा इहलीला विसर्जन गरेकाले उनको आयु १०४ वर्ष पाएको बुझिन्छ।[२]

यो पनि हेर्नुहोस्सम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. देगुतलेज्यू (पाटन)
  2. नेपालको तथ्य इतिहास राजाराम सुवेदी पृष्ठ १५८

बाह्य कडीहरूसम्पादन